साप्ताहिक संवाददाता
पोखरामा गीतकार ‘सुमन श्रापित एकल सांगीतिक साँझ–२०७६’ हुने भएको छ । फागुन ३० गते सप्तरंगी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा संगीतकर्मी बीबी अनुरागीसहित स्मृति शाही, अर्जुन सुनाम, सुनिता दुलाल, जीवन परियार, तुलसी छेत्री, इन्दु बानियाँ, कल्पना गौतम, सूचना गैरे, रुपेश भण्डारी, योगेश गौतम आदिले सुमनका चर्चित डेढदर्जन गीत पस्किने जनाइएको छ ।
सुमनले रचना गरेका गीतमा उदित नारायण झा, बीबी अनुरागी, प्रशान्त तामाङ, दीपा झा, रामकृष्ण ढकाल, हेमन्त शर्मा, अञ्जु पन्त, देवीका बन्दना, स्वरुपराज आचार्य, राजु परियार, सुनिता दुलाल, माण्डवी त्रिपाठी, मिलन अमात्य, अन्जना गुरुङ, मेलिना राई आदि कलाकारले स्वर दिइसकेका छन् ।
उनले रचना गरेका ‘गीत सिरीमा सिरी’, ‘आमाबाट सिके मैले’, ‘बादल फाँटेको बेला’, ‘जसलाई मुटुको अंश’, ‘तिम्रो मधुर मुस्कानले’, ‘दिलराजा दिलरानी’, ‘काली काली दिलवाली’ लगायतका गीत स्रोताले बढी रुचाएका थिए । कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ बजेदेखि आयोजकले जनाएको छ ।