• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
पेटमा बच्चा छ भनेर एक युवतीले टर्चर दिइन् : पुष्प खड्का
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

पेटमा बच्चा छ भनेर एक युवतीले टर्चर दिइन् : पुष्प खड्का
भाद्र ३०, २०७६
काठमाडौं

पुष्प खड्का नेपाली चलचित्र उद्योगमा चिनिएको नाम हो । थोरै चलचित्र खेले पनि हिट चलचित्र दिएका छन् उनले । केहि महिनाअघि एक चलचित्रमा ३० लाख पारिश्रमिक मागेको भनेर चर्चामा आएका उनको पछिल्लो समय चलचित्र ‘मारुनी’ प्रदर्शनमा आयो । दर्शकले मन पराए । यसपटक पुष्पसँग हामीले चलचित्रको बारेमा कुराकानी गरेका छैनौं, उनीसँग चलचित्रको घेराभन्दा बाहिर रहेर रमाइलो गफ भएको छ । रमाइलो गफमा पुष्प निकै खुलेका छन् । प्रस्तुत छ, रामजी ज्ञवालीले गरेको रोचक गफगाफ ।

जिन्दगी कस्तो चल्दैछ ?

पहिले भन्दा राम्रो छ । सोचेजस्तै भैरहेको छ ।

के सोच्नुभएको थियो ?

सोचेका त धेरै कुरा थिए । खासमा हाम्रा सोचहरु समयको रफ्तारसँगै परिवर्तन हुँदारहेछन् ।

चलचित्रको हिरो रियल लाइफमा के महशुस गर्नुहुन्छ ?

मैले धेरै काम गर्नु छ । चुनौतीहरु छन्, चुनौतीका वाबजुद संघर्ष गर्नुछ । आफुलाई समय अनुकुल परिवर्तन गर्नुछ । बाँकी त सबै कुरा समय अनुसार हुँदै जाने कुरा हुन् ।

महिलालाई कसरी परिभाषित गर्नुहुन्छ ?

जो बिना श्रृष्टीको कल्पना गर्न सकिँदैन ।

महिलाहरुकै कारण जीवनमा कत्तिको सफलता मिलेको छ ?

एकदमै । मेरो करिअरमा महिलाहरुको ठुलो प्रभाव परेको छ । पहिलो चलचित्र अझै पनिमा पुनम दिदीले अवसर दिनुभयो, अर्को चलचित्र दर्पण छायाँमा साबु कदाल कार्कीले महत्वपुर्ण भुमिकामा मलाई छान्नुभयो । अर्को हिट चलचित्र मंगलममा शिल्पा पोखरेलजीसँग सहकार्य गर्न पाएँ । यो भन्दा अघि पनि विभिन्न काममा महिला साथिहरुको सहयोग र साथ पाएको छु । बास्तबमा मेरो जीवनमा महिलाहरुको प्रभावले धेरै सफलता मिलेको छ ।

जीवनमा पहिलोपटक देखेको महिला ?

आमा । 

स्कुल पढ्ने बेलाको असाध्यै मिल्ने साथी ?

मेरो दिदी कमला । त्यतिबेला त कहाँ अरु केटिहरुसँग संगत गर्न पाइन्थ्यो र ?

अहिलेसम्म आइपुग्दा सबैभन्दा सहयोगी महिला को भेट्नुभयो ?

आमा । साथै, मेरो एकजना लेडिज साथी हुनुहुन्छ । उहाँ पनि हो ।

उहाँ भनेको को हो ? खुलाउन मिल्छ ?

एकजना असाध्यै मिल्ने लेडिज साथी हो, उहाँको नाम नभनौं है !

उहाँको नाम नभन्नुस् तर उहाँको भुमिका के हो खुलाइदिनुस् न ?

आमा पछि सवैभन्दा धेरै माया गर्ने लेडिज हो ।

उहाँ तपाईँको प्रेमिका हो ?

अहिले यस विषयमा धेरै नखुलाऔं न ।

सबैभन्दा धेरै माया लाग्ने मान्छे को हो ? 

आमा । 

कस्ता मान्छे असाध्यै मन पर्दैन ?

अनावश्यक एटिच्युड देखाउने । यो विषयमा महिलाहरु धेरै देखिएका छन् ।

तपाईँको सपनामा सधैँ आइरहने कोहि मान्छे ?

उहि मेरो लेडिज साथी नै हो ।

कल्पनामा को आउँछ ?

प्रियंका चोपडा ।

पहिलोपटक डेट कहिले जानुभयो ?

११ कक्षामा पढ्दाको समय हो, एकजना युवती (ममता) असाध्यै मन पथ्र्यो । एकपटक उनीसँग गफ गर्दै जाँदा धेरै टाढा पुग्यौं । बदाम किनेर एउटा चौरमा घण्टौं बस्यौं ।

त्यो प्रेम थियो ?

प्रेम थियो । तर, भर्खरै सुरुवातको।

किन टिकेन त्यो प्रेम ?

दुवैको मन टाढा भयो । अलिकति आफ्नै कारण, अलिकति उनको कारण ।

आजसम्म कति युवतीलाई लभ लेटर लेख्नुभयो ?

यो कैलाली हुँदाको समय हो । एक जना युवतीलाई लेखेको याद छ, त्यसपछि कहिल्यै लेखेको याद छैन । खासमा माओवादी द्वन्द्वकालको समय थियो । घर नजिकै सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । त्यो भिडमा एक युवतीसँग आँखा जुध्यो । त्यसपछि परिचय भयो । उनले दिएको ठेगानामा केहि हप्तापछि मैले चिट्ठी पठाएँ । त्यतिबेला फोन, इन्टरनेट थिएन । त्यो लेटरको जवाफ कहिले आउला भनेर महिनौसम्म कुरें । तर, त्यो लेटर सम्बन्धित मान्छेलाई पुग्यो या पुगेन थाहा भएन । जवाफ पनि आएन । सायद, कसैको जवाफमा सवैभन्दा धेरै समय कुरेको छु भने त्यहि एउटा घटना हो ।

अविवाहित ह्याण्डसम मान्छे, बिहेको प्रस्ताव कत्तिको आउँछ ?

आइरहेको हुन्छ ।

स्वीकार्ने किसिमका युवतीको प्रस्ताव नआएको हो कि ?

कसैको के मन पर्दैन, कसैको के त्यस्तै त्यस्तै छ ।

तपाईं त गहिरो प्रेम सम्वन्धमा हुनुहुन्छ, त्यसैले हो कि ?

हाहाहा... ।

थोरै खुलाइदिनुस् न, तपाईँले नाम खुलाउन मन नलागेकी जो महिला छिन्, उनीसँग कहिलेदेखि अफेयर चलिरहेको होला ?

अहिलेसम्म म सिंगल छु भनिरहेको छु मिडियामा । खासै यो खुलाउनु ठिक पनि होइन क्या ।

हाहाहा.., आज पहिलोपटक खुलाउनुस्, प्रेमीकाको बारेमा ?

निकै माया लाग्छ । निकै क्युट छिन् । धेरै बुझ्ने स्वभाव छ । हामी ६ बर्षदेखि सँगै एउटा यात्रामा छौं । धेरै टाढाको यात्रा तय गरेका छौं, हेरौं भविष्यमा के हुन्छ ।

प्रेमिकालाई तपाइले राख्नुभएको उपनाम के हो ?

गोलु र कुद्दु भनेर बोलाउँछु ।

तपाईंको गोलुले दिएको पहिलो र पछिल्लो गिफ्ट ?

पहिलो गिफ्ट अथवा उपहार गुलाब थियो, पछिल्लो आइफोन ।

पहिलोपटक प्रेम सम्बन्धका बारेमा खुलाएकोमा धन्यवाद । संसारमा कोहि महिलासँग डेट जान मन छ भने को होला ?

प्रियंका चोपडा । मलाई असाध्यै मन पर्छ ।

२४ घण्टामा सबैभन्दा धेरै कुरा हुने महिला ?

मेरो गोलु (हाहाहा...)

सवैभन्दा मन पर्ने अभिनेत्री ?

आलिया भट्ट ।

तपाईंले काम गरेका मध्येकी सवैभन्दा राम्रो लागेको अभिनेत्री ?

झरना बज्राचार्य ।

जिन्दगीभरि बिर्सन नसकिएको कुनै युवतीसँगको त्यस्तो सम्वन्ध ?

यो धेरै बर्षअघिको कुरा हो । नेपालगन्जदेखि पश्चिम जाँदै थिएँ । एक युवतीसँग गाडीमा भेट भयो । रातको समय थियो । उनलाई धेरैले आँखा लगाइरहेका थिए । मलाई धेरैले जिस्काएको मन परेन । अनि उनलाई सोधेर म सँगै नजिक राखेँ । अनि, सँगै यात्रा ग¥यौं । रात पर्दै गयो, द्वन्द्वकालको समय थियो । बाहिर मुसलधारे पानी परिरहेको थियो । कर्णाली पुगेपछि गाडी अगाडी जान नपाउने कुरा आयो । यतिबेलासम्म सबै ठिकठाकै थियो । गाडी नचलेपछि अब होटलमै बास बस्नुपर्ने भयो । अरु धेरैले होटल वुक गरे, हामीले पनि खोज्यौं । अन्तिममा एउटा होटल पाइयो, त्यो पनि एउटा बेड भएको । एउटा बेडमा सुतौं भने श्रीमती होइन, प्रेमिका होइन । नसुतौं भने अरु होटल पाइएन । बाध्य परेर हामीले त्यस बेला रुम मात्रै शेयर गरेनौं, बेड समेत शेयर ग-यौ ।

त्यसपछि घटनाक्रम कसरी अघि बढ्यो ?

अचम्मको कुरा के भयो भने, हामी दुवैजनाको कुनै किसिमको सम्वन्ध भएन । यात्रामा भेटिएको साथीसँग त्यस्तै किसिमको सम्वन्ध निभाउन सकियो । बिहान गाडी चल्यो । हामी आ–आफ्नो गन्तव्यमा पुग्यौं ।

उनीसँग पछि कुरा हुन्थ्यो ?

केहि भएन । उनी आफ्नो बाटो लागिन्, म आफ्नो बाटो लागें ।

जिन्दगीमा कुनै युवतीले व्ल्याकमेल गरेको याद छ ?

एकपटक त्यस्तो क्षण छ । उसको नाम नभनौं । एकजना लेडिज साथी हुनुहुन्थ्यो । उहाँसँग खासै धेरै नजिकको सम्वन्ध त थिएन । तर, मलाई भित्रभित्रै मनमनै मन पराउनुभएको रहेछ । एकपटक त उहाँले मलाई फसाउने नियतले पेटमा बच्चा छ, विहे गर्ने कि नगर्ने भन्दै मलाई टर्चर दिनुभयो । पछि मैले उनको परिवारसँग सल्लाह गरेर सवै भनिदिएपछि उनि टर्चर दिन छोडिन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik