• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
कोरोनाले पुनर्निर्माण पनि प्रभावित भएको छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण आचार्य

कोरोनाले पुनर्निर्माण पनि प्रभावित भएको छ
वैशाख १२, २०७७


२०७२ सालको विनाशकारी भूकम्प गएको आज ५ वर्ष पुगेको छ । भूकम्पका कारण क्षतिग्रस्त संरचनाको निर्माण गर्ने र भूकम्पबाट विस्थापित भएका परिवारको पुनर्वास तथा स्थानान्तरण गर्ने उद्देश्यले सरकारले सोही वर्षको पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्‍यो । प्राधिकरणको समयावधि आगामी पुसमा सकिँदै छ । पाँच वर्षको अवधिमा पुनर्निर्माणका क्षेत्रमा के–कति उपलब्धि हासिल भए ? साप्ताहिकका कृष्ण आचार्यले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पुनर्निर्माणका उपलब्धि, कोभिड–१९ का कारण काममा परेको प्रभावलगायत विषयमा गरेको कुराकानी:

पुनर्निर्माण प्राधिकरण गठन भएको चार वर्ष चार महिना भयो । यो अवधिमा तपाईंहरूका खास उपलब्धि के–के हुन् ?
निजी आवासतर्फ पहिलो किस्ता लिएका ७ लाख ७६ हजार ९ सय ५३ जनामध्ये ६ लाख ८४ हजार १ सय ८९ जनाले निर्माण कार्य गरिसकेको अवस्था छ । यो भनेको ८८ प्रतिशत उपलब्धि हो । यसमध्ये पनि ७२ प्रतिशतले तेस्रो किस्ता रकमसमेत लिइसक्नु भएको छ । ८३ प्रतिशतले दोस्रो किस्ता रकम प्राप्त गर्नुभएको छ । यो अवस्थालाई हेर्दा हामी ९० प्रतिशतको हाराहारीमा प्रगतितर्फ अघि बढिरहेका छौँ । पैसा लिएर गएको र सम्झौता गरिसकेको अवस्थामा अन्यन्त्र घर भएकाहरूको हकमा समस्या केही छ । केहीले कानुनत: नमिल्ने भएकाले हामी घर निर्माण गर्दैनौँसमेत भन्नुभएको छ । हामीले पुनर्निर्माणको कार्यमा समस्या परेका तथ्यांकहरू केलाएर हेर्न थालिसकेका छौं । यस्तो तथ्यांक केलाउने काम ५ प्रतिशतमात्र बाँकी छ । यस हिसाबले हेर्दा निजी आवासको काम हामीले लगभग सम्पन्न गर्ने लागेका छौंभन्दा हुन्छ ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा निर्माण कार्यमा भने खासै प्रगति भएको देखिँदैन नि ?
काठमाडौं उपत्यकामा रहेका विशेष सम्पदाको पुनर्निर्माणको काम सबैभन्दा महत्वपूर्ण छ । हामीले हालसम्म ६० प्रतिशत काम सम्पन्न गरिसकेका छौं । बाँकी काम भइरहेको छ । विश्व सम्पदा क्षेत्रको कुरा गर्ने हो भने ९१ प्रतिशत प्रगति भइसकेको छ । भ्रमण वर्षलाई मध्यनजर गर्दै हामीले यस्ता क्षेत्रको कामलाई तीव्र गतिमा अगाडि बढाएका थियौं । समग्रमा काठमाडौं उपत्यका र बाहिरको कुरा गर्दा ९ सय २० सम्पदाको पुनर्निर्माण गर्नुपर्नेमा हामीले ४ सय २३ सम्पदाको पुनर्निर्माण गरिसकेका छौं । बाँकी काम भइरहेको छ । कामले गति लिइरहेको अवस्थामा लकडाउनका कारण समस्या उत्पन्न भएको छ । 

केही समयअघि बृहत् टुँडिखेल पार्क निर्माणको मास्टरप्लान सार्वजनिक गर्नुभएको थियो । त्यसमा काम थालिसक्नुभएको छ कि योजना बनाउँदै हुनुहुन्छ ?
रत्नपार्क, खुलामञ्च र टुँडिखेललाई एकीकृत आयोजनाको स्वरूपमा लैजाने योजना अगाडि सारेका थियौं । रानीपोखरी पुनर्निर्माणको काम पनि यसको एउटा हिस्सा हो । रानीपोखरी पुनर्निर्माण गरिसकेपछि त्रिचन्द्र कलेजलाई स्थान्तरण गर्ने विषयमा पनि छलफल भएको थियो । आजको दिन रानीपोखरीको उद्घाटन गर्ने र एकीकृत आयोजनाको सुरुवात गर्ने हाम्रो योजना थियो । सोहीअनुसार रानीपोखरी निर्माण कार्य द्रुत गतिमा भइरहेको थियो । तर, कोरोना संक्रमणका कारण हाम्रो योजनामा धक्का लागेको छ । संक्रमणका कारण हाम्रो अर्थतन्त्रमा पर्ने प्रभावलाई हेरर नै अब सरकारले बृहत् योजनाबारे निर्णय लिन्छजस्तो मलाई लाग्छ । स्रोत–साधन उपलब्ध भएको खण्डमा भने हामी काम अगाडि बढाउन सक्छौं । हामीले अगाडि सारेका कामहरू प्राधिकरण नहुँदाको अवस्थामा पनि सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गर्नेछौं । 

स्थानीय तहले लाभग्राहीको झुटो विवरण दिएका र भूकम्पबाट पीडित नभएकाले पनि राहत लिएका खबर पनि आएका थिए । यो समस्याको समाधान कसरी गर्दै हुनुहुन्छ ?
कतिपय अवस्थामा स्थानीय तहले पठाएको विवरणमा पनि हामीले छानबिन गरेका छौं । १ लाख ८९ हजार गुनासो दर्ता भएकोमा २० हजारलाई मात्र लाभग्राहीको सूचीमा समावेश गरेका छौं । त्यस्तालाई हामीले पीडितको सूचीबाट हटाइसकेका छौं । अहिले त्यस्तो समस्या छैन । कसैले त्यस्तो गरेको पाइएमा कानुनबमोजिम कारबाही हुन्छ । पैसा लगेर घर नबनाउनेहरूको खण्डमा उसुल–उपर गरिनेछ । पैसा फिर्ता नगरेको अवस्थामा उसलाई सरकारीस्तरबाट प्राप्त हुने सेवा–सुविधाबाट बञ्चित गराइने छ । यदि कोही पीडित नै छुटेको रहेछ भने त्यस्तालाई प्राधिकरणले न्याय गर्छ । 

पटक–पटक प्राधिकरणको कामकारबाहीलाई लिएर गुनासा सुनिने गर्छ । त्यसमध्ये सबैभन्दा बढी आलोचना हुने गरेको विषय भनेको पुनर्निर्माणमा भएको ढिलासुस्ती हो । ढिलासुस्ती हुनुको खास कारण के थियो ?
हामीले स्थानीय तहलाई विश्वास गरेर जिम्मेवारी दियौं तर, कतिपय ठाउँमा राजनीतिक दबाबले गर्दा जनप्रतिनिधिहरूले जथाभावी सिफारिस गरेको पाइयो । भौगोलिक विकटताका कारण केही पीडितहरू छुटेको वा त्यहाँसम्म निर्माण सामग्री पुर्‍याउन समस्या आएको पाइयो । सबै ठाउँमा सूचना प्रविधि र इन्टरनेटको पहुँच नहुँदा तथ्यांक एकीकृत गर्ने कामलाई व्यवस्थित गर्न सकिएन । घर निर्माण कार्य सुरु गर्न निर्माणकर्मी नै नपाउने समस्या पनि आइपर्‍यो । युवाहरूको ठूलो जमात विदेश गएका कारण स्थानीयस्तरमा दिदी–बहिनीहरूलाई तालिम दिएर काम लगाउनुपर्ने अवस्था आयो । कतिपय अवस्थामा बजेटकै हिसाबले पनि हामीलाई समस्याहरू आइपर्‍यो । हामी बढी निजी आवासमा केन्द्रित हुनुपर्‍यो । शिक्षा, स्वास्थ्य, सम्पदाहरूको पुनर्निर्माणका लागि समयमै आवश्यक बजेट उपलब्ध नभएका कारण यसले केही समय लियो । यदि समयमै स्रोत, साधनको व्यवस्थापन भएको भए हामीले अहिलेसम्म निर्माण कार्य सम्पन्न गरिसक्ने थियौं । 

कोभिड–१९ महामारीका कारण निर्माण कार्यमा कस्तो प्रभाव परेको छ ?
आर्थिक वर्षको चैत, वैशाख र जेठलाई संरचना निर्माणको अन्यत्न राम्रो सिजनको रूपमा लिइन्छ । यो समयावधिमा हामीले निर्माण कार्य भइरहेका संरचना सम्पन्न गर्ने र नभएकाको काम सुरु गरेर मंसिरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएका थियौं । तर, कोरोना महामारीका कारण हाम्रो सबै काम प्रभावित हुन पुग्यो । जनताको जीवनरक्षा, स्वास्थ्य र सुरक्षा सबैभन्दा पहिलो प्राथमिकता भएकाले हामीले मजदुरलाई पनि काममा लगाइएको छैन । अब संक्रमणको भय सामान्य भएपछि मात्र काम अगाडि बढ्ने अवस्था छ ।

धरहरा निर्माण कार्य अहिले पनि भइरहेको हो ?
अहिले सानो संख्यामा (१२–१५ जना) मजदुरहरू त्यहाँ सुरक्षित साथ बस्नुभएको छ । उहाँहरूले निर्माणस्थलको सरसफाइ र सुरक्षाको काम गरिरहनुभएको छ । भग्नावशेष हटाउने पनि गरिहरनुभएको छ । धरहरा ठड्याउने जुन मुख्य काम हो, त्यो भने रोकिएको छ ।

देशभरि प्राधिकरण मातहतमा काम गर्ने हजारौं इन्जिनियर, प्राविधिक र मजदुर छन् । यो परिस्थितिमा उनीहरूमा परेको समस्या, उनीहरूका गुनासा र अठ्याराहरूलाई बुझ्ने र सहयोग गर्ने काम कसरी गर्नुभएको छ ?
जिल्ला तहमा रहेका हाम्रा निकायहरूलाई यसका लागि हामीले निर्देशन दिएका छौं । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा संयन्त्र बनेकाले त्यसकै मातहतमा यस्ता कामहरू भइरहेका छन् । त्यसैले सम्बन्धित जिल्ला कार्यालयले समन्वय गरेर उहाँहरूका लागि के–कस्तो सहयोग गर्न सकिन्छ त्यो कार्य भइरहेको छ । यदि कुनै जटिल समस्या परेको खण्डमा जिल्लासँग समन्वयम गरेर हामीले नै त्यस्ता समस्याको समाधानका लागि पहल गर्नेछौं । हामीलाई जानकारीमा आएअनुसार धेरै कर्मचारी तथा मजदुरहरू अहिले आ–आफ्नो घरमा जानुभएको छ । घर नगएका मजदुरहरूको हकमा जुन संरचना निर्माणमा उहाँहरूले काम गरिरहनुभएको छ त्यससँग सम्बन्धित निर्माण व्यवसायीलाई यथास्थानमा खाने र बस्ने व्यवस्था मिलाउन र यदि कुनै समस्या आएमा स्थानीय तहसँग सम्पर्क गर्न आग्रह गरेका छौं । मजदुरहरूले निर्माण व्यवसायी र घरधनीहरूसँग जोडिएर काम गर्ने भएकाले उहाँहरू सिधै हाम्रो सम्पर्कमा भने हुनुहुन्न ।

मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य लिइएका काम समयमै सम्पन्न होलान् त ?
कोरोना संक्रमणको अवस्था कहिलेसम्म जान्छ र त्यसले कुन अवस्था सिर्जना गर्छ भन्ने आँकलन गर्न अझै गाह्रो छ । मजदुरहरू घर जानुभएको छ । संक्रमणको त्रास अन्त्य र सुरक्षाको ग्यारेन्टी नभएसम्म उहाँहरू फर्किएर आउने सम्भावना छैन । संक्रमणको अवस्था कस्तो हुन्छ त्यसको आधारमा मात्र हामी यसबारे थप भन्न सक्छौं । यदि तत्काल अवस्था समान्य भएको खण्डमा समयमै सम्पन्न गर्न पनि सकिएला । 

यो परिस्थिति लम्बिए प्राधिकरणको समयावधि थप गर्नुपर्ने अवस्था आएको हो ?
पछिल्लो समयमा देशमा जस्तो परिस्थिति आइपरेको छ, यसले गर्दा समय थप गर्नुपर्ने आवश्यकता देखापरेको छ । तर, यो विषयमा आँकलन र निर्णय गर्न अहिले नै हतार हुन्छजस्तो मलाई लाग्छ । 

पाँचौं भूकम्प स्मृति दिवसकै बेला भूकम्पपीडितहरूले फेरि अर्को महामारी झेलिरहेका छन् । भूकम्पपीडितहरूलाई तपाईं के भन्न चाहनुहुन्छ ?
भूकम्पको पुनर्निर्माण सम्पन्न भइनसक्दै अर्को विपद् आइपरेको छ । भूकम्पको समयमा विपद्को सामना गर्न सक्ने क्षमता जनतामा जसरी देखियो अहिलेको विपद्मा पनि त्यही ऊर्जा देखाउन आवश्यक छ । त्यो भनेको अहिलेको अवस्थामा लकडाउनमै बस्ने हो । भोलि अवस्था सामान्य भइसकेपछि हामी फेरि पुनर्निर्माण कार्यमा जुट्नेछौं । सबै नेपालीको साथ–सहयोगको अपेक्षासहित सबैको सुस्वास्थ्यको कामना ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik