• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
कहिल्यै पुराना नहुने दसैं गीत
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

युवराज गौतम

कहिल्यै पुराना नहुने दसैं गीत
आश्विन १२, २०७६

हिन्दु नेपालीहरूलाई लक्षित गरी प्रत्येक चाडपर्वका भिन्नाभिन्नै गीत तयार छन् । तीजको लहर सकिएपछि भित्रिने महान पर्व विजयादशमी अर्थात बडादसैंमा मालाश्री धुनले बेग्लै उत्साह थप्छ । रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दसैंको रौनक भित्र्याउँछ भन्दा अत्युक्ति हुँदैन ।

करिब ४ सय वर्ष पुरानो मानिएको मालश्री धुनको पनि बेग्लै महत्व छ । नेपालका टेलिभिजन तथा रेडियोमा नयाँ–नयाँ धुनहरू बर्सेनि सार्वजनिक हुने गरेका छन् । क्यानाडामा नेपाली सांगीतिक कर्म गरिरहेको हिमालयन भाइब्सले गत वर्ष मालश्री धुनको भिडियो समुद्री तटमै सुटिङ गरेर नयाँ सन्देश समेत दिएको थियो ।

अझ दसैंलाई लक्षित गरी तयार भएका गीतले विश्वभर छरिएका हिन्दू धर्मावलम्वी नेपालीहरूको भावनालाई स्पर्श गर्छ । दसैंका गीतमा नेपालीहरूको सुख–दु:ख लुकेको पाइन्छ । दसैंमा आधारित सिर्जना, लय–संगीत तथा स्वर घन्किएपछि मनमा एक प्रकारको उमंग पैदा गर्छ ।

हुनत दसैंको खुसी वा दु:ख दुवैलाई गीतमा उतार्ने चलन पुरानै हो । दसैं–तिहारमाथि प्रशस्त गीत रचना भएका छन् । दसैंका धेरैजसो गीतले परदेशमा रहेका र मुग्लान भासिएकाहरूको भावनाको प्रतिनिधित्व गर्छन् । यद्यपि त्यस्ता सबै गीत स्थापित हुन भने सकेका छैनन् । बर्सेनि दसैंलाई नै लक्षित गरी अनेकौं गीत तयार भए पनि पुराना गीतहरूको दबदबा कायमै छ । कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौंदेखि बजिरहेका छन् । 

दसैं आयो

लरी..लरी..लरीलै बाट सुरु भएको चलचित्र ‘मुग्लान’मा समावेश ‘दसैं आयो’ गीतले घर आँगनमै दसैं भित्रिएको अनुभुत गराउँछ । लोकनाथ सापकोटाको शब्दको यो गीतमा उदित नारायण तथा दीपा झाले स्वर भरेको भिडियो पनि उत्तिकै मार्मिक छ । उक्त भिडियोमा रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूति एवं घर–परिवारको खुसीयाली देख्न पाइन्छ । विपना थापा, दीलिप रायमाझी, सुशील क्षेत्री, झरना थापा आदि कलाकारले अभिनय गरेको यो भिडियो मन छुने किसिमको छ ।

नमुछे आमा दहीमा टीका

परदेशीएका छोराले आमासँग गरेको आग्रह समेटेर तयार पारिएको यो गीतको भिडियो पनि उत्तिकै मार्मिक छ । यो गीतले नेपाली युवाहरूको बाध्यताको प्रतिनिधित्व गरेको छ । स्वर्गीय लक्ष्मण रायमाझीले लेखेको यो गीतलाई नारायण रायमाझीले रेकर्ड गराएका थिए । पछि गायक कृष्णभक्त राई तथा लक्ष्मीले फरक शैलीमा गाएपछि यो गीतले थप 

चर्चा पायो ।

वर्षमा दिनमा लै लै

दसैं–तिहारको उत्साह, उमंग र दुखलाई प्रतिनिधित्व गर्ने यो गीत दसैं–तिहारका बेला रेडियो तथा टिभीमा दैनिकजसो बज्छ । सुगम पोखरेलको संगीत एवं स्वरको यो गीत रवि श्रेष्ठले लेखेका हुन् । परदेशीले घर–परिवारप्रति पोखेको बेदनासहितको यो गीतले युट्युबमा पनि ३२ लाख भ्यूअर्स कटाइसकेको छ । गीतमा दसैंमा छोराको बाटो कुरिरहेका आमाबाबु मात्र होइन, तिहारमा माइतीको पर्खाइमा रहेका चेलीको भावनासमेत समेटिएको छ ।

दसैं नै हो कि यो मेरो दशा

दसैं उत्साह उमंगको पर्व मात्र होइन, आर्थिक व्ययभार थपिने पर्व पनि भएकाले गायक योगेश्वर अमात्यले त्यसको प्रतिनिधित्व गरेका छन् । आयस्रोत कमजोर भएका मानिसहरूका लागि दसैं दशा बनेर आउने यथार्थलाई यो गीतमा उतारिएको छ । करिब डेढ दशक अघि नै रेकर्ड भएको यो गीत दसैंका बेला खुबै गुन्जिन्छ ।

अहिलेको दसैंमा आमा घरमा आउँदिनँ

परदेशिएको छोराले कामबाट बिदा नपाएको दुखान्तलाई भगवान भण्डारीले शब्दमा उतारेर बद्री पंगेनीले स्वर भरेको यो लोकगीतले नेपालीहरूको भावना समेटेको छ । राजु परियारको संगीतको यो गीतको भिडियोमा बद्री स्वयंले अभिनय गरेका छन् । 

विछोडको पीडा

स्वरसम्राट् नारायणगोपाल तथा दिलमाया खातीले स्वर भरेको यो गीतले दसैंमा गाउँ फर्किरहेका युवाहरूको प्रतिनिधित्व गरेको छ । ‘विछोडको पीडा नसकी खप्न दसैंको बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवं घर फर्कने चाहनालाई उजागर गरेको छ । यो गीत ४० वर्षअघि रत्नशमशेर थापाले लेखेका थिए ।

फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार

देशको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको व्यस्ततालाई मध्यनजर गर्दै तयार पारिएको यो गीतमा सशस्त्र प्रहरीको पोशाकमा भिडियो पनि तयार गरिएको छ । फौजीमा रहँदाको कर्तव्य गीतमा झल्काइएको छ । दसैं–तिहारताका खुबै घन्कने यो गीत दीपक कोइरालाको शब्दमा जगदीश समालले स्वर भरेका हुन् जसमा गैरे सुरेशको संगीत छ ।

कहिल्यै पुराना नहुने दसैं गीत

युवराज गौतम

हि. 

न्दु नेपालीहरूलाई लक्षित गरी प्रत्येक चाडपर्वका भिन्नाभिन्नै गीत तयार छन् । तीजको लहर सकिएपछि भित्रिने महान पर्व विजयादशमी अर्थात बडादसैंमा मालाश्री धुनले बेग्लै उत्साह थप्छ । रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दसैंको रौनक भित्र्याउँछ भन्दा अत्युक्ति हुँदैन ।

अधिकांश गीतमा परदेशीकै कथा 

दसैंका अधिकांश गीतमा जन्म गाउँ छाडेर विदेशीएका वा काम विशेषले टाढा रहेकाहरूको कथा समेटिएको पाइन्छ । विष्णु खत्री, विष्णु माझी तथा रन्जिता गुरुङको ‘दसैंमा आउ प्यारा’, सुनिल गिरीको ‘दसैं आयो’, जीवन शर्माको ‘यसपालिको त दसैं यस्तो भो आमा’, सुन्दर आचार्य र सम्झना लामिछानेको ‘खुशी छायो’, खुमन अधिकारी र कोपिला छिनालको ‘निधारैमा रातो टीका शिरमा जमरा’ रमेशराज भट्टराई तथा देवी घर्तीको ‘परदेशीको दसैं–तिहार’ आदि गीतमा घरबाट टाढा भएकाहरूको कथा समेटिएको छ । 

हुन त गीतमा बालबालिका, नेपाली मौलिकता, दसैंको महत्व, दसैं मनाउने चलन एवं गाउँघरको दसैंलाई रमाइलोसँग समेटिएको पाइन्छ । गीतकार महेश आचार्य भन्छन्, ‘हामीले हाम्रा गीतमा मौलिकता नै खोज्ने हो, गाउँघरको परिवेश तथा मौलिकता गीतमार्फत पहिचान गराउन सक्नुपर्छ ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik