साप्ताहिक संवाददाता
यहि फागुन १७ गते निजगढमा गायक रामकृष्ण ढकालको एकल साँझ हुँदै छ । आफ्नो एकल साँझका बारेमा जानकारी दिदै गायक ढकालले भनेका छन्– ‘वाद्यवादककासाथमा पहिलो पटक आफ्नो जन्मस्थानमा प्रस्तुति दिदैँछु ।’ युथ अफ निजगढको आयोजनमा गायक ढकाल एकल रुपमा प्रस्तुत हुन लागेका हुन् ।
आफ्नो जन्मस्थानमा पहिलोपटक प्रस्तुति दिन लागेका गायक ढकालले खुसी व्यक्त गर्दै भनेका छन्– ‘आफ्नो जन्मस्थानमा पहिलो पटक यति भव्य कार्यक्रममा वाद्यवादकका साथमा आफ्ना नयाँ पुराना गीतहरू सुनाउन जाँदैछु । मनैदेखि अत्यन्तै गौरवान्वित र अपार हर्षित भएको छु ।’
गायक ढकालले आफ्नो यो स्थान हासिलका पछाडी आफ्नो जन्मभूमिको माया र साथ रहेको उल्लेख गरेका छन् । गायक ढकालकासाथै कार्यक्रममा गायिका अनु अधिकारी र क्रोम्याटिक ब्यान्डको पनि प्रस्तुति रहनेछ ।
आगामी मार्च ६ तारेखमा अष्ट्रलियाको सिड्नी शहरमा गायक ढकालको अर्को एकल साँझ हुँदै छ ।