
साप्ताहिक संवाददाता

चलचित्र ‘लभ लभ लभ’ को ‘तिमी अघि अघि’ गीत सार्वजनिक भएको छ । दीपेन्द्र के खनालद्वारा निर्देशित उक्त चलचित्रको यो गीतमा स्वस्तिमा खड्का तथा सुरज पाण्डेले अभिनय गरेका छन् । सुरेश राईद्वारा संगीतबद्ध गीतमा अरिफ रौफको स्वर सुन्न सकिन्छ । चलचित्र लभ लभ लभ आगामी वैशाख १ गते प्रदर्शनमा आउने बताइएको छ ।