• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
सुदूरपश्चिम महामारीको जोखिममा छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सुदूरपश्चिम महामारीको जोखिममा छ
चैत्र २९, २०७६

 

डा. जगदीश जोशी सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभागका प्रमुख तथा प्रवक्ता हुन् । १४ वर्षदेखि चिकित्सा पेसामा आबद्ध जोशी दुई वर्षदेखि कार्यरत छन् । यतिबेला  अस्पतालमा रहेका चारजना कोरोना संक्रमितको उपचारमा खटिरहेका जोशीसँग साप्ताहिकका लागि महेश तिमल्सिनाले गरेको टेलिफोन कुराकानी :

यतिबेला सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितहरूको उपचारको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

यस अस्पतालमा अहिलेसम्म चार जनामा कोभिड–१९ को संक्रमण पोजेटिभ देखिएको छ । उनीहरूको अवस्था सामान्य छ । कोभिड–१९ लाई लक्षित गरेरहामीले २४ सै घन्टा स्क्रिनिङ ट्रायज, फिभर क्लिनिक र आइसोलेसन कक्षमा ड्युटी मिलाएर स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, एसिस्टेन्ट कर्मचारी, हेल्पर स्टाफहरूलाई राखिरहेका छौं । चिकित्सकहरू ए, बी र सी समूह बनाएर उपचारमा खटिरहनुभएको छ । अहिलेसम्म ३० जनालाई आइसोलेसनमा राखेर उपचार गरिसकेका छौं । उहाँहरूको नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज गरेका छौं । हाल आइसोलेसनमा पाँच जना हुनुहुन्छ । अहिलेसम्म यस अस्पतालबाट ६१ जना थ्रोड स्वाब परीक्षणका लागि पठाइएकोमा ११ जनाको रिपोर्ट आउन बाँकी छ भने ४ जनाको पोजेटिभ रिपोर्ट आएर उपचाररत हुनुहुन्छ । बाँकी सबैको नेगेटिभ रिपोर्ट आएर घर फर्किसक्नुभएको अवस्था छ । 

कोभिड–१९ संक्रमित चार जनाको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?

उहाँहरूको अहिलेको स्वास्थ्य अवस्था राम्रो छ । चार जनामध्ये दुबईबाट फर्कनुभएको एकजना सुरुमा खोकी र ज्वरोको लक्षण लिएर आउनुभएको थियो । उहाँ चैत ११ मा अस्पतालमा भर्ना हुनुभयो, १४ गते उहाँको पोजेटिभ रिपोर्ट आयो । रिपोर्ट आएपछि उहाँलाई आइसोलेसन कक्षमा राखेर उपचार गर्‍यौं । उहाँलाई बीचमा पखालाको समस्या देखियो, अहिले त्यो निको भइसकेको छ । अहिले उहाँको अवस्था सामान्य छ । बाँकी तीनजना लक्षण लिएर अस्पताल आउनुभएको होइन । दुई जनाको क्वारेन्टाइन स्थलमा परीक्षणको क्रममा कोभिड–१९ पोजेटिभ देखिएको हो । अर्को एकजना महिला दुबईबाट आउनुभएको पहिलो व्यक्तिकै परिवारको सदस्य हुनुहुन्छ । उहाँहरू तीनै जनाको अवस्था सामान्य छ ।

केही समयअघि दुबईबाट फर्किएका कोरोना संक्रमितले आफूलाई अस्पतालबाट उचित व्यवहार नभएको गुनासो गरेका थिए नि ?

यो सबै मिडियाले फैलाएका अफवाह हुन् । कोभिड–१९ का सुरुवाती दिनमा नेपाल सरकार नै पूर्वतयारीमा थिएन । हामी सेती प्रादेशिक अस्पताल मात्रै तयारीमा हुने कुरा नै भएन । हामी पुरानो संरचनामा नै काम गरिरहेका थियौं । बिरामीको चाप दिनप्रतिदिन बढिरहेको छ । बिरामीको चापको अनुपातमा चिकित्सक र स्वास्थ्यकर्मीको संख्या एकदमै कम छ । त्यही भएर दबाबमा काम गर्नुपर्ने अवस्था छ । जब सरकारले लकडाउनको घोषणा गर्‍यो, त्यसपछि बिरामीको चापमा केही कमी आयो तर हामीसँग त पुरानै संरचना छ । हामीले कोभिड–१९ लाई लक्षित गरेर तत्कालै नयाँ संरचना बनाउन सकेका छैनौं । त्यसो भएको हुनाले हामीले कोभिड–१९ का शंकास्पद बिरामीलाई भर्ना गरेर राखेका थियौं । त्यसमध्ये एकजनाको पोजेटिभ रिपोर्ट आएपछि ती व्यक्तिलाई अन्य शंकास्पद व्यक्तिबाट टाढा राख्नुपर्‍यो । त्यसको व्यवस्थापन तुरुन्तै हुने सम्भावना थिएन । उहाँलाई छुट्टै एउटा कोठामा राखियो, छुट्टै कोठामा राख्दा उहाँमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको हुनसक्छ । तर, हामी त्यसको व्यवस्थापन गर्दागर्दै केही मिडियाकर्मीहरूले उहाँसँग प्रत्यक्ष कुराकानी गर्नुभए छ । उहाँ तत्काल आबेगमा आएर केही भन्नुभयो होला । हामीले उहाँहरूलाई इन्टरनेट, तातोपानी, खाना, खाजाको सक्दो राम्रो व्यवस्था गरेका छौं । सुरुवाती अवस्थामा व्यवस्थापनमा केही कठिनाइ आए होला तर त्यो ठूलो मुद्दा होइन । 

तपाईहरू आफैंले कत्तिको चुनौतीको महसुस गरिरहनुभएको छ ?

सुरुवातमा निकै चुनौती थियो । हामीसँग सुरक्षाका सामग्रीहरू पनि थिएनन् । पूर्वतयारी पनि थिएन । यो हाम्रा लागि नौलो अनुभव थियो । हामीसँग पुरानो संरचना थियो । त्यसमा पनि सामान्य बिरामीहरू आइरहेका थिए । आजको दिनसम्म पनि हामी दोब्बर काम गरिरहेका छौं । एउटा ती सामान्य बिरामीलाई पनि हेर्नुपरेको छ भने अर्को कोभिड–१९ का बिरामीलाई पनि हेर्नुपरेको छ । तर, जनशक्ति कम छ । अहिलेको अवस्थामा एउटै अस्पतालमा कोभिडका बिरामी र पुराना बिरामीलाई मिसाएर राख्नु भनेको हाम्रो जस्तो देशका लागि ठूलो दुर्घटना निम्त्याउनु हो ।  

अहिले कोभिड–१९ को औषधि पनि पत्ता लागेको छैन र उपचार सामग्री पनि पर्याप्त छैन । यस्तो अवस्थामा कुन पद्धतिबाट संक्रमितको उपचार भइरहेको छ ?

कुनै पनि भाइरल रोगहरूको इन्फ्लुएन्स ट्रिटमेन्ट कमैको मात्र हुन्छ । नोबेल कोरोना भाइरस भनेको विश्वकै लागि नयाँ प्रजातिको कोरोना भाइरस हो । यसमा निकै अनुसन्धान र औषधिको अनुसन्धान साथै परीक्षण भइरहेका छन् । त्यसैले अहिलेको अवस्थामा बिरामीको लक्षणअनुसार नै उपचार गर्ने हो । बिरामीलाई जस्तो समस्या हुन्छ त्यसैअनुसार उपचार गरिरहेका छौं । अहिलेसम्म हामीकहाँ गम्भीर अवस्थामा बिरामी छैनन् । त्यसैले उहाँहरूको लक्षणको आधारमा उपचार गरिरहेका छौं । 

सुदूरपश्चिम कोरोनाको उच्च जोखिम क्षेत्रका रूपमा छ । सेती प्रादेशिक अस्पतालले कति कोरोना संक्रमितलाई उपचार दिन सक्छ ?

हामीसँग अहिले २४ वटा आइसोलेसन बेड छ । सुरुमा २ वटाबाट सुरु गरेर १०वटा हुँदै २४ वटा आइसोलेसन बेडसम्म बिस्तार गरेका छौं । यहाँभन्दा बढाउन सक्दैनौं होला ।

कोरोनाको संक्रमण समुदाय स्तरमा सरेको देखिएको छ, सुदूरपश्चिममा थप जोखिम कस्तो देख्नुहुन्छ ?

हामी कोभिड–१९ महामारीको दोस्रो चरणमा गएका छौं । हाम्रै अस्पतालमा भएका चार जना कोभिड–१९ संक्रमितमध्ये २ जना भारतबाट आएर क्वारेन्टाइन स्थलमा बसेको व्यक्तिमा देखियो । अर्कोचाहिँ विदेशबाट आएको व्यक्तिले आफ्नो परिवारमा सारेको देखियो । यसले पहिलो त लोकल ट्रान्समिसन पनि हुन थाल्यो भन्ने देखायो, दोस्रो भारतबाट आएका व्यक्तिहरूले पनि नेपालमा यो रोग ल्याइरहेका छन् भन्ने कुरा देखियो । सुदूरपश्चिममा करिब डेढ लाख मानिस भारतबाट आएका छन् । ती व्यक्तिहरू कहाँ छन्, कति क्वारेन्टाइनमा बसेका छन्/छैनन् भन्ने कुराको निगरानी गरिएको छैन । त्यसो भएको हुनाले सुदूरपश्चिममा कोभिड–१९ को संक्रमण फैलिने सम्भावना बढी छ । त्यसैले अहिले नै सतर्कता अपनाएनौं भने भोलि ठूलो महामारीको सामना गर्नुपर्ने हुन्छ । 

अस्पतालको व्यवस्थापकीय पक्ष कस्तो छ ?

पहिलाको तुलनामा पीपीईहरू पाइरहेका छौं, तैपनि अपुग नै छन् । अझै उपलब्ध भए राम्रो हुन्थ्यो । हामी स्वास्थ्यकर्मीको टोलीले टिम बनाएर काम गरिरहेका छौं । यस्तो अवस्थामा हामी कोरोना संक्रमितसँगको सम्पर्कमा आउने भएकाले हामी पनि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । घर जानलाई डर नै हुन्छ । त्यसैले स्वास्थ्यकर्मीहरूलाई पनि क्वारेन्टाइनमा खाना, बस्नको व्यवस्था गर्ने हो भने राम्रो हुन्थ्यो । साथै सरकारले स्वास्थ्यकर्मीको मनोबल बढाउने खालको गतिविधि ल्याइदिनुपर्‍यो । केही समयअघि लाइसेन्स खारेज गर्ने भन्ने कुरा आएको थियो । त्यसो गर्नेभन्दा पनि अहिलेको अवस्था भनेको मनोबल बढाएर अघि बढ्ने समय हो । सरकारले स्वास्थ्यकर्मीका लागि विभिन्न प्याकेज ल्याउन सक्छ । 

कोरोना संक्रमितको उपचारमा रहँदा तपाईंले संगालेको अनुभव कस्तो छ ?

म सुरुवातदेखि नै यसमा लागिरहेको छु । म स्थानीयवासी हुँ तैपनि घर नगएको दुई साता भइसक्यो । आफ्नो र परिवारको सुरक्षाका लागि घरबाहिरै बसिररहेको छु । अब अस्पतालको व्यवस्थापनको अनुभवको कुरा गर्दा सुरुवाती अवस्थामा यसको व्यवस्थापन गर्न निकै कठिनाइ थियो । किनभने हामी नै पूर्वतयारीमा थिएनौं र हामीसँग पिपिइको पनि अभाव थियो । कर्मचारीहरू पनि मोटिभेट थिएनन् । जसले गर्दा उहाँहरूलाई बोलाउन, काममा खटाउन पनि समस्या थियो । पहिलेको तुलनामा केही सहज हुँदै गएको छ तर व्यवस्थापनमा सुधार गर्नुपर्ने कुराहरू पनि धेरै छन् । यो टिम वर्क हो एउटा व्यक्तिले मात्र गरेर हुने होइन । यसमा सबैको सहयोगको अपेक्षा गरेको छु । 

स्थानीय प्रशासन, सुरक्षाकर्मी, राजनीतिक दलबाट कत्तिको सहयोग पाउनुभएको छ ?

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वयमा कमी भएको जस्तो लागिरहेको छ । सुरक्षाकर्मीहरूमा एक मकिसिमको मनोवैज्ञानिक त्रास छ । मैले केही दिनअघि एउटा प्रहरीको समूहलाई कोभिङ–१९ ओरेन्टेसन दिएको थिएँ । पहिलो त, यो रोग कस्तो हो भनेर बुझ्न र बुझाउन जरुरी छ । अहिलेको अवस्थामा यो एक किसिमको युद्ध हो । यो युद्धको आर्मी भनेको त स्वास्थ्यकर्मी नै हो । त्यसो भएकाले स्वास्थ्यकर्मीको आवश्यकता के छन् र उनीहरूलाई कसरी सहज गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानुपर्छ । अहिलेको अवस्थामा सरकार र प्रतिपक्ष भनेर बस्नुहुन्न । 

यतिबेला कोभिड–१९ को संक्रमण दोस्रो चरण भनिएको छ । कस्तो अवस्थालाई तेस्रो चरण मानिन्छ ?

बाहिरबाट कुनै कोरोना भाइरसको पोजेटिभ केस आउनु र त्यो केसले समुदायस्तरमा सार्नु भनेको दोस्रो चरण हो । अब तेस्रो चरण भनेको यो समुदायमा गएर एक समुदायबाट अर्को समुदायमा सर्न थाल्नु हो । यो अवस्थामा कसलाई कोरोनाको संक्रमण छ भन्ने कुरा थाहै हुँदैन । त्यसपछि चौथो चरणमा प्रवेश गर्छ अनि महामारीको रुप लिन्छ । संक्रमितको मृत्यु हुन थाल्छ, नियन्त्रणभन्दा बाहिर जान्छ । जुन अहिले इटली, स्पेनमा देखिएको छ । 

कोभिड–१९ को उपचार गर्दा कतिपय देशले अन्य देशको उपचार शैली अपनाइरहेको छ, नेपालले चाहिँ कुन देशको उपचार शैली अपनाएको छ ?

अहिले त हामीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दिएको उपचार पद्धतिलाई फलो गरिररहेका छौं । अब हामीले अमेरिका, युरोपको जस्तो उपचार पद्धति लागू गर्न सक्दैनौं । हामीले छिमेकी देश भारतले अपनाएको उपचार पद्धतिसँग नजिक भएर गर्न सक्छौं । समग्रमा हामीले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभित्र रहेर उपचार गरिरहेका छौं । साथै सुदूपश्चिममा भारतबाट आउनेहरूको संख्या अलि बढी भएकाले अन्य ठाउँको तुलनामा अलि बढी जोखिमपूर्ण छ जस्तो लाग्छ । तैपनि सरकारले चालेको यो लकडाउनको नियमलाई सबैले पालना गर्ने हो र तत्काल बढीभन्दा बढी मासिनहरूमा कोरोनाको परीक्षण सुरु गर्ने हो भने छिट्टै कोभिड–१९ नियन्त्रणमा आउँछ भन्नेमा विश्वस्त छु ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik