साप्ताहिक संवाददाता
मंसिर ९, २०७६
सञ्चारकर्मी पारस प्रकाश नेपालको एक राष्ट्रिय गीत सार्वजनिक भएको छ । ‘तिमीले टेक्ने माटो उही...’ बोलेको उक्त गीत साहित्यकार तथा सञ्चारकर्मी फूलमान बलले रचना गरेका हुन् । । संगीत जुगल डंगोलको रहेको छ ।
केही दिन अघि मात्रै युट्युबमार्फत गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । राष्ट्रिय भावको गीतले सबै नेपाली आ–आफ्नो पहिचानसहित एकताबद्ध हुनुपर्छ भन्ने सन्देश दिएको छ । ‘मुलुक सम्मृद्धितिर गइरहेको बेला यो गीतले सदभाव र एकताको वकालत गर्छ’, गायक नेपालले भने, ‘छिमेकको मिचाहा प्रवृत्तिले गर्दा पनि यो गीत यतिबेला थप अर्थपुर्ण बनेको छ ।’
संगीतकार जुगल डंगोलले गीत समसामयिक राष्ट्रिय भावना समेटिएको दावी गरे । डंगोलसित गायक नेपाल र गीतकार बलले अरु गीतमा पनि सहकार्य गरेका छन् । यसअघि वलकै ‘म फूल हुँ...।’
गीत यस्तो छ :