• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
‘श्रोताको मन छुने  गीत नै सफल हुन्छ’ 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

‘श्रोताको मन छुने  गीत नै सफल हुन्छ’ 
मंसिर ११, २०७६

थोरै गीत गाएर दर्शक तथा श्रोताको मन जित्ने गायकहरूमध्येका एक हुन् आशिष सचिन । लामो समयदेखि संगीतको विद्यार्थीका रूपमा रहेका उनले अघिल्लो वर्षको दसैंअघि आफ्नो पहिलो एल्बम ‘आरोही’ को दोस्रो गीत ‘पिरिम नलाउने...’ को म्युजिक भिडियो सार्वजनिक गरे । १३ महिनाको अवधिमा मेलिना राईसँगको उक्त युगल गीत ५ करोड १९ लाख पटक हेरिएको छ भने करिब ४ हजार ८ सय प्रतिक्रिया पाएको छ । यसै वर्षको दसैंमा उनले ‘एक कान दुई कान मैदान’ गीतको म्युजिक भिडियो सार्वजनिक गरे, जसले छोटो समयमै १ करोडभन्दा बढी दर्शक पाइसकेको छ । सांगीतिक क्षेत्रमा एकपछि अर्को सफलता हासिल गरिरहेका यिनै गायक आशिष सचिनसँग साप्ताहिकका कृष्ण भट्टराईको कुराकानी :

पछिल्लो समय सांगीतिक क्षेत्रमा के गर्दै हुनुहुन्छ ? 

सांगीतिक क्षेत्रमा सक्रिय भैरहेको छु । भर्खरै देशबाहिर केही सहरमा लाइभ कन्सर्ट गरेर फर्किएको छु । निकट भविष्यमै संगीतकार दीपक शर्माको संगीत निर्देशनमा एउटा नयाँ गीत सार्वजनिक गर्ने तयारी गरिरहेको छु । स्वदेशका सांगीतिक कार्यक्रमहरूमा पनि सहभागिता जनाइरहेको छु । 

सांगीतिक व्यस्तता कत्तिको बढेको छ ? 

पछिल्लो एक वर्ष म सांगीतिक व्यस्ततामै रमाइरहेको छु । दुई वर्षअघि पहिलो एल्बम सार्वजनिक गरे पनि अघिल्लो वर्ष सार्वजनिक भएको पिरिम नलाउने...गीत मेरो करियरमा कोसेढुंगाका रूपमा रह्यो । उक्त गीतको सफलतापछि मैले फुर्सदले बस्नुपरेको छैन । दर्शक तथा श्रोताले देश तथा विदेशबाट यति धेरै माया दिनुभयो, मैले गाएको तथा अभिनय र नृत्य गरेको गीतलाई यति धेरै मन पराइदिनुभयो । त्यसैको फलस्वरूप मेरो स्टेज कार्यक्रमको संख्या ह्वात्तै बढ्यो । सांगीतिक कार्यक्रममा यति धेरै व्यस्त हुनेछु भन्ने मैले सोचेकै थिइनँ । 

पिरिम नलाउने गीतको सफलतालाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

कुनै पनि काम मेहनत गरेर गर्दा त्यसले सफलता नै दिँदो रहेछ भन्ने कुरा बुझ्ने मौका पाएको छु । मेरा लागि यो गीत सफल अथवा लोकप्रिय मात्र भएको मानेको छैन, मैले यही गीतबाट एउटा नयाँ जुनी नै पाएजस्तो अनुभव गरेको छु । मेरो सानैदेखिको राष्ट्रिय स्तरको कलाकार बन्ने सपनालाई यही गीतले पूरा गरिदिएको छ । यसको सफलताले मलाई दर्शक तथा श्रोताको प्यारो गायक बनाइदिएको छ, ममाथि सांगीतिक जिम्मेवारी थपिएको छ ।

 

युट्युबमा ५ करोडभन्दा बढी पटक हेरिएको गीतका लागि दर्शकको उत्कृष्ट प्रतिक्रिया के पाउनुभयो ? 

सामाजिक सञ्जालका विभिन्न माध्यमबाट हजारौं सकारात्मक प्रतिक्रिया पाइरहेको छु । अधिकांशले यो गीत आफ्नै वास्तविक जीवनसँग मेल खाएको कुरा बताइरहनुभएको छ भने कतिपयले विदेशबाट सकेसम्म छिटो स्वदेश फर्कने योजना सुनाउनुभएको छ । कतिपयले विदेश जाने सोच नै त्यागेको बताउनुभएको छ । 

वैदेशिक रोजगारीमै प्रभाव पार्ने गीतमा त्यस्तो के छ ? 

तीन महिनामा एक पटक पनि गाउँमा नआउने व्यक्तिसँग माया, प्रेम, घरबार कसरी होला ? भन्ने जिज्ञासा उठाइएको छ । यही कुराले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई यो गीतले छोएको अनुभव गरेको छु । दु:ख–सुख जे भए पनि आफ्नै देशमा बसेर गर्नुपर्छ भन्ने सामाजिक सन्देशले अधिकांश दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ । यति राम्रो गीत बनाइदिनुभएकोमा संगीतकार तथा गीतकार दीपक शर्माप्रति कृतज्ञ छु । 

पछिल्लो गीत एक कान दुई कान पनि उत्तिकै लोकप्रिय भयो है ? 

यसपटकको दसैंअघि मेरो नयाँ गीत ‘एक कान दुई कान मैदान भैदियो,’ सार्वजनिक गरेको थिएँ । नेपाली ग्रामिण परिवेश, नेपाली संस्कृति, नेपाली माटोको वासना आउने यो गीतले पनि सफलताको बाटो समातिसकेको छ । गत देउसी–भैलोदेखि टिकटकमा यसलाई अत्यन्त रुचाइएको पाएको छु । कभर भिडियो बनाउने क्रम पनि बढेको छ । 

गीतको सफलताले एवार्ड समेत दिलायो है ? 

मैले यसै वर्ष वितरण गरिएका इमेज एवार्डदेखि जिनियस म्युजिक एवार्ड, योङ माइन्ड एवार्डमा विभिन्न विधामा एवार्डहरू जितिसकेको छु । वितरण हुन बाँकि रहेका थुप्रै एवार्डका लागिसमेत मनोनीत भएको छु । 

सांगीतिक यात्रालाई कसरी अघि बढाउने योजना बनाउनुभएको छ ? 

कुनै पनि कलाकार जति संघर्ष गरेर शिखर चुचुरोमा पुगेको हुन्छ, त्यो सफलतालाई बचाइराख्न गाह्रो हुन्छ । म सधैं लोकप्रिय भैरहन्छु भन्ने त छैन, तर आगामी दिनमा सांगीतिक क्षेत्रमा अझ बढी मेहनत गर्ने योजना बनाएको छु । गीत–संगीतलाई मैले केवल रमाइलो गर्ने माध्यम होइन, सामाजिक तथा सन्देशमूलक समेत होस् भन्ने कुरामा आफ्नो ध्यान केन्द्रित गरेको छु । 

संगीतलाई करियर बनाउनुभएको छ कि सौखमा मात्र सीमित पार्नुभएको छ ? 

यो क्षेत्रमा लामो समय बिताइसकेका कारण आजको मितिमा मैले यसलाई करियर नै बनाइसकेको छु । जीविकोपार्जनको पहिलो माध्यम नै गीत–संगीतलाई बनाइसकेको छु ।

 

नेपाली संगीतका पारखीलाई कस्तो प्रकारको गीत–संगीतले छुन्छ भन्ने अनुभव गर्नुभएको छ ? 

संगीतको कुनै भाषा हुँदैन । संगीत भनेको अनुभव गर्ने कुरा हो । संगीतका विधा फरक–फरक भए पनि त्यसले दर्शक तथा श्रोताको मन छुन सक्नुपर्छ, एउटा सन्देश दिनुपर्छ । जीवनमा घटिरहेका घटनाक्रम तथा परिवेशलाई गीतमा व्यक्त गर्न सकियो भने त्यस्ता गीतले दर्शक तथा श्रोताको मनलाई सहजै छुन सक्छ । 

अबको योजना के छ ?

ह्वाट्स योर नेम...शीर्षकको गीत निकट भविष्यमै श्रोतामाझ आउँदैछ । लगत्तै केही गीतकार, संगीतकार तथा गायिकाहरूसँग सहकार्य गरेर उत्कृष्ट गीत तयार पार्ने कार्यमा सक्रिय भैरहेको छु ।  

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik