• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
जीवनशैली
‘लक डाउन’मा गण्डकीका कलाकारः परिवारको साथमा रमाउँदै
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

‘लक डाउन’मा गण्डकीका कलाकारः परिवारको साथमा रमाउँदै
चैत्र १४, २०७६

कन्दरा ब्याण्डका मुख्य भोकलिस्ट विवेक श्रेष्ठ यतिबेला अष्ट्रेलियाको मेलबर्नमा छन् । त्यहाँ पनि एक किसिमको ‘लक डाउन’ नै छ । उनी अधिकांश समय समाचार हेरेर बस्छन् । भन्छन् ‘नेपालमा के भइरहेको छ, महामारी भइ हाले के होला भनेर चिन्तित हुन्छु, फेसबुकका स्टाटस चेक गरिरहेको छु ।’ 

अरूबेला समेत अधिकांश समय ‘लक डाउन’ नै भएर बस्न मन पराउने भएकोले खासै फरक नपरेको उनले बताए । उनलाई खाना बनाउने सोख छ । किताब पढ्ने, नयाँ पुस्ताका गीत सुन्ने उनी गर्छन् । ‘त्यो बाहेकको समय भनेको आत्मबोधमा बिताउँने गर्थेँ । त्यसको लागि समय  पाइरहेको छु’ उनले थपे ।

गायक प्रकाश सपुत यतिबेला आफ्नै जन्म गाउँ बाग्लुङमा छन् । ‘बिहान उठेर दौडदै घरनजिकै डाँडासम्म जान्छु । एकछिन सामान्य एक्सरसाइज गर्छु । भाइहरूसँग ब्याडमिन्टन खेल्छु । मकै, दुध वा रोटी खान्छु । एकैछिन नेट चलाउछु । नेट राम्रोसँग नचल्ने हुँदा रेडियो सुन्ने र टेलिभिजन हेर्छु’ उनले दैनिकी सुनाए । परिवारका सदस्यबाहेक अरूसँग भेटघाट नगरेको उनले बताए । क्यारेमबोर्ड खेल्नु, गीता पढ्नुको अलावा केही सिर्जना कोरिरहेको उनले सुनाए । 

गायिका प्रिती आले खाना र खाजा बनाउँदै ‘लक डाउन’को समय सदुपयोग गरिरहेकी छन् । उनी भन्छिन् ‘मलाई खाना बनाउन साह्रै रमाइलो लाग्छ । खान मन लागेका कुरा युट्युबमा हेर्दै बनाउने गरिरहेको छु ।’ अरूबेला दौडधुपमा स्याहार गर्न नपाएको कपाल र स्किन स्याहार्न उनले प्रशस्त समय पाएकी छिन् । 

गायक पुरुषोत्तम न्यौपाने पोखरा विरौटास्थित घरमा छन् । सुत्ने, भिडियो हेर्ने, बारीमा थाक्रा गाड्ने, झार गोड्ने, खाना पकाउन सहयोग गर्ने मात्र नभएर अनलाइनमा कार्यक्रम, समाचार र गीत हेर्ने गरेर समय बिताइरहेको उनले सुनाए । 

गायक विनोद बाँनिया परिवारका साथमा घरमा नै छन् । उनी भन्छन् ‘बिहान उठेर रियाज ग¥यो, नयाँ–नयाँ गीत कम्पोज ग¥यो, छोरीसँग खेल्यो, मोबाइल चलायो, टिभी हे¥यो, यसरी नै बितिरहेको छ समय ।’

कलाकार माओत्से गुरुङ पोखरा फूलबारी रिसोर्टनजिकै गलेश्वरमार्गस्थित  घरमा नै बसेर समय बिताइरहेका छन् । करेसाबारीमा तरकारी गोडमेल गर्ने, छोरीसँग भाडाकुटी खेल्ने, फिल्म हेर्ने, नयाँ स्क्रिप्ट लेख्ने, समाचार हेर्ने, आफन्त र साथीभाइसँग म्यासेन्जरमा कुरा गर्ने गरेर उनी समय बिताउँदै छन् । 

गायक रामभत्त जोजिजु ‘लक डाउन’को समय सदुपयोग गर्दै जेई म्युजिक सेन्टरका ‘पेन्डिङ’ काम सक्दैछन् । ‘आफ्ना गीत अभ्यास गर्ने र बाँकी रहेका भिडियो सम्पादन गर्दैछु’, उनले भने ।

गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)का अध्यक्ष भोजबहादुर गुरुङ पोखरा–१३, चिसापानी टोलमा बसेर ‘लक डाउन’का दिन गुजारिरहेका छन् । उनी भन्छन् ‘परिवारसँगै छु, कहिले पुस्तक पढ्छौँ । कहिले नाच्छौँ,  कहिले बाबा–आमाको जीवन भोगाइ सुन्छौँ । दुई छोराहरूसँग खेल्छौं, चलचित्र हेर्छौं ।’ यसका अतिरिक्त सामाजिक सञ्जालमा समाचार हेर्ने र स्टुडियोमा भएका बाँकी कामसमेत गरिरहेका छन् उनी । 

कोन्मे इन्टरटेनमेन्टका एमडीसमेत रहेका कलाकार सन्तोष कोन्मे यतिबेला सम्पादन गर्नुपर्ने केही घरमै बसेर गर्दैछन् । ‘पुराना अधुरा काम पूरा गर्दैछु, परिवारसँग समय बिताइरहेको छु’ उनले भने ।

स्वास्थ्यलाई ध्यान दिँदै बाहिर हिड्न र भेटघाट बन्द गरेका छन् । उनी भन्छन्  ‘सधँै कामको कारण बाहिर हिड्नुपर्ने बानीले घरमा एकै ठाउँमा बस्दा गाह्रो त हुँदोरहेछ । तर मैले सरकारको निर्देशनलाई मानेको छु, सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्छु ।’

गायिका इतु जोजिजु पोखरा–११, फूलबारीस्थित घरमा सरसफाइ गरिरहेकी छिन् । ‘यसका साथै घरायसी काम, खाना बनाउने, खाजा बनाउने, साँझमा घरमा नै गीत गाउने, रियाज गर्ने, भदा र दिदीको छोरीसँग गफिँदै समय बिताइरहेको छु’, उनले भनिन् ।

चलचित्र निर्देशक घनश्याम लामिछाने परिवारसँग पोखरा माटेपानीमा छन् । उनी पनि घरायसी काममा समय दिइरहेका छन् । ‘कोठा मिलाउने, बारीको काम गर्ने, अफिस मिलाउने, अनि बचेको समय सिनेमा हेरेर बिताउँदै छु’, उनले भने । यसका अतिरिक्त केही फिल्म र वृत्तचित्रको सम्पादन गरिरहेका छन् । ‘अहिलेसम्म काम पुगिरहेको भए पनि अब लम्बियो भने पो के गर्ने ?’ उनले आफ्नो सोच सुनाए । 

‘म बिना कसै कसैलाई’ गीतका श्रष्टा गीतकार शितल गिरी घरमा बच्चा र परिवारसँग समय बिताइरहेको बताउँछन् । चलचित्र निर्देशक राजु गिरीले तीन दिनमा १० फिल्म हेरे । घरमा दिन कटाउन गाह्रो भइरहे पनि यसरी नै ‘मेनेज’ भइरहेको उनले सुनाए । कोरियोग्राफर तथा गुरुङ चलचित्रकी निर्देशक जसु गुरुङ किताब पढ्दै यो समयको सदुपयोग गरिरहेको बताउँछिन् । 

गायिका समिक्षा अधिकारी काठमाडौंमा छिन् । काठमाडौं मा नै ‘लक डाउन’का दिन बिताइरहेको उनले सुनाइन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल, गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले पोखरा मुस्ताङचोक नजिकै रेहको आफ्नै रेस्टुरेन्टमा समय बिताइरहेका छन् । उनी बिहान उठेर पूजापाठ गर्छन् । उनलाई खाना बनाउन मनपर्छ । ‘समाचार हेर्ने, सरसफाइमा सघाउने, सामाजिक सञ्जाल हेर्ने, पुस्तकहरु पढ्ने गर्छु’ उनले भने । यसका अतिरिक्त हिन्दी फिल्म हेर्ने, करेसाबारीमा गोडमेल गर्ने, टिकटक पोष्ट गर्ने, आफन्तलाई फोन गर्ने, छतमा बसेर बाहिरको वातावरण नियाल्ने आदि कार्य गरेर समय बिताइरहेको उनी बताउँछन् ।

कलाकार प्रकाश घिमिरे घरमा बारिमा काम गर्दै यतिबेला समय बिताइरहेको बताउँछन् । मोडल श्रेहा मर्हजनले किताब पढ्दै यो समयको सदुपयोग गर्दै छन् । लोक दोहोरीगायक तारापति सुवेदीले यतिबेला कोरोनाबारे गीत बनाएका छन् । युट्युब हेर्ने, टिभी हेर्ने गरेरै दिन बिताइरहको उनले बताए । 

कलाकार नवराज गिरी किताब पढ्दै, पुराना पोष्ट हेर्दै समय बिताइरहेको बताउँछन् । नृत्य निर्देशक अमन तामाङ परिवारका साथ समय बिताइरहेका छन् । गायक चोलेन्द्र पौडेल, कलाकार रजनी तमु, पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधान घरमा नै छन् । चलचित्र हेर्ने, अनलाइनमार्फत समाचार हेर्ने आदि गरेर उनीहरूको समय बितिरहेको छ । 

‘लक डाउन’को समय परिवारसँग बसेर व्यतित गरिरहेका अधिकांश कलाकारलाई यो अवधि लम्बिएमा के गर्ने होला भन्ने चिन्ताले भने पिरोलिरहेको छ ।  

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
जीवनशैली
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

वैशाख ८, २०७७

जीवनशैली
रोग–प्रतिरोधी हुन के खाने ?

समर्पण श्री

वैशाख ८, २०७७

जीवनशैली
भारतबाट फर्किएकी अभिनेत्रीको क्वारेन्टाइन डायरी : चौध दिन त खोकी लाग्दा पनि डर लाग्यो 

वैशाख ८, २०७७

जीवनशैली
गायिका डा. त्रिशला गुरुङको लकडाउन डायरी

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik