• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
म्युजिक फेस्टिभल अन्तिम समयमा स्थगित
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रमेशचन्द्र अधिकारी

म्युजिक फेस्टिभल अन्तिम समयमा स्थगित
चैत्र २९, २०७५

 

प्रशासनले रोक लगाएपछि संखुवासभा र तेह्रथुमको संगमस्थल गुफा पोखरी क्षेत्रमा तय गरिएको अन्तर्राष्ट्रिय कलाकार सम्मिलित म्युजिक फेस्टिभल अन्तिम समयमा स्थगित भएको छ । प्रशासनले म्युजिक फेस्टिभल ट्रान्स पार्टी भएको जनाऊँदै त्यसमा रोक लगाएको हो, तर मुख्य कार्यक्रम आयोजक शत्तिपिक म्युजिक फेस्टिभलका पदाधिकारीहरूले उक्त समारोह ट्रान्स पार्टी नभएको दाबी गरेका छन् । प्रशासनले गलत अनुमान गरेको भन्दै शक्ति पीकका प्रमुख सुवास केसीले म्युजिक, डान्स, योग, मेडिटेसन तथा नेचर क्याम्पजस्ता क्रियाकलाप माक्र सञ्चालन गर्ने कार्यत्रम रहेको बताए । 

प्रशासनले रोक लगाएका कारण शुक्रवारदेखि आगामी वैशाख ७ गतेसम्म तय गरिएको पूर्वघोषित कार्यक्रम स्थगित गरिएको मादी नगरपालिका–९ का वडाध्यक्ष पाशाङ शेर्पाले जानकारी दिए । उक्त नगरपालिकाले भने कार्यक्रम गर्न स्वीकृति दिएको उनले बताए । प्रहरीले बाटैबाट सहभागीहरूलाई फर्काएपछि सयौं विदेशी पर्यटक तीन दिनसम्म हिलेमै रोकिएका थिए । हिलेस्थित होराइजन होटलमा बस्दै आएका सयौं पर्यटकलाई कार्यक्रम नहुने जानकारी गराएर सम्झाई–बुझाई फिर्ता गरिएको धनकुटा प्रहरी प्रमुख (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार सोमवार पनि सयौं सहभागी धनकुटा पुगेका थिए । ऊक्त कार्यत्रमका सम्बन्धमा पर्यटन बोर्ड तथा गृह मन्त्रालयलाई कुनै जानकारी नभएकाले रोक लगाउनु परेको उनको दाबी थियो । प्रहरीले कार्यक्रममा सहभागी हुन पुगेका विदेशीहरूका साथमा लागूऔषध रहेको आशंकामा चेकजाँच समेत गरेको थियो । यद्यपि उनीहरूबाट त्यस्ता वस्तु फेला नपरेको एसपी गुरुङले जनाए । 

हिलेबाट फर्किएका सयौं विदेशी पर्यटक काठमाडौं फर्कने क्रम जारी छ । उनीहरूले कार्यक्रम रोकिएको जानकारी पाएकाले फर्किएको प्रतिक्रिया दिए । अधिकांसले जुन उद्देश्यले यात्रा गरिएको हो, त्यसअनुरुप उपलब्धि हुन नसक्दा दुःख व्यक्त गरे । आयोजक र प्रहरीबीच तालमेल नभएकाले कार्यक्रम हुन नसकेको जानकारी पाएको एक विदेशीले बताए । म्युजिक फेस्टिभल हुने भएकाले आफू नेपाल आएको बंगलादेशका म्युजिसियन डा. एरिफ साइकले बताए । 

आयोजकले अघिल्लो वर्ष सोही स्थानमा आयोजना गरिएको यस्तै कार्यक्रममा प्रहरी, प्रशासन तथा उच्च पदस्थ व्यक्तिहरू समेत सहभागी भएका थिए । आयोजकहरूले गत वर्षपनि सोहि स्थानमा म्युजिक फेस्टिभलको आयोजना गरेका थिए । अघिल्लो वर्ष गरिएको कार्यक्रममा प्रहरी प्रशासन, राजनीतिक दलका नेतादेखि विशिष्ट व्यक्तिको सहभागिता हुनु र यो वर्ष अन्तिम समयमा अवरोध गरिनु दुखद रहेको मादी नगरपालिकाका–९ का वडाध्यक्ष पासाङ शेर्पा बताउँछन् । गत वर्षको कार्यक्रमको गतिविधि प्रतिवेदनको आधारमा अवाञ्छित गतिविधि गरिन सक्ने देखिएकाले कडाइका साथ रोक लगाइएको प्रजिअ अधिकारीले बताए ।

म्युजिक फेस्टिभलको मुख्य आयोजक शक्तिपिक म्युजिक फेस्टिभलका प्रमुख सुवास केसीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । केसीलाई धनकुटा प्रहरीले नियन्त्रणमा लिएर आइतबार संखुवासभा पुर्‍याएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको समेत स्रोतले उल्लेख गरेको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik