• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
कोरोनामा संगीतः गीतबाटै कोरोनाबारे सचेतना
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

कोरोनामा संगीतः गीतबाटै कोरोनाबारे सचेतना
चैत्र ११, २०७६

‘कोरोना, कोरोना

रोगभन्दा बढी त्रास फैलियो हेर न

सेनिटाइजर, मास्कको प्रयोग सधैं गर न’

मेलिना राईका साथमा बिनय कार्की, सबिन लामा तथा सशान कँडेलले गाएको यो सन्देशमूलक गीत शनिबार युट्युबमा ‘प्रिमियर’ भयो । सार्वजनिक गीत मंगलबारसम्म झण्डै साँढे २ लाख पटक हेरिसकिएको छ ।  

बिनय केटुको संगीत निर्देशनमा तयार .गीतको भिडियो सशान कँडेलले निर्देशन गरेका छन् । जनकराज अधिकारीले खिचेको भिडियो विकास दाहालले सम्पादनमा तयार भएको हो । भिडियोमा सरोज खनाल, उत्तम केसी, दमन रुपाखेतीलगायत ११ कलाकारको अभिनय छ । 

कोरोना (कोभिड–१९) महामारीको सन्त्रास फैलिरहेको समयमा संगीतमार्फत जनचेतना जगाउने प्रयास योमात्रै एक्लो होइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित ११ परिचित कलाकारको अभिनय रहेको सन्देशमूलक म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरेको छ ।

आइतबार सार्वजनिक गीतमा डेभिड शंकर र बेनिशा पौडेलको स्वर छ । जसमा कोरोना भाइरसको संक्रमण हुनबाट जोगिन सचेत रहन अपिल गरिएको छ । सरोज ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतको भिडियो निश्चल पौडेलले खिचेका हुन् भने निर्देशन शंकर धितालले गरेका छन् । 

त्यस्तै, अम्बिका गुरुङले कोरोना महामारीसम्बन्धी जनचेतना जगाउने शैलीका गीत तयार पारेकी छिन् । गुरुङ रचित शब्दलाई संगीतकार दीपक शर्माले संगीतबद्ध गरेका छन् । गायक ध्रुव विश्काले गीत गाएका छन् भने नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । जसमा गरिव तथा दीन–दुःखीले यो समस्याबाट कसरी पार पाउलान् भन्ने चिन्ता व्यक्त गरिएको छ । 

‘लौ न आयो, के आयो’ शीर्षकको उक्त गीतमा निर्देशक राज खड्क स्वयम्का साथमा सुरज अधिकारीको अभिनय  छ । भिडियो विष्णु खड्काले सम्पादन गरेका छन् भने विजय लामाले छायांकन गरेका छन् । 

यसैगरी, गायक रमेश कुमार महतोले पनि कोरोना भाइरसबारे चेतनामूलक गीत गाएका छन् । ‘कोरोना गीत’ शीर्षक दिइएको गीत महतोले नै रचना गरेका हुन् भने राजेशकुमार श्रेष्ठले संगीतबद्ध गरेका छन् । गीतको भिडियो महतोकै युट्युब च्यानलमा हेर्न सकिन्छ ।

गायक सन्तोषजङ्ग खत्रीले यूट्युबमा ‘दुःख लाग्छ देख्दा’ शीर्षकको म्युजिक भिडियो अपलोड गर्दै जानकारीमा लेखेका छन्– ‘यो गीतमा मैले जस्तो सुनेको छु, त्यस्तै कुराहरु समावेश गरेर गाएको छु । जतिले पनि कोरोना भाइरसका कारण अकालमा ज्यान गुमाउनु पर्याे, उहाँहरुको सम्झनामा यो गीत गाएको छु ।’ खत्रीले प्रमोद गौतमसँग मिलेर रचना गरेको गीत उनैले संगीतबद्ध गरेका हुन् । 

गायक पुरुषोत्तम न्यौपानेले पनि कोरोना भाइरसबारे जानकारी दिँदै सचेत गराउने गीत गाएका छन् । पुरुषोत्तम न्यौपाने, माया गुरुङ, ज्योती लोहनी तथा ईश्वर सिंहको स्वरमा रेकर्ड भएको गीत र संगीत दुवै न्यौपानेकै हो । तारानाथ आचार्यले उक्त गीतको भिडियोलाई निर्देशन गरेका हुन् ।

लोक गायक राजु परियार र गायिका मञ्जु सुनारले पनि कोरोना भाइरसबारे जनचेतना जगाउने गीत गाएका छन् । रोमहर्ष भण्डारीको शब्द तथा संगीतमा रहेको गीतको म्युजिक भिडियो यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik