• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
मुम्बईमा संघर्ष गरिरहेकी एउटी नेपाली गायिका 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

मुम्बईमा संघर्ष गरिरहेकी एउटी नेपाली गायिका 
मंसिर २४, २०७६

कोलकातामा आयोजना भएको एउटा कन्सर्टमा सहभागिता जनाएपछि मुम्बईको सांगीतिक क्षेत्रमा व्यस्त भैरहेकी नेपाली गायिका जमुना शर्मा तिहार मनाउन माइतीघर काठमाडौं आइन् । वर्षमा एकपटक काठमाडौं आउँदा उनी नेपाली गीतहरू रेकर्ड गर्ने योजनासहित आउँछिन् । यसपटक पनि त्यसै गरिन् । यो पटक उनी करिब एक महिना काठमाडौंमा रहिन् । यो अवधिमा उनले झन्डै डेढ दर्जन नयाँ नेपाली गीत रेकर्ड गराउन भ्याइन् । 

अघिल्लो साता मुम्बई उड्नुअघि साप्ताहिकसँगको कुराकानीका क्रममा उनी भन्दै थिइन्— ‘यसपटक मलाई रिबेल क्रिएसनले थुप्रै गीत गाउन प्रस्ताव गर्‍यो । तीमध्ये कतिपय गीत रि–रेकर्ड गरें भने केही गीत बिल्कुलै नयाँ छन् । तीमध्ये अधिकांश गीतमा संगीतकार महेश ज्ञवालीको संगीत निर्देशन छ ।’ 

उनी मुम्बईको व्यस्त सांगीतिक जीवनबाट जब–जब काठमाडौं आउँछिन्, तब–तब उनलाई ह्वाट्सएपमा मुम्बईका ठूला संगीतकारको फोन आउँछ । ‘यो पटक पनि त्यस्तै भयो, गायिका शर्माले ह्वाट्स एपको कल डिटेल देखाउँदै भनिन्— ‘भर्खरै मुम्बईबाट स्थापित संगीतकार साजिद–वाजिदको फोन आएको थियो, मुम्बई पुग्नेबित्तिकै स्टुडियोमा भेट्न बोलाउनुभएको छ । सायद राम्रै गीत पाउँछु होला ।’ 

दर्जनौं हिन्दी चलचित्रका कुशल संगीतकारको जोडी हो साजिद–वाजिद । यी व्यस्त संगीतकारले नेपाली गायिका शर्मालाई किन सम्झिए त ? गायिका शर्माले अनुमान गर्दै भनिन्— ‘केही दिनअघि मैले आफ्नै युट्युब च्यानलमा नयाँ हिन्दी चलचित्र मरजवाँको ‘तुम हि आना’ गीतको कभर गरेको भिडियो अपलोड गरेर त्यसको लिंक साजिद–वाजिदलाई पठाइदिएको थिएँ । मेरो गायकी मन परेकाले उहाँहरूले मसँग भेट्न खोज्नुभएको रहेछ । उहाँको निम्तोले म उत्साहित भएकी छु ।’

गायिका शर्माले आफ्नै नामको यूट्युब च्यानलमा हिन्दी गीतलाई कभर गरेको यो पहिलो पटक होइन । उनले धेरैवटा नयाँ–पुराना गीतलाई कभर गाएर उक्त च्यानलमा अपलोड गरिसकेकी छिन् । ‘कभर गीतहरूमार्फत हाम्रो प्रतिभा स्थापित संगीतकारसमक्ष पुर्‍याउन सहज भैरहेको छ, जमुना भन्छिन्— ‘विगतमा पनि मैले कभर गीतमार्फत नै केही राम्रा प्रोजेक्टहरू पाएकी थिएँ ।’ 

गायिका शर्मा करिब १३ वर्षदेखि मुम्बईमा छिन् । संगीतकर्मी श्रीमान् प्रमोद तिमिल्सिनासँगै उनी शास्त्रीय संगीतको प्रशिक्षण लिन मुम्बई पुगेकी थिइन् । त्यसअघि उनी नेपालमा छँदै गायिकाका रूपमा सक्रिय थिइन्, सँगसँगै संगीतको प्रशिक्षणमा समेत व्यस्त थिइन् । ‘शास्त्रीय संगीतमा अझै धेरै सिक्ने इच्छा थियो, त्यसैले म संगीतमा थप सिक्नका लागि मुम्बई गएकी थिएँ,’ उता जानुअघि नै ‘स्पन्दन’ शीर्षकको पहिलो एकल एल्बम सार्वजनिक गरिसकेकी गायिका शर्मा भन्छिन्— ‘सिक्दा–सिक्दै उतैको सांगीतिक परिवेशमै घुलमिल भएँ ।’ 

यो अवधिमा गायिका शर्माले भारतका प्राय: सबै प्रान्तीय भाषाका गीत गाइसकेकी छिन् । भारतका प्राय: सबै सहरमा आयोजित सांगीतिक कार्यक्रममा सहभागिता जनाइसकेकी छिन् । ‘मैले हिन्दी, भोजपुरी, मराठी, पञ्जाबी, हरियाणी, मैथिली, उडिया, आसामी, बंगाली तथा दक्षिण भारतका आधा दर्जनभन्दा बढी भाषाका गीत गाइसकेकी छु, गायिका शर्मा भन्छिन्— ‘मणिपुरी भाषाको गीत मात्र गाउन बाँकी छ ।’ 

गायिका शर्मालाई सांगीतिक रूपमा व्यस्त बनाउने काम विज्ञापनका जिंगलहरूले समेत गरेका छन् । भारतमा एउटा विज्ञापन बनेपछि त्यहाँका प्राय: सबै क्षेत्रीय भाषामा डबिङ गरिन्छ । ‘विज्ञापनको डबिङ गर्नेहरूले मलाई पहिलो प्राथमिकतामा राखेका छन्,’ गायिका शर्मा भन्छिन्— ‘मैले गाएका केही विज्ञापन त नेपाली टेलिभिजन च्यानलमा समेत प्रसारण भैरहेका छन् ।’ गायिका शर्माले विज्ञापनका जिंगललाई आफ्नो ‘गरिखाने माध्यम’ नै बनिसकेको बताएकी छिन् । 

एकता कपुरले निर्माण गरेका दर्जनौं हिन्दी धारावाहिकका लागि गायिका शर्माले स्वर प्रदान गरिसकेकी छिन् । जिले जरा, दिया और बाती, रावण, महाभारत (नयाँ) आदि धारावाहिकमा उनले टाइटल सङ नै गाउने मौका पाएकी छिन् । उनले ब्याकग्राउन्ड स्कोर गरेका हिन्दी धारावाहिकको संख्या ५० भन्दा बढी छ । 

गायिका शर्मालाई मुम्बईमा व्यस्त बनाउने अर्को माध्यम हो— दक्षिण भारतीय चलचित्र । ती चलचित्रहरू हिन्दी भाषामा डबिङ गरिएपछि विभिन्न टेलिभिजन च्यानलमा प्रसारण गरिन्छ भने युट्युबमा समेत अपलोड गरिन्छ । ती चलचित्रमा समावेश गरिएका गीतहरूसमेत हिन्दी भाषामा तयार पारिन्छ । ती गीतका लागि गायिका शर्मालाई समेत सम्झने गरिन्छ । उनले हालसम्म दर्जनौं दक्षिण भारतीय चलचित्रको हिन्दी संस्करणका लागि पाश्र्व गायन गरिसकेकी छिन । 

बलिउडका संगीतकारहरूसँग पनि उनको सम्बन्ध राम्रो भइरहेको छ । ‘मैले काम गरेका ठूला संगीतकर्मीहरूमध्ये प्रितम एक हुन्,’ गायिका शर्मा भन्छिन्— ‘उहाँसँग मैले हिन्दी चलचित्र बर्फीको शीर्षक गीतका लागि काम गरेकी थिएँ, तर दुर्भाग्य चलचित्र प्रदर्शन भएपछि मैले गाएको नेपाली भर्सनलाई हटाइएछ ।’ 

भारतमा रियालिटी शोको लोकप्रियता शिखरमा छ । गायिका शर्माले पनि सारेगमपमा प्रतिस्पर्धा गर्ने योजना बनाएकी थिइन्, यद्यपि आफ्नो नियमित संगीतकर्मलाई धेरै समय दिनुपर्ने भएकाले उनले रियालिटी शोका लागि समय दिनै भ्याइनन् । 

भारतीय गायकहरू सोनु निगम, अरमान मलिक, शाहिद मालियासहित नेपाली संगीतकर्मीहरू उदित नारायण झा, मुरलीधर, शिखर सन्तोष आदिसँग सहकार्य गरिसकेकी गायिका शर्माले मुम्बईमै रहेर मिस्टर झोले, उपकार, पाहुना, लुट–२ आदि चलचित्रका गीतहरू गाइसकेकी छिन् । 

‘मुम्बईमा कलाकारलाई देश र भेषअनुसार भेदभाव गरिंदैन, गायिका शर्माको अनुभव छ— ‘त्यहाँ केवल प्रतिभाको कदर गरिन्छ, म कुन देश अथवा कुन शहरबाट आएकी हुँ भन्दा पनि मेरो गायन क्षमता कस्तो छ भन्ने कुरामात्र हेरिन्छ ।’ 

यसपटकको नेपाल बसाइका क्रममा गायिका शर्माले आफ्नो एउटा नयाँ गीतको म्युजिक भिडियोमा समेत काम गर्ने मौका पाइन् । ‘कानैमा झुम्का हातमा कंगन...’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो प्रसारणको क्रममा छ, जसमा उनकै स्वर सुन्न सकिन्छ । 

पछिल्लो समयको नेपाली सांगीतिक क्षेत्र प्राविधिक रूपले सबल बन्दै गइरहेकोमा खुसी व्यक्त गर्दै गायिका शर्मा भन्छिन्— ‘संगीतमा साउन्डको ठूलो भूमिका छ । नेपालमा अहिले राम्रा एरेञ्जर तथा प्रोग्रामरहरूले गुणस्तरीय गीत–संगीत सिर्जना गरिरहनुभएकोमा असाध्यै खुसी लागेको छ ।’

हिन्दी चलचित्र

डेन्जर्स किलर

सिद्धार्थ

कटेज नम्बर ७

 

हिन्दी धारावाहिक

महाराणा प्रताप

बन्दिनी 

जी ले जरा 

दिया और बाती 

पवित्र रिस्ता

नेपाली चलचित्र

देश द्रोही

पाहुना

उपहार

आमाको आशीर्वाद

भाग्य 

भरोसा

कुसुमे रुमाल २

लूट २

मिस्टर झोले

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik