• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
कहिलेकाहीँ आफ्नै जुँगादेखि रिस उठ्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

महेश तिमल्सिना

कहिलेकाहीँ आफ्नै जुँगादेखि रिस उठ्छ
नविल बैंकका सिईओ अनिलकेशरी शाह  तस्विर: महेश प्रधान
जेष्ठ २५, २०७७
इजिप्ट घुम्न जाँदा प्लेनमा बसेदेखि ओर्लिने बेलासम्म र बाटोमा पनि हजारौं मान्छेले मेरो जुँगालाई मात्र हेरे । होटलमा गएपछि पनि सबैले औंलाले देखाउँदै मेरो जुँगाको तारिफ गरेको देखेँ । तिब्बत जाँदा पनि राजा स्रङचङ गम्पोकोजस्तो जुँगा भनेर धेरैले तारिफ गरेका थिए ।

नविल बैंकका सिइओ हुन्– अनिलकेशरी शाह । एक सफल सिइओको रूपमा बैंकिङ क्षेत्रमा उनको जति चर्चा हुन्छ, उनको जुँगाको पनि चर्चा पनि कम हुादैन । आखिर जुँगाप्रति उनको मोह किन ? के कारण जुँगा पाल्न थाले ? उनको जुँगाका फ्यान कस्ता छन् ? भन्ने सन्दर्भमा साप्ताहिककर्मी महेश तिमल्सिनाले गरेको कुराकानी :

जुँगा पाल्ने सोच कसरी आयो ?

आजभन्दा करिब ४ वर्षपहिला सिंहदरबार अगाडि ट्राफिक जाममा परो । अगाडी रहेको पृथ्वीनारायण शाहको मूर्तिमा मेरो नजर ठोक्कियो । केहीबेर हेरिरहेँ । उहाँको जुँगाले मेरो मन जित्यो । मलाई लाग्यो– उहाँले एकीकृत बनाएको देशमा एउटा नागरिक भएर बाँचिरहेको छु । देशका लागि मैले केही गर्न सक्छु कि सक्दिनँ थाहा छैन, तर उहाँको जस्तै जुँगा पालो भने आफैंलाई केही प्रोत्साहन होला कि भनेर जुँगा पाल्ने सोच बनाएँ ।

सुरुमा जुँगा आउँदा कस्तो लागेको थियो ?

बुबाकोजस्तै सेभिङ गर्नेगरी दाह्री–जुँगा कहिले आउला भनेर पर्खेको थिएँ । त्यसैले सुरुमा दाह्री–जुँगा आउँदा खुब रमाएँ । तर यस्तो जुँगा थिएन । सुरुमा त गज्याङगुजुङ थियो । पूरै आउँछ कि आउँदैन भन्ने पनि डर थियो ।

अहिलेको जस्तो बनाउन कति समय लाग्यो ?

कम्तीमा पनि ६/७ महिना लाग्यो । त्यो बेलामा मैले कसरी जुँगा पाल्ने भनेर युट्युबमा पनि हेरेँ । जुँगामा लगाउने जेल पनि पाइँदोरहेछ । जेल लगाएर जुँगा ठाडो पार्न थालो । त्यो बेलामा कहिले जुँगा पातलो हुने, कहिले बाक्लो हुने । तर अहिले मेरो जुँगा ठीक साइजमा आएको छ ।

विश्वप्रसिद्ध व्यक्तिमा क–कसको जुँगा मनपर्छ ?

पहिलो त मलाई पृथ्वीनारायण शाहकै जुँगा मनपर्छ । साथै स्पेनको आर्किटेक्ट आर्टिष्ट डालीको जुँगाको पनि फ्यान हुँ ।

तपाईंको जुँगा बलिउड अभिनेता रणवीर सिंहको जस्तो छ भन्छन् नि ?

मलाई पनि धेरैले ‘रणवीर सिंहको जस्तो जुँगा बनाएको हो ?’ भन्नुहुन्छ । तर त्यस्तो होइन । मैले रणवीर सिंहको होइन, पृथ्वीनारायण शाहको जस्तो बनाउन जुँगा पालेको हुँ । हामी नेपालीहरू आफ्नो देशको कला, संस्कृतिलाई छोडेर बलिउडप्रति बढी झुकाव राख्छौं । त्यसैले रणवीर सिंहको जुँगा देखेका छन् । तर, पृथ्वीनारायण शाहको जुँगा नदेखेकाले यस्तो प्रश्न गर्छन् ।

जुँगालाई पितृसत्ताको प्रतीक पनि भन्छन् नि ?

मलाई त्यस्तो लाग्दैन । ट्याटु हानेका मान्छे गुण्डा हुन्छ भन्छन् । मेरो हातमा ट्याटु पनि छ तर म गुण्डा छुजस्तो लाग्दैन । त्यस्तै, कानमा मुन्द्रा लगाएका मानिसहरू बलवान् हुन्छन् भनिन्छ, त्यस्तो पनि होइन । त्यसैले मान्छेका कुनै कुरालाई हेरेर पूर्वअनुमान गर्नु राम्रो हुन्नजस्तो लाग्छ । तर, कतिपयले भने ‘अनिलजी, यो जुँगा किन पाल्नुभएको ?’ भनेर प्रश्न गर्नुहुन्छ । म उहाँहरूलाई ‘दाह्री–जुँगा पालेर नराम्रो हुने र नपाल्दा राम्रो हुने होइन । यो त मेरो एउटा स्टाइल हो’ भन्ने गर्छु ।

यसले मानिसको व्यक्तित्वमा महत्व राख्छ ?

व्यक्तित्वमा कतिको महत्व राख्छ भन्नेचाहिँ थाहा छैन । कसै–कसैले ‘कन्फिडेन्स’का लागि पनि जुँगा राख्छन् होला । तर एउटा कुराचाहिँ के हो भने मलाई एकपटक देखेको मान्छेले हत्तपत्त बिर्सिदैनन् । त्यो अनिल शाह भनेर होइन, जुँगाकै कारणले हो ।

आफ्नो जुँगाको के कुरा विशेष लाग्छ ?

अहिले जुँगाले गर्दा मेरो रुटिन नै बदलिदिएको छ । यदि जुँगा नहुादो हो त बिहान उठ्यो, मुख धोयो, फ्रेस भयो, सक्कियो । तर, जुँगा भैसकेपछि बिहान उठ्नेबित्तिकै यसलाई मिलाउनुपर्‍यो । कहिले काट्नुपर्छ, कहिले जेल लगाएर कोर्नुपर्छ । त्यही भएर जुँगा पाल्नाले बिहानको एउटा काम निस्किएको छ । हतार भएको बेलामा त आफ्नै जुँगादेखि रिस उठ्छ । तर के गर्नु पालिहालियो, राख्नुपर्छ भन्ने लाग्छ ।

यसका लागि बिहान कति समय दिनुहुन्छ ?

कम्तीमा पनि १० मिनेट समय दिन्छु । बेलुका पनि सुत्ने बेलामा जुँगामा तेल लगाएरमात्र सुत्छु ।

यससँग जोडिएका केही रमाइला अनुभव सुनाइदिनुस् न ?

केही समयअघि इजिप्ट घुम्न गएको थिएा । त्यो बेलामा प्लेनमा बसेदेखि ओर्लिने बेलासम्म र बाटोमा पनि हजारौं मान्छेले मेरो जुँगालाई मात्र हेरे । होटलमा गएपछि पनि सबैले औंलाले देखाउँदै मेरो जुँगाको तारिफ गरेको देखेँ । त्यो पल एकदमै सुन्दर थियो । यस्तै, तिब्बत जाँदा पनि राजा स्रङचङ गम्पोकोजस्तो जुँगा भनेर धेरैले तारिफ गरेका थिए । निकै रमाइलो अनुभव भएको थियो ।

तपाईंका जुँगाका फ्यानहरू कस्ता छन् ?

अहिले म नबिल बैंकमा छु । त्यहाँका केही कर्मचारीहरूले पनि बिस्तारै जुँगा पाल्न थालेको देखिरहेको छु । धेरै युवाहरूले पनि जुँगा पाल्ने प्रयास गरेपछि ‘तपाईंकोजस्तै जुँगा पाल्ने कोसिसमा छु’ भनेर सामाजिक सञ्जालमा फोटो पठाउनुहुन्छ । त्यस्तै, कतै घुम्न गएको ठाउँमा पनि मेरो जुँगा देखेर नै सेल्फी खिच्न आउनुहुन्छ । वास्तवमा भन्ने हो भने मेरो जुँगा आफैंलाई राम्रो लाग्छ । नेपालमा अहिलेसम्म मेरोभन्दा राम्रो दाह्री धेरैको देखेको छु तर मेरो भन्दा राम्रो जुँगा कसैको देखेको छैन ।

यसका लागि कति खर्च गर्नुहुन्छ ?

खासै हुँदैन । मसँग दुईवटा सानो काइँयो छ । जुँगाको जेलमा अलिकति खर्च हुने हो, त्यो पनि एकपटक किनेपछि ६ महिनासम्मका लागि पुग्छ । यसलाई समय चाहिँ दिनुपर्छ । तर, खर्च धेरै हुँदैन ।

कस्तो प्रतिक्रिया पाउनुहुन्छ ?

एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु । तर कतिपय मेरा आफन्ती बाजेबज्यै भने किन जुँगा पालेको भन्नुहुन्छ । अधिकांशले मेरो जुँगाको प्रशंसा नै गर्नुहुन्छ ।

जुँगा कहिल्यै नकाट्ने हो ?

झोाक चल्यो भने कुनै दिन काट्न पनि सक्छु । कहिल्यै काट्दिन भन्ने प्रतिबद्धता गरेको छैन । तर जुँगा काटेपछि आफ्नो अनुहार ऐनामा हेर्दा तर्सिन्छु होलाजस्तो लाग्छ । त्यसैले हत्तपत्त जुँगा काट्ने आँट गर्दिनँ ।

जुँगा पाल्ने रहर गर्नेहरूलाई भनिदिनुस् न, तपाईंकोजस्तै जुँगा बनाउन के गर्नुपर्ला ?

पहिलो कुरा त मेरोजस्तो जुँगा बनाउन राम्रोसँग जुँगा पलाउनुपर्छ । यदि बाक्लो जुँगा आउँदैन भने नपाल्दै राम्रो हुन्छ । पाल्ने नै मन भए जुँगा बाक्लो बनाउनका लागि बेलुका सुत्ने बेलामा तोरीको तेल लगाउनुस् । आफ्नो मुखलाई कुन स्टाइलको जुँगा सुहाउँछ, त्यो हेर्नुस् । आफूलाई जुन राम्रो लाग्छ, त्यही स्टाइलको जुँगा पाल्नुस् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik