• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
धुर्मुस भन्छन्- अहिलेसम्म पत्ता लागेको औषधि भनेकै लक डाउन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

धुर्मुस भन्छन्- अहिलेसम्म पत्ता लागेको औषधि भनेकै लक डाउन
चैत्र २१, २०७६

विश्व अहिले कोरोना भाइरसविरुद्ध लडिरहेको छ । अधिकांश देशमा फैलिएको कोरोना भाइरसका कारण ४० हजार भन्दा धेरैको ज्यान गएको छ । कतिपय देशमा यसको संक्रमण बिस्तारै घट्दो क्रममा छ तर धेरै देशमा झन्–झन् बढिरहेको छ । यो निकै दुःखको कुरा हो । यसले अन्य देशका नागरिकहरूको जस्तै आम नेपालीको दैनिक गतिविधीमा पनि असर पुर्याइरहेको छ । 

अन्य देशमा जस्तै नेपालीहरू पनि घरभित्रै थुनिएका छन् । लगभग १० दिन हुन थाल्यो, घरको मुख्य गेट बन्द गरेर नेपालीहरू सरकारको नियमको पालना गरिरहेका छन् । स्कुल जानु नपर्ने । व्यापार तथा व्यवसायमा ध्यान दिनु नपर्ने । अफिस तथा उद्योग गइरहनु नपर्ने । चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’सँग रामजी ज्ञवालीले सोधेका छन्– यस्तो अवस्थामा समय कसरी कटाउने ? उनको उत्तर :

आफ्नो स्वास्थ्यको ध्यान दिनु सबैभन्दा महत्वपूर्ण कुरा हो । आम नागरिकजस्तै हामीहरू पनि लक डाउनको पूर्ण पालना गरिरहेका छौं । अहिलेसम्म पत्ता लागेको औषधि भनेकै लक डाउन भएकाले यसलाई अनिवार्य रूपमा मलगायत हामी सबैले पूर्ण पालना गर्न जरुरी छ ।

खास गरेर घरबाट बाहिर निस्कन नपाइने भएकाले घर भित्रैबाट के–के गर्न सकिन्छ, एकपटक राम्रोसँग सोचौं । कोरोनाको त्रासपछि गर्न खोजिएका कामको पूर्ण तयारी गर्ने यो एउटा महत्वपूर्ण समय पनि हो । सोचेर विभिन्न तयारी गर्ने प्रयास गरौं ।

पुस्तक पढौं । आफूसँग भएका र मनपर्ने पुस्तक छन् भने पढेर सकाउन सकिन्छ । दिन–रात सुतेर समय व्यतित गर्नुभन्दा आफ्ना रूचीका पुस्तकको सूची बनाउने र ती सबै पुस्तक पढेर सकाउन सकियो भने पनि ठूलो उपलब्धि हुन सक्छ । पुस्तकले समय कटाउन मात्रै मद्दत गर्दैन, धेरै ज्ञान पनि प्राप्त हुन्छ । अहिले इन्टरनेटको जमाना छ, कोरोनाअघि पुस्तक किन्न सकिएको थिएन भने इन्टरनेटमा धेरै पुस्तक भेटाउन सकिन्छ ।

अन्य समयमा २४सै घण्टा व्यस्त जीवन कटाउन बाध्य थियौं । बिहान उठेपछि राती मात्रै घर आइन्छ र थकानले सुत्न हतार हुन्छ । यस्तो अवस्थामा आफूलाई हेर्न मन लागेका चलचित्र हेर्न कसरी पाइन्थ्यो ? यो समयमा हेर्न नपाएका नेपाली तथा विदेशी चलचित्रहरू युट्युबमा जति पनि छन्, मज्जाले हेरेर समय कटाउनुस् । हाम्रो परिवारले पनि लक डाउन सुरु भएपछि दिनको एउटा चलचित्र जसरी पनि हेर्ने बानी बसालेका छौं । यसले टाइमपास भएको मात्रै छैन, हेर्न नपाएका चलचित्र हेर्न पाएका छौं । आगामी समयमा हामीले ती चलचित्रबाट केही कुरा सिकेर आफ्ना चलचित्रलाई थप राम्रो बनाउने प्रशिक्षण पनि लिएका छौं ।

परिवारसँग हुनुहुन्छ भने सकेसम्म मोबाइल चलाउने, कम्प्युटर चलाउने काम कम गरेर परिवारलाई समय दिऔं । मज्जाले गफ गरौं । परिवारसँग बसेर विभिन्न परिकार पकाएर खाऔं । विभिन्न प्रकारका गेमहरू छन्, खेलेर बसौं । परिवारसँग समय कटाउन सकियो भने यसले पारिवारिक सम्बन्ध थप प्रगाढ बनाउँछ ।

एक्लै हुनुहुन्छ भने क्रिएटिभ काममा ध्यान दिए भैहाल्यो । कथा–कविता लेख्ने, किताब लेख्ने काम पनि गर्न सकिन्छ । चलचित्रप्रति ध्यान दिनेहरूले यो समयमा राम्रो–राम्रो स्क्रिप्ट तयार गर्न सक्छन् । अहिलेसम्म कुनै पनि चलचित्रमा र पर्दामा नदेखिएका स्टोरीलाई उतारेर स्क्रिप्ट बनाउन सकियो भने कोरोनापछि पक्कै चलचित्र निर्माण हुन्छन्, त्यो समयमा तयार भएका स्क्रिप्ट बेच्न पनि सकिन्छ ।

गीत सुन्ने, गीत गुनगुनाउने पनि गर्नुस् । डब्लुएचओले समेत गीत सुन्ने र गुन्गुनाउने गर्दा कोरोनाले निम्त्याएको तनाव कम हुन्छ भनेको छ, हामीले पनि मन पर्ने गायक तथा गायिकाका गीत सुन्न सकिन्छ । हजारौं गीत युट्युबमा छन्, ती गीतहरू सुनेर पनि समय कटाउन सकिन्छ ।

अफिस समयमा सधैं व्यस्त हुनेहरूले यो समयमा आफ्ना पुराना साथी–भाइहरूसँग गफ गरेर पनि रमाइलो वातावरणमा समय कटाउन सकिन्छ । अन्य बेलामा त सकिएन, यस्तो अवस्थामा त कम्तीमा साथी–भाइ र आफ्ना आफन्तसँग गफ गरौं । अति व्यस्त जीवनशैलीले हामी आफ्ना आफन्तसँग धेरै टाढा भइरहेको जस्तो लाग्छ, तर यो समयमा आफूले आफ्नासँग सम्बन्धलाई थप वलियो गराउन सकिन्छ ।

डर र त्रासमा जीवन जिउनु हुँदैन । सकेसम्म योगा गरौं । ध्यान गरौं । नियमित रूपमा साबुनपानीले हात धुने गरौं । यसले कोरोनामात्रै होइन, अन्य विभिन्न प्रकारका स्वास्थ्यसँग सम्बन्धित समस्यासँग पनि टाढा रहन मद्दत पुग्छ । साथै, मनोबल र आत्मबल वढाउने खालको वातावरणमा बस्ने प्रयास गरौं । जति सकिन्छ, सुरक्षित रूपमा आफू र आफ्नो परिवारलाई राखौं । जति ठूला गफ गरे पनि स्वास्थ्यभन्दा ठूलो कुरा यो संसारमा केही छैन । त्यसैले अहिले स्वास्थ्यको ख्याल गरौं, अरू बाँकी जे गर्ने हो, कोरोना सकिएपछि गर्न सकिन्छ नि !

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik