• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
पहिलोपल्ट जहाज उडाउँछु भन्दा पनि मानिसले गिज्याएका थिए
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अश्विनी कोइराला

पहिलोपल्ट जहाज उडाउँछु भन्दा पनि मानिसले गिज्याएका थिए
फाल्गुन २९, २०७१
- किशोर केसी, अनुसन्धानदाता

ललितपुरको कुमारीपाटीमा एउटा साइबर क्याफे चलाएर बस्छन् उनी । खासमा यो साइबर उनको बाहिरी पाटो मात्र हो । भित्र उनी अपत्यारिलो वैज्ञानिक अनुसन्धान गरिरहेका छन् । उनी पृथ्वीको गुरुत्व (ग्राभिटी) आकर्षणबाट बिजुली निकाल्ने पद्धतिको विकास गरिरहेका छन् । ८ वर्षदेखि यहि अन्वेषणमा उनले करिव एक करोड रुपैंया खर्च गरिसकेका छन् । अनुसन्धानका लागि आफ्नो घर बैंकमा धरौटी राखेर काम सुरु गरेका किशोरको डेढ करोडको घर ब्याज नतिरेका कारण बैंकको हातमा पुगेको छ । बैंकले ३५ दिने सुचना जारी गरेर घर खाली गर्ने पत्र दिएको म्याद पर्सी आइतवार सकिदैछ । त्यतिमात्र होइन, जहाँ उनको अनुसन्धानको काम भैरहेको छ, घर भाडा तिर्न नसकेर उक्त घर नै छाड्नुपर्ने अवस्था सिर्जना भएको छ । तैपनि उनी विचलित छैनन् । 'ठूलो काम गर्दा समस्या आउँदो रहेछ, तर म आत्तिएको छैन ।' आत्मविश्वासका साथ किशोरले साप्ताहिकसँग भने, 'यो अनुसन्धान पूरा सफलतापूर्वक सम्पन्न हुनेबित्तिकै मेरो मात्र होइन, देशको आर्थिक अवस्थालाई नै बेजोड सहयोग पुर्‍याउने  सामर्थ राख्न सक्छ ।'

घर-परिवारलाई विचल्ली बनाएर अनुसन्धान गरिरहनुभएको रहेछ । के अनुसन्धान गरिरहनुभएको छ ?

कुनै पनि प्रचलित स्रोत प्रयोग नगरी बिजुली निकाल्ने अनुसन्धान गरिरहेको छु । अहिलेसम्म पेट्रोलियम पदार्थ, घामको किरण, हावाको बहाव, कोइला, हाइड्रोपावर, न्युक्लियर जस्ता साधनले बिजुली निकालिन्छ । म भने ती कुनै पनि साधन प्रयोग नगरी उर्जा निकाल्ने प्रयासमा छु ।

कुनै पनि साधन प्रयोग नगरी बिजुली निकाल्छु भन्नु त पागलपन नै हो नि, होइन र ?

हो, जसले पहिलोपल्ट यो कुरा सुन्छ, मलाई पागल भन्ने पनि भेटिन्छन् । यस्ता कुरा सुन्दा पहिले-पहिले चित्त दुख्थ्यो, अहिले दुख्दैन । किनभने पहिलोपल्ट पृथ्वी गोलो छ भन्ने वैज्ञानिकलाई मृत्युदण्डको फैसला सुनाइएको थियो भनिन्छ । राइट दाजुभाइले हामी चराजस्तै उड्ने गाडी (हवाईजहाज) बनाउँछौं भन्दा उनीहरूलाई पागल भनिएको थियो । जब-जब बैंकले घर लिलामको पत्र पठाउँछ, म पागलपनको अवस्थामा पनि पुगें । इन्टरनेटमा केही वैज्ञानिकहरूको जीवनी पढ्छु । उनीहरूको मेरो भन्दा बिजोग भएको थियो । तै पनि कुनै पनि प्रचलित स्रोतको उपयोग बिना नै विजुली निकाल्छु भन्ने कुराले मलाई कहिले पनि विचलित बनाएको छैन ।

बिना कुनै इन्धन बिजुली निकाल्न सक्नुहुन्छ त ?

शतप्रतिशत निकाल्छु । त्योभन्दा बढी प्रतिशत हुँदैन, नत्र त्यति प्रतिशत बिजुली निस्कन्छ भन्थें । बिजुली ननिस्कने कुनै कारण छैन, त्यसैले यसमा कुनै द्विविधा छैन ।

कसरी निस्कन्छ बिजुली ?

पृथ्वीको गुरुत्वाकर्षणबाट त्यो उर्जा निस्कन्छ । यसलाई अझ सरल भाषामा भन्नु पर्दा पृथ्वीको गुरुत्वाकर्षणसँग मेल खाने यन्त्र हो । त्यो यन्त्रले पृथ्वीको गुरुत्वोकार्षण अनुरुप आफ्नो चाल बनाउँदछ र त्यो चालको शक्तिबाट उर्जा निस्कन्छ । यो उर्जा विजुली हो । उर्जालाई मात्र ध्यान दिएर हेर्दा मैले के पाएँ भने पृथ्वी पुरै एउटा उर्जाको गोला हो । यति ठूलो शक्तिलाई उपयोग गरेर विजुली निकाल्न सकिन्छ भन्ने मेरो अन्वेषण हो ।

संसारमा ऊर्जाको यति ठूलो माग छ । न्युटनले ३ सय वर्षअघि नै पृथ्वीको गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका हुन् । संसारका ठूला-ठूला वैज्ञानिकहरूले यो कुरा सोचेनन् होला त ?

तपाईंले एकसाथ तीनवटा कुरा गर्नुभयो । एउटा संसारमा ऊर्जाको ठूलो माग छ, सही हो । दोस्रो न्युटनले ३ सय वर्षअघि नै पृथ्वीको शक्तिको सिद्धान्त दिएका हुन् । यस्तो बेला विश्वका वैज्ञानिकहरूले उक्त शक्तिबाट बिजुली निकाल्न सकिन्छ भन्ने सोचेनन् होला त भन्ने, अवश्य नै सोचे, प्रयास पनि गरे । पछिल्लो समयमा यो खोजी निकै तिब्र पनि भएको छ । त्यसमाथि विश्वमा सबैभन्दा बढि विजुली समस्यामा नेपाल नै परिरहेकाले हुनसक्छ, यसमा हामी बढि लाग्यौं । फलस्वरुप म पनि यसको अनुसन्धानमा जुटें ।

 

संसारका साधन-स्रोतसम्पन्न चर्चित वैज्ञानिकले पत्ता लगाउन नसकेको कुरा तपाईंको दिमागमा कसरी फुर्‍यो ?

जहाँ अभाव हुन्छ, त्यहीँ नयाँ चेतना फुर्छ । जुनबेला मैले साइबर क्याफे चलाउँछु भनेर घर भाडामा लिएँ, लोडसेडिङ उत्कर्षमा पुग्यो । जेनरेटर लिएँ तर डिजेलको यस्तो अभाव हुन थाल्यो, घन्टौं लाइनमा लाग्दा पनि नपाइने । कति समय त डिजेल नै नपाइने अवस्था आयो । यसको समाधान कसरी गर्न सकिन्छ भन्दा पृथ्वीको गुरुत्वाकर्षणलाई स्रोत देखे्र । लोडसेडिङ र डिजेलको अभावले यसमा लाग्न प्रेरणा दियो । जब त्यसका लागि अध्ययन सुरु गरें, मेरो अनुमान सहि हुन थाल्यो । त्यहि अनुरुपको इन्जिनियरिङ् तयार गरेें । अहिले त्यसको अन्तिम चरणको काम गर्दैछु ।

यसअघि कुनै अनुसन्धान गर्नुभएको थियो ?

सानैदेखि प्रविधिमा रुची राख्थें । एकपल्ट मेरो नयाँ पल्सर बाइक चोरी भयो । सुरक्षाको उचित बन्दोबस्त नभएका कारण बाइक हराएको ठहर गरेर विशेष साँचो बनाएँ । कसैले बाइक छुँदा म्युजिक बज्ने, मोबाइलमा सिग्नल आउने, जबरजस्ती गरे अटोमेटिक लक हुने व्यवस्था मिलाएँ । यस्ता धेरै साँचो बनाएर बेचें । पछि बजारमा मेरो भन्दा सस्तो सामग्री आएपछि उक्त काम रोकियो । त्यसपछि एउटा कलेजमा सयौं विद्यार्थीलाई एकसाथ मोनिटरिङ गर्न सक्ने प्रविधि जडान गरेको थिएँ । त्यसले राम्रो सफलता पाएको थियो । पानी पर्दा मोटरसाइकल चालक भिज्ने समस्या अन्त्य गर्न अटोमेटिक बर्सादी बाइकमै जडान गर्ने प्रविधि बनाइरहेको थिएँ । यस्ता धेरै कुरा दिमागमा आउँथे तर जबदेखि म लोडसेडिङको मारमा परें, बिना इन्धन बिजुली उत्पादन गर्ने काममा लागें । आज ८ वर्ष भयो, यसैमा लागिरहेको छु ।

कति काम सकियो, तपाईंको कामको परिणाम कहिलेसम्म आउँछ ?

९० प्रतिशत काम सकियो । विभिन्न किसिमका परीक्षण पूरा भएका छन् । अब दुईवटा परीक्षण बाँकी छन् । अन्तिम काममा लागिरहेको छु । बैंकले घर लिलामी गर्ने पत्र पठायो । त्यहि बेला जुन स्थानमा परीक्षण भैरहेको थियो, त्यहि घर पनि भाडा नतिरेका कारण छाडनु पर्ने अवस्था र त्यससँगै आउने अन्य परिस्थिति जटिल बनेपछि सामाधान खोज्न बाहिर निस्केको हुँ । बुवाले साह्रै दु:ख गरेर बनाएको घर, त्यो पनि उहाँ बिरामी भएका बेला लिलामीमा जान थालेपछि मैले काम नै गर्न सकिनँ ।

यस्तो काममा सरकारले सहयोग गर्छ नभए साथीभाइले सहयोग गर्छन् । घर बैंकमा राखेर यस्तो काम गर्नु त पागलपन नै हो नि । होइन र ?

जब मेरो दिमागमा यो कुरा फुर्‍यो, पहिले केही परीक्षण गरे । बिजुली ननिस्कने कुनै कारण थिएन । खुसी हुँदै सबैजसो संस्था र उच्च पदस्थ व्यक्ति र नेताहरूसम्म गएँ । उहाँहरूमार्फत अझ माथिसम्म पुग्ने प्रयास पनि गरें । हाम्रो वैज्ञानिकहरूको संस्था नास्टसम्म पुगें । सबैले ग्राभिटीबाट बिजुली निस्कनै सक्दैन, यसरी निस्कने भए खाडी मुलुकबाट किन पेट्रोलियम पदार्थ मगाउनुपथ्र्याे भनेर हत्तोसाहित गर्नुभयो । कुनै पनि व्यक्तिले मलाई दोस्रो पटक भेट्नै चाहेनन् । अरूले ममाथि किन विश्वास गर्ने ? मैले त्यस्तो के गरेको छु र ? भन्ने प्रश्न आएपछि बल्ल मेरो होस खुल्यो र ऋण काढेरै काम गर्छु भनेर लागेको हुँ ।

 

बिना कुनै साधन ऊर्जा निकाल्नु सामान्य कुरा होइन । तपाईंसँग क्षमता भए अमेरिका-जापानजस्ता विश्वका सबै मुलुकले तपाईंका लागि रातो कार्पेट ओछ्याउँछन्, खातिरदारी गरेर तपाईर्ंको कामलाई सघाउँछन्, सघाउँदैनन् र ?

पहिलो कुरा म नेपालमै यो काम गर्न चाहन्छु । काम सुरु भैसकेको छ । सुरु मात्रै होइन, अन्तिम चरणसम्म नै पुगिसक्यो । अर्को कुरा, ऋण काढेर काम सुरु गरेपछि बीचैमा अलपत्र पार्ने कुरा पनि भएन । जति-जति काम बढ्दै गयो, परीक्षण सफल हुँदै गयो । त्यसैले पनि मैले अर्को बिकल्प सोच्दै सोचिन । कतिपय साथीभाइले मप्रति विश्वास गरेर ऋण नदिएका होइनन्, तर समयमा काम पूरा गर्न नसक्दा उनीहरूलाई पनि ब्याजसहित ऋण तिर्नुपर्ने भयो । अहिले म बैंक र साथीभाइको दोहोरो ऋणमा फसेको छु ।

ग्राभिटीबाट बिजुली निकाल्ने तपाईंको मुख्य सूत्र के हो, बताउन मिल्छ ?

एकदमै मिल्छ । विश्वलाई त्यहि सूत्र बताउन, त्यसलाई प्रमाणित गर्न नै सबै कुरा छाडेर, घरबार बिगारेर म यसमा लागेको हुँ । यत्ति हो, अहिले समय आइसकेको छैन । काम पुरा हुने वित्तिकै म यो सुत्र सार्वजनिक गर्छु । यो सुत्र आफ्रनो नाममा दर्ता गर्नुअघि यसलाई गोप्य राख्नु मेरो बाध्यता हो ।

तपाईंले सुत्र नबताए पनि पृथ्वीको गुरुत्वाकर्षणबाट विजुली निकाल्ने कुरा बताइसक्नु भएको छ । ग्राभिटीसम्बन्धी जानकारी लाखौं मानिसलाई थाहा छ, धेरैले यसलाई प्रयोग गरेर ऊर्जा निकाल्ने प्रयत्न पनि गरे । तपाईं आफूले नै यो काम फत्ते गर्छु भन्ने सोच अलि अनौठो होइन ?

यो अहिलेको लागि शंकाकै कुरा हो । किनभने सबै कुरा बाहिर आएको छैन । तर चाँडै यसको वास्तविकता बाहिर ल्याउने छु । मैले जे काम गरिरहेको छु, त्यो अरुतिर अनुसन्धान भैरहेको वा हुन लागेको कुरा बाहिर आएको छैन । सायद अरुलाई ध्यान नगएको पनि हुनसक्छ । हामी लोडसेडिङ्को चर्को मारमा परेका कारण हामीलाई यो कुराले बढि पिरोलेको पनि हुनसक्छ । म अहिले नै यो कुरा मैबाट हुन्छ भनेर दावी गरिरहेको छैन तर केही न केही परिणाम निस्कन्छ भनेर विश्वास दिलाउन चाहन्छु ।

 

मानौं तपाईंको अन्वेषण सफल भयो र बिजुली निकाल्नुभयो, नेपालले के फाइदा पाउँछ ? संसारमा के परिवर्तन हुन्छ ?

यो सफल भएपछि गुरुत्वाकर्षणको बलबाट नयाँ काम भएको विषयलाई लिएर नेपालको नाम एउटा उपलब्धिका रुपमा आउने छ । विजुली निस्किएपछि नेपाल सहित विश्वका सबै देशलाई उर्जाको समस्याबाट मुक्ति हुनेछ भने यसले वातावरण र अर्थतन्त्रलाई पनि ठूलो प्रभाव पर्ने छ । यसबाट निस्किएको विजुलीले कुनै पनि किसिमको प्रदुषण नगर्ने भएकाले यसको ठूलो महत्व छ ।

राम्रो सपना देख्नुभएको रहेछ, कति समयपछि सपनाबाट ब्युँझिनुहुन्छ ?

तपाईंले यसो भन्दा म रिसाउँदिनँ, किनभने यसरी अविश्वास गर्ने तपाईं पहिलो व्यक्ति होइन । तैपनि यति लेखेर राख्नुहोस्, २०७३ सालभित्रमा म गुरुत्वाकर्षणबाट बिजुली निकालेरै छाड्छु ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik