• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
अब वलिउड र साउथले हाम्रो एक्सन कपी गर्नेछ : विराज भट्ट
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

अब वलिउड र साउथले हाम्रो एक्सन कपी गर्नेछ : विराज भट्ट
माघ ११, २०७६
काठमाडौं

एक जमाना विराज भट्टले नेपालमै रहेर राम्रै दाम कमाए । उनको फ्यान फलोइङ गज्जबको थियो । धमाधम चलचित्र हात परिरहेका बेला यताको उद्योग छोडेर उनी भोजपुरी चलचित्र लागे । त्यसपछि भने उनी नेपाली चलचित्रबाट टाढा भए । नेपाली दर्शकले उनलाई भुल्दै गए । दर्शकले लामो समय उनी अभिनित चलचित्र हेर्न पाएनन् । यद्यपी केहि बर्षअघि उनी चलचित्र ‘जय प्रशुराम’बाट पुनः नेपाली चलचित्र उद्योगमा फर्किए । तर, यो चलचित्र सोचेजस्तो सफल हुन सकेन । स्क्रिप्ट, प्राविधिक पक्ष तथा छायांकनमा जाने बेला निर्देशक परिवर्तन भएका कारण यो चलचित्र चिप्लिएको विराजको बुझाई छ । नेपाली चलचित्रमा कमब्याक भएपछि विराजको दोस्रो चलचित्र ‘साङ्लो’ दर्शकले छिट्टै हेर्नेवाला छन् । यो चलचित्र के कारण प्रतिक्षित छ भने, उनी आफै यो चलचित्रको निर्देशन गरेका छन् । आफै चलचित्र निर्माण गरेका छन् । यो चलचित्र कस्तो छ ? उनको समग्र चलचित्र यात्रा अब कसरी अघि बढ्छ ? उनीसँग लामै गफ गरिएको छ ।

पहिलो पटक आफैले चलचित्र बनाउनुभएको छ, कस्तो लाग्दैछ ?

म धेरै एक्साइटेड छु । दर्शकमा अपेक्षा धेरै बढेको छ । चलचित्र राम्रो बनाएको छु भन्ने लागेकाले यसपटक म सफल हुनेमा धेरै आशावादी छु ।

विगतमा तपाईँलाई दर्शकले निकै माया दिए, ति दर्शक अझै छन् ?

मैले डाटा लिएको त छैन । तर, सुटिङको बेला, मेला महोत्सव तथा विभिन्न कार्यक्रमको शिलशिलामा जिल्ला भित्र र बाहिर हिड्दा दर्शकले देखाउनुभएको मायाबाट मैले के बुझेको छु भने, मलाई दर्शकले बिर्सनुभएको छैन । समयअनुसार धेरै कुरा परिवर्तन त भएको छ । तर, मलाई माया गर्नुहुने फ्यानहरुको मुड परिवर्तन भएको छैन ।

कुनै बेला तपाईको टाउको पोस्टरमा राखेपछि मात्रै रिलिज अघि निर्माताको लगानी उठ्थ्यो । अहिले त्यस्तो छ ?

मुनाफा भन्दा पनि निर्मातालाई सुरक्षित गर्न जुन (एमजी) मिनिमम ग्यारेन्टी दिइन्छ त्यो अहिले पनि यो चलचित्रमा लागु भएको छ । मैले राम्रै एमजी पाएको छु । डिजिटल राइट्स पनि राम्रो छ । यसको संगीत पक्ष, ट्रेलर तथा पोस्टरबाट राम्रो प्रतिक्रिया आएकाले दर्शक थियटरमा आउने सम्भावना धेरै देखेको छु ।

केहि समय अघि यो चलचित्र हेरिसकेपछि साउथले पनि मेरो एक्सन कपी गर्न सक्छन् भन्नुभएको थियो, आवेगमा आएर धेरै बोल्नुभएको हो कि सिरियस नै बोल्नुभएको हो ?

हो, हामी सधै अर्काको चोर्ने ? हामीमा के कुराको कमी छ ? यो चलचित्रमा सम्पुर्ण कुरा हामीले क्रियशन गरेका छौं । खर्च धेरै गर्न नसकेपनि जति सकिन्छ काममा मिहेनत गरेका छौं । ५० करोड, १ अर्ब खर्च गर्न नसकिएला । तर, हामी नेपाली चलचित्रकर्मी के कुरामा कमी छौं ? भन्ने यो चलचित्र हेरिसकेपछि पक्कै थाहा हुनेछ । यो कुरा चलचित्र प्रदर्शन भएपछि दर्शकले पक्कै भन्नुहुनेछ, यो किसिमको चलचित्र पनि नेपालमा बन्छ ।

जोरायल गाउँपालिकाबाट १० लाख लिएर चलचित्र ‘साङ्लो’मा लगानी गर्नुभयो भन्ने आरोप लागेको छ, यस विषयमा खासै मुख खोल्नुभएन नि ?

यो चलचित्र निर्माणमा १० लाख खर्च भएको थियो ? हामीले चलचित्र निर्माणमा २ करोड भन्दा धेरै खर्च गरेका छौं । त्यो १० लाख त एउटा म्युजिक भिडियो समेत बन्दैन, कसरी चलचित्रमा लगानी गर्नु ? साथै, सरकारी निकायले कुनै चलचित्रलाई सहयोग गर्छ र चलचित्र बनाउन पाइन्छ भने त्यो त झन् खुसीको कुरा मान्नुपर्ने हुन्छ ।

पछिल्लो समय युवा स्टारहरुको निकै चर्चा हुने गरेको छ । तपाईका चलचित्र हेरेर हुर्किएका उनै तपाईका चेलाहरुले आफुलाई चुनौती दिएको कत्तिको महशुस गर्नुभएको छ ?

मलाई अहिले आउनुभएका स्टारहरुका कारण खासै समस्या छैन । तपाईलाई थाहै छ होला, अधिकांश अभिनेताहरु लभ स्टोरी चलचित्र केन्द्रित हुनुहुन्छ । मेरो जनरा एक्सन हो । एक्सनमा मलाई चुनौती दिने कलाकार इण्ड्रस्टिजमै देखेको छैन ।

चलचित्र राम्रै पाउनुभएको थियो, कमाई पनि राम्रै थियो । नेपाली चलचित्र च्यात्तै छोडेर किन भोजपुरी चलचित्रमा छिर्नुभयो ?

कला भन्ने कुरा बग्ने पानी जस्तो हुन्छ । एक ठाउँ रोकिने कुरा हुँदैन । अबसर सबैलाई आउने कुरा हुँदैन, आउँछ भने त्यसबाट पछि हट्नु हुँदैन । मलाई भोजपुरीबाट अफर आयो, मैले स्क्रिप्ट मन पराए । पारिश्रमिक राम्रो थियो । सोहि कारण भोजपुरी चलचित्रमा काम गर्ने मुड बनाएँ । हामी नेपाली कलाकारलाई हलिउड र बलिउड तथा भोजपुरी चलचित्रबाट अफर आउँछ भने जानुपर्छ, आफ्नो कला देखाउनुपर्छ भन्ने लाग्छ ।

वलिउड जाने प्रयास गर्नुभएन ?

म वलिउड छिर्न सक्थेँ । तर, मेरो आफ्नै लापरवाहिले बलिउड जान सकिनँ । भोजपुरी चलचित्रको व्यस्तताका कारण बलिउडमा अडिसन दिने, सम्बन्धित निर्देशक तथा निर्मातासँग भेटघाट गर्ने काममा ध्यान दिएन । अहिले आएर लाग्छ, उहिल्यै बलिउड छिर्न प्रयास गर्नुपथ्र्यो ।

अब वलिउड छिर्ने सम्भावना छैन ?

किन नहुनु ? बाटो बन्द भएको छैन । धेरै बर्ष भोजपुरी चलचित्रमा व्यस्त भएपछि अब नेपाली चलचित्र पनि केहि समय काम गर्नुपर्छ भन्ने सोच आयो । सोहि कारण पछिल्लो समय नेपाली चलचित्रमा व्यस्त छु । तर, बलिउडका लागी मैले आगामी दिनमा पक्कै प्रयास गर्नेछु ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik