• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
जीवनशैली
केटाहरू लागि डिजाइनिङ गार्‍हो छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

किशोर नेपाल

केटाहरू लागि डिजाइनिङ गार्‍हो छ
मंसिर २, २०७३

 

फेसन डिजाइनिङ पनि पेसा हुन्छ र ? हाम्रो समाजमा अझै यस्ता प्रश्नहरू सोधिन्छन् । यो त वर्तमान समयको सबैभन्दा आकर्षक पेसा हो । ग्ल्यामर हो । फेसन डिजाइनर प्रबल गुरुङ वर्तमान समयका हस्ती हुन् । बुटिक, डिजाइन र फेसन भन्नेबित्तिकै नेपाली समाजले राम्ररी पहिचान गर्न नसकेको वस्तु बुझाउँछ । डिजाइनिङका बारेमा सूचिकारले जस्तो मानिसले सिलाउन चाहेको कपडाको लम्बाइ, गोलाइ र चौडाइ नाप्ने त हो नि भन्ने हलुका टिप्पणी गरेको पनि सुनिन्छ ।

वास्तवमा के हो त यो फेसन डिजाइनिङ ? किन यसको यति चर्को भाउ छ बजारमा ? फेसनको दुनियाँमा यस्ता प्रश्नहरू दिनहुँ हजारौंपल्ट सोधिन्छन् र डिजाइनरहरू आफैं पनि यसको उत्तर खोज्दाखोज्दै अलमलिन्छन् । दुनियाँमा थुप्रै ब्रान्ड स्थापित भएका छन् । आजको समयमा ब्रान्डका बारेमा केही नजान्ने मानिसले पनि ब्रान्डेड कपडा लगाएर हिंडेको हुन्छ । उदाहरणका लागि, जारा, लिभाइज, सोली, एरो केही यस्ता नाम हुन् जसका बारेमा सामान्य मानिससँग कुनै जानकारी हुँदैन, तर ऊ ती ब्रान्डका कपडा लगाएर आनन्द अनुभूत गरिरहेको हुन्छ ।

नेपाली फेसन डिजाइनरहरूमा प्रबल गुरुङ त अन्तर्राष्ट्रिय रूपमा परिचित व्यक्तित्व भैहाले, उनीपछि पनि डिजाइनरहरूको एउटा लर्को देखिएको छ । लर्को लामै भए पनि फेसन डिजाइनिङका आफ्नै समस्या छन् । शिखरमा पुग्न धेरै मेहनत, लगानी, धैर्यको आवश्यकता पर्छ । 

विश्व गौतम, फेसनको दुनियाँमा यो नाम राम्ररी चिनिइसकेको छ । संसारमा सबैभन्दा छिटो–छिटो परिवर्तन हुने फेसन डिजाइनिङको पेसामा अहिलेको पुस्ताका फेसन डिजाइनमा गौतम जमेका छन् । भन्छन्— म अहिले जे छु र जहाँ छु त्यो मैले डिजाइनिङबाटै आर्जन गरेको हो । म यसबाट अलग हुने त सोच्न पनि सक्दिनँ ।

मौसमभन्दा पनि छिटो परिवर्तन हुने फेसन डिजाइनिङको पेसामा टेक्सटाइलको डिजाइन कति प्रभावकारी छ त्यसको निकै महत्त्व हुन्छ । ‘फेसन डिजाइनरको काम टेक्सटाइलको डिजाइनदेखि नै सुरु हुन्छ । यो नै फेसनको सबैभन्दा गहकिलो पाटो पनि हो । डिजाइनरको भूमिका किन महत्त्वपूर्ण हुन्छ भने फेसनको डिजाइन र प्रदर्शनसम्मका सबै पक्षमा उसको सक्रिय सहभागिता रहन्छ । उसैले डिजाइन र पात्रका बीचमा मेडियट पनि गर्छ,’ विश्व बताउँछन् । फेसन डिजाइनरको सिर्जनालाई विभिन्न ब्रान्डका कम्पनीहरूले खरिद गर्छन् । त्यो डिजाइनमा तयार भएका पोसाकहरू अन्तर्राष्ट्रिय बजारमा उपभोग्य वस्तुका रूपमा निर्यात हुन्छ । यसरी नै डिजाइनिङको विकास हुँदै जान्छ । विश्वले भने कुनै कम्पनीका लागि डिजाइनिङको काम गरेका छैनन् । विश्व गौतमको नाममा उनको आफ्नै ट्ेरड लेभल र लोगो छ । उनी अहिले त्यसको प्रवद्र्धनमा लागेका छन् ।

डिजाइनिङ सधैं फ्रेस हुन्छ । यो वर्ष कतिवटा फेसन डिजाइन गर्ने भन्ने हुँदैन । अमेरिकाकै कुरा गरौं, फेसन डिजाइनिङको सबैभन्दा बढी खपत हुने त्यही हो । त्यहाँ फोर सिजन हुन्छ । त्यो चार सिजनको मागअनुसार त डिजाइनिङमा लाग्नैपर्छ, विश्व बताउँछन् । केटाहरूका लागि फेसन डिजाइन गर्नु कठिन हुने बताउँछन् विश्व गौतम । केटा भन्नेबित्तिकै उसलाई भलादमी देखाउनैपर्‍यो । त्यस्तोमा डिजाइनरसँग भएका लिमिटेड आइटमहरू पर्याप्त हुँदैनन् । तर, के थप्ने त ? साँच्चै कठिन हुन्छ केटाहरूको फेसन डिजाइनिङ । केटाहरूलाई जेन्टल म्यान बनाउनु साँच्चै च्यालेन्जिङ हुन्छ । 

 

उनी भन्छन्, यसको विपरीत नारीहरूको फेसन डिजाइन सजिलो हुन्छ । उनीहरूलाई जे लगाए पनि सुहाउँछ । डिजाइनरले पनि उनीहरूको डिजाइनसँग खेल्ने मौका पाउँछ । यत्ति हो कि, डिजाइनलाई उनीहरूले क्यारी गर्न सक्नुपर्‍यो । नारीहरू जाडोमा जाडो फिल गर्दैनन् । गर्मीमा गर्मी फिल गर्दैनन् । डिजाइनरले पनि उनीहरूको अंग प्रदर्शनको केही न केही मनसुवा त राखेको हुन्छ होला ? कि नारीहरूलाई जाडो नै हुँदैन ? विश्वको जवाफ छ, ‘नारीहरूलाई पनि जाडो हुन्छ नि । त्यो उनीहरूलाई हुनैपर्छ । आखिर सेलिब्रेटीहरूले फेसन डिजाइनलाई सहज रूपमा लिएनन् भने त ब्रान्ड नै फेल खान्छ । यो ठट्टाको विषय होइन ।’

फेसनको दुनियाँमा विश्व गौतम आफैं बनेका व्यक्ति हुन् । उनलाई कसैले क्रेन लगाएर माथि तानेको होइन । जीवनमा निकै संघर्ष गरे, फेसनको दुनियाँमा स्थापित हुन । अब लसएन्जेल्सको फेसन युनिभर्सिटीबाट मास्टर गर्दैछन् । उनी खुसी छन् । खुसीको अभिव्यक्ति यसरी दिन्छन्, लुगा बनाएर मैले सम्पूर्ण कुरा पाएको छु । मेरो लागि यो नै जीवन्त पेसा हो । २००६ देखि निरन्तरको संघर्षपछि २०११ मा मैले आफ्नो पहिचानको मान्यता पाएको हूँ । विश्व नमुना कलेजमा फेसन डिजाइन पढ्दापढ्दै डिजाइनिङमा आए । मैले २००४ मा नै काम शुरु गरी सकेको थिएँ । साथीहरू भर्खर डिजाइनको ट्रेनी बन्दासम्म त म डिजाइनरका रूपमा स्थापित भैसकेको थिएँ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
जीवनशैली
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

वैशाख ८, २०७७

जीवनशैली
रोग–प्रतिरोधी हुन के खाने ?

समर्पण श्री

वैशाख ८, २०७७

जीवनशैली
भारतबाट फर्किएकी अभिनेत्रीको क्वारेन्टाइन डायरी : चौध दिन त खोकी लाग्दा पनि डर लाग्यो 

वैशाख ८, २०७७

जीवनशैली
गायिका डा. त्रिशला गुरुङको लकडाउन डायरी

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik