साप्ताहिक संवाददाता
बाजासँग रेडियो कान्तिपुरको सहकार्य कस्तो रह्यो ?
असाध्यै प्रभावकारी रह्यो । मेरो नयाँ गीत बाजाकै लागि रेडियो कान्तिपुरको हट प्रोपर्टीमा सहभागि छु । रेडियोका विभिन्न कार्यक्रमहरूमा सहभागी भएर देशव्यापी रुपमा बाजा गीतलाई लोकप्रिय बनाइरहेको छु ।
बाजा...कस्तो गीत हो ?
यो अर्जुन पोखरेलको संगीत र अमर थापाको संगीतमा बनेको रोमान्टिक शैलीको पप–आधुनिक गीत हो । युट्यबुमा चार लाख पटकभन्दा बढी हेरिएको यो गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीसँग मैले आफैंले अभिनय गरेको छु ।
तपाईंका पछिल्ला गीतको तुलनामा यो गीत कत्तिको फरक छ ?
म प्राय: स्लो प्याट्रनका गीत गाउँछु । बाजाचाहिं हल्का डान्सिङ नम्बर हो । मेरा नियमित श्रोतालाई केही नौलो समेत लाग्न सक्छ । यद्यपि उहाँहरूको सकारात्मक प्रतिक्रियाले म उत्साहित छु ।
अबको तयारी के छ ?
नयाँ वर्ष २०१९ को स्वागत गर्ने कार्यक्रमका लागि अष्ट्रेलिया जाँदैछु । त्यसपछि स्वदेशका मेला–महोत्सव तथा विदेशका कन्सर्टहरूमा व्यस्त भैरहनेछु ।
- हिमाल सागर, गायक