![](http://saptahik-jcss-cdn.ekantipur.com/img/icon/android-chrome-512x512.png)
साप्ताहिक संवाददाता
![आमालाई सम्झिदै गायक रामकृष्ण ढकालले गाए यस्तो गीत आमालाई सम्झिदै गायक रामकृष्ण ढकालले गाए यस्तो गीत](http://saptahik-assets-api.ekantipur.com/thumb.php?src=http://saptahik-assets-cdn.ekantipur.com/uploads/source/news/2020/entertainment/aama-22042020114921.jpg&w=1200&height=800)
भोलि अर्थात बैशाख ११ गते यो वर्षको मातातिर्थ औंसी परेको छ । मातातिर्थ औंसी एवम् आमाको मुख हेर्ने दिन नजिकिए पनि यो वर्ष धेरैका लागि आमा भेट्न जान त्यत्ति सहज छैन् । संसारभर फैलिएको कोरोना सन्त्रासका कारण एक महिनादेखि लक डाउनको मारमा परेका छोराछोरीहरुले आफ्नी आमालाई यो समय अझैं धेरै सम्झिएका छन् ।
आमाको यहि सम्झनालाई गीतमा उनेर गायक रामकृष्ण ढकालले गीत गाएका छन् । ‘मेरी आमा’ बोलको सार्वजनिक गीत सम्पूर्ण आमाहरुमा सर्मपित गरिएको छ । गीत गीतकार अम्बिका गुरुङले लेखेकी हुन् । सार्वजनिक गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत सुन्न सकिन्छ ।
सार्वजनिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । समन अधिकारीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा कलाकारहरु रश्मि भट्ट, सुप्रिया कटुवाल, नरेन र बसुले अभिनय गरेका छन् । दिपेन्द्र थपलियाले म्यूजिक भिडियो छायांकन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :