• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
देउरालीका फूल मगमगाउँदा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राधिका अधिकारी

देउरालीका फूल मगमगाउँदा
जेष्ठ २६, २०७६

 

पछिल्लो समय एउटा पूर्ण एल्वम निकाल्ने परम्परा नेपाली सांगीतिक क्षेत्रमा लगभग लोपनै भैसकेको छ । सिंगल गीतका ट्रयाक तथा म्यूजिक भिडियो बजारमा ल्याउने र एकै गीतको प्रमोशनमा लाखौं  खर्चिन थालेका छन् कलाकारहरु । फाट्टफुट्ट केहि कलाकारहरुले रेकर्डका लागि एल्वम निमाल्ने गरेका छन् । सिंगल ट्रयाक र म्यूजिक भिडियोमा रमाइरहेको सांगीतिक बजारमा पछिल्लो पटक एल्व सहित आफ्नो उपस्थिती जनाउने गीतकार हुन् युवराज अधिकारी । अधिकारीको एकल शब्द रहेको यो एल्वममा संगीतकार सुरेश अधिकारीले एकल संगीत दिएका छन् । 

अक्षता र जमरामा आमाबाबु देख्छु

एक्लै बसी आँसु झार्दै तस्बिर पल्टाई हेर्छु

दिदी बहिनी दाजु भाई भेला भए होलान

आज धेरै टाढा छु म सम्झि रोए होलान

पछिल्लो समय विदेसिएकी युवा पुस्तालाई समेटेर विभिन्न गीतहरु सिर्जना भएका छन् । यो गीत पनि सोहि धारमा टेकेर सिर्जना भएको गीत हो । आफ् जन्मभूमी छोडेर बाध्यता र बिवशताले परदेशमा बस्नु परेको  र दसैं तिहारमा घर आउँन नपाउँदा पोखिएका पीडाहरु यस गीतका माध्यमबाट प्रस्तुत गरिएको छ । चाडपर्वहरु मनाउँदा सम्पूर्ण परिवार सागसँगै हुन नपाउँदा साच्चै पीडाको अनुभूती हुन्छ । वियोगान्त भावको यो गीतलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको छ । संगीतको सिद्धान्त अनुसार वा व्याकरण अनुसार ‘जि माईनर स्केल’मा तयार गरिएको छ । गीतलाई दिपचण्डी तालमा संगीतबद्ध गरिएको छ । संगीत शास्त्र अनुसार ३ वटा संप्तक मध्ये ३ वटै सप्तकमा संगीतको प्रयोग भएको छ । युवराज अधिकारीको रचना र सुरेश अधिकारीको संगीत रहेको गीतमा पुराना गायक दीप श्रेष्ठ सुमधुर सुनिएका छन् । 

आकाशको माथि माथि उडि रहने बादल जस्तै 

धर्ति उडि रहने मान्छेहरु धेरै छन् .... 

बिम्ब र प्रतिकको सुन्दर संयोजन गरेर तयार पारिएको यस गीत भित्र मानविय जीवन दर्शनको अभिव्यक्ति भेट्न सकिन्छ  । यो गीतमा प्रकृति र मानविय प्रवृतिको चिक्रण गरिएको छ । गीतलाई संगीतबद्ध गर्ने त्रममा सुरेश अधिकारीले ‘सि मेजर स्केल र कहरवाँ’ तालमा राखेका छन् । यो गीतमा लोकप्रिय गायक रामकृष्ण ढकाल संगीतका ३ वटै सप्तकमा गहिरिएर अत्यन्तै सुन्दर ढंगले प्रस्तुत भएका छन् । यो गीतमा रामकृष्ण ढकाललाई सुन्दै गर्दा शब्द र संगीत जिवन्त भएको महसुश गर्न सकिन्छ ।  

आँसु आफै प्यूनु पर्छ, हाँसो अरुलाईनै हो

जस्ले जस्तो भनेपनि जलन छातीलाईनै हो ...

यो गीतमा मानविय संवेदनाको अभिव्यक्ति पोखिएको छ । मानिसको जीवनमा हाँसो आँसु सागसँगै जोडिएका हुन्छन् । तर, भित्री मन रोए पनि बाहिर अरुलाई देखाउन जरुरी छैन् । आफूले आँसु पिएर अरुलाई हाँसो देखाउनु पर्छ भन्ने नै यो गीतको मूल मर्म हो । ‘सि मेजर स्केल’मा तयार गरिएको संगीतलाई करहवा तालमा आरोह अवरोहका ३ वटै सप्तकमा संगीतलाई प्रस्तुत गरिएको  छ । गीतमा स्वरुपराज आचार्यको स्वर सुन्न सकिन्छ । 

एक्लै एक्लै कल्पि रहन्छु बितेका  दिनहरुको यादमा

बेहोस बेहोस भैरहन्छु आफ्नै जीवनको यो विसादमा...

जीवनमा धोका चोट अविश्वासका यादहरुसँग एक्लो पन र बेहोसीका वियोगान्त भावनाहरु गीतभित्र पोखिएको छ । गीत सुन्दा आफैंसँग अर्न्तरसम्बाद गरेको आभाष हुन्छ । यो गीतलाई संगीत शास्त्र अनुसार ‘बि माईनर स्केल’मा संगीतका स्वरहरु सजाउँदै कहरवा तालमा ढालिएको छ । तार सप्तकमा मिठो सुनिने गायक प्रमोद खरेलको स्वर मन्द्र र मध्ये सप्तकमा पनि खुलेको पाईन्छ । प्रमोद खरेलले यो गीतमा शब्द र संगीतलाई न्यायपूर्ण स्वराङ्कन गरेका छन् ।

 

बिहानीको सित टेकेर सुसाई हिड्ने हे साईला दाई

कहाँ गयौँ भञ्ज्याङ् सोध्छ साँझ विहान तिमीलाई....

यो गस्तीमा पनि विवशताले विदेश पुगेका नेपालीको कथा व्यथा प्रस्तुत गरिएको छ । आफन्त हरुले अफ्नो मान्छे कहाँ होला, के गर्दै होला, कस्तो अवस्थामा होला भन्दै चिन्ता गरेका कुरा गीतमा चित्रण गरिएको छ । ‘एफ मेजर स्केल’मा तयार पारिएको यो गीतको संगीतमा पूर्वेली लोक गीतको रंग भेटिन्छ । गीतको संगीत गर्ने क्रममा करहवा–समला तालको प्रयोग गरिएको छ । गायक दीप श्रेष्ठले ३ वटै सप्तकमा आफ्नो स्वरले शब्द संगीत सजाएको पाइन्छ । 

केटा– कहि चिने चिने जस्तो कतै देखे देखे जस्तो

नहाँस्दा नी साँच्चै राम्री, हाँसिदिए कस्तो 

केटी– कतै देखे देखे जस्तो केहि बोले बोले जस्तो

नबोल्दा नी लठ्ठै पार्ने बोलिदिए कस्तो ... 

पछिल्लो समय पातलिदै गएको एल्वम प्रकाशनको क्रममा समयमा एल्वम भित्र युगल गीतहरु कमै मात्रामा राखेको पाईन्छ । अधिकारीको यस एल्वम भित्र भने संयोगान्त भावको मिठो गीत प्रस्तुत गरिएको छ । गीतमा प्रेमी प्रेमिकाले एक अर्काको सुन्दरताको बयान सकारात्मक ढंगबाट गरेको पाईन्छ । गीत संगीतका क्रममा ‘इ माईनर स्केल’मा संगीत सजाउँदै कहरवा तालमा ताल मिलाएर संगीतबद्ध गरिएको छ । गीतमा पुराना गायक दीप श्रेष्ठ र पछिल्लो पुस्ताकी गायिका मिना निरौला जाँदुमयी सुनिएका छन् । गीतभित्र तामाङसेलो गीतको रंग भेटिएको अनुभूती हुन्छ । 

निष्कर्ष :– देउरालीको फूल आधुनिक गीतका एल्वमहरुको बीचमा मिसिन आएको छ । यसको आफ्नै परिचय स्थापित हुने सम्भावना पनि देखिन्छ । शब्द, संगीत, स्वर र संगीत संयोजनका साथै रेकर्डिङ र मिक्सिङको पनि अत्यन्तै राम्रो संयोजन भएको पाईन्छ । सुरुदेखि अन्तिमसम्म सुन्दै जाँदा एल्वमभित्रका गीतहरुले मन मष्तिष्कलाई लठ्याउन सकेको वा आकर्षण गर्न सकेको अनूभूती हुन्छ । एल्वमभित्रका गीतहरु सुन्दा गीतकार अधिकारीको यो पहिलो एल्वम हो भन्ने लाग्दैन् । उनी लेखनमा निक्कै खारिएका छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik