• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
यस्ता छन् तिहारका नयाँ गीत
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

यस्ता छन् तिहारका नयाँ गीत
कार्तिक ९, २०७६

तीज र दसैंपछि चाडपर्व लक्षित गीतको बाढी आउने अवसर हो— तिहार । यसपटकको तिहारमा करिब पाँच दर्जन गीत तथा म्युजिक भिडियो सार्वजनिक भैसकेका छन् । तीमध्ये केही गीत ‘दसैं–तिहार’ विशेष भन्दै दसैंअघि नै सार्वजनिक भएका छन् भने अधिकांश गीत यसैपटकको तिहारलाई लक्षित गर्दै तयार पारिएका हुन् । 

यो वर्ष सार्वजनिक भएका तिहारका गीतमध्ये सबैभन्दा चर्चा र विवादमा आउन सफल भयो गायक दुर्गेश थापाको ‘ह्याप्पी तिहार...’ । गएको तीजको अवसरमा ‘बीच्च बीच्चमा...’ गाएर लोकप्रियताको शिखर चुमेका गायक थापालाई दसैंअघि ‘छ माया छपक्कै’ को प्रमोसनल गीतले पनि चर्चामा ल्यायो । ती दुई गीतको सफलताबाट हौसिएका गायक थापाले तिहारमा भने सुन्दै भद्दा लाग्ने तथा उच्छृंखल शैलीको गीत तयार पारे । दसैंको टीकाको दिन आफ्नै च्यानलबाट अपलोड गरेको थापाको उक्त गीतमा तिहारको रमाइलो कम, बियरको विज्ञापन बढि भयो भन्दै चर्को आलोचनासमेत भयो । गीतले संस्कृतिम ाथि धावा बोलेको भन्दै परेको उजुरी पछि गायक थापालाई प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि उनले अब यस प्रकारका गीत ननिकाल्ने र उक्त गीतलाई युट्युबबाट हटाउने मन्जुरीनामा गरेपछि उनी प्रहरी चौकीबाट घर फर्किए । लगत्तै गीत केहि परिमार्जित गरेर पुन: अपलोड गरेका छन् । 

ह्याप्पी तिहारको ठीक विपरीत तिहार र भाइटीकाको सांस्कृतिक पक्ष झल्काउँदै गायक रामकृष्ण ढकालले गाएको गीत ‘टिका माला...’ ले दर्शक–श्रोताहरूको मन जितिरहेको छ । बीबी अनुरागीको संगीत तथा रमेश बिजीको शब्दको उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री सरिता लामिछाने तथा गायक प्रकाश सपूतले दिदी–भाइका रूपमा अभिनय गरेका छन् । उक्त भिडियोको निर्देशन शंकर बीसीले गरेका हुन् । 

गायक सन्तोष केसी तथा गायिका शर्मिला गुरुङले गाएको ‘देउसी रे....’ गीत झण्डै १७ मिनेट लामो छ । सन्तोष केसीकै शब्द तथा संगीतको उक्त गीतको भिडियोमा सारिका केसी तथा रमेश केसीले अभिनय गरेका छन् भने कपिल लामाले त्यसलाई निर्देशन गरेका हुन् । 

गायिका पूर्णकला बीसी तथा गायकद्वय थम्मन परियार र प्रेमसागर पौडेलको स्वरको नयाँ तिहार गीत ‘चिउरीको पातमा दियो बालेर...’ पनि हालसालै सार्वजनिक भएको छ । थम्मन परियारको शब्द तथा संगीतको उक्त गीतको भिडियोमा निर्मल तथा सृजनाले अभिनय गरेका छन् । उक्त भिडियोको निर्देशन चित्र मास्की मगरले गरेका हुन् । 

गायक खुमन अधिकारी तथा गायिका समीक्षा अधिकारीको तिहार गीत ‘आँगनमा भैलिनी...’ गीतलाई पनि दर्शकले मन पराएका छन् । विष्णु न्यौपानेको संगीतको उक्त भिडियो करिव साढे ६ लाख पटक हेरिएको छ । 

काउली बूढी उपनामले लोकप्रिय सन्ध्या बूढाले गायक तेजष रेग्मीसँग सहकार्य गर्दै नयाँ तिहार गीत सार्वजनिक गरेकी छिन् । उक्त गीतको भिडियोलाई हास्यरस प्रदान गरिएको छ । कलाकार यादव देवकोटा अर्थात सरापेले रमाइलो अभिनय गर्दै भिडियोलाई हास्य प्रधान बनाइदिएका छन् । उनलाई अभिनेत्री रञ्जिता गुरुङले साथ दिएकी छिन् । 

गायिका दिप्सी भट्ट तथा गायक प्रिन्स सिलवालले पनि यसपटकको तिहारका लागि एउटा नयाँ गीत तयार पारेका छन् । ‘तिहार..’ शीर्षकको उक्त गीतमा रमेश पाठकको संगीत तथा जीवन कार्कीको शब्द सुन्न सकिन्छ । 

किरण बाबु पुन, तुलसी घर्ती मगर, करिष्मा घर्ती मगर, तुलसा पुन तथा वीरता पुनको सामूहिक स्वरमा सजिएको ‘हजुरको दैलोमा...’ शीर्षकको तिहार गीत पनि सार्वजनिक भएको छ । 

गायक पशुपति शर्मा तथा गायिका टीका पुनले पनि तिहार विशेष गीत तयार पारेका छन्, ‘देउसी रे खेलम...’ शीर्षकमा । उक्त गीतमा गायक शर्माकै शब्द तथा संगीत छ । मौसम हिमालीद्वारा निर्देशित उक्त भिडियोमा पशुपति शर्मा तथा करिष्मा ढकालले अभिनय गरेका छन् । 

गजेन्द्र लिम्बु तथा सुनिता थुगिमको स्वरको तिहार गीत ‘शुभकामना’ पनि हालै सार्वजनिक भएको छ । गजेन्द्र लिम्बुको संगीत निर्देशनको उक्त गीतको भिडियो अर्जुन थापाले निर्देशन गरेका हुन् । 

शान्तिश्री परियार तथा दिपेन्द्र डाँडीको स्वरको ‘झिलिमिलि तिहार...’ को भिडियो रमाइलो छ । अशोक बिकेद्वारा निर्देशित उक्त भिडियोमा गायक प्रकाश सपूत तथा करिना डाँगीले आकर्षक नृत्य गरेका छन् । 

लालु रिकाला तथा कल्पना बीसीको स्वरको ‘भाइ टीका...’ शीर्षकको गीत हालसालै सार्वजनिक भएको छ । रमेश बिजुली बीसीद्वारा निर्देशित उक्त भिडियोमा सबिता, राजेश, कविता आदि कलाकारले अभिनय गरेका छन् । 

गायक हेमराज आश्रमले गाएको देउसी रे..गीतको भिडियो पनि आकर्षक छ । गायक आश्रमकै शब्द तथा संगीतको उक्त भिडियोको निर्देशन गायक आश्रमले नै गरेका हुन् । 

गायक लक्षु प्रकाश मल्लले तिहारको अवसरमा पप शैलीको गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द तथा संगीतको ‘केटाको तिहार...’ शीर्षकको उक्त म्युजिक भिडियोलाई लाइभ कन्सर्टको शैलीमा प्रस्तुत गरिएको छ । 

गायिका विष्णु माझी तथा गायक सुन्दरमणि अधिकारीको स्वरको ‘तिहारमा देउसी र भैलो’ गीत गत दसैंअघि नै सार्वजनिक भएको हो । उक्त भिडियोको निर्देशन शंकर बीसीले गरेका हुन्, जसमा निर्देशक बीसीका साथमा सम्झना बुढाथोकीले नृत्य गरेकी छिन् । 

यसबाहेक गायक केशव अधिकारी तथा निरिशा तामाङले आज हामी लाउरेको घर, रामप्रसाद खनालले तिहारको मौलिक देउसी भैलो, सज्जन धामी तथा पवित्रा बिकेले आमा बाटो हेर्दै, बल बहादुर परियार र संगिता पौडेलले देउसी–भैलो, देवी घर्तीले भैलो, जुना श्रीष र दीपक परियारले फूलको माया, खुमन जोशी तथा पवित्रा केसीले देउसी–भैलो शीर्षकका तिहार विशेष गीतहरू सार्वजनिक गरेका छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik