• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
क्रिकेट छोडेर विदेश जाने योजनामा थिएँ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

क्रिकेट छोडेर विदेश जाने योजनामा थिएँ
फाल्गुन २९, २०७५

हामीले पनि एउटा स्तर कायम गर्नुपर्छ । त्यसका लागि पैसाकै कुरा आउँछ । क्रिकेट खेलेर सम्मानजनक जीवनयापन हुन नसक्ने देखेपछि कुनै बेला मैले अष्ट्रेलिया वा युनाइटेड अरब इमिरेट्स जाने तयारी गरेकी थिएँ । अहिले हामीले जुन सफलता हासिल गरेका छौं, त्यसले अहिले मेरो मनबाट विदेश पलायन हुने कुरा हटेको छ । ।

 

 

नेपाली महिला क्रिकेट टिमकी कप्तान हुन्– रुविना क्षेत्री । झापाको काँकडभित्तामा जन्मिएकी क्षेत्री सन् २०१२ देखि नेपाली महिला क्रिकेट टिमकी कप्तान रहँदै आएकी छिन् । क्षेत्रीले नेतृत्व गरेको नेपाली महिला क्रिकेट टिम गत साता थाइल्यान्डमा आयोजित महिला ट्वान्टी–२० विश्वकपको छनौट प्रतियोगितामा दोस्रो स्थान हात पारेर स्वदेश फर्किएको छ । यही सेरोफेरोमा रहेर रुविनासँग साप्ताहिकका लागि महेश तिमल्सिनाले गरेको कुराकानी :

सन् २०२० मा हुने ट्वान्टी–२० विश्वकप र सन् २०२१ मा हुने एक दिवसीय विश्वकपको सुरुवाती छनौट प्रक्रियामा नेपाल उपविजेता भयो कस्तो अनुभव भैरहेको छ ? 

हामी दुई वर्षको अन्तरालपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका हौं । त्यसैले अनुभवको कुरा गर्दा एकदमै राम्रो अनुभव हासिल गर्ने मौका मिल्यो । थाइल्यान्डमा हामीले दुईवटा प्रतियोगिता खेल्यौं, दुवै प्रतियोगितामा हामी दोस्रो स्थानमा रह्यौं । ती दुवै प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गरेको थियो । आईसीसीका प्रतिनिधिहरूले पनि नेपालले आफ्नो खेलमा एकदमै राम्रो सुधार ल्याएको टिप्पणी गरेको सुन्न पाउँदा निकै खुसी लाग्यो । थाइल्यान्डमा हामीले १२ खेलमध्ये १० खेल लगातार जितेका थियौं । हामीले हारेको खेल भने एउटासँग मात्र त्यो पनि आयोजक थाइल्यान्डसँगको खेल थियो । त्यसैले पनि हामी खुसी छौं, किनभने यति धेरै वर्षपछि मैदानमा फर्कंदा पनि हामीले धेरै राम्रो खेल प्रदर्शन गर्न सक्यौं ।

थाइल्यान्डसँग हार्नुको कारणचाहिँ के थियो ? 

हामीले एक महिनाअघि थाइल्यान्डसँग म्याच खेलेका थियौं । त्यतिबेला हामीलाई थाइल्यान्ड केमा कमजोर छ भन्ने कुरा थाहा थियो । उनीहरूको घरेलु क्रिकेट एकदमै बलियो छ । उनीहरू वर्षभरि नै खेलिरहेका हुन्छन् । अर्को कुरा, उनीहरूको घरेलु मैदानमा प्रतियोगिता भैरहेको थियो, त्यसले पनि उनीहरूलाई खेल्न सहज थियो । त्यस्तै, उनीहरूको आधिकारिक खेलकुद संघ छ जसले खेलाडीलाई निरन्तर खेल्न प्रेरित गरिरहेको हुन्छ । त्यहाँ खेलाडीलाई राम्रो सेवा सुविधा उपलब्ध छ, जसले गर्दा खेलाडीले पनि आफ्नो पूरै जीवन क्रिकेटमै समर्पित गरेका छन्, तर हामी कहाँ त्यस्तो छैन । हामी थाइल्यान्डसँग खेल्न नजानेर हारेका होइनौं । हामी अनुभव र म्याच एक्पोजरको कमीका कारण हारेका हौं । हाम्रा खेलाडीहरूमा प्रशस्तै सीप र क्षमता छ । हामीले थाइल्यान्डलाई जित्न कम्तीमा पनि ६ महिना अभ्यास र म्याच एक्पोजर पाउनुपर्थ्यो ।

भनेपछि नेपालको तयारी कमजोर थियो ? 

हामीले आफ्ना तर्फबाट जति तयारी गर्नुपर्थ्यो त्यति गरेकै थिएनौं । फिटनेसमा पनि हाम्रो कमजोरी थियो । त्यसका बाबजुद हामीले तयारीचाहिँ गरेका थियौं, तर त्यो पर्याप्त थिएन । हामीले खेलमा जति दिन सक्थ्यौं त्यति दिएकै हौं । अर्को कुरा, हामी खेलाडीहरूको भेटघाट पनि यही प्रतियोगिताका कारण मात्र भएको थियो, जसले गर्दा टिममा रहेका प्रत्येक खेलाडीलाई आफ्नो साथी खेलाडीका बारेमा बुझ्नै समय लाग्यो ।

 

थाइल्यान्डसँग खेल्नुभन्दा अघिको योजना कस्तो थियो ?

हामीले सुरुमा ब्याटिङ गर्ने सोचेका थियौं, तर टस हारेपछि बाध्य भएर बलिङ गर्नुपर्‍यो । बलिङ गर्दा पनि हामीले विपक्षी टिमलाई १ सय रनभित्रै अल आउट गर्ने लक्ष्य बनाएका थियौं । ब्याटिङमा हामी बलियो नै थियौं । हाम्रो मुख्य योजना सजिलैसँग रन बनाउन नदिने तथा विपक्षी टिमलाई मानसिक दबाबमा राख्ने थियो । हामीले खेल्नु अघि यस्तै स–साना कुराको योजना बनाएका थियौं । 

खेल सुरु हुनुअघि चेन्जिङ रुमको वातावरण कस्तो थियो ? 

केटीहरू पूरै जोसमा थिए, किनभने त्यसभन्दा पहिलेको म्याचमा हामीले हार बेहोरेका थियौं । त्यसैले यो पटकचाहिँ थाइल्यान्डलाई हराउँछौं भन्ने संकल्प गरेका थियौं । मैदानमा पनि त्यो जोस देखिन्थ्यो । अर्को कुरा, उनीहरू मात्र कति च्याम्पियन हुन्छन्, यसपटक त हामी नै च्याम्पियन हुनुपर्छ भन्ने थियो । तैपनि उनीहरू हामीभन्दा १० प्रतिशतले अब्बल देखिए । त्यसैले हामीले यस्ता खालको प्रतियोगिता जित्न अझै पनि शारीरिक एवं मानसिक रूपमा थप मेहनत गर्नैपर्छ । 

जित र हारलाई कसरी विश्लेषण गर्नुहुन्छ ? 

अहिले हामीले जुन नतिजा हात पारेका छौं, त्यो एक किसिमले भन्ने हो भने जित नै हो । किनभने हामीले २ वर्षको अन्तरालपछि खेल्दा पनि प्रतियोगिताको उपविजेता हुनु भनेको जित मात्र होइन, गर्वकै कुरा हो । यो प्रतियोगितामा मैले ह्याट्रिक पनि गरें । नेरी थापाले एउटै खेलमा ६ विकेट लिने कीर्तिमान बनाइन् । सीता रानामगरलाई प्लेयर अफ द टुर्नामेन्ट घोषणा गरियो । हामीले अर्को चरणका लागि योग्यता हासिल गर्न नसके पनि अहिलेका लागि हामीले प्राप्त गरेको नतिजालाई सन्तोषजनक नै मान्नुपर्छ ।

 

व्यक्तिगत रूपमा तपाईंको प्रदर्शन कस्तो रह्यो ? 

पूरा प्रतियोगितामा मैले आफूले सोचेजस्तो राम्रो खेल्न सकिनँ । बाहिरबाट हेर्दा रन बन्यो, विकेट लियो भन्ने होला, तर व्यक्तिगत रूपमा चाहिँ मैले त्योभन्दा राम्रो गर्न सक्थें । दुईवटा खेलमा मैले आफ्नो विकेट लापरबाहीकै कारणले गुमाएकी थिएँ । केही खेलमा बलिङ पनि राम्रो गर्न सकिनँ । जे होस्, पूरा प्रतियोगितामा मैले जति गर्न सकें त्योभन्दा अझ राम्रो गर्न सक्थें भन्ने कुरा अहिले पनि मेरो मनमा खेलिरहन्छ । 

प्रतियोगितामा सबैभन्दा सहज अनि सबैभन्दा गार्‍हो टिम कुन थियो ? 

हामीले युनाइटेड अरब इमिरेट्स, मलेसिया र कुवेतसँग सहजै खेल्यौं । चीनसँग खेल्दा ब्याटिङमा ठूलो कमजोरी देखिएपछि हामी ७७ रनमै खुम्चियौं । चीनजस्तो टिमसँग त्यति कम स्कोरमा हाम्रो इनिङ सकियो भन्ने कुरा अहिले पनि पत्याउन गार्‍हो हुन्छ । पूरा प्रतियोगितामा हामीलाई गार्‍हो भएको भनेको थाइल्यान्डसँग नै हो । अरू टिमसँग त खासै गार्‍हो भएन । 

छनोट खेलमा प्रत्येक टिमसँग प्रतिस्पर्धा गर्दा अलग–अलग रणनीति बनाइएको थियो ? 

हामीले एकैपटक जित्ने योजना बनाएका थिएनौं । प्रत्येक टिमसँग छुट्टाछुट्टै रणनीति बनाएर खेलेका थियौं । मुख्य कुरा, हामीले राम्रो रन रेटसहित खेल्ने रणनीति बनाएका थियौं । हामीले कमजोर टिमविरुद्ध धेरै रन बनाउने तथा विपक्षी टिमलाई थोरै रनमा समेट्ने योजना बनाएका थियौं । हार–जित जे भए पनि रनरेट आफ्नो पक्षमा राखेर खेलेका थियौं । प्रतियोगितामा पनि मुख्य प्रतिस्पर्धी नेपाल, युनाइटेड अरब इमिरेट्स र थाइल्यान्डलाई नै मानिएको थियो । अन्तिम नतिजा पनि त्यसै अनुरूप आयो ।

नेपालका लागि निर्णायक मानिएको थाइल्यान्ड र युनाइटेड अरब इमिरेट्सबीच खेल भैरहँदा तपाईंहरू के सोचिरहनुभएको थियो ? 

थाइल्यान्ड बलियो छ भन्ने हामीलाई थाहा थियो । थाइल्यान्डले युनाइटेड अरब इमिरेट्सलाई हराउँछ भन्ने कुरामा म ढुक्क थिएँ । किनभने प्रतियोगितामा सहभागी टिममध्ये थाइल्यान्डलाई हराउन सक्ने क्षमता नेपालसँग मात्र थियो । त्यसैले युनाइटेड अरब इमिरेट्सले थाइल्यान्डलाई हराउला र हामी माथि पुगौंला भन्ने कुरा हामीले सोचेका पनि थिएनौं । 

नेपाली महिला क्रिकेटका लागि क्यान अथवा राज्यले के–कस्तो सेवा सुविधा प्रदान गरिरहेको छ ? 

केही पनि छैन । हामीलाई मासिक तलबसमेत उपलब्ध गराइँदैन । क्यानसँग हाम्रो सम्बन्ध पानी बाराबार जस्तै छ । उता राष्ट्रिय खेलकुद परिषदले महिला क्रिकेटका लागि भनेर कम्तीमा प्रधानमन्त्री कप सञ्चालन गर्दै आएको छ । भलै त्यसको व्यवस्थापकिय त्रुटि गनिसाध्य छैन । राष्ट्रिय खेलकुद परिषद्ले नेपाली महिला क्रिकेट टिमका सदस्यहरूका लागि मासिक तलब तोक्ने कुरा उठाएको छ, त्यसले हामीलाई केही खुसी बनाएको छ । त्यसबाहेक राज्य वा क्यानका तर्फबाट हाम्रा लागि खासै कुनै काम भएको छैन । 

नेपालमा महिला क्रिकेटको विकासका लागि राज्यले के गरिदियोस् भन्ने लाग्छ ? 

हामी निर्धक्कसँग क्रिकेटमा लाग्न सरकारले हाम्रो जीविकोपार्जन हुने तलबको व्यवस्था गर्नुपर्छ । व्यवसायिक क्षेत्रले पनि पुरुष खेलाडीहरूमा मात्र लगानी गरेको देखिन्छ । हामीलाई चाहिँ किन नहेरेको होला भन्ने लाग्छ । हामीले पनि केही कीर्तिमान राखेका छौं, आफ्नो स्तरअनुसार प्रदर्शन गरेका छौं । महिला क्रिकेटमा देखिएका उपलब्धिको सबैले सम्मान गर्न सक्नुपर्छ । 

तपाईंको दैनिकी कसरी चलिरहेको छ ? 

यो सन्दर्भमा म आफूलाई भाग्यमानी मान्छु, किनभने मलाई परिवारबाट ठूलो आडभरोसा प्राप्त छ । मेरो घरमा मैले खासै केही गर्नु पर्दैन । मैले जे भन्यो त्यो मलाई प्राप्त हुन्छ । मैले क्रिकेटमै जीवन बिताउँछु भने पनि मलाई थुनछेक हुनेछैन, तर मैले कहिलेसम्म परिवारको आड–झरोसा लिने ? 

क्रिकेटका अतिरित्त के गर्नुहुन्छ ? 

केही पनि गर्दिनँ । म कुनै काम भएन भने घरमै बस्छु । अभ्यास गर्न जान्छु । अर्को कुरा, मलाई घरबाट कुनै काम गर्न कर छैन । ममा क्रिकेटबाहेक अरू कुनै क्षेत्रको ज्ञान पनि छैन । मेरो पढाइ पनि त्यति राम्रो छैन । 

पढाइ अघि बढ्न नसक्नुको कारण ? 

क्रिकेट भनेर हिँडेकै कारणले मेरो पढाइ बिग्रियो । म कक्षा १२ बल्ल–बल्ल उत्तीर्ण गरेर स्नातक तहमा भर्ना भएँ । स्नातकको दोस्रो वर्षमा थिएँ, त्यही बेला क्रिकेट खेल्न जानुपर्ने भयो । परीक्षा दिन पाइनँ । म क्रिकेट छाडेर परीक्षा दिन चाहन्नथें । मलाई परीक्षाभन्दा क्रिकेट प्यारो लाग्यो । यसरी क्रिकेटमै लाग्दा चार वर्षजति पढाइ छाडें, त्यसपछि पढ्नै मन लागेन । 

अन्तर्राष्ट्रिय खेलको नेतृत्व गर्दा तपाईंले देशको नेतृत्व गर्नुहुन्छ । हरेक खेलमा टिमको जित–हारभन्दा पनि देशको जित–हारले ठूलो अर्थ राख्छ । यस्तो मानसिक दबाबलाई कसरी ऊर्जामा बदल्नुहुन्छ ?

दबाब त भैहाल्छ । देशलाई प्रतिनिधित्व गरेर हिँड्दा आफैंमा दबाब सिर्जना भैरहेको हुन्छ । हामीले अलिकति पनि लापरबाही गर्नु भनेको देशलाई नै हानि पुर्‍याउनु हो । एउटा नेतृत्वकर्ता भएपछि आफैंले दबाब महसुस गर्नुपर्‍यो भने बाँकी टिमले त केही पनि गर्न सक्दैन । त्यसैले म हरेक खेलमा देशलाई काँधमा बोकेर हिँडेको छु भन्ने संकल्प गरेर मैदानमा प्रवेश गर्छु । म कुनै दबाबमा खेल्दिनँ । कुनै पनि खेलाडीले बिना दबाब आफ्नो खेल प्रदर्शन गर्नुपर्छ । त्यसैले म जुनसुकै प्रतियोगितामा पनि ऊर्जाशील रूपमा प्रस्तुत हुन्छु । 

कुनै बेला क्रिकेट छाड्ने सोचमा हुनुहुन्थ्यो होइन ? 

हामीले पनि एउटा स्तर कायम गर्नुपर्छ । त्यसका लागि पैसाकै कुरा आउँछ । क्रिकेट खेलेर सम्मानजनक जीवनयापन हुन नसक्ने देखेपछि कुनै बेला मैले अष्ट्रेलिया वा युनाइटेड अरब इमिरेट्स जाने तयारी गरेकी थिएँ । अहिले हामीले जुन सफलता हासिल गरेका छौं, त्यसले अहिले मेरो मनबाट विदेश पलायन हुने कुरा हटेको छ । यति सफलता हासिल गर्दा पनि सम्बन्धित निकायले महिला क्रिकेटमा ध्यान दिन सकेन भने हाम्रा लागि बिदेसिनुको विकल्प हुने छैन । 

थाइल्यान्डमा दोस्रो स्थान हासिल गरेर फर्कंदा स्वागतका लागि विमानस्थलमा खेलकुदका कुनै पनि अधिकारी नपुगेको देख्दा कस्तो लाग्यो ? 

एकदमै निराश भएँ । मलाई त एयरपोर्टमै रुन मन लागेको थियो । हामीलाई रेड कार्पेट, खादा, फूलमाला केही पनि चाहिएको थिएन । हामीलाई खेलकुदका एक–दुई जना पदाधिकारी आएर राम्रो खेल्नुभयो भनेर स्याबासी दिएको भए पनि त्यही कुरा ठूलो हुन्थ्यो, तर एयरपोर्टमा कसैलाई पनि नदेख्दा अलिकति पलाएको आशा पनि निराशामा परिणत भयो । 

फुर्सदको समय कसरी बिताउनुहुन्छ ? 

फुर्सदको समय पनि खेलेरै बिताऊँछु । म क्रिकेटका अतिरित्त भलिबल तथा टेबलटेनिस पनि खेल्छु । गीत सुन्छु, घरमै बस्छु । 

क्रिकेटमा तपाईंको आइडल ? 

पारस खड्का ।

आफ्नो सुन्दरता कायम राख्न के गर्नुहुन्छ ? 

म फिट रहन रुचाउँछु । अनुहार राम्रो देखाउन खासै केही गर्दिनँ । ब्युटिपार्लर जान मन लाग्दैन । शरीरलाई फिट राख्न व्यायाम भने गर्छुर् । नियमित जिम जान्छु, सन्तुलित आहारामा ध्यान दिन्छु । 

कस्तो फेसन रुचाउनुहुन्छ ? 

साधारण । 

चलचित्र कतिको हेर्नुहुन्छ ? 

ठीक–ठीकै हेर्छु । पछिल्लो समय प्रदर्शनमा आएका चलचित्र नबिराई हेरिरहेकी छु । 

पहिलो पटक हेरेको चलचित्र ? 

दर्पण छायाँ । 

कस्ता चलचित्र मन पर्छन् ? 

मलाई लभ स्टोरी र कमेडी चलचित्र मन पर्छन् । अनमोल केसीको चलचित्र नबिराई हेर्छु । केही समयअघि कृ हेरेको थिएँ, अहिले क्याप्टेन हेर्ने सोचमा छु । त्यसबाहेक छक्कापञ्जा, जय भोले, लिलिबिली आदि चलचित्र पनि हेरेकी थिएँ । 

तपाईं अनमोल केसीको फ्यान हो ? 

हो, म अनमोल केसीकी फ्यान हुँ ।

पुस्तक पढ्ने बानी छ ? 

छैन । 

प्रेमप्रस्ताव कतिको आउँछन् ? 

प्रेम प्रस्तावको त ताँती नै लागेको छ, तर मलाई अफेयरमा रहन मन छैन । अर्को कुरा म अहिले करियर बनाउन लागेकीले पनि त्यतातर्फ ध्यान दिएकी छैन, म त एकैपटक मागी विवाह गर्छु । 

कहिले गर्ने त ? 

अबको दुई वर्षमा विवाह गर्ने सोच छ । ज्वाइँ खोज्ने जिम्मा आमालाई लगाएकी छु । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik