• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
दोहोरी ब्याटलदेखि बोल मायासम्म
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

दोहोरी ब्याटलदेखि बोल मायासम्म
जेष्ठ २५, २०७५

 

यतिबेला सांगीतिक क्षेत्रमा एउटा अनुहार चर्चामा छ । सांगीतिक यात्रा प्रारम्भ गरेको झन्डै चार वर्षपछि मात्र यी स्रष्टा दर्शक तथा श्रोताको मनमा बस्न सफल भएका हुन् । उनका गीतहरू सबैको जिब्रोमा झुन्डिन थालेका छन् । आजको स्थानसम्म आइपुग्न काठमाडौंका दोहोरी साँझमा वर्षौं मेहनत गरेका ती कलाकार हुन्– प्रकाश सपूत । लोक, दोहोरी हँुदै सुगम संगीतमा समेत आफ्नो पहिचान बनाउने क्रममा रहेका सपूत गायक तथा संगीतकारका रूपमा मात्र सीमित छैनन्, उनी नेपाली लोकदोहोरी गीतका लोकप्रिय मोडल पनि हुन् भने उनले निर्देशकका रूपमा समेत आफूलाई स्थापित गराइसकेका छन् ।

 

अघिल्लो वर्षको दसैंमै ‘चरर बरर धरर...’ शीर्षकको लोक गीत तयार पारेर दर्शक तथा श्रोताको मन जितिसकेका सपूतलाई चर्चा र ट्ेरन्डिङमा ल्याउने काम भने दुईवटा गीत गरे । केही महिनाअघि सपूतले गायिका प्रिती आलेसँग गाएको ‘दोहोरी ब्याटल...’ युट्युब ट्ेरन्डिङको टप फाइवमा परे लगत्तै विवादमा आयो । ‘भिडियोमा प्रस्तुत गरिएका केही हाउभाउप्रति एउटा वर्गले आपत्ति जनाएपछि हामीले एक हप्तासम्म त्यसलाई यूट्यूबबाट बाहिर राखेका थियौं, साप्ताहिकसँगको भेटमा सपूतले स्पष्ट भने– ‘आपत्ति जनाइएका दृश्यहरू सम्पादन गरेर पुन: अपलोड गरिएको उक्त भिडिया हालसम्म २५ लाखभन्दा बढी पटक हेरिएको छ ।’ सपूतका अनुसार पहिलो पटक अपलोड गरिएको भिडियो डिलिट नगरिएको भए हालसम्म यसले एक करोड पटक हेरिएको कीर्तिमान कायम गर्ने थियो । रमाइलो शैलीको उक्त गीत आज डान्स पार्टीदेखि रमाइला सार्वजनिक समारोहहरूसम्म बजेको सुन्दा आफूलाई खुसी लाग्ने उनको भनाइ छ । 

चरर बरर धररको म्यूजिक भिडियो :

आफैंले सिर्जना गरेको दोहोरी ब्याटलको शब्द, संगीत, स्वर तथा भिडियोले युवापुस्ताको मोजमस्तीलाई चित्रण गर्ने धारणा व्यक्त गर्ने गायक प्रकाश सपूतले उक्त गीत सार्वजनिक गरेको तीन महिना नबित्दै अर्को एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गरेर सम्पूर्ण नेपालीलाई भावनामा डुबाइदिएका छन् । दुई साताअघि गायक सपूतले आफ्नै यूट्युब च्यानलमा अपलोड गरेको ‘बोल माया...’ गीतको म्युजिक भिडियो झन्डै एक साता ट्ेरन्डिङको एक नम्बर स्थानमा रहन सफल भयो । सार्वजनिक भएको दुई सातामै २७ लाखभन्दा बढी पटक हेरिएको उक्त गीतको भिडियो झन्डै १९ मिनेट लामो छ । सपूतकै शब्द, संगीत, स्वर, निर्देशन तथा अभिनयको उक्त भिडियोमा अभिनेत्री अञ्जली अधिकारीले आकर्षक अभिनय गरेकी छिन् । गीतमा भने नारायण रायमाझी तथा शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ जसमा उनीहरूलाई गायक सपूतले समेत साथ दिएका छन् ।

 

‘बोल माया...गीतको म्युजिक भिडियोमा वैदेशिक रोजगारीले निम्त्याएको समस्यालाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेका छौं, सपूतका अनुसार गीतमा समावेश गरिएका शब्द तथा भिडियोमा देखाइएका दृश्यहरू सत्यतासँग धेरै नजिक छन् । सपूत भन्छन्– ‘मैले आफ्नै गाउँमा, आफ्नै नातागोतामा भोगेका घटनाहरूलाई गीतमा समावेश गरेको छु । भिडियोमा प्रस्तुत गरिएका ती दु:खका क्षणहरूलाई दर्शकले आफ्नै पीडा मानेको अनुभव गरेको छु ।’ निर्देशकका रूपमा सूपतले उक्त भिडियोमा वैदेशिक रोजगारीका क्रममा सुतेकै ठाउँमा एक नेपालीको मृत्यु भएपछि गाउँमा रहेको परिवार तथा पेटमा बच्चा भएकी श्रीमतीको पीडालाई कारुणिक ढंगबाट प्रस्तुत गरेका छन् । परिवारको खुसीका लागि विदेश गएका तथा विभिन्न कारणले विदेशमै ज्यान गुमाएकाहरूको परिवार, आफन्त एवं समाजमा पर्ने पीरमर्का, व्यथालाई गीतमा उतार्ने प्रयास गरिएको उक्त भिडियो अहिले पनि युट्युब ट्ेरन्डिङको तेस्रो स्थानमा छ । 

‘लामो समय ट्ेरन्डिङको पहिलो स्थानमा रहनु सौभाग्यकै कुरा हो, अन्य गायक–गायिकाका झन्डै दुई सय वटा म्युजिक भिडियोमा मोडलका रूपमा अभिनय गरिसकेका सपूत भन्छन्–‘उक्त भिडियोलाई धेरैभन्दा धेरै दर्शकले मन पराउनु भएकोमा सन्तुष्ट छु ।’ सपूतलाई यतिबेला बोलमायाको दोस्रो श्रृंखला तयार पार्ने कि दोहोरी ब्याटल–२ तयार पार्ने भन्ने कुराले सताएको छ । ‘दुवै गीतका दर्शक तथा श्रोताको क्याटगोरी फरक छ, सपूत भन्छन्– ‘दुई पृथक् शैलीका गीत भएकाले कुन गीतको सिक्वेल पहिले तयार पार्ने भन्ने कुराको निर्णय दुई–चार दिन भित्रै गरिसक्नेछु ।’

बोल मायाको म्यूजिक भिडियो : 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik