• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
जीवनशैली
साहित्यिक क्षेत्रमा समर्पिर्त ः सरुभक्त
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

साहित्यिक क्षेत्रमा समर्पिर्त ः सरुभक्त
फाल्गुन २३, २०७०
पोखरामा रही साहित्यको क्षेत्रमा आफ्नो सारा जीवन समर्पण गर्दै निरन्तर साहित्यिक कृति सिर्जना गरिरहेका व्यक्तित्व हुन्, वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ। सरुभक्तकोे वास्तविक नाम भने भक्तराज श्रेष्ठ हो। २०३४ सालतिर साहित्यिक यात्रा प्रारम्भ गर्दा उनी कविता र नाटकमा भक्तराज लेख्थे भने अरू कृतिमा सरुभक्त यसले गर्दा आफ्नै साथीले पनि उनको सिर्जनालाई चिनेनन्। त्यहीं समयदेखि उनले भक्तराज नाम हटाई सरुभक्त लेख्न थाले।

यो नाम राख्नुको कारण आफ्नो व्यक्तिगत जीवन र चरित्रसँग सम्बन्धित भएको उनी बताउँछन्। यस विषयमा थप कुरा बताउन भने उनले अस्वीकार गरे। विवाह नगरी जीवन बिताउने वाचा गरेका सरुभक्त जीवन चलाउन विवाह नै गर्नुपर्छ भन्ने सोच राख्दैनन्। विवाह नगरी बस्दा आफूलाई अव्यावहारिक, आफ्नै तालको भन्नेहरू भए पनि त्यसलाई आफूले सहज रूपमा लिएको उनी बताउँछन्। विवाह नभए पनि परिवारमै रहेको र छोरीका रूपमा धर्म छोरी पाएकामा उनी खुसी छन्।

२०१२ सालको तीजका दिन बुबा गणेशबहादुर र आमा लक्ष्मी श्रेष्ठको पहिलो सन्तानका रूपमा पोखराको बागबजारमा उनको जन्म भएको हो। बाल्यकालमा चञ्चले स्वभावका सरुभक्त छरछिमेकमा समेत प्रिय थिए। किनभने त्यतिबेला छरछिमेकमा अरू शिशु थिएनन्। अध्ययनका लागि उनी तत्कालीन नेपाल आदर्श विद्यालय बोर्डिङ स्कुल (हालको गण्डकी बोर्डिङ स्कुल) मा भर्ना भए। त्यहीँ उनको साहित्यिक रुचि जाग्यो। गुरु-गुरुआमाहरूले विभिन्न कवि तथा लेखकका कृति भाका हालेर सुनाउँदा उनमा साहित्यिक क्षेत्रमा कलम चलाउने प्रेरणा जाग्यो। महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा कविशिरोमणि लेखनाथ पौडेलका कृतिबाट उनी साहित्यको क्षेत्रमा काम गर्न हौसिए। कक्षा ६ मा पढ्दादेखि नै कविता कोर्न थालेका सरुभक्त कक्षा १० पढ्ने क्रममा पुस्तकालयमा घन्टौंसम्म विभिन्न उपन्यास तथा नाटकमा घोत्लिन थाले, जसले उनलाई उपन्यास र नाटक लेख्न अभिप्रेरित गर्‍यो। उच्चशिक्षाका लागि पृथ्वीनारायण क्याम्पस पुगेसँगै उनले साहित्यिक क्षेत्रमा आफ्नो व्यस्तता बढाए।

२०३५ सालमा बन्द खामभित्र मुक्तक संग्रह प्रकाशनपछि औपचारिक रूपमा उनको साहित्यिक यात्रा प्रारम्भ भयो। उनको यो कृति पोखराबाट प्रकाशित पहिलो कृति हो। ५४ वटा मुक्तक समावेश गरिएको उक्त संग्रहबाट उनको चर्चा चुलियो। त्यही समयमा उनले पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना गरी संस्थापक सचिवको जिम्मेवारी पनि लिए। त्यो समयमा टिकटमा मुक्तक कार्यक्रम पनि प्रारम्भ भयो। यो कार्यक्रम वर्षमा एक पटक हुन्थ्यो भने मुक्तक सुन्न टिकट काट्नुपथ्र्यो। त्यसपछि यो कार्यक्रम वर्षैपिच्छे नियमित रूपमा हुन थाल्यो। २०५० मा केही मुक्तक थप गरी बन्द खामभित्र संग्रह पुनः प्रकाशन भयो। त्यसपछि उनका २०६२ मा हजार बुद्घहरू, २०६७ मा प्रेमयात्रा नामक मुक्तक संग्रह प्रकाशित भैसकेका छन्। सरुभक्तका हालसम्म करिब १५ कविता संग्रह प्रकाशित भैसकेका छन्। सरुभक्त इतिहासभित्रको इतिहास, गाउँको कथा यस्तो हुन्छ है, शिशिरका अन्तिम दिनहरू, बालबालिकाहरूको नाटकलगायत एक दर्जनभन्दा बढी नाटक संग्रह, एक अभिनयको आत्मकथा, छोरी ब्रमान्ड, पागल बस्ती, तरुनी खेती, यमाङल, समय त्रासदी, चुली, अँध्यारो कोठा, पदार्थहरूको गीत गरी नौवटा कथासंग्रह तथा उपन्यास प्रकाशित भैसकेका छन् भने नेपालेस्वर नामक महाकाव्य छिट्टै प्रकाशन हुँदैछ।

पोखरेली युवा सांस्कृतिक परिवार, युवा नाटक परिवार, प्रतिविम्ब नाट्य समूह, पोखरा सार्वजनिक पुस्तकालयको पूर्वअध्यक्ष, तत्कालीन नेपाल राजकीय प्रतिष्ठानको सदस्य आदि विभिन्न संस्थामा आबद्घ र थुपै्र संस्थामा सल्लाहकारका रूपमा काम गरिरहेका सरुभक्तले आफू सस्थापक बनी कुनै पनि क्षेत्रमा प्रतिभा देखाउने तथा उल्लेख्य काम गर्ने बालबालिकालाई प्रेरणा दिन राष्ट्रिय बालप्रतिभा पुरस्कार पोखराको स्थापना गरेका छन्, जसको व्यवस्थापन कुमुदिनी होम्सले गर्दै आएको छ।

आफू यो क्षेत्रमा लाग्ने क्रममा पोखरा सानो गाउँजस्तो भएको तथा साहित्यकारको संख्या पनि कम तथा साहित्यिक संस्था त हुँदै नभएको उनी बताउँछन्। अहिले यो क्षेत्रमा सन्तोषजनक ढंगले विकास भएको र दर्जनौं साहित्यिक संस्था क्रियाशील भएर लागेको कुरा बताउँदै सरुभक्त कृतिबाटै बाँच्ने स्थिति नभए पनि पहिलेको तुलनामा सुधार आएकामा सन्तुष्टि व्यक्त गर्छन्। पोखरालाई प्रकृति र संस्कृतिको राजधानी बनाउनुपर्छ भन्ने आवाज उठाउँदै आएका सरुभक्त गण्डक क्षेत्र लोकभाका, लोकनृत्य, नाटक, कथालगायतका लोकसम्पदाको समृद्घ क्षेत्र भएकाले यसको विकासका लागि सबैले सामूहिक रूपमा अघि बढ्नुपर्ने धारणा राख्छन्।

साहित्यिक कर्ममै जीवन बिताउने वाचा गरेका सरुभक्त साहित्यिक कर्मको संस्थागत विकास गर्न हरक्षण क्रियाशील छन्। उनले साहित्यको क्षेत्रमा मदन पुरस्कार पाइसकेका छन्। सरुभक्तले वीरेन्द्र-ऐश्वर्य पदक, उपन्यास सतवाषिर्की सम्मान, शुक्लासाहित्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, शिरोमणि पुरस्कार, रत्नश्री एवार्ड, नेपाल बालसाहित्य पुरस्कार, लोकेन्द्र साहित्य पुरस्कार, कुमुदिनी कला साहित्य पुरस्कारजस्ता दर्जनौं पुरस्कार तथा सम्मान पाइसकेका छन्।

कार्यक्रमको सिलसिलामा उनी हङकङ, कोरिया, अमेरिका, भारत आदि देश तथा नेपालका लगभग २० जिल्ला पुगेका छन्। कविताको संरक्षण तथा प्रचार-प्रसारका निम्ति २०५५ सालदेखि संरक्षण कविता आन्दोलन चलाइरहेका सरुभक्त त्यसका लागि गाउँ-गाउँ गै कविता सिर्जना गरी स्थानीय मानिसहरू जम्मा गरी कविता सुनाइरहेका छन्, जुन अहिले पनि निरन्तर छ।

हालसम्म १ सय ६० भन्दा बढी गीत सिर्जना गरिसकेका सरुभक्तले मनभरि माटोभरि नामक गीतिसंग्रह प्रकाशित गरेका छन् भने विभिन्न गायक-गायिकाको आवाजमा चार दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका छन्। २०६१ सालमा लोकप्रिय गीतहरूमा सरुभक्त शीर्षकको एल्बम बजारमा आइसकेको छ। श्रेष्ठद्वारा सिर्जित गीतमा हङकङ पोखरा, चाइना कम्पनी, खान्नँ म त लाम्पाते सुरती, भ्यालखानैमा आदि गीत बढी चर्चित छन्।

प्रत्येक स्रष्टाको महत्त्वपूर्ण उद्देश्य उत्कृष्ट कृति सिर्जना गर्ने नै हुने भएको बताउँदै सरुभक्त भन्छन्— 'यदि कलात्मक साहित्य सिर्जना गरी जनताको आवाज जनताको बोली समेट्न सकियो भने पाठकको संख्या आफैं बढेर जान्छ।' पोखरामा रही सबै विधामा कलम चलाउने हस्ती सरुभक्त साहित्य सर्जकहरूका पनि प्रेरणाका स्रोत हुन्।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
जीवनशैली
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

वैशाख ८, २०७७

जीवनशैली
रोग–प्रतिरोधी हुन के खाने ?

समर्पण श्री

वैशाख ८, २०७७

जीवनशैली
भारतबाट फर्किएकी अभिनेत्रीको क्वारेन्टाइन डायरी : चौध दिन त खोकी लाग्दा पनि डर लाग्यो 

वैशाख ८, २०७७

जीवनशैली
गायिका डा. त्रिशला गुरुङको लकडाउन डायरी

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik