![](http://saptahik-jcss-cdn.ekantipur.com/img/icon/android-chrome-512x512.png)
साप्ताहिक संवाददाता
![युवराज चौलागाईंको ‘देउतालाई भाकी’ युवराज चौलागाईंको ‘देउतालाई भाकी’](http://saptahik-assets-api.ekantipur.com/thumb.php?src=http://saptahik-assets-cdn.ekantipur.com/uploads/source/news/2020/entertainment/Yubraj-Chaulagai-22032020112217.jpg&w=1200&height=800)
गायक युवराज चौलागाईंको ‘देउतालाई भाकी’ बोलको गीत सार्वजनिक भएको छ । कौशिला खनाल कर्मचार्यले लेखेको सार्वजनिक गीतमा गायक युवराजकै संगीत सुन्न सकिन्छ ।
भूषण दाहालले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा गायक चौलागाईका साथमा अभिनेत्री मेनुका प्रधानले अभिनय गरेकी छिन् ।
जीवन राइको कोरियोग्राफी रहेको भिडियोमा भरत रेग्मीको सम्पादन छ । यो भिडियोको छायांकन चितवनमा गरिएको हो । यूवराजले गीतमा प्रेमिकासाग खाएका कसम तोडिएको कुरा उल्लेख गरेका छन् ।
गीतको म्यूजिक भिडियो :