• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
‘त्यसपछि आशाजी तुरून्त तयार भइन्’
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

‘त्यसपछि आशाजी तुरून्त तयार भइन्’
पुस १४, २०७६

संगीतकार रञ्जित गजमेर तथा बलिउडकी लोकप्रिय गायिका आशा भोसले यतिबेला काठमाडौंमा छन् । गत शनिबार सम्पन्न सांगीतिक कार्यक्रम ‘म्युजिकल जोर्नी अफ रञ्जित गजमेर विद आशा भोसले’ मा सहभागिता जनाउन उनीहरू काठमाडौं आएका हुन् । त्यही मेसोमा साप्ताहिकका कृष्ण भट्टराईले संगीतकार गजमेरसँग गायिका भोसलेसँगको सहकार्यका बारेमा लामो कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश : 

गायिका आशा भोसलेसँग पहिलो भेट कसरी भएको थियो ? 

कुनै बेला भारतीय संगीतकार आरडी वर्मनको स्टुडियोमा मेरो दिन–रात बित्दथ्यो । गायिका आशा भोसले पनि वर्मनको स्टुडियोमा आउने–जाने गर्नुहुँदो रहेछ । त्यही क्रममा हाम्रो भेट भयो । 

पहिलो भेटघाटको कुनै प्रसंग ठ्याक्कै सम्झना छ कि ? 

गायिका आशा भोसले निर्माता शक्ति सावन्तको एउटा चलचित्रको गीत गाउन स्टुडियोमा आउनुभएको रहेछ । आरडीले मलाई उहाँसँग नेपालको संगीतकार भनेर चिनजान गराइदिनुभयो । उहाँहरूले मलाई माया गरेर ‘कान्छा’ नाम राखिदिनुभएको थियो । ‘नेपालबाट मादल लिएर आएका संगीतकार उनै हुन्’ भन्दै मेरो प्रशंसा गरिदिनुभयो ।    

घुलमिलको क्रम कसरी अघि बढ्यो ? 

आशाजी वर्मनको स्टुडियोमा आइरहने गर्नुहुन्थ्यो । हामी दिनभरि त्यहीँ हुन्थ्यौं । उहाँ खानपिनमा निकै रुचि राख्ने व्यक्ति हुनुहुन्थ्यो । धेरै पटक त उहाँले नै हामीलाई खाना पकाएर खुवाउनुहुन्थ्यो । मलाई माया गरेर ‘नेपाली कान्छा’ भनेर बोलाउनुहुन्थ्यो ।

उहाँसँग सांगीतिक सहकार्यको वातावरणचाहिँ कसरी बन्यो ? 

त्यो बेला (सन् १९८३ ताका) चलचित्र निर्देशक तुलसी घिमिरे पनि मुम्बईमै बस्नुहुन्थ्यो । उहाँले चलचित्र ‘बाँसुरी’ बनाउने निर्णय गर्नुभएको थियो । उक्त चलचित्रको संगीत मैले नै तयार पारिरहेको थिएँ । मेरी श्रीमती कुसुम गजमेर तथा निर्देशक घिमिरेले चलचित्रका गीतहरू मुम्बईमै रेकर्ड गराउने योजना बनाएका रहेछन् । एउटा स्याड सङ तथा एउटा युगल गीतमा महिला स्वरको खोजी गर्न मलाई आग्रह गर्नुभयो । नेपालबाट तारादेवी अथवा दार्जीलिङबाट अरुणा लामालाई बोलाउनुपर्ने बाध्यता थियो, जसलाई बोलाए पनि धेरै खर्च लाग्ने निश्चित थियो । त्यसपछि निर्देशक घिमिरे र कुसुमले नै मलाई ‘उहाँलाई एक पटक आग्रह गर्ने कि ?’ भनेर सुझाए । मैले उहाँ भनेको को हो ? भनें । उनीहरूले आशा भोसलेको नाम लिए । 

त्यसपछि के गर्नुभयो ? 

उनीहरूको प्रस्ताव नराम्रो थिएन । उहाँले भारतीय संगीतकार जयदेवको संगीत निर्देशनमा त्यसअघि नै नेपाली चलचित्र माइतीघरका लागि नेपाली गीत गाइसक्नुभएको थियो । यद्यपि, आशा भोसले जस्तो महान् गायिकालाई मैले कसरी आफ्नो संगीतमा गीत गाउन आग्रह गर्ने भन्ने भयो । त्यसको भोलिपल्टै स्टुडियो पुगेर संगीतकार वर्मनलाई नै मैले नेपाली चलचित्रको संगीत निर्देशन गर्ने मौका पाएको मात्र बताइन्, आशा भोसलेलाई गीत गाउन लगाउने भित्री मनसाय पनि सुनाएँ । आशाजी स्टुडियोमै हुनुहुन्थ्यो, वर्मनले ‘कान्छाले तिमीसँग गीत रेकर्ड गराउने रे’ भनिदिनुभयो । वर्मनको कुरा सुनेर आशाजी उत्साहित हुनुभयो, तुरुन्तै गीत गाउन तयार पनि हुनुभयो । म खुसीले झन् बढी उत्साहित भएँ । 

रेकर्डिङको तयारी कसरी गर्नुभयो ? 

पहिला त घर फर्किएर निर्देशक घिमिरे र कुशुमलाई उक्त खुसीको खबर सुनाएँ । त्यसको केही दिनमै हामीले चलचित्र ‘बाँसुरी’ को पहिलो गीत ‘झझल्को लिएर आए सावन...’ रेकर्ड गर्‍यौं । त्यही दिन हामीले त्यही चलचित्रको युगल गीत ‘मिर्मिरे साँझमा सिमसिमे पानी’ पनि रेकर्ड गर्‍यौं । उक्त गीतमा आशा भोसलेसँग नेपाली गायक उदितनारायण झाले युगल गायन गरेका थिए । मुम्बईमा संगीतको अध्ययन गर्न गाएका उदितनारायण झाले पहिलो पटक स्टुडियोमा उभिएर माइक अगाडि गाएको पहिलो गीत पनि त्यही नै थियो । 

आशा भोसलेलाई नेपाली शब्द उच्चारण गर्न कत्तिको गाह्रो थियो ? 

नेपाली लिपि र मराठी भाषाको लिपि उस्तै हुने भएकाले शब्द उच्चारण गर्न उहाँलाई खासै गाह्रो भएन । यद्यपि, गीतमा उल्लेख भएका शब्दको अर्थ बुझाउनका लागि गीतकार कुसुम गजमेर रेकर्डिङ अवधिभर स्टुडियोमै रहनुभयो । 

बाँसुरीका दुवै गीत लोकप्रिय भएपछि आशाजीबाट कस्तो प्रतिक्रिया पाउनुभयो ? 

उहाँ असाध्यै खुसी हुनुभयो । त्यसपछि नेपालका अन्य निर्माता–निर्देशकहरूले पनि मेरै संगीत निर्देशनमा आशाजीलाई राखेर गीत बनाउने, गाउन लगाउने प्रस्ताव राख्नुभयो । त्यसपछि त उहाँ नेपाली गीत भनेपछि हुरुक्क हुनु थाल्नु भयो । 

अन्य चलचित्रहरूका लागि कसरी मनाउनुभयो ? 

चलचित्र बाँसुरीका गीतहरू लोकप्रिय भएपछि ममाथि पनि अझ राम्रा गीतहरू बनाउने चुनौती थपियो । मैले आफ्नो तर्फबाट मेहनत जारी राखें । त्यसपछि निर्देशक शम्भु प्रधानले चलचित्र मायालुका गीतहरू मलाई दिनुभयो । उक्त चलचित्रमा आशाजीकै स्वरमा रेकर्ड भएका गीतहरू किन किन बढ्दैछ ढुकढुकी मुटुको, को होला मेरो मायालु, टाढा भै नदेऊ फेरि जस्ता गीतहरू निकै लोकप्रिय भए । त्यसपछि त चलचित्र साइनोको नयाँ–नयाँ सजाउँ है संसार, चलचित्र लाहुरेको साउने झरीमा तथा पहाडको माथि–माथि, सम्झनाको के सोचें मैले, चिनोको मोहनी लाग्ला है तथा तिम्रो मनमा लुकेका कुरा जस्ता गीतहरू सदावहार नै बने । 

उहाँलाई अत्यन्त मनपर्ने पाँच नेपाली गीतहरू कुन–कुन हुन् ? 

झझल्को लिएर आएछ सावन, साउने झरीमा, के सोचें मैले, बादलको माथि माथि तथा टाढा भैनदेऊ फेरि जस्ता गीतलाई उहाँले विशेष मनाउनुभएको छ ।

 

आशाजीसँग गर्नुभएको पछिल्लो गीत कुन हो ? 

पछिल्लो पटक अमेरिकामा बसोबास गर्ने गायक किशोर शिवाकोटीसँगको युगल गीत ‘गुराँस फुल्यो...’ करिब दुई वर्षअघि रेकर्ड गरिएको थियो । त्यसयता हामीले सांगीतिक सहकार्य गर्ने मौका पाएका छैनौं । 

निकट भविष्यमा सहकार्य गर्ने सम्भावना कत्तिको छ ? 

उहाँ उमेरले ८६ वर्षको हुनुभयो, म ७९ को भएँ । यो उमेरमा पनि हामी दुवैमा काम गर्ने जोस उत्तिकै छ । त्यसैले भविष्यमा सहकार्य गर्ने सम्भावना पनि उत्तिकै छ । निर्माताहरू आउनुभयो भने हामी तत्कालै सहकार्य गर्न सक्छौं ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik