• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
८४ औं वर्षोत्सव पनि संगीतमै समर्पित
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

विवश वस्ती

८४ औं वर्षोत्सव पनि संगीतमै समर्पित
चैत्र ७, २०७६

उमेरले नेटो काट्दै गएपछि हरेक मानिसमा सिर्जनात्मक कर्मप्रतिको लगाव घट्दै जान्छ । तर, जगतमर्दन थापाको सांगीतिक जीवन–यात्रामा भने यो नियम अझैसम्म लागू हुन सकेको छैन । माघको अन्तिम साता मात्रै ८४ औं वसन्तको सँघार टेकेका वरिष्ठ गायक/गीति–सर्जक थापाले ८४ औं मनाउँदा परम्परागत पूजा–अर्चना, होमादिलाई पछ्याउन चाहेनन् । जीवनको यो पललाई स्मरणीय बनाउन उनले संगीतकै फेर समाते र आफूद्वारा स्वरबद्ध सात गीतको एलबम ल्याए— ‘म मक्किएको धुरी खाँबो ।’

२० को दशकमै गायन क्षेत्रमा पाइला टेकेका थापाले चार दशकजति सरकारी सेवामा व्यस्त रहनुपर्दा संगीत–कर्मलाई निरन्तरता दिन सकेनन् । तर, वर्षौंदेखि मन–मस्तिष्कमा गढेर बसेको संगीतबाट उनी कसरी टाढा रहन सक्थे र ? अवकाश लिइसकेपछि उनले संगीतलाई निरन्तर पछ्याउन थाले र त्यसकै प्रतिफलस्वरूप २०५८ सालयता उनका पाँचवटा गीति–एल्बम आइसकेका छन् । अब छैटौं एल्बमको तयारीमा जुटेका छन् उनी । पुन: संगीत कर्ममै फर्किएपछि सफलताको शिखर चढ्न उनले आफ्नो कलामा निखार ल्याउन अथक मेहनत गरे । शास्त्रीय संगीतको प्राज्ञिक/आभ्यासिक ज्ञान लिए । हरेक दिन स्वराभ्यासमा आफूलाई तल्लीन तुल्याए । अचेल पनि उनको हरेक बिहान स्वराभ्यासमै बित्ने गर्छ र नयाँ ऊर्जा र जाँगर मौजुद छन् उत्तिकै । ८४ वर्षमा देखिएको उनको जाँगर कुनै युवा सर्जकका भन्दा कम देखिँदैन । 

‘म मक्किएको धुरी खाँबो’ मा नेपाली संगीत क्षेत्रमा लामो समयदेखि भिजेका संगीत–साधकहरूका संगीत र गीत–लेखनमा अग्रदस्तामा रहेका स्रष्टाहरूका शब्दमा उनले कण्ठ खुलाएका छन् । संगीत–साधक भीम विरागले संगीत दिए पनि अहिलेसम्म कुनै प्रतिभाको स्वरमा नसजिएको ‘फेरि साथ मेरै’ देखि शक्ति बल्लभ, मनोहर सुनाम, रूपक शाही ‘समुदा’, कल्याण सिंहका संगीतमा उनले गाएका छन् । 

गीति–सर्जकहरू रत्नशमशेर थापा, सहदेव ढुंगाना, विवश बस्ती, हर्क साउद, वसन्त वित्यासी थापा र तुलाराम थापाका शब्दहरूमा उनले स्वर अर्पण गरेका छन् । युवा पुस्ताका गायक दीपेश किशोर भट्टराई र जुनु गौतमले केही गीतमा उनलाई सघाएका छन् । थापाको गायन–विशेषता केमा देखिन्छ भने गम्भीर, भावुक र रोमान्टिक शब्दहरूमा उनले उत्तिकै तन्मयतापूर्वक स्वर दिएका छन् । उनको स्वरमा अन्तरनिहित गहिराइ र फैलावटले संगीतका गम्भीर पारखीहरूलाई मुग्ध तुल्याउनेमा दुईमत देखिँदैन । 

चर्चित हुने चाहना कसलाई हुँदैन र ? क्षणिक नै सही तर चर्चित हुनैपर्ने हुट्हुटीमा बाँचिरहेका छन्, अधिकांश साधक । त्यही कारण हामीकहाँ चर्चित हुनकै निम्ति अर्थहीन र हल्काफुल्का शब्द–संगीतमा रमाउने सर्जकहरूको पंक्ति लम्बिँदै छ । तर, थापाले भने शब्द–चयनदेखि संगीत–रचनामा समेत अर्थहीनता र हलुकापनलाई कहिल्यै स्थान दिएनन् । गायनयात्राको सुरुवातदेखि नै उनले कुनै पनि गीत–संगीतमा माधुर्य र गीतात्मकताले धेरै अर्थ राख्छ भन्ने यथार्थलाई स्विकार्दै आए र अहिलेसम्म त्यही मान्यतामा अडिग छन् । उनको सांगीतिक–यात्रालाई सघाउन उनका सुपुत्र मोहित मर्दन थापाले टेको दिइरहेका छन् र अघिल्ला चार एल्बमका जस्तै पाँचौं गीति–एलबमको निर्माता पनि मोहित नै हुन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik