• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
हामीलाई पनि संक्रमणको डर छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण आचार्य

हामीलाई पनि संक्रमणको डर छ
वैशाख ६, २०७७

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव रोकथामका लागि सरकारले चैत ११ गतेदेखि घोषणा गरेको लकडाउनको मिति वैशाख १५ सम्मलम्बाइएको छ । नागरिकलाई लकडाउनको पालना गराउन नेपाल प्रहरीले देशभरि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । लकडाउनको उल्लंघन गर्ने सर्वसाधारणमाथि ज्यादती गरेको लगायत विषयमा प्रहरीको सार्वजनिक आलोचना पनि भइरहेको छ । यिनै विषयको सेरोफेरोमा साप्ताहिकका कृष्ण आचार्यले प्रहरी
प्रवक्ता एसएसपी उमेशराज जोशीसँग गरेको कुराकानी :

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउन पालना गराउन नेपाल प्रहरी देशैभरि सक्रिय छ । यसका लागि तपाईंहरूले के–कस्ता गतिविधि गरिरहनुभएको छ ?
कोरोना भाइरसबारे आम सर्वसाधारणलाई जानकारी गराउन हामीले निरन्तर माइकिङ गरिरहेका छौं । हालसम्म देशभरि ४० हजार पटक माइकिङ गरिसकिएको छ । देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा प्रहरीको कन्ट्रोल रुम छ । १०० र त्यहाँको स्थानीय नम्बरहरूमा सहयोगका लागि फोनहरू आइरहेका हुन्छन् । विशेषगरी कोरोना र लकडाउनसम्बन्धी आएका जिज्ञासा मेटाउने र कसैलाई सहयोग चाहिँदासम्बन्धित निकायसँग समन्वयन गर्ने काम पनि भइरहेको छ । देशभरि हालसम्म कोरोना महामारीसँग सम्बन्धित साढे २ लाखभन्दा बढी फोन कलहरू रिसिभ भएका छन् । कहिलेकाहीँ छिमेकी र आफन्तबाट विदेशबाट आएका व्यक्तिबारे जानकारी दिनका लागि पनि फोनहरू आउने गर्छन् । प्रहरीले त्यसमा पनि सहयोग गरिरहेको छ ।

लकडाउनको पालना गराउनकै लागि देशभरि कति प्रहरी परिचालन गरिएको छ ?
लकडाउनको पालना गराउने र अपराध नियन्त्रण गर्ने कार्यमा झन्डै ४७ हजार प्रहरी फिल्डमा खटिनुभएको छ । विभिन्न चोक, गल्ली, सडक र गाउँमा नियमित गस्ती गरिरहेका छौं । नेपाल–भारत सीमाबाट मानिसको आवागमन रोक्न विभिन्न सीमानाका र चेकप्वइन्टमा ४६ सयभन्दा धेरै प्रहरी कर्मचारीहरू खटिनुभएको छ । त्यस वरिपरी पैदल र सवारी गस्तीहरू बढाइएको छ । 

फिल्डमा रोगी, बिरामी र संक्रमितसँग समेत उठबस गर्नुपर्ने जोखिमबाट जोगिन प्रहरी आफैंले कस्तो सजगता अपनाएको छ ?
हामीले हदसम्मको उपाय अपनाएका छौं । स्वास्थ्य र सुरक्षासम्बन्धित हामीसँग उपलब्ध सामग्रीहरूको सदुपयोग गरेका छौं । मास्क र सेनिटाइजर प्रयोग गरिरहका छौं । फिल्ड र कार्यालयमा खटिने कर्मचारीलाई संक्रमणबाट कसरी बच्ने भन्नेबारे दैनिक ब्रिफिङ गर्छौँ । कोरोना सम्बन्धित नयाँ सूचना वा तथ्यहरू पायौं भने त्यसबारे पनि जानकारी गराउँछौं । प्रहरी कार्यालयहरूमा कर्मचारी र आगन्तुकहरूलाई गेटबाट भित्र छिर्नासाथ सेनिटाइजर गराउने र कतिपय स्थानमा गाडीमार्फत सेनिटाइजर छर्कने सुविधा छ । सुरुका दिनभन्दा यो कार्य बढ्दो छ र हामी अलि बढी नै सचेत छौं ।

सुरु–सुरुमा लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीले ज्यादति गरेको पनि देखियो नि ?
सुरु–सुरुमा यस्ता कुराहरू आएका थिए । सम्बन्धित प्रहरी साथीहरू अलिकति आवेगमा आएकाले केही यस्ता घटना भएका हुन सक्छन् । तर, अहिले यस्तो अवस्था छैन । हामीले देशैभरका साथीहरूलाई काउन्सिलिङ गरेका छौं । जनताले पनि लकडाउन आफ्नै लागि हो भनेर बुझ्दै छन् । प्रहरी सधैं मानव अधिकारको सम्मान र नागरिकमैत्री व्यवहारमा जोड दिन्छ । यसका लागि बेलाबेला प्रहरीमा प्रशिक्षण, तालिम र ब्रिफिङ गर्ने काम भइरहेको हुन्छ । अहिलेको जटिल परिस्थितिमा नागरिक र प्रहरी दुवै पक्ष सचेत भएर एकअर्कालाई सहयोग गर्नुपर्छ ।

कोरोना महामारीसम्बन्धी अफवाह फैलाइने र चोरी–डकैतीका घटना बढ्ने कत्तिको छ ?
यस्ता कार्यहरू निकै भएका छन् । कसुरको आधारमा कुन ऐन आकर्षित हुन्छ त्यसकै आधारमा हामीले कारबाही प्रक्रिया अगाडि बढाएका छौं । विद्युतीय कसुर ऐन, साइबर क्राइमसम्बन्धी ऐन, मुलुकी उपराध संहिता, संक्रामक रोग ऐन आदिमार्फत कारबाही गरेका छौं । अपराध नियन्त्रणका लागि भनेर छुट्टै प्रहरी टोली खटाइएको छ । यस्ता घटनाहरू कतै भए–गरेको देखेमा तत्काल प्रहरीलाई खबर गर्न म सबैमा अनुरोध गर्छु ।

लकडाउन उल्लंघन गर्नेलाई अहिले के गर्नुभएको छ ?
बुधबारसम्म लकडाउनको उल्लंघन गर्ने ५७ हजारभन्दा धेरै व्यक्तिलाई नियन्त्रणमा लिएका छौं । सवारी साधनहरू पनि नियन्त्रणमा लिएका छौं । अत्यावश्यक अवस्था हो भने उहाँहरूलाई सहयोग गर्ने, अनावश्यक रहेछ भने केही समय नियन्त्रणमा लिएर छाड्ने गरेका छौं । कतै कारबाही स्वरूप केही घन्टा उभ्याउने गरिएको छ । उल्लंघनसँगै अभ्रद व्यवहार गरेको खण्डमा भने कानुनबमोजिम कारबाही गरिएको छ । उल्लंघन गर्नेको अवस्था हेरेर त्यहाँ खटिएको प्रहरी कमान्डरले निर्णय लिने गर्नुहुन्छ । लकडाउन उल्लंघन गर्नेलाई सम्झाई–बुझाई गरेपछि उहाँहरूले बुझ्ने भएकाले हामी अहिलेसम्म कडा कारबाहीमै उत्रनु परेको छैन ।

कस्ता व्यक्तिले लकडाउनको उल्लंघन गरिरहेका छन् ?
सबै मान्छे निस्किएका होलान्, म पनि चोकसम्म पुगेर त्यहाँ के भइरहेको रहेछ हेरेर आउनुपर्‍यो भन्ने भावनाले धेरैजसो घरबाहिर निस्किएको पाइएको छ । हामीले ड्रोनमार्फत काठमाडौंको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका छौं । भिडियोले लकडाउनको समयमा काठमाडौं हेर्नमात्र होइन बाहिर कोही पनि निस्किएका रहेनछन् भन्ने म्यासेज पनि दिएको छ । प्रहरी साथीहरू दिनरात नभनी, भोकतिर्खा नभनी जनताका लागि खटिनुभएको छ । अरूले पनि यस कुरालाई बुझेर लकडाउन पालना गरेर प्रहरीलाई सहयोग गर्न मेरो अनुरोध छ । 

प्रहरीले अन्य निकायबाट के–कस्तो सहयोग पाएको छ ?
हामी सबैभन्दा बढी स्वास्थ्यकर्मीहरूसँग सँगसँगै छौं । कोरोनाका शंकास्पद बिरामी भेटियो भने हामीले उसलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहयोग गरिरहेका छौं । उसको परिवार र सम्पर्कमा आएको व्यक्तिलाई क्यारेन्टाइनमा राख्ने काममा पनि प्रहरी सक्रिय छ । स्थानीय निकायहरूसँग हाम्रो राम्रो सहकार्य भइरहेको छ । राहत वितरणमा पनि हामीले सहयोग गरिहेका छौं । हरेक व्यक्ति, संघ–संस्था वा निकायसँग हाम्रो सहकार्य र सहयोग आदान–प्रदान भइरहेकै छ ।

प्रहरीले सबैभन्दा कठिनाइचाहिँ कुन कुरामा अनुभव गरेको छ ?
लकडाउन हाम्रो लागि नयाँ अभ्यास हो । कोरोना भाइरस नै नयाँ संक्रमण हो । विश्व नै जटिल अवस्थामा गुज्रिरहेका बेला हामीले पनि त्यसको सामना गर्नु परिरहेको छ । जनतालाई घरभित्रै परिवारसँग सुरक्षित साथ बस्ने अवसर छ । हामी आफ्नो जिम्मेवारी पुरा गर्न सडकमा खटिएका छौं । हाम्रो पनि परिवार छन् ।संक्रमणको डर हामीलाई पनि छ । तर, हाम्रो जिम्मेवारी भनेको जनताको सुरक्षा हो । त्यसैले हामी यो जिम्मेवारी पूरा गर्दैछौँ । जनताले घरभित्रै बसेर हामीलाई सहयोग गरिदिनु हुनेछ भन्ने विश्वास छ ।

सामाजिक सञ्जालमा प्रहरीको आलोचना धेरै हुन्छ । कोरोना महामारीले तपाईंहरूलाई त्यो आलोचना मेटाउने मौका पनि दिएको छ नि, होइन ?
अहिले प्रहरी प्रशासनप्रति जनताको प्रतिक्रियालाई लिएर हामी उत्साहित भएका छौं । सामाजिक सञ्जालमार्फत उहाँहरूले प्रहरीको कामलाई लिएर निकै सकारात्मक प्रतिक्रियाहरू दिनुभएको छ । नागरिकस्तरबाट डियुटीमा खटिएका प्रहरीलाई खाना, खाजा, पानीको व्यवस्था भइरहेको छ । जनताले यतिबेला प्रहरी भनेको नागरिककै सुरक्षाका लागि खटिने निकाय हो भनेर बुझ्नुभएको छजस्तो मलाई लाग्छ । प्रहरी र जनताबीचको सम्बन्ध सुमधुर बनाउन दुवै पक्षको जिम्मेवारी र भूमिका उत्तिकै हुन्छ । प्रहरी हिजो पनि जनताको शत्रु थिएन र आज पनि होइन । प्रहरी र जनता सधैं हातेमालो गर्दै अगाडि बढ्ने हो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik