• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
जीवनशैली
लिंग परिवर्तन गरी सन्ध्या बनिन् नारी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

शंकर आचार्य

शंंकर आचार्य

शकर आचार्य

श‌ंकर आचार्य

श‍ंकर आचार्य

लिंग परिवर्तन गरी सन्ध्या बनिन् नारी
मंसिर २५, २०७४

सहयात्री समाज वीरगन्जकी कार्यक्रम संयोजक सन्ध्या लामाले पुरुष लिंग परिवर्तन गरी महिला पहिचान कायम गरेकी छिन् । झन्डै एक दशक तेस्रोलिंगीको पहिचान बोकेर सार्वजनिक जीवन व्यतीत गरेकी सन्ध्याले गत साउन २४ गते थाइल्यान्डको राजधानी बैंककस्थित प्रतुनाम पोलिक्लिनिकमा सेक्सुअल रिअसाइन्मेन्ट सर्जरी गराएकी हुन् । त्यहाँका मुख्य चिकित्सिक डा. थेपसहितको चिकित्सक टोलीले पाँच घण्टा लामो शल्यक्रियापछि उनको पुरुष लिंग हटाएर महिला यौनांग प्रत्यारोपण गरेको थियो ।

लामो आरामपछि अहिले कार्यालयको जिम्मेवारी पुन: सम्हाल्न थालेकी सन्ध्याले लिंग परिवर्तनपछि आफूले बिल्कुलै नौलो अनुभूति गरेको बताइन् । ‘मेरो सपना थियो, शारीरिक रूपमा पनि महिला पहिचान बनाउने,’ सन्ध्याले भनिन्— अहिले त्यो पूरा भएको छ । महिलाको जस्तो पाठेघर प्रत्यारोपण भने आफूले नगरेको उनले बताइन् । सन् २०१२ मा उनले बैंककको प्रतुनाम पोलिक्लिनिकबाटै स्तनको शल्यक्रिया गरी स्तन विकास गराएकी थिइन् । सन्ध्याले आफ्नो स्वर महिलाको जस्तो बनाउन घाँटीको शल्यक्रिया गर्न बाँकी रहेको पनि बताइन् । नेपालमा लिंग परिवर्तन गरी पुरुषबाट नारीमा परिवर्तन भएका करिब दुई दर्जन मानिस छन् । 

सात वर्षयता तेस्रोलिंगी तथा समलिंगीको हकहितमा कार्यरत संस्था सहयात्री समाजको वीरगन्जस्थित कार्यालयमा कार्यक्रम प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी सन्ध्याले काठमाडौंस्थित नेपाल मानविकी क्याम्पसबाट १२ कक्षासम्म अध्ययन गरेकी छिन् । उनी पत्रकारिताकी छात्रा हुन् । २००८ मा काठमाडौंमा विश्व बैंकले आयोजना गरेको तेस्रोलिंगीहरूको ‘मिस ब्युटी एन्ड ब्रेन’ प्रतियोगिताको उपाधि जितेकी सन्ध्याले त्यसपछि बैंककमा भएको तेस्रोलिंगीको ‘मिस इन्टरनेसनल क्विन’ मा भाग लिने अवसर प्राप्त गरेकी थिइन् । उक्त प्रतियोगितामा उनी उत्कृष्ट १० सम्म पुगेकी थिइन् । नेपालमै लेजर प्रविधिबाट दार्‍ही–जुँगा हटाइसकेकी सन्ध्या गोरी मात्र छैनन्, उनीसँग आकर्षक उचाइ र बान्की परेको शरीर समेत छ । 

पुरुषका रूपमा जन्म लिएर पनि एक दशकअघि साहसिक रूपमा आफूलाई तेस्रोलिंगीका रूपमा सार्वजनिक गरेयता उनले महिला वेशभूषा र काया धारण गरेकी हुन् । झट्ट हेर्दा उनलाई कसैले पनि तेस्रोलिंगी भन्न सक्दैनथे । 

आकर्षक व्यक्तित्वकै कारण सन्ध्याले विभिन्न चलचित्र तथा म्युजिक भिडियोहरूमा नृत्य गर्ने अवसरसमेत प्राप्त गर्दै आएकी छिन् । गत वर्ष भारतको मुंगेरमा एउटा भोजपुरी म्युजिक भिडियोमा अभिनय गरेकी सन्ध्याले भोजपुरी चलचित्र ‘किस्मत’ को एउटा आइटम गीतमा समेत आकर्षक नृत्य गरेकी छिन् । त्यसअघि उनले भोजपुरी चलचित्र ‘जब प्यार किया तो डरना क्या’ मा एचआईभीसम्बन्धी जनचेतना फैल्याउने भूमिका निर्वाह गरेकी थिइन् । 

 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
जीवनशैली
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

वैशाख ८, २०७७

जीवनशैली
रोग–प्रतिरोधी हुन के खाने ?

समर्पण श्री

वैशाख ८, २०७७

जीवनशैली
भारतबाट फर्किएकी अभिनेत्रीको क्वारेन्टाइन डायरी : चौध दिन त खोकी लाग्दा पनि डर लाग्यो 

वैशाख ८, २०७७

जीवनशैली
गायिका डा. त्रिशला गुरुङको लकडाउन डायरी

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik