• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
अनलाइनहरूको फेक न्युजको सिकार भएँ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

अनलाइनहरूको फेक न्युजको सिकार भएँ
पुस ५, २०७५

उनी आँखा देख्न सक्दिनन्, तर मुम्बईस्थित सारेगमपको भव्य स्टुडियोका बारेमा उनी मजाले वर्णन गर्न सक्छिन् । उनी नेपाली गायिका हुन्, यद्यपि हिन्दी गीत उतैका गायक–गायिका झैं दुरुस्तै गाउँछिन् । लता मंगेशकरदेखि श्रेया घोसालसम्मका दिग्गज गायिकाका गीत उत्कृष्ट शैलीमा प्रस्तुत गरेर उनले भारतका सेलिब्रेटीहरूको समेत मन जितेकी छिन् । त्यसैले पनि सारेगमपको उत्कृष्ट ११ बाट बाहिरिनु परेकोमा उनी दु:खी छैनन् । गत आईतबारमात्र काठमाडौं फर्किएकी गायिका मेनुका पौडेलले साप्ताहिकर्मीसँग ठट्टा गर्दै भनिन्— ‘नेपाल आइडलमा पनि उत्कृष्ट ११ बाटै बाहिरिनु परेको थियो, सारेगमपबाट पनि उत्कृष्ट ११ बाटै स्टेज छाड्नुपर्‍यो । यो ११ अंकको खड्गो चाहिं कसरी कट्ने होला ?’ झापाकी स्थायी वासिन्दा मेनुका लामो समयदेखि भक्तपुरमा बसोबास गरिरहेकी छिन् । साप्ताहिकसंग मेनुकाले आफ्नो सारेगमपको यात्राका बारेमा आफ्नै शब्दमा यसरी वर्णन गरिन् :

जीटिभीको लोकप्रिय कार्यक्रम सारेगमपको २०१८ को संस्करणमा भाग लिन्छु भनेर धेरै अघिदेखि योजना बनाइरहेकी थिएँ । कार्यक्रमका लागि सबैभन्दा पहिले मैले यतैबाट सम्पर्क गरें । त्यस क्रममा मैले आफ्नो मोबाइल नम्बर टिपाएँ । उताबाट मलाई फोन आउने भनियो । म त्यही फोनको प्रतिक्षा गर्न थालें । म सारेगमपबाट फोन आउँछ भन्ने कुरामा ढुक्क थिएँ । नभन्दै उताबाट कल आयो । फोनमा मलाई नेपालबाट म बाहेक अरु क–कसले भाग लिने हो ? भन्ने जिज्ञासा राख्नु भयो । मैले म आफू मात्र भाग लिने कुरा मलाई थाहा छ, अरूको त मलाई थाहा छैन भनें । त्यसपछि उहाँहरूले दुईवटा गीत गाएको अलग–अलग भिडियो पठाउन भन्नुभयो । त्यसै अनुसार गायिका लता मंगेशकरका दुई वटा गीत गाएको दुई भिन्न भिडियो तयार पारेर पठाइदिएँ । कार्यक्रमका निर्माता–निर्देशकहरूले मेरो भिडियो हेरेपछि पुन: मलाई फोन गर्नुभयो । दोस्रो पटकको कुराकानीमा उहाँहरूले काठमाडौंकै चावहिलस्थित आइडल स्कूलमा नेपालीहरूका लागि अडिसन कार्यक्रम राखिएको जानकारी गराउँदै मलाई त्यहीं सहभागी हुन भन्नुभयो ।

एकपछि अर्को अडिसन 

मैले पठाएको भिडियोबाट म आइडल स्कूलको अडिसनमा पुग्नु मेरो दोस्रो खुड्किलो थियो । काठमाडौंको अडिसनमा धेरै जना सहभागि हुनुहुन्थ्यो । म बाहेक अरु धेरैले अडिसन दिँदै हुनुहुन्छ भन्ने थाहा पाउँदा मलाई कता–कता डर पनि लागेको थियो । यद्यपि मेरो लक्ष्य मुम्बईको सारेगमपको मञ्च भएकाले मैले मनबाट सबै प्रकारका डरलाई बाहिर निकालें । त्यो अडिसनमा पनि मैले लता मंगेशकरका दुई गीत गाएँ । तीमध्ये ‘अभि ना जाओ छोड के कि दिल अभि भरा नहीं...’ ले सबैको मन जितेको अनुभव गरेँ । आइडलको अडिसनमा मैले सफलता हासिल गरें । उक्त सफलतासंगै मैले कलकत्तामा हुने तेस्रो चरणको अडिसनमा सहभागिता जनाउने अवसर पाएँ । काठमाडौंको अडिसनमा सारेगमपकै प्रतिनिधिहरू आउनुभएको थियो । कलकत्ताको प्रि–अडिसनमा सहभागिता जनाउन आमालाई पनि साथै लिएर गएँ । कलकत्ताको अडिसनमा समेत मैले लता मंगेशकरकै गीत गाएकी थिएँ । त्यहाँका निर्णायकहरूको मन जितेकैले होला म कलकत्ताको अडिसनमा पनि सफल भएँ । कलकत्ताको अडिसनमा सफलता हासिल गरेपछि त्यसपछिको यात्रा मुम्बईका लागि अघि बढ्यो ।

मुम्बईको तयारी 

मुम्बई हरेक कलाकारका लागि सपनाको सहर हो । मेरा लागि पनि त्यस्तै थियो । त्यसै पनि बलिउडको चमकदमक तथा हिन्दी गीत–संगीतका बारेमा मलाई पहिलेदेखि नै जानकारी थियो, त्यसैले मैले मुम्बईमा हुने स्टुडियो राउण्डका लागि भित्रैदेखि तयार हुनु अनिवार्य थियो । मुम्बई पुगुञ्जेल पनि मलाई डर लागिरहेको थियो । ठूला–ठूला कलाकारहरूका अघि, लोकप्रिय सेलिब्रेटीहरूका अगाडि विशाल मञ्चमा कसरी प्रस्तुत हुने होला भनेर असाध्यै डर लागेको थियो । यद्यपि मेरी आमा पम्फा पौडेल मसंगै हुनु भएकाले एक प्रकारको हिम्मत पनि थियो, किनभने मेरी आमा मसंग नेपाल आइडलको बेलादेखि नै संगै हुनुहुन्थ्यो । त्यही भएकाले पनि मैले मुम्बईको भव्य स्टेज, झकिझकाउ सेट, धेरै जना अटाउन सक्ने स्टुडियो भित्र पनि एक्लो महसुस गर्नु परेन ।

स्टुडियो राउन्डमा प्रवेश

अन्तत: त्यो दिन पनि आयो, जुन दिनका सम्बन्धमा मैले सपना देखेकी थिएँ । उक्त दिन म बिहानैदेखि एक्साइडेट थिएँ, कता–कता डर पनि लागिरहेको थियो । हिम्मत जुटाएर, उत्साहित हुँदै हामी आमा–छोरी स्टुडियो पुग्यौं । पहिलो दिनको कार्यक्रमका लागि मैले पुन: एक पटक लता मंगेशकरकै गीतमा अभ्यास गरेकी थिएँ । ब्याक स्टेजमा नेपाली गायक उदितनारायण झाका छोरा आदित्य नारायण झासंग भेट भयो । उहाँले मसंग नेपाली भाषामा कुरा गर्दा असाध्यै रमाइलो लाग्यो, एक प्रकारको हौसला पनि प्राप्त भयो । त्यसपछि मेरो स्टेज उक्लिने पालो आयो । मैले लता मंगेशकरकै गीत गाएँ–‘जाने क्या बात है...’ । उक्त गीतको प्रस्तुतिलाई प्रतियोगिताका सबै निर्णायकले मन पराउनुभयो अनि धेरैभन्दा धेरै प्वाइन्ट दिनुभयो भने उपस्थित दर्शकहरूले पनि उत्तिकै मन पराउनु भयो । अझ कार्यक्रम प्रस्तोता आदित्य नारायण झाले त स्टेजमै मसंग नेपाली भाषामा कुरा गरेर मलाई थप हौसला दिनुभयो । म स्टुडियो राउण्डको पहिलो प्रस्तुतिमा सफल भएँ । पहिलो प्रस्तुतिपछि म सोझैं मेगा राउण्डमा पुगें । त्यसपछि प्रत्येक एपिसोडमा उत्कृष्ट प्रस्तुति दिँदै टप १५ मा पुगें । त्यसपछि टप १३, टप १२ हुँदै उत्कृष्ट ११ मा पुगेर बाहिरिन बाध्य भएँ ।

निर्णायक र सेलिब्रेटीको हौसला

सारेगमपको उत्कृष्ट ११ बाट बाहिरिनु मेरा लागि दु:खद क्षण त थियो नै, तैपनि मैले यसलाई सुनौलो अवसरका रूपमा लिएर चित्त बुझाएँ । काठमाडौंको आइडल स्कुलदेखि मुम्बईको त्यो भव्य स्टुडियोसम्मको यात्रा नै मेरा लागि ठूलो उपलब्धि थियो । त्यो भन्दा पनि ठूलो कुरा मैले बलिउडका अत्यन्त लोकप्रिय सेलिब्रेटी तथा संगीतका हस्तीहरूका अगाडि आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पाएँ । त्यसक्रममा मैले बलिउडका अभिनेत्रीहरू रविना टण्डन, प्रिती जिन्टालाई आफ्नो गीत सुनाउने अवसर प्राप्त गरे । लोकप्रिय धारावाहिक कुमकुम भाग्यकी तनू अर्थात लिना जुमानी त मेरो सर्पोटर नै बनेर कार्यक्रममा सहभागि हुनु भएको थियो । त्यसबाहेक प्रतियोगिताका निर्णायकहरूले पनि मेरो खुलेर प्रसंसा गर्नु भयो । अधिकांश निर्णायक तथा कार्यक्रमका सदस्यहरू मसँग बारम्बार एउटै प्रश्न सोधिरहनुहुन्थ्यो– ‘तिमीले यति राम्रो हिन्दी कसरी बोलेको ? यति राम्रो हिन्दी गीत कसरी गाउन सकेको ? यसबाहेक अधिकांशको जिज्ञासा के रह्यो भने नेपालमा अन्य नेपालीहरूले पनि हिन्दी भाषा यति नै राम्रोसँग बोल्छन् ? नेपालमा हिन्दी चलचित्र हेरिन्छ ? हिन्दी धारावाहिकहरू मन पराइन्छ ? अनि सारेगमप जस्ता रियालिटी शोका दर्शकहरू छन् ? मैले सबै प्रश्नको सकारात्मक जवाफ दिएपछि उहाँहरू छक्क पर्नु भएको थियो ।

हिन्दी लवजमा सुधार

मेरो हिन्दी खासै राम्रो थिएन । उच्चारणमा पनि समस्या थियो । मलाई अमेरिकामा बसोबास गर्ने गायक नरेन्द्र प्यासीले फेसबुकको म्यासेन्जरबाट हिन्दी लवज राम्रोसँग बोल्ने, स्पष्ट उच्चारण गर्ने तरिका सिकाउनु भएको थियो । यसका लागि म उहाँको गुण कहिल्यै बिर्सन सक्दिनँ ।

चित्त दु:खाइ पनि छ

मैले उत्कृष्ट प्रस्तुति दिँदा–दिँदै कार्यक्रमबाट बाहिरिनुको अर्को एउटा दु:खद पाटो पनि छ । यद्यपि मलाई उक्त कुरा यसरी सञ्चारमाध्यममा ल्याउने इच्छा थिएन, तर आज साप्ताहिकजस्तो ठूलो मिडियासँग कुरा गर्ने मौका पाएका बेला मैले मुख खोल्नै पर्छ । म कार्यक्रमबाट बाहिरिनुमा विभिन्न ‘फेक समाचार’ ले निर्णायक भूमिका खेलेको रहेछ । तल्लो स्तरका अनलाइन मिडियामा मेरो नाम जोडेर, मैले बोल्दै नबोलेका विषयमा समाचार बनाएर सामाजिक सञ्जालमा सेयर हुन थालेपछि कार्यक्रमका निर्देशकहरूले नै मलाई त्यस विषयमा गम्भीर भएर जानकारी गराए । खासगरी भारतले नेपालमाथि लगाएको नाकाबन्दीका विषयमा मैले बोल्दै नबोलेको कुरालाई समाचार बनाएर प्रकाशित गरिएपछि कार्यक्रमका निर्माता–निर्देशकहरूलाई मलाई कार्यक्रममा निरन्तरता दिइरहन समस्या भएछ । हुन त म सञ्चारमाध्यमहरूकै साथ र सहयोगले यहाँसम्म आइपुगेकी हुँ । यद्यपि आफ्नो लाइक र भ्युज बढाउने बहानामा अनावश्यक प्रसार–प्रसार गरिंदा मेरो करियरमै नकारात्मक प्रभाव परेकोमा भने असाध्यै दु:ख लागेको छ ।

हिम्मत हारेकी छैन

अन्त्यमा, यसपटक उत्कृष्ट ११ बाट बाहिरिनु परे पनि मैले अर्को वर्ष पुन: एक पटक सारेगमपमा सहभागिता जनाउने निर्णय गरिसकेकी छु । किनभने मैले प्रतियोगिताका बारेमा धेरै भन्दा धेरै जानकारी पाएकी छु । यो सहभागिताले मेरो हिम्मत बढाएको छ । अर्को शब्दमा भन्नु पर्दा मैले हिम्मत हारेकी छैन । अर्को पटक प्रतियोगितामा सहभागिता जनाएर सफल हुने विश्वास लिएकी छु । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik