• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
आशिषको अविरल यात्रा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

आशिषको अविरल यात्रा
चैत्र २०, २०७५

करिब १८ वर्षअघि ‘भिसा आउँदैन..’ लोक गीत गाउँदै सांगीतिक क्षेत्रमा उदाउँदा संगीतकर्मी आशिष अविरललाई आफू कुनै दिन नेपालकै स्थापित संगीतकार तथा संगीत संयोजक हुन्छु भन्ने हेक्का थिएन । गायक हुने सपना सँगाल्दै सांगीतिक क्षेत्रमा होमिएका अविरलले त्यस अवधिमा झन्डै डेढ दर्जन लोक तथा दोहोरी गीत गाए । तीमध्ये कतिपय गीत लोकप्रिय भए भने केही गीत खासै चलेनन् । करिब एक वर्ष लोकदोहोरी गायकका रूपमा सक्रिय रहँदा उनमा धुन तयार पार्ने रहर जाग्यो । त्यसपछि लोक–दोहोरीलाई चटक्कै बिर्सेर उनले संगीतकार तथा संगीत संयोजकका रूपमा काम गर्ने निर्णय गरे । त्यही क्रममा उनको भेट गीतकार आनन्द अधिकारीसँग भयो । 

अधिकारीसँगको उक्त भेट उनको सांगीतिक जीवनकै टर्निङ प्वाइन्ट सावित भयो । उनीहरूको सहकार्यबाट आधुनिक गीत एल्बम ‘वासना’ को जन्म भयो । उक्त गीतका अधिकांश गीत लोकप्रिय भएपछि संगीतकार अविरलले पछाडि फर्किएर हेर्नुपरेको छैन । उक्त एल्बममा समावेश गीतहरूमध्ये गायक नरेन्द्र प्यासीको स्वरका दुई  गीत ‘तिमीले दिने माया’ तथा ‘तिमीबिनाको जीवन’ अत्यन्त लोकप्रिय भए । ती दुई गीतको सफलताले ‘वासना’ एल्बमको बिक्रीले कीर्तिमान नै कायम गरेको संगीतकार अविरललाई हिजै जस्तो लाग्छ । ती दुवै गीतका म्युजिक भिडियो त्यतिबेलै युट्युबमा २५ लाखभन्दा बढी पटक हेरिएका थिए । तिमीबिनाको जीवन...मा अभिनेता भुवन केसी तथा अभिनेत्री झरना थापाले अभिनय गरेका थिए । 

पहिलो एल्बमको सफलतापछि संगीतकार अविरलले गीतकार अधिकारीसँगकै सहकार्यमा दोस्रो एकल एल्बम तयार पारे— सृष्टि जसको ‘माया ओ माया...’ गीत लोकप्रिय भयो । उक्त गीतबाट अविरलले हिट्स एफएम एवार्ड समेत जिते । त्यही एल्बमको ‘जाम क्यारे...’ ले पनि सफलता हासिल गर्‍यो, जसमा नरेन्द्र प्यासी तथा अञ्जु पन्तको स्वर सुन्न सकिन्छ  । त्यही क्रममा अविरलले तयार पारेको ‘तिमीले त छोयौ’ गीत पनि लोकप्रिय भयो, जसमा स्वरुपराज आचार्यको स्वर छ । शिव परियारले गाएको ‘छातिमा हात राखेर..’ लाई पनि श्रोताहरूले मन पराए । 

आफ्ना सिर्जनाले एकपछि अर्को गर्दै लोकप्रियता हासिल गरिरहेका बेला संगीतकार अविरल केही वर्ष गुप्तवासझैं भए । ‘त्यति बेला संगीत संयोजनमा बढी तल्लिन भएँ, अविरल सम्झन्छन्— ‘स्टुडियो भित्रै बसेर गर्नु पर्ने काम भएकाले सार्वजनिक जीवनमा आउन भ्याइनँ ।’ राम्रो धुन बनाउने शिल्पी संगीतकार स्टुडियोभित्र गुमनाम भएको धेरै गायक–गायिकालाई ठीक लागेन । फलस्वरुप २०७२ सालदेखि उनी पुनः संगीतकारका रूपमा सक्रिय हुन थाले । गायक प्रमोद खरेलको स्वर तथा एकनारायण भण्डारीको शब्दमा ‘म बाँचेकै तिमीसँग माया लाउन...’ गीतमार्फत उनले पुनः संगीतकारका रूपमा पुनरागमन गरे । उक्त गीतको भिडियोले युट्युबमा १ करोड ६३ लाख भन्दा बढी भ्युज पायो । 

उक्त गीतको सफलतासँगै अविरलका नयाँ–नयाँ सिर्जना श्रोतामाझ आउन थाले । गायिका टीका प्रसाईंको ‘नाइँ मलाई थाहा छैन’ अत्यन्त लोकप्रिय भयो । लगत्तै गायिका प्रसाईंकै ‘माया लुकी लुकी’ ले त यूट्युबमा कीर्तिमा नै कायम गर्‍यो । ५ करोडभन्दा बढी पटक हेरिएको उक्त गीतमा आनन्द अधिकारीको शब्दमा अविरलकै संगीत तथा संगीत संयोजन छ । विश्व नेपालीको ‘मिठो साह्रै मीठो’, समिर आचार्य र निक्की कार्कीको ‘मेरो दुनियाँ’, टिका प्रसाईंकै ‘माया लुकी लुकी’ तथा ‘कर्के नजर’, शिव परियारको ‘हल्ला हल्लामै’ तथा ‘तिमी नै मेरो सास’, विश्व नेपालीको ‘कवि देवकोटा’ तथा  प्रमोद खरेलको ‘यो कुरा गोप्य’ संगीतकार अविरलका पछिल्ला लोकप्रिय सिर्जना हुन् । 

यसबीच, संगीतकार अविरल नेपाली चलचित्रतर्फ मोडिएका छन् । उनले संगीतबद्ध गरेको पहिलो चलचित्र ‘ए मेरो हजुर–३’ का दुई गीत लोकप्रिय भैसकेका छन् । चलचित्रका दुई गीतमध्ये ‘जीन्दगी नै भन्दिन...’ मा सुगम पोखरेल तथा प्रविशा अधिकारीको स्वर छ, जसमा अनमोल केसी तथा सुहाना थापा फिचर छन् । चलचित्रको दोस्रो गीत ‘परान...’ ले संगीतकार अविरललाई पुनः गायक बनाएको छ । संयोगको कुरा के छ भने करिब १८ वर्षपछि पुनः गायक बनेका अविरलले उक्त गीतमा गीतकार आनन्द अधिकारीकै शब्द सुन्न सकिन्छ । ‘निर्देशक झरना थापामार्फत मेरो सांगीतिक यात्रा चलचित्रतर्फ अघि बढेको छ, साप्ताहिकसंगको कुराकानीका क्रममा अविरल भन्दै थिए— ‘संगीतको ठूलो क्यानभासमा प्रवेश भएको छ, अब यसले निरन्तरता पाइरहनेछ ।’ 

अविरलका उत्कृष्ट १०

तिमीले दिने माया    — नरेन्द्र प्यासी 

तिमीबिनाको जीवन    — नरेन्द्र प्यासी

माया ओ माया    — नरेन्द्र प्यासी

म बाँचेकै तिमीसँग    — प्रमोद खरेल 

नाइँ मलाई थाहा छैन    — टीका प्रसाईं 

माया लुकी लुकी    — टीका प्रसाईं 

कर्के नजर    — टीका प्रसाईं

कवि देवकोटा    — विश्व नेपाली

यो  गोप्य कुरा    — प्रमोद खरेल 

जिन्दगी नै भन्दिनँ    — सुगम/प्रविशा 

परान    — आशिष/अञ्जु

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik