• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल यादव

‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’
अभिनेत्री निशा अधिकारी  तस्विर: महेश प्रधान
जेष्ठ ३०, २०७७

बिहेपछि फिल्म क्षेत्रबाट टाढिएको भान भइरहेकै बेला अभिनेत्री निशा अधिकारी आमा बनिन् । त्यसताका उनले आफू ‘फुलटाइम मदर’ भइरहेको सार्वजनिक गरेकी थिइन् । छोरा दुुई वर्षका भइसकेपछि उनको पाइला सामाजिक अभियानतिर चलेको छ । उनले सुरु गरेको ‘जिरो टोलरेन्स’ अभियानको सेरोफेरोमा अनिल यादवले गरेको कुराकानी :

‘जिरो टोलरेन्स’ को अवधारणा के हो ?

देशको अवस्था झन् बिग्रँदोे छ । संसारभर नै शासनसत्ताका नेतृत्व कता गइरहेका छन्, के–के कुरामा चुकिरहेका छन् भन्ने चित्र कोरोना महामारीले उदांगो पारिरहेको छ । मिडिया र सिनेमामा काम गरेको युवाका हैसियतले मलाई लागिरहेको छ कि अब पनि हामीले आवाज उठाएनौँ भने आगामी पुस्ताहरूले यही नियति भोग्न बाध्य हुनेछ । त्यसैले समाजमा व्याप्त साइबर अपराध, महिला हिंसा, राजनीतिक नेतृत्वको असक्षमता, नातावाद–कृपावाद, असमानता, दण्डहीनता, भ्रष्टाचार अब सहनुहुँदैन भनेर शून्य सहनशीलता अर्थात ‘जिरो टोलरेन्स’ अभियान सुरु गरिएको हो । आवाज उठाउने पुस्ताले धेरै परिवर्तन ल्याउने सुनिश्चितता त नहोला तर त्यसको फल भोलिको पुस्ताले पक्का पाउनेछ भन्ने विश्वास छ ।

अहिले कुन मुद्दामा केन्द्रित हुनुहुन्छ ?

अहिले हामी साइबर अपराधका मुद्दा हेरिरहेका छौँ । इन्टरनेटका माध्यमबाट जो–कोहीले भोगिरहेको हिंसाविरुद्ध हामी आवाज उठाइरहेका छौं । जसका लागि ‘हेल्प एट जिरो टोलरेन्स’ डिजिटल डेस्क स्थापना गरेका छौं, त्यहाँ जो–कोहीले इन्टरनेटमार्फत आफूमाथि भइरहेको हिंसा या समस्या खुलेर राख्न या पठाउन सक्नुहुन्छ । हामीसँग मनोचिकित्सकदेखि कानुनी सल्लाहकारसम्म हुनुहुन्छ, जो सहयोगका लागि सधैँ तत्पर हुनुहुन्छ । अहिलेसम्म पाँचवटा केस आएको छ, जसलाई हामीले हेरिरहेका छौं ।

त्यस्तै, ‘जिरो टोलरेन्स’ नामको ग्रुप छ, यसमा विभिन्न क्षेत्रका सेलिब्रेटी, विज्ञ, वकिल, पत्रकारदेखि आम नागरिकसम्म सदस्य छन् । त्यहाँ हामी कसैलाई गाली नगरी, हानी नपुर्‍याई शान्तिपूर्ण तरिकाले भावना व्यक्त गर्छौं, रचनात्मक बहस गर्छौं । ‘जिरो टोलरेन्स’को आफ्नै वेबपेज पनि छ । जहाँ ‘शून्य आर्ट’ भन्ने सेग्मेन्ट छ, जसमा पेन्टिङ, कविता, गजललगायत सिर्जना पठाउन सकिन्छ । ‘जिरो टोलरेन्स’ आफूभित्र गुम्सिएका भावना पोख्ने माध्यम पनि होस् भन्ने हाम्रो ध्येय हो ।

अहिले हेरिरहेका पाँचवटा केसचाहिँ कस्ता छन् ?

केसको डिटेल खोल्दाचाहिँ पिडितलाई समस्या हुन्छ । तर, त्यसका प्रकृतिचाहिँ भन्न सकिन्छ । हामीसँग अहिले यौनजन्य हिंसाका दुईवटा केस छन् । त्यस्तै इन्टरनेटकै माध्यमबाट पाँच वर्षदेखि लगातार आइरहेको धम्कीको एउटा केस छ । अर्कोचाहिँ एउटा पुरुषको केस छ, जसको नाममा फेक आइडी खोलेर उनी निकटका थुप्रै युवतीलाई जथाभावी म्यासेज पठाउने काम भइरहेको रहेछ । हामीले उहाँहरूलाई यो कुरामा आत्तिनुपर्दैन, यो विषयमा कानुन यस्तो छ, यो–यो ठाउँमा गएर यस्तो केसविरुद्ध उजुरी दिन सकिन्छ, मानसिक रूपमा धेरै तनाव नलिनुस् भनेर विस्तृत परामर्श दिइरहेका छौँ ।

अहिले अधिकांश मान्छे वास्तविक दुनियाँमा भन्दा बढी भर्चुअलमा रमाइरहेका छन् । लकडाउनअघि भएको एक अनुसन्धानअनुसार अहिले स्कुलका विद्यार्थीले ६० प्रतिशतभन्दा बढी समय इन्टरनेटमा बिताउँछन् । त्यसैले अभिभावकहरू बालबालिकालाई कस्ता इन्टरनेट सामग्री छनोट गरेर देखाउने भन्नेमा सचेत हुनुपर्ने अवस्था छ । सोसियल मिडियामा आइरहेकामध्ये भद्दा र जथाभावी प्रतिक्रियाले मान्छेमा चरम निराशा पैदा गरिरहेको छ । हाम्रै ग्रुपमा एकजना पीडितले साइबर बुलिङ र इन्टरनेटमा आउने भद्दा कमेन्टकै कारण आफू डिप्रेसनसम्म पुगेको बताएकी थिइन् । त्यसैले भर्चुअल दुनियाँमा देखिएको विकृति, चुनौती र यसमार्फत भइरहेको हिंसाबारे हामी गम्भीर छौँ । र, यो आवश्यक पनि छ ।

यसको अर्थ ‘जिरो टोलरेन्स’ अभियान फिल्म अभिनेत्रीहरूका लागि मात्र होइन ?

जिरो टोलरेन्स आम नागरिककै हकमा हो, सेलिब्रेटीहरूका लागि मात्रै होइन । अहिले हामीले हेरिरहेका पाँचवटै केस आम सर्वसाधारणका हुन्, सेलिब्रेटीको होइन । अर्को कुरा, मैले ‘जिरो टोलरेन्स’ ग्रुुपमा काम गर्दागर्दै के अनुुभव गरेँ भने कलाकारमात्रै होइन, सार्वजनिक पदमा रहनुभएका सबै सेलिब्रेटीहरूमाथि इन्टरनेट हिंसाका समस्या हुने रहेछन् । उनीहरूको केसलाई झन् गोपनियताका साथ हेर्नुपर्ने रहेछ । नत्र मानहानी हुने अवस्था झन् बढ्ने सम्भावना रहेछ । जस्तो, कुनै एउटा अभिनेत्रीलाई भद्दा गाली गरिएको एउटा कमेन्ट कसैलाई ‘ल हेर, उसलाई यस्तो भएछ नि’ भनेर सेयर गरेँ भने त्यतिबेला म पनि उसको चरित्रहत्या गराउनमा भागीदार हुने रहेछु । अहिले हामी सेलिब्रेटीको केस पनि हेरिरहेका छौँ तर झन् ‘सेन्सिटिभ’ हुने भएकाले बाहिर केही खोल्दैनौँ ।

अभियानमा कलाकारहरू क–कसको साथ छ ?

अभियान सुरु गर्नासाथ कतिपयमा ‘सेलिब्रेटी भर्सेस जर्नालिस्ट’ भनेर गलत बुझाइ देखियो । त्यस्तो होइन । यो अभियानमा अधिकांश कलाकारको हामीलाई साथ छ, तर साइबर क्राइमको विषयमा उहाँहरूलाई अहिले नै अभिव्यक्ति दिन लगाउन मन छैन । भोलि हामीले उठाउने थुप्रै मुद्दाहरू हुनेछन्, जहाँ उहाँहरूको आवश्यकता पर्नेछ । यो अभियानमा जोडिएर कसैले मानसिक तनाव भोग्न नपरोस् भन्ने मेरो चाहना हो ।

तर, ‘जिरो टोलरेन्स’ ग्रुपमा अधिकांश समस्या कलाकारले नै राखिरहेको हुँदा यो कलाकारहरूले नै चलाइरहेको अभियानजस्तो लाग्ने त भयो नि ?

सुरुका दुुई-चार दिनचाहिँ कलाकारहरूले बढी समस्या राखेको सत्य हो तर त्यसपछि त आम जनताले पनि समस्या राखिरहेका छन् । सुरुमा कलाकारहरूले राख्दा आम नागरिकलाई पनि आफ्नो समस्या खुलेर राख्न प्रोत्साहित गर्यो । 

आफ्नै भोगाइले तपाईंलाई यो अभियानको आवश्यकता महसुस भएको हो ?

हो, हाम्रो पुस्ताले धेरै उतारचढाव भोग्यो । त्यसैले ‘अब त अति नै भयो, धैर्यताको बाँध तोड्नुपर्छ’ भनेर अभियान सुरु गरेका हौँ । सेलिब्रेटी भएकै कारण मैले अनेक ‘बुलिङ’ सहेको छु । नचाहिँदो समाचार झेलेको छु । मेरो बिहेलगत्तैको एक महिना गलत र भ्रामक खबरविरुद्ध प्रेस काउन्सिलमा गएर मुद्दा हाल्दैमा बित्यो । मलाई कुनै एउटा व्यक्तिले गाडी दिनुभएको, फ्ल्याट दिएर पाल्नुभएको अनि बिहे गरेपछि गाडी फिर्ता माग्दा म तनावमा रहेको आशयको समाचार आएको थियो । मेरो बिहेमा पत्रकारहरूलाई प्रतिबन्ध लगाएको कारण रिसाएर कतिपयले त्यस्तो नचाहिँदो काम गरेजस्तो लाग्यो । मेरो बिहेको भोलिपल्टै निलु दिदी (डोमा शेर्पा, फिल्म निर्देशक) बित्नुभयो । तर, उहाँको अन्त्येष्टिमा पनि पत्रकारको एउटा समूहले मलाई छोडेन, पीडा दिइरह्यो । कानुनी राज्य भएको देशमा यस्तो मनपरी त कसरी चल्छ र ? म सोच्न बाध्य भएँ । सेलिब्रेटी भन्दैमा जसको जे पनि ज्यादती सहनुहुँदैन भन्ने लागेको हो । कसैलाई पनि बदमासी गर्ने छुट छैन । मिडिया पनि अनुशासनमा बसेरै काम गर्नुपर्छ ।

यो अभियान युट्युबरप्रति अलि बढी आक्रमक भएको, अभिव्यक्ति स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्न खोजेको भन्ने आरोप पनि लागिरहेको छ नि ?

त्यस्तो होइन । अहिले युट्युबमुनि देखिने जथाभावी गाली र भद्दा कमेन्ट हेर्नकै लागि मान्छेहरूले कन्टेन्टमा क्लिक गरिरहेका भेटिन्छन् । आफ्नो च्यानलको भ्युज बढाउने र पैसा कमाउने लोभका कारण अन्तर्वार्ता लिएकै व्यक्तिको चरित्रहत्या हुनेगरि जथाभावी गालीगलौज र अपाच्य कमेन्टलाई किन प्रोत्साहित गर्नुहुन्छ भन्ने हाम्रो प्रश्न हो । मसँग पनि कान्तिपुर टेलिभिजनमा सञ्चारकर्मीका रूपमा काम गरेको अनुभव छ । अनुशासनमा रहेर काम गरेको भएर पनि हुनसक्छ, मलाई एउटा सचेत मिडियाकर्मीले यस्ता भद्दा कमेन्टलाई प्रोत्साहित गर्छ भन्ने रत्तीभर लाग्दैन । यति भनिरहँदा के स्पष्ट पार्न चाहन्छु भने हामी अभिव्यक्ति स्वतन्त्रताको अलिकति पनि विपक्षमा छैनौँ ।

अनि, यही अभियानमार्फत केही कलाकारहरूले पुराना सामग्री र अन्तर्वार्ता ‘डिलिट’ गर्न धम्की दिइरहेको आरोप छ नि ?

योचाहिँ अभिनेत्री ऋचा शर्माको आमाको निधनताका अन्त्येष्टिका बेला अनुमतिविना खिचिएका भिडियोलाई लिएर आएको सन्दर्भ हो । शोकमा परेको बेला कसले के खिचिरहेको छ भनेर ध्यान दिन सक्दैन । तर, कसैको अन्त्येष्टिको भिडियो पनि जुम गरी–गरी खिच्नु मानवीय कार्य हो ? ऋचा अहिले पनि आमाको अन्त्येष्टिको भिडियो हेर्दा तनाव हुन्छ भनेर गुनासो गर्छिन् । अनि, अनुमतिबेगर खिचिएका त्यस्तो भिडियो हटाइदिनुस् भनेर अनुरोध गर्दा धम्की दिएको भन्न मिल्छ ?

मलाई एकजना पत्रकारले सुनाउनुभएको थियो– यस्तै दृश्यका कारण कुनै सन्दर्भमा मदनकृष्ण श्रेष्ठ दाइले ‘पत्रकारिता त मानवता नै हराएको पेसा भएछ’ भनेर चित्त दुखाउनुभएको थियो । हाम्रो चाहना पत्रकारिता अमानवीय नहोस्, जिम्मेवार, इमान्दार र निष्पक्ष होस् भन्ने हो ।

सहमतीमै लिइएका अन्तर्वार्ता पनि डिलिट गर्न दबाब दिइयो भन्ने छ त ?

सुरुमा कलाकारको व्यक्तिगत जीवनमा हानी पुर्‍याएका सामग्रीसँग जोडिँदा यो विषय उठेको हो । पछि छलफलकै क्रममा के निष्कर्ष निस्कियो भने हामी सेलिब्रेटीले पनि इन्टरभ्यु दिनुअघि, केही बोल्नु या लेख्नुअघि निकै सचेत हुनुपर्ने रहेछ ताकि भोलि समस्या नहोस् । यसमा प्रस्ट भएका छौं । बरु आफूलाई जवाफ दिन मन नलागेको प्रश्नमाथि जवाफ नै नदिने तर बोलिसकेपछि पछुतो मानेर केही नहुनेजस्ता सुझाव पत्रकारहरूबाटै आयो, त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ ।

कलाकारहरूको चाहिँ कस्ता–कस्ता समस्या आइरहेका छन् ?

धेरै छन् । जस्तो, कलाकारलाई नसोधिकन उनीहरूका निजी सामग्री प्रकाशन, भ्युज बढाउन अन्तर्वार्ताको टाइटल बंग्याएर सनसनीपूर्ण रूपमा गरिने प्रस्तुति, टाउको जोडेर बनाइएको फेक अश्लील भिडियो, अनावश्यक गसिप, प्रतिष्ठामै आँच पुग्ने ट्रोल निर्माण । यो समस्या युट्युबमामात्रै छैन, अनलाइन मिडियादेखि सोसल मिडियासम्म उत्तिकै छ । यसले सेलिब्रेटीलाई मानसिक तनाव त दिएको छ नै, उनीहरूको पारिवारिक जीवनमा पनि ठूूलो असर पुर्‍याइरहेको छ ।

विद्युतीय माध्यमबाट भइरहेका यस्ता अपराध रोक्न कत्तिको सहज छ ?

चुुनौती त छन् तर हामीले प्रयत्न छाड्नु हुँदैन, सहेर बस्नुहुँदैन । प्रहरी छ, साइबर कानुन छ, समन्वय गरेर अघि बढ्नेछौँ । जतिबेला इन्टरनेट राम्रोसँग सुरु भएको थिएन, त्यतिबेलै बनेको साइबर कानुनले अहिलेसम्म काम चलाइरहेको अवस्था छ, त्यो कानुन परिमार्जन गर्ने विषयमा पनि दबाब दिने तयारीमा हामी छौँ।

अन्त्यमा, सिनेमासम्बन्धी कुरा, तपाईंले फिल्ममा अभिनय नगरेको त दुई वर्ष भइसक्यो । के छ योजना ?

कोरोना महामारीपछि नेपाली फिल्म क्षेत्र कसरी अघि बढ्छ, अझै अन्योल छ । लकडाउन खुलोस्, अनि मात्रै नयाँ फिल्मबारे भन्न सकिएला ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik