• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
विदेशको भोगाइ 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

देवेन्द्र विश्वकर्मा

 विदेशको भोगाइ 
माघ २१, २०७५

‘.....मेरी आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा लिएर फर्किएँ भने त ठीकै छ तर....त्योभन्दा ठूलो रातो बाकसमा म आफैं भरिएर फर्किएँ भने.....?’ कवि नवराज पराजुलीका यी हरफहरू सुन्दा कसको मन नरोला र ? वास्तवमा यो अहिले बिदेसिएका ५० लाखभन्दा बढी नेपाली युवायुवतीको व्यथा हो । अन्तर्राष्ट्रिय विमानस्थलमा दिनहुँ एक न एक जना यस्तै रातो बाकसमा फर्किरहेका हुन्छन् । यता दिनहुुँ सयौं युवा आफ्नो सुन्दर भविष्यको कल्पना गर्दै बिदेसिरहेका छन् । पैसा कमाउँला, साहूको ऋण तिरौंला, सानो घर बनाउँला, छोराछोरी पढाउँला अनि परिवारलाई खुसी र सुखी बनाउँला भनेर ।

विडम्बना भनेजस्तो र सोचेजस्तो कहाँ हुन्छ र ? दलालहरूले मीठा–मीठा सपना देखाई चर्को रकम असुल गरी विदेश पठाएर परदेशमा दु:ख पाएकाहरूको व्यथा भनेर साध्य छैन । उता साहूले अलिकति भएको जमिन पनि हड्पिदिन्छ, परिवारका सदस्यहरूले विदेशबाट २–४ पैसा कमाएर ल्याउँछ र सुखका दिन सुरु हुन्छन भन्ने सोचिरहेका हुन्छन्, तर त्यसको ठीक विपरीत वज्रपात आइलाग्छ अनि कति त डिप्रेसनको सिकार हुँदै आत्महत्याजस्तो गम्भीर बाटो अपनाउन बाध्य हुन्छन् । मैले यसो भनिरहँदा बिदेसिएर दु:ख पाएका मात्र छन् भन्ने होइन, अहिले देशको ३३ प्रतिशत आम्दानी बिदेसिएका यिनै युवामार्फत प्राप्त हुन्छ । 

देशमा निकै ठूल्ठूला परिवर्तनहरू भए । हाम्रै बुबाको पालादेखिको कुरा गर्ने हो भने पनि २००७ सालको प्रजातन्त्र प्राप्तिदेखि लिएर २०४६ सालको जनआन्दोलन अनि २०५१ मा सुरु भएको १० वर्षे जनयुद्ध तथा ०६२/६३ को १९ दिने जनआन्दोलन, गणतन्त्र प्राप्ति, यी सबै परिवर्तनका लागि नै भएका आन्दोलनहरू थिए । यसबीच राजनैतिक परिवर्तन त निकै भए । २०७२ असोज ३ गते देशले नयाँ संविधान पनि पायो, तर विडम्बना यही देशले युवाहरूलाई अर्काको देशमा पसिना बगाउनबाट जोगाउन सकेन, न त स्पष्ट वैदेशिक रोजगार नीति नै ल्याउन सक्यो, जसले गर्दा परदेशमा मलाई कुनै अप्ठ्यारो भयो भने मेरो देशको नीति यो छ र मलाई मेरो देशको सरकारले यसो गर्छ भनेर छाती फुलाउन सकियोस् ।

(सुन्दर हरैचा नगरपालिका–२, मोरङ, नेपाल, हाल : रियाद, साउदी अरेबिया)

तपाइले देखेको या भोगेको कुनै पनि समसामयीक विषयमा बढीमा ३०० शब्दमा आफ्नो विचार [email protected] वा [email protected] मा पढाउनुहुन अनुरोध छ । उत्कृष्ठ विचारलाइ आगामी अंकमा स्थान दिनेछौ ।  

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik