साप्ताहिक संवाददाता
चैत्र २३, २०७५
गायिका मीना निरौलाले एउटा ऐतिहासिक गीत गाउने मौका पाएकी छिन् । सहिद शुक्रराज शास्त्रीका शब्दको गीत ‘न घरलाई घर कहिन्छ..’ गाएर निरौलाले इतिहास रचेकी हुन् ।
नेपालकै पहिलो गायिका मेलवा देवीको स्वरको उक्त गीतमा मीनाले आफ्नो स्वर भरेकी हुन् । अघिल्लो महिना पलेंटी श्रृंखलामा मीनाले प्रस्तुत गरेको उक्त गीतको भिडियो यसै साता सार्वजनिक भएको छ ।
पलेंटीको आयोजक नेपालयले आफ्नो यूट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरेको हो । अघिल्लो महिनाको पलेंटीमा महिला स्रष्टाहरूलाई सम्मान अर्पण गर्ने क्रममा मेलवादेवी, कोइलीदेवी, तारादेवी, हिरादेवी आदिका गीत प्रस्तुत गरिएको थियो ।