• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
जीवनशैली
सधैं विवादमा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सधैं विवादमा
मंसिर ९, २०७६

चर्चामा त पूर्वयुवराज पारस पनि छन्, तर उनको चर्चा सधैं विवादको घेराभित्रै हुन्छ । कहिले प्रेमिका, कहिले श्रीमतीसँगको विवाद त कहिले उद्दण्ड गतिविधिका कारण । 

हालै सामाजिक सञ्जालतिर भाइरल एउटा भिडियोमा अल्लारे शैलीमा तिनै पारस भनिरहेका छन्, ‘यो वादी, त्यो वादी नभनौं, राजावादी भनेर छुट्याउने काम भयो, हामी नेपाली, हामी नेपाली ।’ यत्तिकैमा गल्लीबाट फुत्त एउटी युवती निस्कन्छिन्, पारस तिनै युवतीलाई मोटरसाइकलमा राखेर हुइँकिन्छन् । ती युवती युट्युबमा उच्छृंखल अन्तर्वार्ता लिएर चर्चामा आएकी सोनिका रोकाया हुन् । पछिल्लो समय पारस धेरैजसो रोकायासँगै भेटिन थालेकाले उनको चर्चा र आलोचना हुन थालेको छ । 

शाहज्यादा हुँदा बिग्रेको उनको छविलाई राजतन्त्रको गिर्दो साखको एउटा कारण मानिन्छ । राजतन्त्र उन्मूलन भएको दशकभन्दा बढी समय बितिसक्दा पनि उनको छवि उस्तै छ । कहिले गोलीकाण्ड त कहिले गाजाकाण्डमा उनी जोडिन्छन् । थाइल्यान्डको जेलकाण्डदेखि थापाथलीमा ट्राफिककाण्डसम्मले उनमा सुधारको संकेत देखिँदैन । 

उनको छवि सबैभन्दा धुमिल बनाउने घटना भने गायक तथा संगीतकार प्रवीण गुरुङ मृत्यु प्रकरण हो । २०५७ सालमा गुरुङको मोटरसाइकललाई तत्कालीन शाहज्यादा पारस सवार गाडीले ठक्कर दिएपछि उनको मृत्यु भयो । पारसले चलाएको गाडीले ठक्कर दिएर गायक गुरुङको निधन भएपछि त्यसले तत्कालीन शक्तिकेन्द्र दरबारमाथि नै प्रश्नचिह्न खडा भयो । त्यतिबेला दरबारिया शक्तिको आडमा पारसलाई जोगाइयो र नक्कली चालकका रूपमा खड्गबहादुर भुजेल खडा गरिएको थियो । पारसले राजपरिवारकै सदस्य भएकाले उन्मुक्ति पाए । यस्ता उद्दण्डताको क्रम उनी युवराज हुँदै सामान्य नागरिकमा झर्दासमेत परिवर्तन आएन ।

राजतन्त्रको अन्त्य भयो । यसलगत्तै उनी देशका विभिन्न धार्मिक अनुष्ठानमा पुगे । आफ्नो छवि सुधार्ने प्रयासमा जुटे । तैपनि उनमा खासै सुधार आएन । यसको त्यतिबेला छनक मिल्यो, जतिबेला उनले चितवनको टाइगर्स टपमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका ज्वाइँ बंगलादेशी नागरिक रुबेल चौधरीमाथि गोली चलाए । २०६७ सालको मंसिरमा उनले सामान्य विवादमा चौधरीमाथि गोली चलाएका थिए । त्यो गोली प्रकरणले उनलाई प्रहरी हिरासतसम्म पुर्‍यायो । त्यतिबेला पारसले ‘नेपाल र नेपालीमाथि अपमानजनक शब्द बोलेका कारण आफूले फायरिङ गरेको’ भन्दै नेपाली सेन्टीमेन्ट जित्ने शैलीमा विज्ञप्ति जारी गरेका थिए । 

२०६५ मा सिंगापुर हुँदै थाइल्यान्ड पुगेका पारस विदेशी भूमिमा पनि विवादबाट टाढा रहन सकेनन् । थाइल्यान्डमा पारस प्रतिबन्धित लागूऔषधसहित चौथो पटक पक्राउ परे, जुनबेला थाई प्रहरीले ५ दशमलव ७ ग्राम गाँजा र गाँजा खान प्रयोग गर्ने ट्युबसहितको तस्बिरसहित सार्वजनिक गरेको थियो । यसभन्दा अघि पारसलाई २०६९ कात्तिक ७ गते थाइ प्रहरीले फुकेटस्थित उनको डेराबाट गाँजासहित पक्राउ गरेको थियो । त्यो केसमा पनि उनले सफाइ पाएका थिए । थाइल्यान्डमा आफू बसेको अपार्टमेन्ट तोडफोड गरेको अभियोगमा दोस्रो पटक पक्राउ परेका थिए । उक्त घटनामा पारसले १२ लाख थाई भाट तिरेर उम्किए । थाइल्यान्डमै रहँदा उनको विवादास्पद प्रेमसम्बन्धले पनि तनाव सिर्जना गर्‍यो । पारसको थाइ प्रेमिका भनिने कन्निका चाइसानबीचको सम्बन्धका कारण उनको वैवाहिक सम्बन्ध डिभोर्सको डिलबाट जोगिएको थियो । त्यति बेलादेखि नै बिग्रेको श्रीमती हिमानीसँगको सम्बन्ध अझैसम्म ट्रयाकमा आउन सकेको छैन । 

पटक–पटक गल्ती गर्दै सफाइ पाउँदै आएका पारसका वितण्डताको किस्सा यतिमै टुंगिँदैन । बहिनीसँगको सम्बन्धलाई लिएर २०६८ जेठमा ज्वाइँँ राजबहादुर सिंहलाई कुटपिट गरेको घटनामा पनि उनी विवादमा तानिनुको अर्काे कारण थियो । 

थाइल्यान्डबाट नेपाल फर्केपछि पनि पारस सुध्रेनन् । २०७५ जेठ २८ मा पारस सवार बा १४ च २१३१ नम्बरको गाडी जावलाखेलबाट अनियन्त्रित गतिमा हुइँकियो । पारस सवार अनियन्त्रित गाडीलाई जावलाखेलमा रोक्न नसकेपछि थापाथलीमा ट्राफिक कारबाहीमा परे । थापाथली चोकमा कार्यरत ट्राफिक प्रहरी सुष्मा चौधरीले उनलाई ५ सय रुपैयाँ चिट काटिन् । ५ सयको चिटमा साइन गर्न नपाउँदै गाडी हुइँक्याउँदै पारस अघि बढे । पारसले गत कात्तिक २१ मा आफ्ना निकटस्थका साथमा मुक्तिनाथको दर्शन गरेको तस्बीर सार्वजनिक भएको छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
जीवनशैली
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

वैशाख ८, २०७७

जीवनशैली
रोग–प्रतिरोधी हुन के खाने ?

समर्पण श्री

वैशाख ८, २०७७

जीवनशैली
भारतबाट फर्किएकी अभिनेत्रीको क्वारेन्टाइन डायरी : चौध दिन त खोकी लाग्दा पनि डर लाग्यो 

वैशाख ८, २०७७

जीवनशैली
गायिका डा. त्रिशला गुरुङको लकडाउन डायरी

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik