• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
‘साइबर अपराधबाट टिनएजर बढी प्रभावित’
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मुकुन्द बोगटी

‘साइबर अपराधबाट टिनएजर बढी प्रभावित’
पुस २३, २०७६

 

 

साइबर अपराधबाट पीडित हुनेमा किशोरकिशोरी अर्थात् टिनएज ग्रुपका धेरै छन् । शिक्षा र व्यावसायिक अनुभव कम भएकाबाट दुरुपयोग भएको देखिन्छ । टिनएजर्समा प्रेम सम्बन्ध वा व्यक्तिगत आकर्षणलाई अभिव्यक्त गर्ने माध्यम सामाजिक सञ्जाल हुन्छ । ११ देखि १४ वर्षको उमेरका धेरै युवायुवती यस क्षेत्रबाट हुने अपराधबारे अनभिज्ञ नै छन् ।

संसदको विकास तथा प्रविधि समितिले हालै सामाजिक सञ्जाल समेत नियमन गर्ने गरी नयाँ कानुन पारित गरेपछि सञ्चार क्षेत्र र सामाजिक सञ्जाल चलाउने आममानिसमा भयको तरंग फैलिएको छ । विगत १६ वर्षदेखि साइबर अपराधको क्षेत्रमा सक्रिय अधिवक्ता बाबुराम अर्यालसँग साप्ताहिकका मुकुन्द बोगटीको जम्काभेट: 

संसदीय समितिले हालै पारित गरेको साइबर कानुनसम्बन्धी विधेयकलाई तपाईंले कसरी हेर्नुभएको छ ?

यो विधेयकका धेरै कोणहरू छन् । यसमा साइबर क्राइम मात्र नभएर साइबर सेक्युरिटी, व्यापार, मानव अधिकारका विषय पनि छन् । यसभन्दा महत्त्वपूर्ण साइबर अपराधको अनुसन्धान पद्धतिसँग यो बढी जोडिएको छ । कुनै पनि अपराधको निक्र्यौल त्यसको प्रमाण र त्यसको वैधतासँग हुन्छ । तर, यो कानुनले त्यसो गर्न नदिने देखिएको छ । 

सामाजिक सञ्जालको यो नयाँ कानुनले कस्तो व्यक्ति र निकायलाई बढी प्रभावित गर्ने देख्नुहुन्छ ?

सामाजिक सञ्जालमा कुनै किसिमको अपराध भएको ठहर भएमा कुन माध्यमबाट भएको हो र उसले कुन इन्टरनेट सेवा प्रदायकमार्फत गरेको हो उसलाई पनि कानुनको दायरामा ल्याएर कारबाही गर्न सकिनेछ । जस्तो फेसबुकको प्रयोग गरेर नेपालको कुनै इन्टरनेट सर्भिस प्रोभाइडरको प्लेटफर्म प्रयोग गरेर कसैले अपराध गरेमा फेसबुक र त्यस्ता सर्भिस प्रोभाइडर पनि त्यो अपराधमा पर्ने भए ।

अभिव्यक्ति स्वतन्त्रतालाई साइबर कानुनअन्तर्गत ल्याएर सरकारले कारबाही गर्न खोजेको हो त ? 

अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले मौलिक हक मानिसकेको अवस्थामा यो कानुनले अपराध कानुनलाई क्रियाशील गर्ने देखियो । लेखेकै कारण जेल जाने होइन, क्षतिपूर्ति दिने व्यवस्था हुनुपर्छ । पछिल्लो पटक विश्वव्यापी रूपमा प्रचलित रहेको कानुनअनुसार पीडितलाई क्षतिपूर्ति दिलाउने भन्ने रहेको छ । अब त यो कानुन विद्युतीय कारोबार ऐनबाट अगाडि बढेर अपराध कानुनलाई अगाडि सारेर कारबाहीको प्रक्रियामा जाने भयो । यो कानुनले एकैपटक ठूलो किसिमको सजायको व्यवस्था गरेको छ । कसुर र सजायबीच पनि सामन्जस्य छैन । अभिव्यक्ति स्वतन्त्रतालाई कसुरको विषय बनाउन खोजेको देखिन्छ भने यसले नेपालमा अपराधको संख्यालाई बढाउने देखिन्छ । 

यो कानुनलाई ल्याउने आवश्यकता सरकारले किन देख्यो ?

कर्मचारीतन्त्रमा बसेकाहरूले पहिलेदेखि नै यस्तो कानुन चाहिरहेका थिए । स्वयं उनीहरूप्रति बढ्दो वितृष्णा रोक्न कर्मचारीहरू साइबरको कडा कानुन चाहन्थे । राजनेताहरू स्वतन्त्रता त चाहने तर आफ्नो आलोचना भएको सहन नसक्ने भएपछि नेता र कर्मचारीहरूबीच सहमति हुन सक्यो । यस किसिमको कानुन ल्याउनेबारे ब्युरोक्रेसीमा बसेका र राजनेताहरूबीच सहमति भएपछि कानुनको फ्रेम बनाइसकिएको थियो । उनीहरूले सरोकारवालाहरूबाट परामर्श पनि खोजे र लिए तर कार्यान्वयनको पक्षमा शून्य प्रतिशतभन्दा पनि कम सल्लाह लिए । उनीहरूले पूर्वाग्रह राखेरै कानुन तयार पारेको देखिन्छ । 

सामाजिक सञ्जाल दुरुपयोगका घटना पनि बढ्दै गएका देखिन्छन् नि, किन होला ?

सामाजिक सञ्जालको दुरुपयोगको पाटोलाई हेर्ने हो भने यो संख्या धेरै सानो छ । सदुपयोगको काम नै बढी भएको देखिन्छ । हो, अपराधले गर्दा दुरुपयोग बढेको देखिए पनि सामाजिक सञ्जालबाटै साना तथा मझौला व्यापार र कारोबार बढी भइरहेका छन् । जुनसुकै कम्पनीले आफूलाई कुनै न कुनै सामाजिक सञ्जालको प्रयोग गरेर व्यापार विस्तारका काम गरिरहेका छन् । जुन हिसाबले सामाजिक सञ्जाललाई हामीले नियन्त्रण गर्न लागेको छौं, त्यसले यहाँको व्यापारलाई ठूलो असर गर्ने देखिन्छ । यसमा अनलाइनमा आधारित कम्पनी मात्र नभएर अरू व्यवसायको कारोबार पनि सामाजिक सञ्जालमै निर्भर रहेको छ, जसको कारण सरकारले सामाजिक सञ्जालमा अंकुश लगाउँदा आर्थिक पक्षलाई पनि नोक्सानी गर्ने देखिन्छ ।

कस्ता मानिस सामाजिक सञ्जालको दुरुपयोगको शिकार भएका छन् ?

साइबर अपराधबाट पीडित हुनेमा किशोरकिशोरी अर्थात् टिनएज ग्रुपका धेरै छन् । शिक्षा र व्यावसायिक अनुभव कम भएकाबाट दुरुपयोग भएको देखिन्छ । टिनएजर्समा प्रेम सम्बन्ध वा व्यक्तिगत आकर्षणलाई अभिव्यक्त गर्ने माध्यम सामाजिक सञ्जाल हुन्छ । ११ देखि १४ वर्षको उमेरका धेरै युवायुवती यस क्षेत्रबाट हुने अपराधबारे अनभिज्ञ नै छन् । उनीहरूलाई अश्लील तस्बिर पठाउँदा परिणाम के हुन्छ भन्ने पनि थाहा हुँदैन । त्यो पठाउनु अपराध हो भन्ने पनि थाहा नपाई ऊ फसिरहेको हुन्छ । 

कानुन आउने नै देखिन्छ । यसबारे आम प्रयोगकर्ताहरू कसरी सजग हुने ?

कानुनको अज्ञानता क्षम्य हुँदैन् भनिन्छ । राजपत्रमा आएपछि थाहा थिएन भन्न पाइन्न । कतिपय कानुन वकिललाई पनि थाहा हुँदैन । त्यसकारण, कानुनबारे जागरण ल्याउनुपर्छ । बालअधिकारबारे छलफल गर्दा अभिभावकमा पनि जागरण गर्नुपर्छ भनेजस्तै यसबारे पनि अहिलेदेखि नै अभिभावकहरूले बालबालिकालाई सिकाउँदै लैजानुपर्छ । सबै काम सरकारले मात्र गर्न सक्दैन । आमसञ्चार र यस क्षेत्रमा सक्रिय निकायले पनि जागरणको काम गर्दै जानुपर्छ । गाउँघरमा आमासमूह भएजस्तै कानुन बुझाउने जागरणका लागि पनि समूह बनाउँदै लैजानुपर्छ । विद्यालयमा शिक्षकले, घरमा अभिभावकले र समाजमा अगुवाले यसबारे जनचेतना फैलाउने काम 

गरेमा यसको दुरुपयोग रोक्न सकिने देखिन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik