• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
जन्मदाको साइतअनुरूप भविष्य निर्धारण हुन्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

जन्मदाको साइतअनुरूप भविष्य निर्धारण हुन्छ
मंसिर २, २०७४

 

२०५२ सालदेखि ज्योतिष विधामा सक्रिय छन्— डा. सुनिल सिटौला । २०५८ सालमा ग्लोबल एस्ट्रोलोजी रिसर्च सेन्टरको अध्यक्ष भएका डा. सिटौलाले विश्व ज्योतिष विद्यापीठबाट ज्योतिषविद्यामा मास्टर्स गरेका छन् । अल्टरनेटिभ मेडिसिनका ब्याचलर्स सिटौलालाई इन्डियन इन्स्टिच्युट अफ ओरियन्टल हेरिटेजले डाक्टरको उपाधि दिएको छ ।

राशि र नक्षत्रसम्बन्धी जानकारी दिने जोखना एपसमेत बनाएका डा. सिटौलाले ०६२ सालदेखि रेडियो तथा टेलिभिजनमा ज्योतिष विधाका कार्यक्रमसमेत सञ्चालन गरिरहेका छन् । डा. सिटौलाका ज्योतिष विज्ञान र हस्तरेखासम्बन्धी ५ वटा पुस्तक प्रकाशित छन् । ज्योतिष विज्ञानसम्बन्धी पत्रिकाको विगत १२ वर्षदेखि सम्पादनसमेत गरिरहेका सिटौलासँग विवाह र यसको ज्योतिष विज्ञानसँगको सम्बन्धका विषयमा साप्ताहिकले गरेको कुराकानी :

 

विवाह र ज्योतिष विज्ञानबीच के कस्तो सम्बन्ध छ ?

ज्योतिष विज्ञानलाई संस्कृतमा सूर्यलगायतका ग्रहहरूको जानकारी राख्ने शास्त्र भनिएको छ । अमेरिका, युरोप तथा रूसका आ–आफ्नै अन्तरिक्ष अनुसन्धान केन्द्रहरू छन् । त्यसभन्दा धेरै वर्षअघि भारत वर्षमा ज्योतिषीहरूले ग्रहको गणित गर्थे, ग्रहणको गणित गर्थे । यसको पहिलो नियम भनेको सूर्यलगायतका ग्रहहरूको अध्ययन गर्नु हो । ग्रहहरूका बारेमा व्याख्या गर्ने ज्योतिषलाई हामी फलित ज्योतिष भन्छौं । फलादेशहरू यही फलित ज्योतिषका आधारमा गरिन्छ । कुनै मानिसको जन्मपछि उसको विवाह कस्तो हुन्छ, उसको सन्तान कस्तो हुन्छ, विद्या कस्तो हुन्छ, मातापितासँगको सम्बन्ध कस्तो हुन्छ यावत् कुरा ज्योतिष विज्ञानमार्फत विश्लेषण गर्न सकिन्छ । त्यसमा एउटा विवाहको कुरा हो, विवाह शुभ हुन्छ कि हुँदैन वा एकभन्दा बढी विवाह हुन्छ कि भन्ने कुरा त्यो जन्मको साइतबाटै थाहा हुन्छ । 

 

मुहूर्त भनेको के हो ?

ज्योतिष विज्ञानमा एउटा अवधारणलाई मुहूर्त ज्योतिष भनिन्छ । विवाह मुहूर्तको कुरा यही ज्योतिषअन्तर्गत पर्छ । शुभमुहूर्तमा विवाह गर्‍यो भने शुभ फल मिल्छ भनिन्छ । मुहूर्तको नियममा हाम्रो शास्त्रमा कुन महिना विवाह गर्दा के फल आउँछ, कुन तिथिमा विवाह गर्दा के फल प्राप्त हुन्छ, कुन नक्षत्रका दिन विवाह गर्दा कस्तो फल मिल्छ भन्ने फलादेश छ । यसैका आधारमा सबै कुरा मिलाएर हाम्रो सरकारी पात्रो निर्माण गरिएको हुन्छ । त्यहाँ यो–यो महिनामा यो–यो दिन विवाह जुर्छ भनेर उल्लेख गरिन्छ ।

 

पात्रोमा विवाह तिथि कसरी तय गरिन्छ ?

पञ्चांग गणितको प्रक्रियाबाट तिथि तय गरिन्छ । जस्तो आज सप्तमी तिथी हो, भोलि अष्टमी हुन्छ । ग्रहका बारेमा जुन हिसाब गरिन्छ, त्यसलाई हामी सिद्धान्त ज्योतिष भन्छौं र आधुनिक एस्ट्रो फिजिक्स भनेको त्यही हो । गणितका आधारबाट आएको परिणामको व्याख्या गर्ने फलित ज्योतिष हो । यो पूर्वीय दर्शनसँग पनि जोडिन्छ । पूर्वीय दर्शनले प्रारब्ध, प्रेरणा र पुरुषार्थको कुरा गर्छ ।

 

प्रारब्ध, प्रेरणा र पुरुषार्थ के हो ?

प्रारब्धले अहिले जुन रूप, रंग र स्वभाव छ, त्यो पूर्वजन्मबाट निर्धारित हुन्छ भन्छ । पूर्वीय दर्शनले मानिस जन्मनुका पछाडि पूर्वजन्मका केही संस्कार जुन बाँकी हुन्छन्, जसलाई भोग्नुपर्नेछ, त्यसका लागि जन्म लिएको भन्छ । त्यो भोग्ने संस्कारलाई ग्रहबाट गणित गरेर विश्लेषण गरिन्छ । त्यो प्रारब्धको कुरा हो । जस्तो— जन्मदा कोही धनी कुलमा, कोही गरिब कुलमा जन्मन्छ, कोही स्वस्थ भएर, कोही रोगी भएर जन्मन्छ । त्यो सबै उसको पूर्वजन्मको प्रारब्ध हो । जन्मको साइतअनुसार कोही पत्नीबाट शुभ भएका हुन्छन्, कतिपय अशुभ भएका हुन्छन् । यो कुरा जन्मदाको साइतअनुसार आउँछ । जन्मदाको साइतबाटै वैवाहिक जीवन यस्तो हुन्छ भनेर विष्लेषण गर्न सकिन्छ । वैवाहिक जीवन नराम्रो हुने गणित आयो भने त्यसमा प्रेरणा र पुरुषार्थ जोडिन्छ । त्यसलाई प्रेरणा र पुरुषार्थबाट परिवर्तन गर्न सकिन्छ । पुरुषार्थ बदल्ने भन्दैमा पुसमा धान रोपेर त हुँदैन । पुरुषार्थका लागि पनि निश्चित समय खाका चाहिन्छ, त्यो समय खाका ज्योतिष विज्ञानले कोर्छ ।

 

विवाहका लागि कुन महिना बढी उपयुक्त मानिन्छ ?

सबैभन्दा उपयुक्त माघ र फागुन हो । त्यसबाहेक असार, जेठ, वैशाख पनि उपयुक्त हुन्छन् । मंसिर विवाहका लागि खासै राम्रो होइन । राशिअनुसार कुन महिनामा विवाह जुर्छ, कुन महिनामा जुर्दैन भन्ने पनि हुन्छ ।

 

कुन राशिका मानिसका लागि कुन महिना उपयुक्त हुन्छ ?

धेरै मानिसले गलत राशि हेर्छन्, राशि प्रमाणित हुनुपर्छ । मेष राशिका लागि साउन, मंसिर र चैत महिना विवाह, व्रतबन्ध केही पनि जुर्दैन । वृष राशि भएकाले भदौ, पुस र वैशाख महिनामा विवाह गर्न मिल्दैन । मिथुन राशि भएकाले असोज, माघ र जेठ महिना, कर्कट राशिले कात्तिक, फागुन र असारमा विवाह गर्न मिल्दैन । सिंह राशिलाई मंसिर, चैत र साउन तथा कन्या राशिलाई पुस, चैत र भदौ, तुलालाई माघ, जेठ र असोज, वृश्चिक राशिलाई फागुन, असार र कात्तिक महिनामा विवाह जुर्दैन् । धनुका लागि चैत, साउन र मंसिर, मकरका लागि वैशाख, भदौ र पुस, कुम्भका लागि जेठ, असोज र माघ तथा मीन राशिका लागि असार, कात्तिक र फागुन महिना उपयुक्त हुँदैनन् । त्यतिमात्र होइन, विवाहका लागि बृहस्पति ग्रह पनि जुराउनुपर्ने हुन्छ । बृहस्पति ग्रह १३ महिनामा एउटा राशिमा घुम्छ । बृहस्पति ग्रह जन्मदाको राशिबाट ४, ८, १२ मा पार्नु हुँदैन । त्यस्तो अवस्थामा विवाह गरियो भने त्यो विवाह दैविक र आध्यात्मिक हुँदैन भनिन्छ ।

 

विवाहका लागि जोडी चयनमा कुन राशिका लागि कुन राशि उपयुक्त मानिन्छ ?

हाम्रो ज्योषितशास्त्र अनुसार यो समयमा जन्मिएको व्यक्तिको विवाह यो दिशातिर यस्तो राशि यस्तो रूप, रंग, स्वभाव भएकोसँग विवाह हुन सक्छ भन्न सकिन्छ । यो ज्योतिषको गहिरो अध्ययनबाट आउँछ । सामान्य रूपमा आफ्नो राशिबाट गन्दै जाँदा ६, ८ र १२ को राशि पर्‍यो भने विवाह टिक्दैन । जस्तो— मेषबाट गन्दै जाँदा कन्या ६, वृश्चिक ८ र मीन १२ हुन्छ । यसमा एउटा अर्को नियम पनि छ, केटीको राशि अगाडि आयो र केटाको पछि आयो भने विध्वंस हुन्छ, केटाको राशि अगाडि आएर केटीको पछि आयो भने अलिअलि मिल्छ । अर्को नियम राशि परस्पर फरक ६, ८ पर्‍यो तर राशिको स्वामी मित्र भयो भने मिल्छ । देवगण, मनुष्य तथा राक्षस गणको पनि नियम छ, जुन जन्मको नक्षत्रबाट निर्धारित हुन्छ । एउटै गणमा प्रीति हुन्छ । नाडी भन्ने अर्को हुन्छ एउटै नाडीमा विवाह भयो भने सन्तानमा बाधा हुन्छ भनिन्छ । धर्मशास्त्रमा एउटै गोत्रमा विवाह गर्नु हुँदैन, सन्तानमा वंशाणुगत खराबी देखिन्छ भनिन्छ, नाडीको नियम ठ्याक्कै त्यही हो ।

 

विज्ञानसँग पनि सम्बन्धित छ ?

विज्ञान भनेको प्रविधि मात्र होइन, दर्शन पनि हो । हामीले विज्ञान भन्नेबित्तिकै प्रविधिमा मात्र जोड दियौं, प्रविधि विज्ञानलाई प्रस्तुत गर्ने यन्त्र हो । यन्त्र मात्र विज्ञान होइन, मुख्य कुरा त दर्शन हो । हामी दर्शनबाट अभिप्रेरित हुनुपर्‍यो । ज्योतिष विज्ञान दर्शन पनि हो, विज्ञान पनि हो । अहिले मानिसको भाग्य र भविष्य बताउने कुनै विज्ञान छ भने त्यो ज्योतिष विज्ञान मात्र हो ।

 

कतिपयले यसमा अविश्वास गरिरहेका छन् नि ?

ढिलोचाँडो सबै हामीकहाँ आउछन् । अहिले पनि कतिपय उम्मेदवार टिकट लिन–जित्नदेखि लिएर कोही अपरेसनको साइत जुराउन हामीकहाँ आउँछन् । हामीले कतिपय अपरेसनको डेट नै पोस्टपोन्ड गरिदिएका छौं । मारकेश्वर भन्ने एउटा दशा हुन्छ, त्यो दशा चलेका बेला मान्छे मर्न सक्छ, त्यसैले हामीले अप्रेसन सार्न समेत लगाएका छौं ।

चिना कसरी बनाइन्छ ?

हामी जुन बेलामा जन्मियौं, त्यतिबेला आकाशमा ग्रहहरू घुमिरहेका हुन्छन् । कुन ग्रह कहाँ घुमिरहेको हुन्छ, अर्को हामी कहाँ पञ्चांगको पात्रो हुन्छ, त्यसमा पनि ग्रह राखिएको हुन्छ । त्यसमा ग्रहहरू कति डिग्रीमा छन् भनेर लेखिएको हुन्छ । हामी मान्छे जन्मिसकेपछि पात्रो पल्टाएर इष्टघडी निकाल्छौं । इष्टघडी भनेको मान्छे जन्मिएको समय र सूर्यबीचको अन्तर हो । इष्टघडीले कति नक्षत्र, कति तिथि भेट्यो भनेर निकाल्छ ।

 

ग्रह चाहिँ के हो ?

ग्रहको सम्बन्ध गुरुत्वाकर्षणसँग हुन्छ, त्यसले हाम्रो दिमागलाई पनि तान्छ भन्ने धारणा छ ।

 

राशि भनेको के हो ?

राशि भनेको चन्द्रमा हो । जस्तो मेष राशि भनेको जन्मदा चन्द्रमा मेष राशिमा थियो भन्ने हो । चन्द्रमालाई जलीय ग्रह भनिन्छ । औंसी र पूर्णिमाका बेला समुद्रमा ज्वारभाटा आउँछ, हत्या र आत्महत्या आंैशी र पूर्णिमाको आसपासमा हुन्छ भनिन्छ । हाम्रो शरीरमा ७५ प्रतिशत पानी हुन्छ । मायाप्रीतिमा पनि हामी चन्द्रमा नै हेर्छौ । चन्द्रमाबाट राशि मिलाइन्छ ।

 

चन्द्रमा कमजोर हुँदा के हुन्छ ?

चन्द्रमा कमजोर भयो भने मन बढी आत्तिन्छ । चन्द्रमा बलियो भयो भने मानिसहरू विन्दास हुन्छन् ।

 

कस्ता युवती बढी लच्छिनका हुन्छन् ?

त्यसका लागि हाम्रो भाषामा सामुद्रिक शास्त्र भन्ने छ, जसबाट शरीरको लक्षण हेरिन्छ । शरीरको लक्षण हेर्दा दाँत उछिट्टिनु, फाट्नु गृहस्थ जीवनका लागि नकारात्मक मानिन्छ । दाँत टम्म मिलेको हुनुपर्छ । हाँस्दा डिम्पल पर्नु हुँदैन, डिम्पल पर्ने व्यक्तिहरू व्यभिचारी हुन्छन् भनिन्छ । हत्केलाका औंला टम्म मिलेको हुनुपर्छ, हात छाम्दा कोमल हुनुपर्छ, यस्ता युवतीहरू सुन्दर हुन्छन्, सुकुमार हुन्छन् । जन्मदाको समयमा लग्न कुण्डलीमा जसको बृहस्पति वा शुक्र केन्द्रमा बस्यो त्यस्ता केटीहरू लच्छिनका हुन्छन् । 

 

कस्ता युवक शक्तिशाली हुन्छन् ?

नाक चुच्चो भएका व्यक्ति राजसी ठाँटबाटका हुन्छन् । निधार ठूलो तथा आयातकार भएको व्यक्तिमा राजसी गुण हुन्छ । हत्केला तथा बूढी औंला जति लामो भयो त्यो व्यक्ति त्यति नै बौद्धिक हुन्छ । हत्केलामा उध्र्व रेखाबीच हुँदै मध्यको औंलाको टुप्पोमा पुगेको छ भने त्यस्तो व्यक्ति ठूलै ठाउँमा पुग्छ ।

 

कतिपयले लभ म्यारिज बढी टिक्दैनन् पनि भन्छन्, किन ?

ज्योतिषशास्त्रले पुरुष र स्त्रीलाई परस्पर फरक–फरक दिशाबाट जोड्छ । उनीहरूलाई एकआपसमा बाँध्ने काम यौनले मात्र गर्छ । ज्योतिषशास्त्रमा उदय लग्न आफ्नो हुन्छ भने अस्त लग्न विपरीत हुन्छ । यौनले मात्र स्त्री–पुरुषलाई एक सूत्रमा बाँध्ने भएकाले ज्योतिषशास्त्रमा यौन जीवनका लागि योनि भन्ने छ । पुरुषको योनि के हो, स्त्रीको योनि के हो त्यसबाट थाहा हुन्छ । त्यो योनि परस्पर शत्रु राशिमा पर्‍यो भने उनीहरूको सम्बन्ध चाँडै टुट्न सक्छ । ज्योतिषशास्त्रमा हामी मुहूर्त मिलाउँछौं तर लभ म्यारिज गर्नेहरू भावनाबाट प्रेरित हुन्छन् । ज्योतिषशास्त्रले मिलाउने भनेको उनीहरूको आत्मीक एवं दैविक डिभाइन हो । 

 

योनि कसरी निर्धारण हुन्छ ?

योनि जन्मिदाको नक्षत्रअनुसार निर्धारण हुन्छ । नक्षत्र भनेको कहिल्यै पनि क्षय नहुने कुरा हो । ग्रहहहरू घुम्ने बाटोमा २७ वटा नक्षत्र हुन्छन्, एउटा नक्षत्रको समयावधि १३ डिग्री २० मिनेट हुन्छ, त्यो २४ घण्टाको हुन्छ ।

 

नक्षत्रको भूमिकाचाहिँ के हो ?

हाम्रो पूर्वीय ज्योतिष नक्षत्रमा आधारित छ । राशि पश्चिमाहरूको प्रयोग हो । जस्तो मेष राशिभित्र अश्विनी, भरणी तथा कृतिका नक्षत्र हुन्छन् । कुन नक्षत्रमा जन्म भयो त्यो नक्षत्रअनुसार गण, नाडी, योनि आदि मिलाइएको हुन्छ । 

विवाह गर्दा कस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ ?

ज्योतिषशास्त्रअनुसार विवाह गर्न कि जन्मकुण्डलीको द्वितीय स्थान कि सप्तम स्थानको बसेको ग्रहको समय अवधि चल्नुपर्छ । कि त तपाईंको जन्मको चन्द्रमाबाट बृहस्पति ४, ८, १२ बाहेक अरू ठाउँमा बसेको हुनुपर्छ । त्यसैगरी पहिले विवाहको समय निकाल्नुपर्छ । मंगल, राहु र शनि ग्रह चलेका बेला विवाह गर्नु हुँदैन, सम्बन्ध बिग्रन सक्छ । शुक्र, बृहस्पति, बुध तथा चन्द्रमा चलेका बेला विवाह गर्नु उपयुक्त मानिन्छ ।

ठाउँ र दिशाको पनि महत्व हुन्छ ?

ज्योतिशास्त्रअनुसार सूर्य ग्रह पूर्व दिशाको स्वामी हुन्छ, चन्द्रमा ग्रह वायव्य दिशा (पश्चिम र उत्तरको कुना) को स्वामी हुन्छ । बृहस्पति उत्तर र पूर्वको कुना, मंगल ग्रह दक्षिण दिशा, शुक्र ग्रह दक्षिण र पूर्वको कुना, शनि ग्रह भनेको पश्चिम दिशा, बुध उत्तर दिशा यसरी ग्रहअनुसार पनि दिशा हुन्छ । पत्नी स्थानमा कुन ग्रह बस्यो वा पत्नी स्थानको स्वामी कुन ग्रह हो, त्यो ग्रहको दिशामा विवाह गरे एकदमै राम्रो हुन्छ, ठ्याक्कै जुर्छ ।

विवाह कसरी हुन्छ भन्ने कुरा पनि थाहा पाउन सकिन्छ ?

जन्मकुण्डलीअनुसार योग्य ज्योतिषीले विवाह कसरी हुन्छ साथीको सहयोग वा आफ्नै अग्रसरतामा आदि कुरा पत्ता लगाउन सक्छन् । जन्मकुण्डलीअनुसार विवाह ग्रह लग्न छ भने आफ्नै प्रयासमा विवाह हुन्छ । सामान्यतया: चर, स्थिर र द्विस्वभावले पनि विवाहलाई प्रभावित गर्छ । चर राशि भयो भने २ सय किलोमिटरभन्दा टाढा विवाह हुन्छ, स्थिर भयो भने ९० किलोमिटरभित्र हुन्छ । द्विस्वभाव राशि भयो भने ९० देखि २ सय किलोमिटरभित्र हुन्छ । मेष, कर्कट, तुला, मकर चर राशिभित्र पर्छन् । वृष, सिंह तथा कुम्भ स्थिर राशि हुन् भने मिथुन, कन्या र मीन द्विस्वभाव राशिमा पर्छन् । 

मानिसको कति पटक विवाह हुन्छ भन्ने कुरा कसरी पत्ता लाग्छ ?

ज्योतिषमा यसको पनि नियम छ । त्यसमा राजामहाराजाका लागि १ सय ८ वटा विवाहभन्दा माथि कल्पना गरिएको छ भने सामान्य जनताका लागि २४ वटासम्म विवाहको कल्पना गरिएको छ, तर सामान्य नियममा पति स्थानमा वा पत्नीस्थानमा जति वटा ग्रह भयो, त्यति जनासँग सम्बन्ध हुन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik