• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
कमब्याकको तयारीमा कर्मा ब्यान्ड
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कमब्याकको तयारीमा कर्मा ब्यान्ड
फाल्गुन ८, २०७५

कर्मा ब्यान्डका सुरेन्द्रमान सिंह हालै टेक्सासको एउटा कार्यक्रममा भेटिए । सात वर्ष भैसकेछ लोकप्रिय नेपाली पप ब्यान्ड कर्माका गायक सिंह अमेरिका बस्न थालेको, तर धेरैलाई त्यसको अत्तोपत्तो छैन । अमेरिकामै बसेर पनि उनी कन्सर्टका लागि विभिन्न देश पुगिरहेका छन् । कुनै बेलाका यी चर्चित गायक सुरुमा मिडियामा नआउने भन्दै पन्छिन खोजे । लामो प्रयासपछि उनी साप्ताहिकसँग कुराकानी गर्न राजी भए । एक से एक हिट गीत दिएर चर्चा कमाएका सिंह अहिले यतैका कन्सर्टहरूमा सहभागिता जनाउँछन् । 

हुक्का मेरो डल्ले डल्ले

नली नलाई खान्नँ

यति राम्री केटीलाई अघि नलाई जान्नँ ।

सन् २००२ को हुक्का एल्बममा समावेश यही गीतले कर्मा ब्यान्डलाई चिनायो । त्यसअघि सन् २००० मा सार्वजनिक भएको पहिलो एल्बम ‘सहर तिम्रो’ लाई भने स्रोताहरूले त्यति रुचाएनन् । ‘हुक्का एल्बममा समावेश मौनतामा गीतले फ्यान फलोअर्स बढाउन थप मद्दत पुर्‍यायो,’ कुराकानीका क्रममा सुरेन्द्रले भने– ‘त्यसपछि भने हाम्रा गीत दर्शकहरूले रुचाउन थाल्नुभयो ।’ टिपिकल नेपाली गीतलाई पश्चिमा संगीतसँग फ्युजन गरिएको ब्यान्डको झ्याम्म–झ्याम्म गीतले कन्सर्टहरू तताउन थाल्यो ।

देश–विदेशका कन्सर्टहरूबाट अफर आउन थाले । कर्मा ब्यान्डले गति लिँदै गयो । कन्सर्टकै क्रममा सन् २०११ मा उनी अमेरिकाको न्युयोर्क आइपुगे । देश–विदेशमा कन्सर्टको राम्रो अफरका साथै नेपालमै राम्रो बिजनेस चलिरहेको थियो उनको, सिंह कन्सर्ट सकेर स्वदेश फर्कन चाहन्थे । उनकी प्रेमिका अमेरिकामै अध्ययन गर्दै थिइन । अन्तरजातीय विवाहका लागि उनीहरूका दुवै परिवार राजी थिएनन् । त्यही पारिवारिक अवरोधका कारण उनी कन्सर्टपछि नेपाल फर्किएनन् । प्रेमिकाका लागि भनेर यतै बसे । सिंहले अमेरिकी ग्रिनकार्ड लिए अनि आफनै ‘डाइहार्ट फ्यान’ प्रेमिकासँग विवाह गरेर यतै रमाउन थाले । 

टेक्सासको ड्यालसमा बस्दै आएका कर्मा ब्यान्डका यी गायक यही फागुनमा नेपाल फर्कंदैछन् गीत रेकर्डका लागि । एल्बम पनि आउँदैछ २०१९ भित्र । ‘नेपालमा सांगीतिक टुर पनि गर्दै ब्यान्डलाई कमब्याक गराउँदैछौं,’ उनी भन्दै थिए– ‘फेरी पनि पहिलेकै जस्तै दर्शकहरूले रुचाउने गीतसहित आउँदैछांै ।’

सुरेन्द्रमाथि अहिले कर्मा ब्यान्डलाई पुन: जागृत गराउने चुनौती थपिएको छ । २०१३ को नयाँ सपना एल्बमपछि कर्माको अर्को एल्बम निस्किएको छैन, तर यसबीच उनले अस्ट्ेरलिया, क्यानाडा, युरोपदेखि कोरिया, सिंगापुर आदि देश पुगेर नेपाली दर्शकहरूलाई उफारिरहेका छन् । 

अमेरिकामा के गर्छन् ? 

काम नगरी जीविका चल्दैन । सुरेन्द्र पनि काम गर्छन् तर अरूको होइन । आफ्नै घरमा बसेर उनी संगीतसँगै सम्बन्धित काम गर्छन् । उनले फिल्म एडिटिङ तथा मेकिङसम्बन्धी अध्ययन अमेरिकामै पूरा गरेका छन् । नेपालमा हुँदा पनि उनी फाट्टफुट्ट यो काम गर्थे । उनलाई यसमा रुचि पनि थियो । त्यही रुचिलाई उनले अमेरिकामा पेसा बनाए । अहिले उनी अमेरिकी टिभी एडदेखि विज्ञापन, सर्ट मुभी, म्युजिक भिडियो आदिको काम गर्छन् । 

विदेशीहरूले सर्ट मुभी र केही एडका लागि दिएका प्रोपोजलहरू केलाउँदै कामको रुटिन मिलाउँदा उनलाई फुर्सद हुँदैन । सुरेन्द्रले केही नेपाली म्युजिक भिडियोको निर्देशनसमेत गरेका छन् । बाँकी समय उनी म्युजिक कन्सर्टहरूलाई दिन्छन् । 

कसरी जन्मियो कर्मा

र्कीतिपुर, काठमाडांैका रैथाने नेवार सुरेन्द्रमानको बाल्यकाल भारतमा बित्यो । ४ कक्षा सकेपछि उनी भारतबाट नेपाल फर्किए अनि केही समय वीरगन्ज बसेर पढे । स्कुले जीवनमै उनको ब्यान्ड जन्मिसकेको थियो— न्यारो बेड्स । त्यतिबेला उनी स्कुले कार्यक्रमहरू रन्काउँथे । काठमाडांैमा कलेज पढ्दा पनि उनी गीत गाउन अघि सर्थे । त्यही क्रममा सन् १९९९ मा कर्मा ब्यान्ड जन्मियो । 

दर्शकको आँत छामेका सुरेन्द्रले पश्चिमा संगीतमा टिपिकल नेपाली संगीतलाई फ्युजन गराए । कर्मा ब्यान्डका हुक्का, मौनतामा, कहाँ होला घरबार, मार्‍यो, छैन मैले तिम्रो चित्त दुखाएको, सुपारी दाना, यानीमाया आदि दर्जनौं गीत लोकप्रिय गीत छन् । सुरेन्द्रले अहिलेसम्म पाँचवटा एल्बम निकालिसकेका छन् । ब्यान्डमा उनीसँगै गितारमा वासुदेव श्रेष्ठ र हरि महर्जन, ड्रममा अनिल शाक्य, परक्युसनमा प्रशान्त महर्जन तथा गितारमा विजय श्रेष्ठ छन् । पश्चिमा संगीतमा नेपाली लोकशैलीलाई फ्युजन गराउने कर्माका गीत दर्शकले अहिले पनि उत्तिकै सुन्ने गरेका छन् । ‘हाम्रा गीतलाई टिनएजदेखि पाका उमेरका सम्मले रुचाउनुभएको छ,’ कुराकानीको बिट मार्दै सिंहले भने– ‘त्यही मायाको सम्बन्धलाई निरन्तरता दिँदै फेरि नयाँ एल्बम लिएर आउँदैछौं ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik