• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
जीवनशैली
रोग–प्रतिरोधी हुन के खाने ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

समर्पण श्री

रोग–प्रतिरोधी हुन के खाने ?
वैशाख २२, २०७७

विश्वभरि कोभिड– १९ महामारीबाट दुई लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । लाखौं मानिस यो भाइरसबाट संक्रमित छन् । नेपालमा पनि यसको संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको छ । कोरोना भाइरसको खास औषधि वा खोप भने अहिलेसम्म पत्ता लागेको छैन । यो जोखिमलाई कम गर्नका लागि नियमित हात धुने, व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम गर्ने, व्यायाम गर्ने र पर्याप्त निद्रामा ध्यान दिनु महत्वपूर्ण छन् । यद्यपि, शरीरको प्रतिरक्षा प्रणालीलाई प्रवद्र्धन गर्नका लागि स्वस्थ आहार झनै उपयुक्त हुने पोषणविद्हरू बताउँछन् । 

इम्युनिटी पावर बढाउन खानपानसँगै शारीरिक व्यायाम पनि नियमित अनावश्यक रहेको पोषणविद् विनिता पन्त बताउँछिन् । ‘यसको लागि धूमपान नलिनुहोस्, नियमित व्यायाम गर्नुहोस्, पर्याप्त निद्रा लिनुहोस् र तनाव कम गर्ने कोसिस गर्नुहोस्,’ उनी सुझाउँछिन् । 

हुन त कोभिड–१९ विरुद्ध लड्न मद्दत गर्ने खाद्य पदार्थहरूमा हालसम्म कुनै अनुसन्धान भइसकेको छैन । तथापि, अघिल्ला केही अध्ययनहरूले केही खानेकुरा नियमित खाँदा शरीरको अन्य आक्रामक भाइरसहरूसँग लड्न सक्ने क्षमतलाई सुदृढ पार्न सक्ने निष्कर्ष निकालेका छन् । 

रोग वा शरीरमा कीटाणुहरूको आक्रमणसँग लड्ने शक्ति नै रोग प्रतिरोधात्मक शक्ति हो । हाम्रो प्रतीरक्षा प्रणालीले हामीलाई रोग सार्ने सूक्ष्मजीवहरूको विरुद्ध रक्षा गर्न उल्लेखनीय काम गर्छ । तर, कहिलेकाहीँ यो कमजोर हुन्छ । कीटाणुले सफलतापूर्वक आक्रमण गर्छ र बिरामी बनाउँछ । धेरै अध्ययनहरूको अनुसार जवान व्यक्तिहरूको तुलनामा वृद्धहरूको संक्रामक रोगहरूको सम्भावना अधिक बढी हुन्छ । इम्युनिटी पावर बढाउनका लागि अन्तर्राष्ट्रिय रूपमा विज्ञहरूबाट मान्यताप्राप्त केही खानाहरू छन्, त्यसलाई नियमित आफ्ना आहारमा थप गर्न विज्ञहरूकै सुझाव छ ।

रातो भेडे खुर्सानी

रातो भेडे खुर्सानीमा भिटामिन सी उच्च हुन्छ । अमेरिकी कृषि विभागको अध्ययनले भन्छ– टुक्रा पारिएको एक टुक्रा रातो भेडे खुर्सानीमा २ सय ११ प्रतिशत भिटामिन सी पाइन्छ । यसको तात्पर्य एउटा सुन्तला (१०६ प्रतिशत) भन्दा भिटामिन सी दोब्बर हुन्छ । 

स्वास्थ्यसम्बन्धी विभिन्न संस्थानहरूमा प्रकाशित सन् २०१७ को अध्ययनका अनुसार शरीरका विभिन्न कोषलाई कार्य गर्न प्रतिरक्षा बढाउन यो खुर्सानीले योगदान बढाउँछ र श्वास–प्रश्वासको संक्रमणको जोखिम कम गर्छ । 

मानव शरीरमा तन्तुहरूको विकास र मर्मत गर्न पनि सहयोग गर्छ । ‘स्वास्थ्यका लागि दैनिक भिटामिन सी को प्रयोग गर्नु आवश्यक छ । किनभने, हाम्रो शरीरले यो प्राकृतिक रूपमा उत्पादन गर्दैन,’ ईएचए स्वास्थ्यका आन्तरिक चिकित्सा डा. सीमा सरिन भन्छिन् । नेपालका पोषणविद्ले पनि नियमित तरकारीमा यसको प्रयोग गर्दा इम्युनिटी पावर बढ्ने बताएका छन् । 

ब्रोकाउली

ब्रोकाउलीमा पनि भिटामिन सी धेरै पाइन्छ । एनआइएचका अनुसार आधा काटिएको टुक्रामा भिटामिन सी ४३ प्रतिशत हुन्छ । चिकित्सकका अनुसार ब्रोकोलीमा फिटोकेमिकल्स र एन्टिओक्सडेन्ट हुन्छन् । जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछन् । यसमा भिटामिन ई पनि हुन्छ । एन्टिओक्सडेन्ट जसले व्याक्टेरिया र भाइरसहरूसँग लड्न मद्दत गर्छ । 

चना

चनामा धेरै प्रोटिन हुन्छ । अमिनो एसिडबाट बन्ने अत्यावश्येक पोषक तत्व जसले शरीरको प्रणालीहरू ठीकसँग काम गर्नका लागि एन्जाइमहरू संश्लेषण गर्न र त्यसलाई कायम राख्नमा भूमिका खेल्छ । ‘यसले प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गर्न र प्रतिरक्षा प्रतिक्रिया नियन्त्रण गनए मद्दत गर्छ,’ पोषणयुक्त र स्वस्थ स्वादका संस्थापक एमिली बन्डर भन्छन् । 

लसुन

‘लसुनले हाम्रो रक्त सञ्चारलाई सन्तुलन गर्छ,’ पोषणविद् पन्त भन्छिन् । लसुनले स्वादमात्र नभई रक्तचाप घटाउने र हृदय रोगको जोखिम कम गर्ने जस्ता काम गर्छ । लसुनले संक्रमणहरूसँग लड्न मद्दतसमेत गर्छ । विगतमा लसुन चिसोबाट बच्नका लागि प्रयोग गरिन्थ्यो । २००१ को एड्भेन्सस थेरापीमा प्रकाशित एउटा अध्ययनमा लसुनको खुराक लिने सहभागीहरूले चिसो कम लिन्थे । जो संक्रमित थिए उनीहरू छिटो स्वस्थ भए । घरमा नियमित रूपमा तरकारीमा लसुनको सन्तुलित मात्रामा प्रयोग गर्न सकिन्छ ।

च्याउ (मसरुम)

च्याउ (मसरुम) भिटामिन डीको स्रोत हो । भिटामिन डी स्रोतका रूपमा २०१८ मा गरिएको एक समीक्षाले पत्ता लगायो कि यसले क्याल्सियमको अवशोषण बढाउन मद्दत गर्छ । जुन हड्डीको स्वस्थताका लागि राम्रो हो । रल यसले क्यान्सर र श्वास–प्रश्वाससम्बन्धी रोगहरूदेखि पनि बचाउन मद्दत गर्छ । 

पालक

पालकमा भिटामिन सी धेरै हुन्छ । यसले हाम्रो शरीरको प्रतिरक्षा कोषहरूलाई वातावरणीय क्षतिबाट जोगाउन मद्दत गर्छ । पोषणविद्का अनुसार यसमा बिटा क्यारोटिन पनि छ । जुन भिटामिन ‘ए’ को मुख्य आहार स्रोत हो, जसले उच्च प्रतिरोधात्मक कार्यका लागि भूमिका खेल्छ । 

दही

दही प्रोबायोटिक्सको उत्तम स्रोत हो, जसमा राम्रो ब्याक्टेरिया हुन्छ । जसले स्वस्थ पेट राख्नमा सहयोग गर्छ । प्रतिरक्षा प्रणाली प्रवद्र्धन गर्न मद्दत गर्छ । हालैका अध्ययनहरूले प्रोबायोटिकहरू पनि सामान्य चिसो र इन्फ्लुएन्जाहरूको विरुद्ध लड्न प्रभावकारी रहेको देखाए । गाउँघरमा दही प्रशस्त पाउन सकिन्छन् । यसलाई सन्तुलित आहारका रूपमा प्रयोग गर्दा फाइदा हुन्छ ।

सूर्यमुखी बीज 

सूर्यमुखीको फूलमा भिटामिन ‘ई’ उच्च हुन्छ । जसले एन्टिओक्सडेन्टका रूपमा काम गर्छ र प्रतिरक्षा प्रणालीलाई बढावा दिन मद्दत गर्छ । एनआइएचको सानो तर शक्तिशाली एक औंस सुक्खा भुटेको सूर्यफूलको बीउले दैनिक जीवनमाा ४९ प्रतिशत भिटामिन ‘ई’ प्रदान गर्छ ।

पोषणविद्को सुझाव

पोषणविद् डा. अरुणा उप्रेती लकडाउनको बेला खानपानमा निकै ध्यान दिन्छिन् । उनले घरमै चनाको टुसा उमारेर राखेकी छन् । हरेक दिन टुसा उमारेको चना सन्तुलित आहारका रूपमा प्रयोग गर्छिन् । दूध हालेको चिया खाँदिनन् । उनले सुन्तला पाइने मौसममा सुन्तलाको बोक्रा सुकाएर राखेकी थिइन् । ‘सुन्तलाको सफा बोक्रा तातो पानीमा राख्छु । ३ घण्टा जति राखेपछि बाबरीको पत्ता, कागती हाल्छु । त्यो दिनमा २/३ पटक खान्छु,’ उनी भन्छिन् । बिहान उठ्ने बित्तिकै तातो पानी, दूध नहालेको चिया, अलिकति बिरे नुन वा सखर हालेको चिया पनि ३ पटक जति खाने उप्रेती बताउँछिन् । यसरी आफ्नो शरीरको इम्युनिटी पावर बढ्ने उनको दाबी छ । 

यो बेलामा घरमै पाइने पौस्टिक आहारलाई सन्तुलित मात्रामा प्रयोग गर्न उनको सुझाव छ । ‘पछिल्लो समय धेरै मानिसले घरमै खाना बनाएर खान थालेको मैले पाएको छु । अरू बेलामा खाना पकाउने समय हुँदैन थियो । त्यो बेलामा पत्रु खाना भन्ने थाहा हुँदाहुँदै पनि दिन्थे,’ डा उप्रेती भन्छिन्, ‘तर, अहिले कोरोना भाइरसको कारण शरीरमा इम्युनिटी पावर बढाउनु पर्दोरै’छ भन्ने कुराले धेरैले घरकै खाने कुरामा जोड दिन थालेको मैले थाहा पाएको छु । खाने कुरा खाएर मात्र हुँदैन । यसले हाम्रो शरीरमा कसरी ग्रहण गर्छ भन्ने कुरा पनि धेरै महत्वपूर्ण छ । खाने कुरा कसरी पचाउने भन्ने पनि एकदमै महत्वपूर्ण छ ।’

पोषणविद् पन्त पनि पत्रु खानालाई प्रयोग नै नगर्न सुझाउँछिन् । ‘यो समय कोरोनासँग जुधेर बच्ने समय हो । यदि, पत्रु खाना प्रयोग गरे हामी कमजोर बन्छौं र जोखिम बढ्छ,’ उनी सुझाउँछिन् ।

‘पत्रु खाना होइन, पौस्टिक आहार’

डा. अरुणा उप्रेती

घरमा तातो पानीमा मरिच र बेसार हालेर खाँदा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ । अहिले कतिले यो बेलामा मासु खान हुँदैन भनेका छन् । त्यो सही होइन । मासुसँग भाइरसको केही सम्बन्ध छैन । जनावरबाट आएको हुनाले यस्तो भनियो । त्यो गलत हो । मासु नखानेले भटमास, दाल, हरियो तरकारी खानुपर्छ, जसले हाम्रो शरीरमा प्रोटिन पनि दिन्छ र रोगसँग लड्नका लागि क्षमता दिन्छ । चना, क्वाँटी हामीसँग छ । त्यसलाई टुसा उमारेर खाएपछि पोषक तत्व, भिटामिन र क्याल्सियस एकदम बढ्न जान्छन् ।

सय ग्राम भटमासमा ४३ ग्राम प्रोटिन पाउँछ । जति हाम्रो तौल छ त्यति प्रोटिन भए पुग्छ । दाल, अण्डा, चामल, दाल, गहुँमा बढी पाइन्छ । हरिया कुरामा प्रोटिन कम र रेसादार पदार्थ बढी हुन्छ । रेसादारले कब्जियत हुन दिँदैन । बाहिर धेरै कब्जियत हुनुको कारण उनीहरको शरीरमा रेसादार पदार्थ हुँदैन । किनभने उनीहरूको खाना पत्रु मैदाको बढी हुन्छ । अनि उनीहरूले कब्जियत हटाउन औषधि खानुपर्ने हुन्छ । नेपालको खानामा दाल, भात, तरकारी, दूध, दही फापर हुन्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
जीवनशैली
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

वैशाख ८, २०७७

जीवनशैली
रोग–प्रतिरोधी हुन के खाने ?

समर्पण श्री

वैशाख ८, २०७७

जीवनशैली
भारतबाट फर्किएकी अभिनेत्रीको क्वारेन्टाइन डायरी : चौध दिन त खोकी लाग्दा पनि डर लाग्यो 

वैशाख ८, २०७७

जीवनशैली
गायिका डा. त्रिशला गुरुङको लकडाउन डायरी

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik