• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
किशोरी बन्न १२ किलो तौल घटाएँ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

किशोरी बन्न १२ किलो तौल घटाएँ
चैत्र ८, २०७४

 

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ? 

चलचित्र पञ्चायतलाई दर्शकमाझ ल्याउने कार्यमा सक्रिय भएर लागेकी छु । वास्तविक घटनामा आधारित यो चलचित्रबाट मैले धेरै आशा गरेकी छु । 

पञ्चायतसँग कसरी जोडिनु भयो ? 

निर्देशक शिवम अधिकारीले झन्डै सात वर्षअघि नै यो चलचित्रको स्क्रिप्ट सुनाउनुभएको थियो । चलचित्रमा मैले १३–१४ वर्षकी किशोरीको भूमिका निर्वाह गर्नु पर्ने थियो । मैले त्यही उमेरको नयाँ कलाकार खोज्न आग्रह गरेर म आफ्नै काममा व्यस्त भएँ । 

आफूलाई नसुहाउने भनेर पन्छाएको कथामा पुन: कसरी आबद्ध हुनुभयो त ? 

कहिलेकाहिं भाग्यले पनि दह्रो साथ दिने रहेछ । मैले कुनै नयाँ अनुहारका लागि सिफारिस गरेको कथा अन्तत: मेरै भागमा पर्‍यो । झन्डै ६ वर्षसम्म उहाँहरूले नयाँ अनुहार खोज्नुभएछ, तर कतै फेला नपरेपछि पुन: मलाई नै अभिनयको प्रस्ताव राख्नुभयो । त्यसपछि मैले यसपटक नाइँ भन्नै सकिन । 

आफूभन्दा झन्डै आधा उमेरकी किशोरी बन्न गाह्रो भएन ?

कलाकारका लागि सबैभन्दा चुनौतीको कुरा भनेकै यही त हो । आफू जे छ, त्यो भन्दा बिल्कुलै फरक भएर अभिनय गर्न सक्ने कलाकार पो कलाकार । मैले पनि यसलाई चुनौतीकै रूपमा लिएँ, स्विकारें । आजको मितिमा आउँदा म सफल पनि भएँ जस्तो लाग्छ । 

किशोरी बन्नका लागि के–के गर्नुभयो ? 

सबैभन्दा पहिला त आफ्नो तौल घटाएँ । ५२–५३ किलोको मेरो शरीरलाई घटाएर ४०–४१ किलोमा झारें । पश्चिम नेपाल (बाग्लुङ) को लवज सिकें । गाउँका किशोरीहरूको आनी–बानी पनि सिकें । छायांकनका लागि बाग्लुङको बलेवा पुगेर स्थानीय बासिन्दाकै घरमा बसें, रहन–सहन सिकें । किशोरी बन्ने सबै तयारी पूरा गरेपछि मात्र क्यामेराको सामु आएँ ।

 

अभिनय गर्ने क्रममा केही समस्या भयो कि ? 

समस्या त कति भयो कति, चलचित्रको मध्यान्तरसम्म म दुब्ली–पातली, सानी छु । मध्यान्तरपछि पुन: १०–१२ किलो तौल बढाउनुपर्ने भूमिकामा छु । एउटै चलचित्रमा विभिन्न उमेर समूहको भूमिका निर्वाह गर्दा अप्ठ्यारो त हुन्छ नै । 

त्यहि मेहनतले अन्तर्राष्ट्रिय सफलता दिलाएको हो त ? 

मलाई त्यस्तै लाग्छ । विश्वभरीबाट आएका नयाँ अवधारणासहित निर्माण भएका चलचित्रहरूको उक्त महोत्सवमा मैले पञ्चायत चलचित्रका लागि सर्वोत्कृष्ट अभिनेत्रीको एवार्ड जितेकी हुँ । अमेरिकामा सम्पन्न सनफ्रान्सिस्को इन्टरनेसनल न्यू कन्सेप्ट फिल्म फेस्टिभलको विदेशी चलचित्र विधातर्फ सर्वोत्कृष्ट अभिनेत्रीको एवार्ड जित्न सफल भएकी हुँ । 

अहिलेसम्म चलचित्र हेर्ने दर्शकबाट कस्तो प्रतिक्रिया पाउनुभयो ? 

चलचित्रको सार्वजनिक प्रदर्शन नभएकाले आम दर्शकको प्रतिक्रिया बुझ्न बाँकी नै छ, यद्यपि स्वदेश तथा विदेशमा भएका प्रिमियर शो हेर्ने अधिकांशले मेरो अभिनयको प्रसंसा गर्नुभएको छ । नेपालमै समेत विभिन्न राजनीतिक दलहरूका मुख्य नेताहरूले समेत व्यक्तित्व रूपमा मलाई भेटेर अभिनयको प्रशंसा गर्नुभएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik