साप्ताहिक संवाददाता
आश्विन १, २०७५
आशिष राना अर्थात् लाउरे तथा बिपुल क्षेत्री आ–आफ्नै शैलीका गीत गाएर लोकप्रिय भएका गायक हुन् । लाउरेका र्याप गीत बालबालिकादेखि वयष्कसम्मले मन पराउँछन् । दार्जीलिङका गायक क्षेत्री नेपाली भाषी श्रोतामाझ लोकप्रिय छन् ।
यी दुवै गायकलाई एउटै गीत तथा भिडियोमा ल्याउने काम भने टुबोर्ग ओपनले गरेको छ । हालै सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा यी दुई संगीतकर्मीलाई विश्वस्तरीय गायक डिप्लो तथा मोले साथ दिएका छन् ।
अमेरिकी निर्माता तथा डिजे डिप्लो एवं डेनमार्कका कलाकार मोसँगको सहकार्यमा रचना गरिएको ‘स्टे ओपन’ ट्रयाकमा नेपाली संस्करणका लागि लाउरे र विपुलले ‘ओपन टु मोर’ हुनुको औचित्य वर्णन गर्दै उक्त गीतका शब्द पुनर्लेखन गरेका हुन् ।