• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
म:म बेच्ने गायक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

म:म बेच्ने गायक
पुस ६, २०७६

हरेक साँझ पाँच–छ बजेपछि नयाँ बानेश्वरको पानी ट्यांकीबाट अनामनगरतर्फ मोडिने मोडमा पुगियो भने एक हेन्डसम युवक ठेलागाडाको पछिल्तिर उभिएर ग्राहकहरूलाई म:म बनाउँदै बेच्दै गरेको देख्न पाइन्छ । अग्लो कद, कर्ली कपाल पालेका सुकिला–मुकिला उनी ठेलागाडामा ग्राहकलाई बेच्ने म:म आफैं बनाइरहेका हुन्छन् । ग्राहककै रोजाइमा आलुचप, ड्रमस्टिक, ससेज पनि पस्किरहेका हुन्छन् । ठेलागाडाको वरपर युवा–युवतीहरूको भीडभाड देखिन्छ । त्यो दृश्य राति करिब १० बजेसम्म निरन्तर देख्न पाइन्छ । 

त्यसरी ठेलागाडामा म:मसहितका स्ट्रिट फुडहरू बेच्ने यी युवक हुन्— कपिल पौडेल । मेघौली, चितवनका २५ वर्षीया कपिल कुशल गायक पनि हुन् भन्ने कुरा थाहा पाउनेहरू त उनको स्ट्रिट फुडका नियमित पारखी समेत छन् । युवा–युवतीमाझ ‘म:म बेच्ने गायक’ को उपनामले समेत चिनिएका कपिलले नयाँ बानेश्वरमा त्यसरी म:म बेच्न थालेको दुई पुगेर तीन वर्ष लागेको छ । त्यहाँ म:म बेच्दाबेच्दै कपिलले झन्डै एक दर्जनजति गीत रेकर्डसमेत गरिसकेका छन् । तीमध्ये एउटा गीत त चलचित्र ‘हिरो नम्बर वान’ का लागि पनि गाएका छन् । उनलाई त्यसरी गायनको बाटो देखाउने व्यक्ति भने गायक तथा संगीतकार मनोजराज शिवाकोटी हुन् । 

कपिलको पारिवारिक पृष्ठभूमि भने त्यति सम्पन्न छैन । आर्थिक अभावकै कारण उनले चितवनमा प्लस टु अध्ययन गर्दा नै नारायण र राप्तीमा बेल्चा चलाएर ट्याक्टरमा बालुवा र गिट्टी उचाले । उनले चितवनमा केही महिना संगीतको प्रशिक्षणसमेत लिए । त्यही बेला संगीतमै संघर्ष गरिरहेका गंगाराम आचार्यसँग उनको चिनजान भएको थियो । पाँच वर्षअघि प्लस टु उत्तीर्ण गरेपछि दुबई जानका लागि काठमाडौं आएका उनी समयमा भिसा नआएपछि बागबजारको एउटा होटलमा वेटरका रूपमा काम गर्न थाले । 

काठमाडौं आएपछि संगीतको प्रशिक्षण लिनका लागि गायक तथा संगीतकार शिवाकोटीको मुर्छना संगीतालयलाई छाने । लामो समयसम्म भिसा नआएपछि उनले पासपोर्ट फिर्ता मागे । विडम्बना, बागबजारको आफैंले काम गर्ने होटलबाट उनको पासपोर्ट हरायो । त्यसपछि उनले विदेश जाने सपनालाई सधैंका लागि पूर्णविराम लगाए । संगीतकार शिवाकोटीले उनको गला (स्वर) को लेभल पत्ता लगाइसकेका थिए, आफ्नै शब्द र संगीतमा पहिलो गीत रेकर्डिङ गर्ने मौका दिए, जसको बोल थियो— ‘पुरानो प्रेमपत्र’ (युट्युबमा उपलब्ध छ) । कपिल हाई स्केलका गीतहरू सहजै गाउन सक्छन् । उनी गायक शिव परियारका फ्यान हुन् । 

संगीतकार शिवाकोटीकै सल्लाहमा उनले वेटरको काम छाडेर नयाँ बानेश्वरमा ठेलागाडामा म:म बेच्ने निर्णय गरे । उनले बिहान–बिहान संगीतको प्रशिक्षणलाई पनि निरन्तरता दिए भने जीविकोपार्जनका लागि हरेक साँझ ठेलागाडामा म:म बेच्ने कार्यलाई पनि निरन्तरता दिइरहे । 

यो अवधिमा उनको सांगीतिक यात्राले पनि गति लिने मौका पाएको छ । उनले विभिन्न संगीतकारको संगीतमा करिब एक दर्जन गीत रेकर्ड गराइसकेका छन् । तीमध्ये एउटा गीत चलचित्रका लागिसमेत गाएका छन् । अघिल्लो वर्ष उनले गाएको एउटा गीत युट्युबमा भाइरल नै भयो । आफ्नै संगीतको ‘साला काठमाडौं...’ शीर्षकको उक्त गीत झन्डै चार लाख पटक हेरिएको छ । ‘मैले रेकर्ड गरेका केही गीत सार्वजनिक हुनै बाँकी छन्,’ कपिल भन्छन्— ‘गीत, म्युजिक भिडियोका लागि प्रशस्त पैसा लाग्छ, आर्थिक अभावकै कारण मेरा कतिपय सिर्जना त्यसै थन्किएका छन् ।’ 

पहिलो संस्करणको नेपाल आइडलमा अडिसन दिए पनि पहिलो चरणबाटै बाहिरिएका कपिलले म:म बेचेरै भए पनि भविष्यसम्म नै संगीतको प्रशिक्षण तथा संगीत सिर्जनालाई निरन्तरता दिने अठोट गरेका छन् । कपिल भन्छन्— ‘जीविकोपार्जनकै लागि विदेश जाने निर्णय सधैंका लागि रोकिसकेको छु, नेपालमै रहेर नेपाली गीत–संगीतको सिर्जनामै तल्लीन भइरहनेछु ।’ निकट भविष्यमै उनले ‘कपल अफ द इयर...’ मार्फत श्रोता तथा दर्शकमाझ आउने सुखद समाचार पनि सुनाएका छन् । त्यसका लागि उनी मंसिर–पुसको चिसा रातमा १० बजेसम्मै सडक किनारमा उभिएर म:म बेच्न मानसिक तथा शारीरिक रूपमा तयार भइसकेका छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik