• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
चलचित्र शतप्रतिशत मौलिक हुँदैन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण आचार्य

चलचित्र शतप्रतिशत मौलिक हुँदैन
जेष्ठ ३, २०७७

 

चलचित्र निर्देशक, लेखक तथा निर्माता यादव खरेल गीत, कविता, मुक्तक, नियात्रा लेखनमा पनि स्थापित नाम हो । बेलायतको फिल्म स्कुलबाट डिप्लोमा गरेका उनी नेपाली चलचित्र क्षेत्रका ज्ञाताका रूपमा चिनिन्छन् । राष्ट्रिय चलचित्र नीति, २०७० को मस्यौदा समितिका संयोजकसमेत बनेका खरेलसँग साप्ताहिकका कृष्ण आचार्यले गरेको कुराकानी :


२०४६ सालपछिको नेपाली चलचित्रको विकास र यसको प्रवृत्तिलाई तपाईंले कसरी नियाल्नुभएको छ ?

२०४६ सालअघिसम्म नेपाली चलचित्र उद्योगमा भारतीय चलचित्रकै बर्चश्व थियो । सरकारले हिन्दी चलचित्रमा मनोरञ्जन कर लगाउने नीति ल्याएपछि नेपाली चलचित्रले गति लिएको हो । चलचित्र बन्ने क्रम पनि यससँगै बढ्दै गयो । यसको संख्यात्मक र विषयगत पक्षलाई पनि ध्यान दिनुपर्छ । सुरुवातका दिनमा हिन्दी चलचित्रको शैलीकै नेपाली चलचित्र बन्ने प्रवृत्ति रहे पनि हालसम्म आइपुग्दा त्यसमा धेरै परिवर्तन हुँदै गएको छ । विषयमा पनि विविधता देखिएको छ । सरकारले गरेको नीतिगत परिवर्तन र चलचित्र क्षेत्रले प्राप्त गरेको आय–आर्जन, प्रतिस्पर्धामा वृद्धि भएको देखिन्छ । २०७० सालमा राष्ट्रिय चलचित्र नीति बनेको छ । चलचित्र विकास बोर्ड गठन भएको छ । एकद्वार प्रणालीको अवधारणा पनि बनेको छ । त्यसैले चलचित्रको विकासक्रमलाई एकै कालखण्डमा राखेर विश्लेषण गर्न मिल्दैन । नेपाली चलचित्र क्षेत्रको कुरा गर्दा निर्माण, प्रदर्शन र वितरणलाई हेर्नुपर्छ । कुनै एक पक्षले अन्य दुई पक्षलाई असर गर्छ । अर्को कुरा बजार, पहुँच र प्रविधिको विकासले चलचित्र क्षेत्रमा पनि प्रभाव पारिरहेको हुन्छ । त्यसैले यसका आयामहरू विभिन्न खाले छन् ।

हिन्दी चलचित्रले त अहिले पनि नेपाली चलचित्रलाई पेलिरहेको छ नि होइन ?

राष्ट्रिय चलचित्र नीति आउनुअघि ठेट नेपाली भाषामा मात्र चलचित्रहरू बन्ने गर्थे । अहिले तामाङ र थारु भाषामा फिल्महरू बन्ने बाटो खुलेको छ । यससँगै हाम्रो देशमा रहेका विभिन्न भाषा, धर्म र सांस्कृतिक विविधतालाई फिल्मको माध्यमबाट प्रस्फुटन गर्न खोजिएको मैले पाएको छु । तर, चलचित्र प्रयोगात्मक भएर मात्र पनि नहुँदो रहेछ । लगानी गरेर बनाइएका चलचित्रको आम्दानी गर्ने बाटो पनि हुनु पर्दोरहेछ । अहिले प्रदर्शन र वितरणमा नेपाली चलचित्रहरूले प्राथमिकता पाउन सकेका छैनन् । अझ मौलिक, संस्कृति तथा भाषागत महत्वका हिसाबले बनेका चलचित्रमा त हल र वितरकको आँखा नै लाग्दैन । अहिले पनि उनीहरूले विदेशी चलचित्रबाट बढी फाइदा हुने देखेर प्राथमिकतामा राखेका छन् । पहिला त हिन्दी चलचित्रमात्र प्राथमिकतामा पर्थे । अहिले त अंग्रेजी चलचित्रलाई पनि प्राथमिकता दिन थालिएको छ । हामी वल्र्ड ट्रेड अर्गनाइजेसनको सदस्य छौं । यसको सदस्य भइसकेपछि अर्को मुलुकसँगको व्यापारमा विभेद गर्न पाइँदैन । तर, राष्ट्रिय चलचित्र नीतिमा चलचित्रलाई ‘कल्चलर प्रडक्ट’ भनेर परिभाषित गरिएको छ । त्यसैले हामीले हाम्रो आफ्नो सांस्कृतिक उत्पादनलाई प्राथमिकता दिँदा कसैप्रति कुनै अन्याय हुँदैन । दु:खको कुरा के छ भने जे हुनुपर्ने हो त्यही भइरहेको छैन ।

हिन्दी र अंग्रेजी चलचित्र चल्नुमा हलवाला वा वितरकको गल्ती मात्रै छ कि, दर्शकको रूचि पनि कारक छ ?

मैले हलवाला र वितरकलाई मात्र गलत देखाउन खोजेको होइन । उनीहरूमार्फत देशको अवस्था देखाउन खोजेको हो । राज्यको कमजोरी देखाउन खोजेको हो । हामी हलिउड र बलिउडसँग प्रतिस्पर्धा गर्ने अवस्थामा अझै पुगिसकेका छैनौं । बजार, लगानी र प्रविधिका हिसाबले उनीहरू निकै अगाडि छन् । यसो हुँदा हाम्रोभन्दा उनीहरूको माल राम्रो आउनु र राम्रो मालमा दर्शकले आँखा लगाउनु स्वाभाविक नै हो । यसो भनेर नेपाली चलचित्रको विकास तथा विस्तारमा राज्य आफ्नो दायित्वबाट भाग्न मिल्दैन । विदेशी चलचित्रमा कर लगाउने र नेपाली चलचित्रलाई सहुलियत दिने नीति अवलम्बन गरे के हुन्छ ? विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गरिदिनुपर्छ । प्रतिस्पर्धा र संरक्षणसँगै हुने हो भने भोलिका दिनमा नेपाली चलचित्रको भविष्य राम्रो छ । पछिल्लो समय राम्रा नेपाली चलचित्र पनि बनेका छन् । दर्शकहरूले पनि रुचाएका छन् । तर, हल र वितरकले राम्रो नेपाली चलचित्रलाई भन्दा राम्रो विदेशी चलचित्रलाई प्राथमिकतामा राख्दा समस्या आउँछ । राज्यले चलचित्र क्षेत्रलाई खुला छाड्नु भनेको जसको शक्ति उसकै भक्ति हुनु हो । हरेक क्षेत्रमा यस्तो समस्या छ । सिमेन्ट, चुरोट र रक्सीलाई पनि खुला छाडिदिने हो भने नेपाली ब्रान्ड लोप हुने खतरा हुन्छ । सरकारले ती उत्पादनको संरक्षण गरेजस्तै चलचित्रको पनि संरक्षण गर्न आवश्यक छ । 

चलचित्र क्षेत्र सुधारका लागि अहिलेको चलचित्र नीति नै पर्याप्त छ ?

समयसँगै हरेक कुराहरू सुधार र परिवर्तन गर्नु आवश्यक हुँदै जान्छ । त्यतिबेला चलचित्र नीतिले प्रविधिको कुरा गरेको थियो । अहिले युट्युबलगायतका अन्य प्लेटफर्महरू आएका छन् । तिनलाई कसरी सम्बोधन गर्ने भन्ने कुरा आउन सक्छ । चलचित्र नीतिले निर्धारण गर्ने भनेको मूल सिद्धान्त हो । नीतिका मूलभूत कुराहरूचाहिँ उही नै रहन्छन् । समय र परिस्थितिअनुसारको चलचित्र निर्माण, वितरण र प्रदर्शनको पक्षलाई कसरी बलियो बनाउने भन्ने विषयमा नीतिगत सुधार आवश्यक पर्छ । अहिले पनि चलचित्र नीति समय सापेक्ष हुन आवश्यक छ । 

एकातर्फ राष्ट्रिय नीतिमा चलचित्रलाई सांस्कृतिक उत्पादन भनिएको छ । अर्कोतर्फ चलचित्रलाई मनोरञ्जन उद्योगका रूपमा परिभाषित गर्नेहरू पनि उत्तिकै छन् । यस्तो मतभिन्नता किन ?

कुनै समय चलचित्रलाई केवल मनोरञ्जनको साधनका रूपमा मात्र परिभाषित गरिन्थ्यो । यो सत्य हो । तर, राष्ट्रिय चलचित्र नीतिमा यसलाई पुन:परिभाषित गर्दै चलचित्र भनेको सांस्कृतिक उत्पादन हो भनिएको छ । सांस्कृतिक कुराले त्यस देशको धर्म, भाषा, संस्कृति, परम्परा, मूल्य–मान्यता, चालचलनलाई जनाउँछ । चलचित्रमा पाइने भनेको यिनै चिजहरू हुन् । यसकै आधारमा कथा बन्दै, बुन्दै जाने हो । यसलाई सबैले स्वीकार्नुपर्छ र मलाई लाग्छ– स्वीकार गर्नु भएको पनि छ । 

नेपाली चलचित्र मौलिक छैनन् भन्ने आलोचना छ नि ?

मौलिकताकै कारण नेपाली चलचित्रहरू बेला–बेलामा विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समावेश भइरहेका छन् । कतिपय चलचित्रलले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका उदाहरणहरू पनि छन् । चलचित्र शतप्रतिशत मौलिक हुने सम्भावना भने छैन । त्यस्तो कहीँ पनि हुँदैन । केही चलचित्र बन्दा केही मौलिक हुने हो । त्यो अहिले भइरहेको छ ।

तपाईं गीतकार पनि हुनुहुन्छ । नेपाली चलचित्रमा गीत–संगीतको अवस्था कस्तो पाउनुहुन्छ ?

राम्रो गीतले जीवन, जगत र प्रकृति बोल्न सक्छ । गीत नदी बगेजस्तै हो । नदीमा अनेक कुराहरू बगेर आउँछन् । फोहोर चिज, झारपातहरू किनार लाग्दै जान्छन्, पानी सङ्लिँदै निरन्तर बगिरहन्छ । जुन गीतले जीवन, प्रकृति र जगतलाई बोक्न सक्दैन ती गीतहरू पन्छिदै जान्छन् भने जुनले बोक्छन् ती कालजयी भइदिन्छन् । सङ्लो पानीजस्तै । 

पछिल्लो समय लेखन, निर्देशन र अभिनय क्षेत्रमा युवा पुस्ताको आकर्षण र सहभागितालाई कसरी लिनुभएको छ ?

यो सकारात्मक पक्ष हो । चलचित्र व्यावसायिक बनिसकेपछि युवा पुस्ता आकर्षित हुनु स्वाभाविक हो । प्रविधिमैत्री भएसँगै निर्माण पनि सहज भएको छ । पहुँच पनि सबैमा पुगेको छ । जस कारणले गर्दा लेखन, अभिनय र निर्देशनमा नयाँ–नयाँ विचार र प्रतिभाहरू आउन थालेका छन् । नयाँ प्रविधि, नयाँ पुस्ता र नयाँ प्रयोग आफैंमा सुखद् पक्ष हुन् । नयाँ सोचले प्रयोगात्मक चलचित्रको विस्तार हुँदै गएको देखिएको छ । जसले गर्दा युवाहरूले अन्तर्राष्ट्रियस्तरमा पनि अवसरहरू पाउन थालेका छन् । उनीहरूको ज्ञान र अध्ययन बढ्न थालेको छ । सारतत्व र प्रस्तुति दुवै राम्रो हुँदै गएको छ । 

चलचित्रको विकास तथा विस्तारका लागि भनेर सरकारले चलचित्र विकास बोर्ड गठन गरेको छ । तर, नेतृत्वले काम गर्न नसकेको भन्दै सधैं आलोचना भइरहन्छ । तपाईं कमजोरी कहाँनेर देख्नुहुन्छ ?

राजनीतिक भागबन्डा नै मुख्य समस्या हो । नेतृत्व चयन गर्दा कुन पार्टीको हो, कुन गुटको हो भनेर हेरिन्छ । राम्रोभन्दा पनि हाम्रोलाई चुनिन्छ । जसले गर्दा नेपालका अन्य क्षेत्रहरू जसरी राजनीतिक विकृतिको चपेटामा परेका छन्, कला क्षेत्रमा पनि त्यसैगरी राजनीतिक विकृति हाबी भएको छ । गलत किसिमले प्रभावित हुने भएका कारण एकद्वार नीतिबाट सञ्चालित विकास बोर्डले उल्लेख्य काम गर्न सकको छैन ।

लामो समयदेखि सेन्सर बोर्ड खारेजीको माग उठिरहेको छ । जथाभावी चलचित्रमा सेन्सर लाग्ने प्रवृत्तिका कारण अभिव्यक्ति स्वतन्त्रता संकुचित हुँदैन ?

कुनै पनि बहानामा संविधानले ग्यारेन्टी गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन हुनुहुँदैन । प्रजातन्त्रमा सेन्सर लाग्नु भनेको अधिनायकवाद नै हो । सेन्सरको आफ्नै कोड छ । त्यसमा आधारभूत अधिकारका कुराहरू उल्लेख छन् । ती कुराहरू प्रभावित हुनु भएन । सत्ता, सरकार वा अन्य कुनै पक्ष–निकायको गलत कामको सांकेतिक विरोध गरिँदा त्यसमाथि सेन्सर लगाउने कार्य अमान्य छ । स्वतन्त्रता दिने भन्दैमा राष्ट्रको अहित हुने कुरा, यौनका विषयलाई पनि छाडा छाड्ने भनेको होइन । तर, सेन्सर गरेर जथाभावी दृश्य काट्ने र संवाद बिगार्ने काम गर्न पाइँदैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik