• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
रङ्गमञ्चमा केन्द्र भत्किँदैछ: अनुप बराल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

समर्पण श्री

रङ्गमञ्चमा केन्द्र भत्किँदैछ: अनुप बराल
 तस्विरः महेश प्रधान
जेष्ठ १२, २०७७
नेपाली रङ्गमञ्चमा विविधताको अभाव भइरह्यो । काठमाडौंलाई नै केन्द्र ठान्ने सोच यो अभावको मूल कारण थियो । अब विस्तारै केन्द्र भत्किँदैछ । अब अघि बढ्नुपर्छ ।

अनुप बराल नेपाली रङ्गमञ्च र सिनेमाका स्वप्नद्रष्टा हुन्, अनि नयाँ पुस्ताका गुरु पनि । प्रभावशाली नाटक रङ्गमञ्चमा ल्याइरहनु र सिनेमामा पनि आफ्नो भाषा खोज्नु उनको कलायात्राका पदचिन्ह हुन् । काठमाडौंमा दुई दशक कलाकर्म गरेर गृहनगर पोखरा फर्किएका बरालसँग गरिएको कुराकानी:

लामो अवधिको लकडाउन सिनेमा र रङ्गमञ्चमा सक्रिय व्यक्तिको लागि कत्तिको सकसपूर्ण हुँदोरहेछ ?
अरूबेला लगातार काम गरिरहेका हुन्थ्यौं, एकै ठाउँमा बस्नुपर्दा साह्रै सकस हुने रहेछ । तथापि, विकटताले अप्ठेरो मात्र ल्याउने होइन, विकल्प पनि उपलब्ध गराउँछ र निकास पनि देखाउँछ ।

सायद, हामी यसरी व्यस्त भयौं कि मानवीय संवेदना नै विलाउन थाल्यो । आफ्ना जिजीविषालाई मात्र केन्द्रमा राखेर मानिसले प्रकृति दोहन गर्यो । जसले गर्दा आफ्नो मूलबाटै मानिसहरू छुटे । त्यसैले मानिसमा एक किसिमको ‘रियलाइजेसन’ जरुरी छ । यो एकान्तवासले मानिसलाई जानी–नजानी आफ्नो मूलतिर फर्कने बाटो बनाइदिएको छ । बिर्सेका कुरा सम्झाउन थालेको छ । र, अहिलेको यो एकान्त र मौनताले रङ्गमञ्चलाई नवीन अनुहारमा प्रस्तुत गर्नेछ भन्ने मलाई विश्वास छ ।

कतिपयले लकडाउनलाई सिर्जनात्मक अवसरको रूपमा पनि लिएका छन् । त्यस हिसाबले कत्तिको फलदायी हुँदैछ ?

१० वर्षअघि रङ्गमञ्चबारे किताब लेख्न सुरु गरेको थिएँ । व्यस्तताले पूरा गर्न सकेको थिइनँ । यही बीचमा लगभग सकिन लाग्यो । लकडाउनले नयाँ अनुभव, सोच तथा ऊर्जा पनि दिएको छ । त्यसैगरी एक्टर्स स्टुडियोका साथीबीच कविता, कथा, उपन्यास, नाटक, सिनेमा र चित्रकलाका विषयमा निरन्तर आन्तरिक बहस गरिरहेका छौं ।

नेपाली भाषामा रङ्गमञ्चबारे लेखिएका पुस्तक कम छन् । तपाईं कुन थिममा लेख्दै हुनुहुन्छ ?
मैले लेखिरहेको पुस्तक रङ्गकर्मीको लागि ‘ह्याण्डबुक’ जस्तो हो । यसमा रङ्गमञ्च, रङ्गमञ्चीय कला र शिल्पबारे समेटिएको हुन्छ । सेट डिजाइन के हो, कसरी गर्नुपर्छ ? कस्टम डिजाइन के हो, यसमा आधुनिक अभ्यास कस्ता छन् ? निर्देशकको काम के हो, कसरी काम गर्छ समूहमा ? नाटक लेखन र यसका संरचना कस्ता छन् ? एरिस्टोटलको सिद्धान्तदेखि लिएर आधुनिक समयमा थिएटरको प्राक्टिस कसरी हुँदैछ ? यी र यस्तै प्रश्नको उत्तर समेट्ने हिसाबले तयार गरिरहेको छु । समग्र रङ्गमञ्चको चिन्तन बोक्ने किताब हुन्छ जस्तो मलाई लाग्छ ।


नेपाली भाषामा रङ्गमञ्चबारे लेखिएका पुस्तक कम छन् । तपाईं कुन थिममा लेख्दै हुनुहुन्छ ?

नेपाली रङ्गमञ्चको आधुनिककालका ६० वर्षलाई समीक्षा गर्नुपर्ने हुन्छ । यसबीचमा हुनुपर्ने काम धेरै थिए, जुन हुन सकेका छैनन् । समीक्षा लेखन हामी कहाँ कहिल्यै भएन । समीक्षाले रङ्गमञ्चको गति बढाउन, कस्तो अभ्यास छ र के गरिनुपर्छ भन्ने तुलनात्मक अध्ययन गर्न र आत्ममन्थन गर्ने वातावरण निर्माण गथ्र्यो । त्यो शून्य छ ।

अर्कोचाहिँ, अहिलेसम्म ड्रामा स्कुल खोलिसक्नुपर्ने हो । जसले नाटक पढ्ने–पढाउने वातावरण बन्थ्यो । काठमाडौं नै रङ्गमञ्चको केन्द्र भइरह्यो । तर, काठमाडौंले मात्रै सम्पूर्ण नेपाली रङ्गमञ्चको अनुहार बोक्छजस्तो मलाई लाग्दैन । नाटकको विकास हुन रङ्गकर्मीले अलग–अलग भूगोलमा बसेर त्यहाँको संस्कृतिसँग जोडिएर काम गर्नुपर्छ, त्यसो गर्न सकेको भए विविधता आउँथ्यो होला । तराईतिर जाने हो भने आफ्नै शैलीहरू छन् । पुराना र मौखिक परम्परा छन् । पाँचथर, फिदिमतिर जानुस्, राईहरूको आफ्नैसंस्कृति छ । मुन्धुमको आफ्नै परम्परा छ । धाननाचको जुन गिती शैली छ वा महाकालीमा जाने हो भने अर्कै किसिमको शैली छ । यस्ता विषयले आफ्नो पहिचान बनाउन मद्दत पुर्‍याउँछ । हामीसँग विविधता धेरै छ, तर त्यसमा काम गर्न नसक्नु रङ्गमञ्चको वातावरण नबन्नु हो । यो विविधता खोज्न केन्द्र भत्काउने काम विस्तारै भइरहेको छ । अब अघि बढ्नुपर्छ ।

नेपाली नाटकको अभाव पनि नेपाली रङ्गमञ्चका लागि चुनौती बनिरह्यो नि, होइन त ?
नेपाली नाटक अभाव हुँदा धेरै कुराले प्रभाव पारेको छ । एक त नाट्य–साहित्य रचना अन्य साहित्यिक विधाको तुलनामा कठिन हुन्छ । नाटक रचनाका लागि यसको शिल्पबारे पकड हुनैपर्यो । त्यसबाहेक, रङ्गमञ्चको प्रविधि तथा यसको सीमा र सम्भावनाबारे पनि जानकारी हुनु पर्छ । नाटक लेखिए पनि त्यसको मञ्चनको सुनिश्चितता हुँदैन । साहित्यका अन्य विधाको तुलनामा कम पढिने र आर्थिक उपार्जन पनि कम हुने भएकाले नाटकमा कम लेखक आकर्षित हुन्छन् । पछिल्लो समय, नाटक लेखन अभाव हुँदा कथा वा उपन्यासलाई नाटकीकरण गरी मञ्चन गरिएको कयौं उदाहरण छन् । यसले नेपाली रङ्गमञ्चमा प्रस्तुतिका हिसाबले विविधता भने थपेको छ ।
नाट्य लेखनलाई मजबुत बनाउने हो भने लेखकको मूल्य र महत्वलाई रङ्गकर्मीहरूले स्थापित गर्नु आवश्यक छ । नाट्य लेखनको शिल्प र तौरतरिकाबारे कार्यशाला जरुरी छ । जसले नयाँ लेखकलाई पनि नाट्य लेखनमा लाग्न प्रेरित गरोस्, ऊर्जा मिलोस् ।
हुन त, हामीकहाँ पुराना नाटक नभएका होइनन् । तर आजको समयमा मञ्चन गर्दा कति सान्दर्भिक हुन्छ भन्ने कुरा आउँदोरहेछ । यही भएर कतिपय साथीहरू र म स्वयम् पनि कहिलेकाहीँ विदेशी नाटक गरिरहेका हुन्छौं । नाटक मनपर्ने छ भने सकेसम्म त नेपाली नाटक नै खोजिन्छ । यसै पनि मैले विदेशी नाटकको तुलनामा स्वदेशी नाटक नै बढी गरेँ । मलामी, खुमा, बरै, सिरुमारानी, थाङ्गला, जेमन्त, जिउँदा अवशेषहरू, इत्यादि प्रश्नहरूलगायत थुप्रै नेपाली नाटक यसमा पर्दछन् ।

लकडाउनपछि नेपाली रङ्गमञ्चको भविष्य कस्तो होला ?
कोरोनाको प्रकोप रहुन्जेल रङ्गमञ्चको गतिविधि ‘सोसल नेटवर्क’को माध्यमबाट नै अगाडि बढ्नेछ । पुराना नाटकको लाइभ–स्ट्रिम गरिनेछ । स–साना स्पेसमा खेल्न सकिने मोनोलग या साना नाटक, नाटकका गीतको प्रस्तुति, नाटकका विषय, रूप र शैलीमाथि बहस–विमर्श आदि यसैबाट सम्पन्न हुनेछ । ‘आइसोलेसन’मा बसेका अलग–अलग र एक्ला व्यक्ति नै यसका दर्शक हुनेछन् । ती व्यक्ति बसोवास गर्ने घर वा स्थानले नै प्रेक्षालयको काम गर्नेछ । जुन दिन प्रकोपको असर सकिएला, त्यो दिन फेरि थिएटर घरहरूमा नाटक खेलौंला ।
रङ्गकर्मीहरू अहिले सोसल मिडियामा विमर्श गरिरहेका छन् । आफूलाई रङ्गकर्मको कुनै न कुनै पक्षमा इन्गेज गराउने कोसिस भइरहेको छ । कहिले लाइभ भएर, कहिले टेलिफोनिक विमर्श गरेर, कहिले ग्रुपमा अडियो–भिज्युअल सेयर गरेर बौद्धिक पुँजी निर्माणको काम गरिरहेका छौं । यसै सन्दर्भमा थिएटर मलले केही नाटकको लाइभ स्ट्रिमिइङ गरेको थियो । शैली थिएटरले विश्व बाल कविता महोत्सव आयोजना गरिरहेको छ ।

दुई दशक काठमाडौंको रङ्गमञ्चमा सक्रिय भएपछि पोखरा फर्कनुभयो । कस्तो छ गृहनगरको बसाइ ?
मैले पोखराबाटै रङ्गकर्म सुरु गरेको हुँ । लगभग ५/६ वर्ष पोखरामा काम गरिसकेपछि दिल्लीको नेसनल स्कूल अफ ड्रामामा पढ्न गएँ । त्यसपछि पोखरामै आएर बसेको थिएँ काम गर्न । तर, वातावरण देखिनँ । त्यसपछि २० वर्षजति काठमाडौं बसें ।

यसबीचमा पोखराका धेरै साथी छुटे । राम्रो समूह निर्माण गर्न गु्रपको फिलोसोफीबारे ज्ञान हुनुपर्‍यो । त्यो बनाउन लकडाउनअघि ३ महिनाको तालिम सुरु गरेको थिएँ, पूरा हुन पाएको छैन । पोखरामा रङ्गमञ्चका साथीहरूलाई समेटेर केही गर्ने योजनामा थिएँ । लकडाउनपछि निरन्तरता दिन्छु ।

 तस्विरः नवराज वाग्ले

काठमाडौंलाई तपाईं र तपाईंलाई काठमाडौं ‘मिस’ भइरहेको होला नि ?
(हाँस्दै) त्यो त स्वभाविक नै हो नि । तर, त्यति लामो ग्याप पनि भएको छैन । लकडाउन अघि नाटक ‘महाभोज’ एनएसडीको ड्रामा फेस्टिभलमा प्रस्तुत गरेर आएका थियौँ । भविष्यमा चाहिँ केही अभाव महसुस हुनसक्छ । तर त्यो ह्याङ चै हुन दिन्नँ । विभिन्न तरिकाले काठमाडौंसँग जोडिन्छु । तर, सबै काठमाडौंमा मात्रै रहेर हुन्न । प्रादेशिक सरकार आएसँगै प्रदेश केन्द्रित पनि त हुनुपर्‍यो ।

अलिक अघिको प्रसंग, सिनेमा निर्देशनमा ‘फिटकिरी’ डेब्यू गर्नुभयो, अनुभवचाहिँ कस्तो रह्यो ?

सिनेमामा तपाईंको सृजनालाई प्रभाव पार्ने थुप्रै कुरा हुन्छन् । सिनेमाटोग्राफी, सम्पादन, ब्याकग्राउन्ड स्कोर, साउन्ड, अभिनय आदि । यिनीहरूलाई सिनेमाको ‘थिम्याटिक मोटिभ’ र ‘न्यारेसन’सँग जोडेर आफूले चाहेको ‘मुभिङ्ग इमेज’ निकाल्नु एकदम चुनौतीपूर्ण हँुदोरहेछ । किनभने यी अलग–अलग प्रभागमा काम गर्ने व्यक्तिका अलग–अलग क्षमता हुन्छ । कहिलेकाहीँ चाहेको चिज उनीहरूबाट उस्तै या त्योभन्दा राम्रो गरी अनुवाद नहुन सक्छ । तर पनि उनीहरूसँग भर नपरी हँुदैन । सिनेमा बनाउँदा यस्तो विकल्पहीनताको अवस्थासँग कसरी ‘ट्याकल’ गर्ने भन्ने कुरा साह्रै नै चुनौतीपूर्ण लाग्यो मलाई । जबकि थिएटर गर्दा मैले चाहे अनुरूप हरेक कुरालाई नियन्त्रणभित्र राख्न र छोड्न सक्छु ।

चरित्र निभाउँदा एकाधबाहेक प्रायस् सिनेमामा ‘नेगेटिभ क्यारेक्टर’मा देखिनुभएको छ । ‘छाया’मा बाल यौन दुराचारीको भूमिका होस् या ‘ताण्डव’को खलपात्र । यो रुचि नै हो कि बाध्यता ?
होइन, साथीभाइले अफर गर्दा पनि त्यस्तै भूमिका आउँछ । एक्टर भएपछि सबै किसिमको भूमिकालाई स्वीकार गर्नुपर्यो । तर, रुचिचाहिँ सबै किसिमको चरित्रमा छ । परिस्थिति मिलेपछि फरक चरित्रमा पनि काम गर्छु ।

पछिल्लो समय नेपाली सिनेमामा रङ्गमञ्चका कलाकारको वर्चस्व देखिन्छ । दर्शक र निर्देशकको छनोट पनि त्यही बनेको छ । कलाकारबारे मानक फेरिएको हो ?

नवीन सुब्बा निर्देशित ‘नुमाफुङ’ बनाउँदा लामो समय लगाएर वर्कसप गरिएको थियो । त्यसबेला पनि हामी सिनेमा मनोरञ्जनको मात्र माध्यम हैन, सांस्कृतिक–सामाजिक रूपान्तरणको लागि यसको ठूलो भूमिका छ भन्ने सोच्थ्यौं । त्यसैले रङ्गमञ्चका साथी लिएर काम गर्यौं । त्यसले राम्रो प्रभाव पार्‍यो । पछि ‘कागबेनी’ र ‘दलन’मा काम गर्दा रङ्गमञ्चकै साथी लियौं । कामको नवीनता र प्रस्तुतिको हिसाबले राम्रो भयो । पछिल्लो समय त्यसको प्रभाव देखिइरहेको छ । रङ्गमञ्चमा मान्छेले राम्रा काम गर्दा रहेछन् भन्ने भएको छ ।

नेपालमा नायक–नायिका भनेपछि खास किसिमको ‘क्याटागोरी’ बनाइन्थ्यो । बलिउडका सूत्रबद्ध सिनेमाको प्रभाव थियो । तर, सिनेमामा नायक भनेको बच्चा पनि हुनसक्छ, वद्ध पनि हुनसक्छ । कुनै पनि ‘कन्टेन्ट’को केन्द्रमा बसेर सिनेमा बनाइन्छ भने ऊ नै मुख्य पात्र वा नायक हुन्छ । यो सोच प्रभावशाली बन्दै गएपछि मंगोलियन अनुहारले पनि नेपाली सिनेमामा अवसर पायो । नत्र मुख्य भूमिकामा काम दिइएको थिएन । अहिले दयाहाङ राई, सिर्जना सुब्बा, पशुपति राईलगायत थुप्रै अनुहार केन्द्रमा देखा परेको छ ।

त्यस्तै पछि–पछि फिल्म पनि संस्कृतिविशेष वा भूगोलविशेष बन्न थाले । नत्र त कथा भनेको गाउँबाट आउने प्रेमी केटा, अनि त्यहाँ गरिब र धनी हुने, बीचमा भिलेन आउने– यस्तै खालका फिल्म हुन्थे । अहिले फरक परम्पराको सुरुवात पनि भएको छ । यसमा रङ्गमञ्चको भूमिका ठूलो छ ।

तर, थिएटरको कलाकारले सिनेमा बिगारे भन्ने आरोप पनि त छ ?
सिनेमा बिगार्ने भन्ने हुँदैन । सिनेमा त एक्टरहरूको भन्दा पनि निर्देशकको विधा हो । निर्देशकले कलाकार छनोट गर्दा उसले दृष्टिकोण राखेको हुन्छ । यो एक्टरले गर्दाचाहिँ न्याय गर्न सक्छ भन्ने निर्देशकलाई लाग्छ । त्यसैले सिनेमा बिग्रिनुमा एक्टरहरूको दोष हुन्छ जस्तो मलाई लाग्दैन । भूमिका गर्न सकेन भने चाहिँ अन्याय गरेको हो । तर, उसले भूमिका राम्रो गरेको छ, सिनेमा राम्रो भएन भने उसको गल्ती होइन । मैले पनि मन नपरेका सिनेमा पनि साथीभाइको आग्रहका खेलेको छु । फिल्म पैसाको लागि मात्र होइन, जिम्मेवारीबोधका साथ खेल्नुपर्छ । दोहोरिने खालको भूमिका खेल्यो भने सर्जकको मृत्यु हुन्छ । यी कुरामा कलाकारले ध्यान दिने हो । तथापि, फिल्म बिग्रर्नुमा कुनै कलाकारको त्यस्तो हात हुन्न ।

तपाईले निर्देशन गर्नुभएको फिल्म ‘दोख’ रिलिज हुन किन नसकेको ?

०७२ सालमा फिल्मको छायांकन गर्दै थियौं, भूकम्पले रोकियो । पछि पनि काम गर्दै जाँदा विभिन्न बाधा आइलागे । अहिले प्रोडक्सनको काम सकिएर रिलिज गर्ने तयारीमा थियौं । लकडाउनले गर्दा अनिश्चित भइदियो । आशा गरौं, अवस्था सामान्य हुनेबित्तिकै रिलिज हुनेछ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik