• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
लोकगीत नेपालको परिचय हो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अश्विनी कोइराला

लोकगीत नेपालको परिचय हो
भाद्र ६, २०७१
लुकेका सेलिब्रेटी कस्ता हुन्छन् भन्ने कुरा बुझ्न लोकगायिका मुना थापामगरसँग भेटे पुग्छ। मुना फेसबुकमा सबैभन्दा बढी फ्यान फ्लोअर भएकी नेपाली गायिका हुन्। स्टेजमा उक्लनुअघि उनले जति पैसा हात पार्छिन्, त्यति पैसा लिने गायिका अहिले फेला पर्न मुस्किल छ। अरू गायकसँग मुनाका गीतको तुलना गर्ने हो भने उनी युट्युबमा पनि निकै रुचाएकी गायिका हुन्। यति हुँदाहुँदै पनि उनी अति सामान्य रूपमा सजिलै भेटिन्छिन्। मुनाले गायनको कुनै तालिम लिएकी छैनन्, तैपनि उनको स्वर बनाउन ईश्वरले बढी नै मेहनत गरेको देखिन्छ। मुनालाई त्यसको पनि हेक्का रहेनछ। मुना भन्छिन्, 'खै मानिसहरू मलाई नै किन मन पराउँछन्, बुझ्न सकेकी छैन।'

तीजको रमझममा बेला मुनालाई साप्ताहिकले काठमाडौंको नयाँबजारमा पैदल यात्रामा भेटेको थियो। हामीले उनीसँग सोह्रखुट्टेको एउटा सामान्य रेस्टुराँमा बसेर कुरा गर्‍यौं। कुराकानीको बीचबीचमा मुना भन्थिन्, 'खै, मलाई त बोल्नै आउँदैन, के बोल्नु ? गल्ती बोल्न पुगें भने मेरा प्रशंसकहरू रिसाउनुहुन्छ, मिलाइदिनु न है।'

तपाईं त सोचेभन्दा बढी हिस्सी परेकी हुनुहुँदो रै छ ?

हो र ? मलाई त लाज पो लाग्यो।

तपाईंको स्वर राम्रो कि अनुहार ?

मलाई के थाहा ? त्यो त दर्शक-श्रोताहरूसँग सोध्नुपर्छ।

आफू राम्री भएको तपाईंलाई थाहा छैन ?

(लजाउँदै) लौ, तपाईं त के-के पो सोध्नुहुँदो रै'छ।

आफ्ना बारेमा त थाहा हुनुपर्‍यो नि, होइन ?

अलि-अलि थाहा छ। राम्रै हुँला। तैपनि मलाई मेरो स्वरचाहिँ ठीकै छ भन्ने लाग्छ।

फेसबुकमा सबैभन्दा बढी फ्यान भएकी गायिका हुनुहुन्छ, कस्तो लाग्छ ?

खुसी लाग्छ। उहाँहरूले सल्लाह-सुझाव दिनुहुन्छ, माया गर्नुहुन्छ। म पनि हरेक कुरा अपडेट गर्छु। फेसबुक कलाकार र श्रोताले एक-अर्कालाई बुझ्ने बाटो भएको छ।

तैपनि मानिसहरूको गुनासो छ, तपाईं आफ्ना फ्यानहरूले सोधेको प्रश्नको जवाफ दिनुहुन्न। दोहोरो संवाद गर्नुहुन्न, किन होला ?

पहिले-पहिले संवाद गर्थें। हजारौं प्रश्न आउन थालेपछि,

हजारौंसँग कुरा गर्न समय निकाल्नै सकिँदो रहेनछ। एक जनासँग कुरा गर्दा अरू रिसाउनुहोला भनेर दोहोरो कुरा गर्दिनँ। उहाँहरूले दिएका सुझावहरू पढ्छु र त्यसलाई मनन पनि गर्छु।  

तपाईं किन यति लोकपि्रय हुनुभएको होला, कहिलेकाहीँ अचम्म लाग्दैन ?

म लोकपि्रय भएको भन्दा पनि लोकगीत लोकपि्रय भएको हो। हरेक नेपालीको पहिचान नै लोकगीतबाट हुन्छ। गाउँले होस् कि सहरिया, पढेको होस् कि नपढेको, जुनसुकै जातको किन नहोस्, नेपालीहरूलाई लोकगीत मनपर्छ। लोकगीत बजेपछि नाचौं-नाचौं लाग्छ। मेरो विचारमा राष्ट्रिय गीतले भन्दा लोकगीतले हाम्रो मुलुकको पहिचान बनाएको छ। लोकगीतमा हाम्रो संस्कृति एवं जीवनशैली झल्कन्छ, हाम्रा सबै कुरा लोकगीतले भनिदिन्छ। मैले त गाउने मात्र हो। त्यसैले म लोकपि्रय भएँ भन्ने लाग्दैन, मेरो गीतचाहिँ चलेको हो।

अहिलेसम्म कतिवटा गीत गाउनुभयो ?

११ सय पुगे कि ? एल्बमचाहिँ पाँचवटा मात्र निकालेकी छु। बाँकी अरूले निकालेको एल्बममा गाएकी छु।

सानैमा लोकपि्रय भएँ भन्ने लाग्दैन ?

लाग्छ, मलाई धेरै मानिसले सम्मान गरेर हजुर तपाईं भन्छन्, मलाई त लाज लाग्छ। म त अस्तिकी मान्छे, यति धेरै मान-मनितो गर्दा त अलि अप्ठेरो नै हुँदो रै'छ।

कति भयो गाउन थाल्नुभएको ?

सानैदेखि गाउँथे। १० वर्ष अघिदेखिचाहिँ व्यवसायिक कलाकारका रुपमा दोहोरी साँझमा गाउन थालें। केही वर्षयता देश-विदेशका विभिन्न कार्यक्रममा गैरहनुपर्ने भएकाले दोहोरी साँझमा समय दिन सकिनँ र  छाडेकी हुँ।

अब विवाह गर्ने बेला भएन ?

छैन, बेलै भएको छैन जस्तो लाग्छ। प्रेम त भएको छैन, विवाहको कुरा त टाढै छ।

ल, यति राम्री मान्छेलाई प्रेमप्रस्ताव पनि आएको छैन भन्या ?

होइन, प्रेमप्रस्ताव त राखे नि। मलाई नै प्रेम स्वीकार गर्न मन लागेन। स्वदेशमा भन्दा विदेशमा बस्नेहरूले बढी प्रेमप्रस्ताव राखे। अब नेपाल नर्फकनू, यतै बसौं पनि भन्नुभयो तर, मेरो  मनैले मानेन। म कलाकार मान्छे, यो पेसा छाड्न सक्दिनँ। मेरो पेसा नबुझेको मान्छेसँग विवाह भयो भने भोलि त्यो सफल नहोला कि भन्ने पीर पनि लाग्छ।

किन आफूमा कुनै कमजोरी छ भन्ने लागेको त होइन ?

केही कमी-कमजोरी त छन् नि। मुख्य कुराचाहिँ धेरै कलाकारको ढिलो-चाँडो छोडपत्र भएको  देख्छु। त्यस्तो देख्दादेख्दै प्रेम र विवाहको कुरा गर्न अलि डर लाग्दो रहेछ।

तपाईंले भर्खरै केही कमी-कमजोरी छन् भन्नुभयो, त्यो कमजोरी भन्न मिल्छ ?

नभनौ क्यारे ! मैले अहिलेसम्म भनेकी छैन।

अब त पाठकलाई झन् खुल्दुली हुन्छ, भन्नैपर्छ। नत्र मानिसले गलत अर्थ लगाउलान् नि ?

लौ, तपाईंले त फसाउनुभयो। मैले धेरै पढेकी छैन। लोकगीत गाउने धुनमा ९ कक्षा पढ्दापढ्दै काठमाडौं आएँ। गायनमा लागेपछि पढ्नै मन लागेन। त्यो मेरो कमजोरी हो जस्तो लाग्छ।

पढाइमा त राम्रै हुनुहुन्थ्यो हैन, किन पढ्न छाड्नुभएको ?

गायनको भूत यसरी चढ्यो कि मैले भविष्यमा पढाइ पनि चाहिन्छ भन्ने कुरा सोच्दै सोचिनँ। मेरो घर गोर्खा, मनकामना हो। हाम्रो परिवार सामान्य खालको भएकाले पनि पढ्नैपर्छ भनेर कसैले कर पनि  गर्नुभएन। अहिले पढाइ भएको भए राम्रो हुन्थ्यो भन्ने लाग्न थालेको छ।

चिन्ता लागेको हो ?

धेरै होइन। पढाइ भएको भए अझ राम्रो हुन्थ्यो भन्ने चाहिँ लाग्छ।

हिजोआजका लोकगीत अश्लील हुँदै गएका छन् भन्ने आरोप लाग्न थालेको छ, के भन्नुहुन्छ ?

आरोप सत्य हो, तर त्यसमा एउटा बाध्यता पनि छ। हिजोआज एल्बम बिक्री हुँदैनन्। दर्शकहरूले स्टेज तताउने गीत खोज्नुहुन्छ। उहाँहरूको इच्छा पूर्ति गर्न खोज्दा गीत अलि उत्ताउला हुँदै गएका हुन्।

लोकगीत कोठामा रचिन थालेका छन्, यो त अरु गीतजस्तै भैहाल्यो नि। लोकगीत त संकलन गरेर गाउनुपर्ने होइन र ?

खै, मैले जतिबेलादेखि गाउन थालें, यस्तै गीत बन्दैछन्। यस्तै गीत लोकपि्रय भएका छन्। खोज्न गाह्रो हुन्छ होला नि। म त अरूले यस्तो गीत गाइदिनुपर्‍यो भन्दै आउनुहुन्छ, त्यही गाइदिने मान्छे हुँ।

तीज कसरी मनाउँदै हुनुहुन्छ ?

धेरै ठाउँका कार्यक्रमबाट बोलाउनुभएको छ। मेरो तीज स्टेजमै बित्छ जस्तो छ।

पहिलेको तीजगीत र अहिलेको तीजगीतमा धेरै परिवर्तन आइसकेको छ, किन यस्तो भएको होला ?

पहिले गाउँघरतिरका महिलालाई धेरै दुःख थियो। वर्षमा एकपल्ट माइती आएर दुःख भुलाउने माध्यम थियो तीज। हिजोआज पहिलेजस्तो दुःख पनि छैन। फोन र यातायातका साधनले अब माइती पनि टाढा रहेन। धेरैजसोले प्रेमविवाह गरेकाले माइतीसँग मेरो लोग्ने यस्तो-उस्तो भन्ने गुनासो गर्ने ठाउँ पनि रहेन। समयले ल्याएको यो परिवर्तन लोकगीतमा पनि देखिएको हो।

तपाईं धेरैपटक विदेश जाने कलाकारमध्ये पर्नुहुन्छ, कति कमाउनुभयो ?

अहिले एल्बम बिक्री हुँदैन। एउटा लोकगीत रेकर्ड गर्न र भिडियो बनाउन २ लाखभन्दा बढी खर्च हुन्छ। त्यसैले कमाइ जति सबै त्यसमै खर्च हुन्छ। आमा-बुवाका हामी छ जना सन्तान छौं। परिवारको अवस्था पनि त्यति राम्रो छैन, त्यसैले केही कमाइ घरमा पनि पठाउनुपर्छ। त्यसैले जोगाउन सक्दिनँ।

कुनै कुरा छुट्यो, यो कुरा सोध्नुभएको भए हुन्थ्यो भन्ने लागेको छ ?

धेरै कुरा गरिसकें। मसँग भन्ने कुरा नै यति धेरै छ जस्तो लागेको थिएन।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik