• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
कार्टुन्ज क्रुमा विभाजन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कार्टुन्ज क्रुमा विभाजन
मंसिर १५, २०७६

सर्वाधिक चर्चामा रहेको डान्स ग्रुप हो— कार्टुन्ज क्रु । म्युजिक भिडियो, सर्ट मुभीमा यो समूहको जगजगी नै छ । डान्सिङ सङ भन्नेबित्तिकै धेरैजसो गायक–गायिका हुन् या संगीतमा लगानी गर्नेहरू, कार्टुन्ज क्रुलाई नै भनेजति पैसामा अनुबन्ध गर्छन् । त्यसका पछाडि दुई कारण छन्— पहिलो, कार्टुन्ज क्रुको आकर्षक डान्स र दोस्रो— युट्युबमा उसका हरेकजसो भिडियो ट्रेन्डिङमा पर्नु । 

पछिल्ला १० वर्षमा कार्टुन्ज क्रुले नेपाली नृत्य संसारमा आफ्नो बेग्लै छवि मात्र स्थापित गरेन, यसका कलाकारहरू पनि सेलिब्रिटीका रूपमा स्थापित भए । आश्मा विश्वकर्मा र सरोज अधिकारी त्यसैका उदाहरण हुन्, तर दशक उकालो नलाग्दै त्यही कार्टुन्ज क्रुलाई गम्भीर धक्का लागेको छ । सदस्यहरूबीच चुलिएको मनमुटाव र असन्तुष्टिका कारण दुई साताअघि कार्टुन्ज क्रु दुई भागमा टुक्रिएको छ । यससँगै ६ सदस्य कार्टुन्ज क्रु २ जनामा सीमित हुन पुगेको छ । ४ सदस्य आफूहरूलाई सधैं पछाडि राखिएको भन्दै क्रुबाट अलग्गिएका छन् । 

समूहभित्र अपमान, आर्थिक पक्ष तथा भविष्य निर्माणको विषयलाई लिएर गम्भीर मतभेद देखिएको थियो । सोही मतभेदका कारण कार्टुन्ज क्रु टुक्रिएको हो । क्रु छाडेका चार सदस्यमध्ये एक लाक्पा डी लामा यिनै कारणले आफूहरू बाहिरिएको बताउँछन् । लामाले दुई साताअघि ‘मैले कार्टुन्ज क्रु छाडिसकें । अब मलाई कार्टुन्ज क्रुसँग नजोडिदिनुहोला’ भन्दै युट्युबमा एउटा भिडियोसमेत अपलोड गरिसकेका छन् । उनले युट्युबमा अपलोड गरेको उक्त भिडियोको कमेन्ट बक्समा क्रुका लिडर सरोज अधिकारी माथि गालीको वर्षा भएको छ, साथै दर्शकले आश्मालाई पनि जोडेर गाली गरिरहेका छन् । 

सामाजिक सञ्जालमा बर्सिएको नकारात्मक प्रतिक्रियाले निकै दुखी बनाएको कार्टुन्ज क्रुका लिडर अधिकारी बताउँछन्, ‘हामी एउटै परिवारजस्तो भएर बसेका थियौं, एक्कासि साथीहरूले साथ छोड्दा निकै नरमाइलो लागिरहेको छ ।’ साप्ताहिकसँग आफ्नो समूह विभाजन भएको पुष्टि गर्दै अधिकारीले भने, ‘मैले साथीहरूलाई नराम्रो केही भनेको थिइनँ, तर साथीहरूले एक्कासि किन त्यस्तो निर्णय गर्नुभयो, म नै अचम्ममा परेको छु ।’ यतिबेला सरोजका साथमा आश्मा विश्वकर्मा मात्र बाँकी छिन् । टिमले साथ छोडेपछि जिम्मा लिएको म्युजिक भिडियोको काम अलपत्र परेको अधिकारी बताउँछन् । उनी भन्छन्, ‘धेरैजसो म्युजिक भिडियोको काम त सकिँदैन भनिसकें ।’

पटक–पटक एक्लिँदै सरोज 

स्थापनादेखि नै कार्टुन्ज क्रुको अगुवाइ गरिरहेका सरोजले टिमका सदस्यले साथ छोड्दा पटक–पटक एक्लो बन्न पुगेको बताए । कार्टुन्ज क्रुको सुरुवाती चरणमा आठ जनाको समूह थियो । यो समूहले सन् २०११ मा नेपालमा बी–बोइङ च्याम्यिनसिप जितेको थियो । जुन बेला क्रुमा किरण थिङ, पेम्बा मगर, सागर मोक्तान, शुक्र घिसिङ, ईश्वर श्रेष्ठ, राजेन गुरुङ, राम घलेलगायत सदस्य थिए । यही टोलीले सन् २०११ मै भारतमा भएको बी बोइङ कम्पिटिसनमा भाग लिएको थियो । त्यो प्रतियोगितामा भाग लिन जाँदा निकै दु:ख पाएका कारण साथीहरूले साथ छाडेको अधिकारी बताउँछन् । ‘हामीसँग पैसा धेरै थिएन, आयोजकको पनि खासै सपोर्ट गरेन, जसले गर्दा हामीले एकछाक भात र एक बोतल पानीको भरमा प्रतियोगितामा भाग लिएर फर्कियौं,’ उनी भन्छन्, ‘त्यसपछि त्यो दु:ख सम्झेर साथीहरूले यो क्षेत्र नै छाडे ।’ 

त्यसपछि केही समय सरोज क्रुमा एक्लै भए । तैपनि उनले हिम्मत हारेनन्, कलालाई निखार्न अभ्यास गरिरहे । 

साथै बाँच्नका लागि विभिन्न रेस्टुराँ तथा क्यासिनोहरूमा नाच्न थाले । यही क्रममा कार्टुन्ज क्रुमा सबिन कार्कीको इन्ट्री भयो । कार्टुन्ज क्रुमा सात जनाको समूह बन्यो । कार्की पनि लामो समय कार्टुन्ज क्रुमा टिक्न सकेनन् । कार्कीले छाडेपछि पनि कार्टुन्ज क्रु विवादित बन्यो । ‘सबिनले साथ छोड्दा निकै दुखी भएँ,’ सरोज भन्छन्, ‘हामी ‘पानी पर्‍यो’ बाट भर्खरै मात्र हिट भएका थियौं, अझै धेरै काम गर्नुपर्छ भन्ने बेलामा सबिनको ग्याप भयो, यसपछि हामीबीचमा असन्तुष्टिको बिजारोपण भयो र सबिन बाहिरियो ।’ सबिन बाहिरिए पनि क्रुका अन्य सदस्यले भने सरोजको साथ छाडेनन्, तर त्यो बेलामा साथ दिएकाले अहिले छाडेपछि सरोज एक्लिएका छन् । 

डिप्रेसनमा कार्टुन्ज क्रु लिडर 

टिमले साथ छाडेपछि कार्टुन्ज क्रुका लिडर सरोज आफू डिप्रेसनमा पुगेको बताउँछन् । लाक्पाले आफू बाहिरिएको भन्दै भिडियो युट्युबमा सार्वजनिक गरेपछि सरोज र आश्मामाथि गालीको वर्षा नै भएको छ । युट्युब र सामाजिक सन्जालमा बर्सिएको गालीले गर्दा आफू अझ डिप्रेसनमा पुगेको सरोज बताउँछन् । ‘घरभित्रको असन्तुष्टिलाई साथीहरूले भित्रै समाधान नगरेर सामाजिक सञ्जालमा व्यक्त गरेको देख्दा साह्रै चित्त दुख्यो,’ उनी भन्छन्, ‘यही कुराले म डिप्रेसनमा पुगेको छु ।’ 

छोड्नेका गुनासो : सधैं ब्याक डान्सर

कार्टुन्ज क्रुबाट बाहिरिएका लाक्पा डी लामा, सुविन चौहान, साजन चौहान, राम घलेलगायतले आफूहरूलाई जहिल्यै ब्याक डान्सर बनाइएको गुनासो गरेका छन् । त्यही कारण क्रुमा रहेर आफ्नो भविष्य नदेखेका कारण बाहिरिएको लाक्पा डी लामा बताउँछन् । कार्टुन्ज क्रुभित्र एउटा समूहमा परिवारजस्तो भएर बसेपछि सबै जनाको स्तर एउटै हुनुपर्ने थियो । यद्यपि, क्रुमा आश्मा र सरोजमात्र हाइलाइट भए उनीहरूको दुखेसो यही छ । 

कार्टुन्ज क्रुका पूर्वसदस्य सुुविन चौहानको गुनासो पनि उस्तै छ । भन्छन्, ‘क्रुमा सामूहिक काम गरिएको छ, तर नाम र दाम आश्मा र सरोजले मात्र पाइरहेका छन्, जसले गर्दा हामीले त्यहाँ भविष्य देखेनौं र आफू नै केही गर्नुपर्छ भनेर बाहिरियौं ।’ म्युजिक भिडियोमा काम गरेर जति पारिश्रमिक पाउनुपर्ने हो त्यो पनि पर्याप्त नपाएको उनीहरूको दुखेसो छ, साथै कार्टुन्ज क्रुको स्टुडियोमा सबैले सेयर हालेका थिए, तर त्यहाँ सेयर होल्डरभन्दा पनि ‘जबहोल्डर’को जस्तो व्यवहार हुन थालेपछि बाहिरिएको लामा बताउँछन् । हामीले अप्ठ्यारोमा खाँचो टार्नका लागि लिएको पैसा क्रु छाड्ने बेलामा सरोजले सापटीका रूपमा कट्टासमेत गरेको क्रुका पूर्वसदस्य सुविन चौहानले बताए । 

क्रु छाड्ने बेला सुबिन र रामको भागमा ३–३ लाख र साजनको भागमा ५० हजार रुपैयाँ परेको थियो । लाक्पाले भने क्रुबाट पाउने पैसाको कुनै लोभ नभएको बताएका छन् । युट्युबमा सार्वजनिक गरेको भिडियोमा उनले भनेका छन्, ‘अन्य क्रु मेम्बरले छाड्ने बेलामा सेयर लगेका थिए, तर मैले १ रुपैयाँ पनि लिएको छैन र त्यसमा लोभ पनि छैन ।’ तर लाक्पाले आफूसँग पैसा मागिरहेको सरोज बताउँछन् । उनी भन्छन्, ‘लाक्पाको पैसा खातामा सुरक्षित छ, मैले दिन्नँ भनेको छैन ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik