• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
लकडाउनमा के गर्दैछन् गायक–गायिका ? (भिडियोसहित) 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

लकडाउनमा के गर्दैछन् गायक–गायिका ? (भिडियोसहित) 
चैत्र २२, २०७६

गायक पशुपति शर्मा यतिबेला जन्मस्थान स्याङ्जामा छन् । घरमै परिवारसँग रमाइलो गर्दै, मीठा परिकार बनाउँदै, खाँदै समय बितिरहेको बताउँछन् । 

गायक हेमन्त शर्मा यो अप्रिय समयलाई  प्रिय बनाउन पछिल्लो १२ दिन यता घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको बताउँछन् । ‘गाउँका पुराना साथीहरूलाई फोन गरेको छु, इस्टमित्र आफन्तलाई के कस्तो छ सोध्ने मौका पाएको छु,’ उनी भन्छन्, ‘दराजमा भएका केही पुराना पुस्तक पढ्ने मौका पाएको छु ।’ साथै हलमा गएर हेर्न नपाएका नेपाली चलचित्र यतिबेला घरमै हेर्ने मौकालाई सदुपयोग गरिरहेको शर्मा बताउँछन् । 

गायक खुमन अधिकारी यतिबेला काठमाडौंमै छन् । कहिले परिवारसँग रमाइलो गरेर, गीत कम्पोज गरेर, मन पर्ने मीठा परिकार बनाएर खाँदै समय बितिरहेको उनी बताउँछन् । ‘समय रमाइलो ढंगले बितिरहेको छ,’ उनी भन्छन्, ‘दशैं तिहारमा पनि परिवारसँग मजाले बस्न पाएको थिइनँ, अहिले लकडाउनमा परिवारसँग बस्न पाएको छु ।’

‘सालको पात टपरी’ गीतका गायक कुलेन्द्र विश्वकर्मा पनि लकडाउन समय काठमाडौंमै परिवारको साथमा बिताइरहका छन् । यो बेला पुस्तक पढेर, साथीभाइसँग फोन सम्पर्क गरेर, फेसबुक पेजमार्फत लाइभ आएर समय बितिरहेको उनी बताउँछन् । कुलेन्द्रजस्तै गायिका शान्ती श्री परियार पनि यतिबेला काठमाडौंमै परिवारसँग बसिरहेकी छिन् । लकडाउनका बेला घरमा बस्दा किताब पढेर, फिल्म हेरेर समय बिताइरहेकी छिन् । ‘यसरी लामो समय परिवारसँग बिताउन पाएकी थिइनँ, उनी भन्छिन्, ‘त्यसैले परिवारसँग बसेर रमाइलो गर्नुको मजा नै छुट्टै हुन्छ ।’ 

गायक राजु लामाले लकडाउनमा समय बिताउने तालिका बनाएका छन् । उनी बिहान उठेर संगीतको रियाज गर्छन्, त्यसपछि चिया–कफी पिएर पुराना साथीभाइलाई फोन गरेर सम्झन्छन् । साथै फिल्म हेर्ने, पुस्तक पढ्ने, पुराना गीतको वार्मअप गर्ने, नयाँ गीतको अभ्यास गर्ने गरेर समय बिताइरहेको उनी बताउ“छन् । ‘यतिबेला संसार ठप्प छ,’ उनी भन्छन्, ‘संसार ठप्प भएपनि हाम्रो मन र मस्तिष्कलाई सिर्जनात्मक बनाइराखौं ।’

गायक राजनराज सिवाकोटी पनि परिवारसँगै काठमाडौंमा छन् । उनी यतिबेलाको समयको सदुपयोग गर्दै भान्सामा धेरैजसो समय बिताउँछन् । ‘मनपर्ने मीठा परिकार बनायो खायो,’ उनी भन्छन्, ‘धेरैजसो खानाका परिकार बनाउन सिक्दै पनि छु ।’ यसका अलवा उनी छोराछोरीसँग खेल्ने, फूलबारीमा डुल्ने अनि गीतसंगीत सिर्जना गर्ने गरेर समय बिताइरहेका छन् ।

गायक शिव परियार सम्पूर्ण परिवारसहित काठमाडौंमै छन् । यो समय उनी शास्त्रीय संगीतको साधना गर्दै, बाद्यवादनको अभ्यास गर्दै, छोरीसँग खेल्दै र परिवारसँग रमाइलो गर्दै बितिरहेको बताउँछन् ।  

गायिका राधिका हमाल पनि घरमा पुस्तक पढेर र गेम खेलेर समय बितिरहेको बताउँछिन् । ‘यो समयमा नयाँ सिर्जना पनि गरिरहेको छु,’ उनी भन्छिन्, ‘यसका साथै इन्टरनेट चलाउँदै परिवारसँग समय बितिरहेको छ ।’ सबैले लकडाउनको नियम पालना गर्न पनि उनी आग्रह गर्छिन् । 

यस्तै गायिका पूर्णकला बिसी यतिबेला आफ्नो घर पोखरामा छिन् । उनी पनि घरमा नियमित दैनिक काम गर्दै, बालबच्चा, परिवारसँग रमाइलो गर्दै समय बितिरहेको बताउँछिन् । 

पछिल्लो पुस्ताका गायक महेश काफ्ले यतिबेला काठमाडौंमा आफ्नो परिवारसँग समय बिताइरहका छन् । घरमा बस्दा किताब पढ्दै, नेटफ्लिक्समा फिल्म हेर्दै र गीत सुन्दै समय बितिरहेको उनी बताउँछन् ।

यस्तै ‘पिरिम नलाउने’ र ‘एक कान दुई कान मैदान’ गीतका गायक आशिष सचिन पनि यतिबेला सुकेधारास्थित घरमै छन् । लकडाउनको यो समयमा गीतसंगीतको सिर्जनाका बारेमा सोच्दै, किताब पढ्दै र परिवारसँग रमाइलो गर्दै समय बितिरहेको उनले सुनाए । 

लोक गायिका सुशिला गौतम अहिले बुटवल स्थित घरमै लकडाउनको अवस्थामा छिन् । घरभित्रै परिवारसंग बसेको कारण उनलाई बाहिर के भैरहेको छ भन्ने बिषयमा त्यति जानकारी छैन । यो बेला लकडाउनमै बस्नु राम्रो भएको कारण आफु पनि लकडाउनकै अवस्थामा रहेको उनी बताउछिन् । 

चर्चित गायक गायिकाले गित गाउँदै के भने भिडियोमा हेर्नुहोला । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik