• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
संकटमा संगीत उद्योग
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

संकटमा संगीत उद्योग
वैशाख २६, २०७७

नेपाल र नेपालभन्दा बाहिरका विभिन्न देशमा हप्तैपिच्छे मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने मौसम हो यो । यद्यपि सबै ठप्प छन् । काठमाडौं र देशका ठूला शहरमा मध्यरातसम्म खुल्ने दोहोरी साँझ, नाइट क्लबहरू सुनसान छन् । परिवारसँग बसेर खान समेत नभ्याउने कलाकारहरूको यो समय कोरोना (कोभिड १९) लक डाउनमा थुनिएको छ । 

‘पहिले खानसमेत फुर्सद हुँदैनथ्यो । परिवारसँग भेटघाट हुन गाह्रो हुन्थ्यो । अब भने के खाने भनेर चिन्ता हुन थालेको छ’, गायिका मन्जु पौडेल भन्छिन्, ‘अलिकति व्यस्त र नाम चलेका कलाकारहरूको हकमा यो परिस्थिति छिट्टै नआउला । तर, संगीत उद्योगमा संघर्षरत र यसैबाट रोजीरोटी चलाउने सयौं मजदुरहरू प्रभावित भइरहेका छन् ।’ 

कोरोना (कोभिड–१९)ले सबै क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । त्यसको प्रभाव नेपालको संगीत उद्योगमा पनि परेको छ । कोरोनाको त्रास बढ्दै जाँदा र लक डाउनको समय थपिँदै गएपछि अब यो उद्योग कसरी चल्छ ? यो उद्योगबाट जीवनयापन गरिरहेका हजारौं मजदुरले कसरी जीवनयापन गर्छन् ? चिन्ता व्यक्त गर्न थालिएको छ । राज्यबाट समेत सधैं उपेक्षामा परेको यो उद्योगमा लामो समयदेखि सक्रिय कलाकर्मी भन्छन्, ‘हामी राष्ट्रका गहना हौं भनेर धेरै पटक सुनियो । पार्टीका चुनावका बेला प्रयोगमा ल्याइयो । अब सरकारले आफ्ना गहनाको संरक्षण गर्ने बेला भएको छ ।’

यो उद्योग निकै सानो छ । लाखभन्दामुनिकै कारोबारमा केन्द्रित गीतहरू बल्ल–तल्ल त्यसबाट उकालो लागेका थिए । ५०–६० हजारमा निर्माण हुने म्युजिक भिडियो ५–७ लाखमा निर्माण हुन थालेका थिए । ५–७ हजारमा स्वर भर्ने गायक–गायिकाको पारिश्रमिक १ लाखसम्म पुगेको कुरा नेपाली संगीत उद्योगको लागि शुभ संकेत थियो । तर, कोभिड १९ का कारण यसमा नराम्ररी ब्रेक लागेको छ । ‘जुन खेतमा खेती नै गर्न पाइएन के फल्छ ? किसानले के खान्छ ?’, गीतकार शिव पि. सुवेदी भन्छन्, ‘यो उद्योगमा न राहतको आशा छ । न राज्यको कुनै बजेट । फुल्न लागेको फूल पानी र मल नपाएर ओइलाएको जस्तो हुने भो हाम्रो जीवन ।’

यदि कोरोनाको त्रास वढ्दै जाने हो र काम गर्ने वातावरण छिट्टै नबनेको खण्डमा अधिकांश कलाकार र यो क्षेत्रका मजदुरले भोक–भोकै जीवन कटाउनु पर्ने बेला नआउला भन्न नसकिने भन्दै उनले यस विषयमा राज्यले र सम्बन्धित निकायले छिट्टै ध्यान दिन आग्रह गरे ।

गायक कमल खत्रीको कुरा पनि उस्तै छ । शिव सुवेदीको जस्तै उनको चिन्ता पनि अब कसरी जीवनयापन गर्ने भन्ने छ । खत्री भन्छन्, ‘नेपाली संगीत उद्योगमा कोरोनाले असाध्यै ठूलो प्रभाव पारेको छ, जुन प्रभाव कोरोनाको त्रास सकिएको धेरै बर्षसम्म रहनेछ ।’ आधिकारिक रुपमा संगीत उद्योगमा कति व्यक्ति निर्भर छन् भन्ने कुनै तथ्यांक छैन । यद्यपि गायक खत्रीका अनुसार यो उद्योगमा कार्यरत हजारौं कलाकार, प्राविधिकदेखि योसँग जोडिएको सबै क्षेत्रमा पर्ने देखिन्छ । सांगीतिक कार्यक्रमहरू रोकिएका छन् । गीत रेकर्डिङको काम रोकिएको छ । खत्री थप्छन्, ‘यदि यस्तै गरेर केही महिना लकडाउन हुने र अरु केही महिना भाइरसको त्रास भइरहने हो भने यो धेरै व्यक्तिको घरमा चुल्होसमेत बल्न गाह्रो हुनेछ ।’

गायक तथा संगीतकार योगेश काजी कोरोनाका कारण यो उद्योगमा सक्रिय नयाँ पुस्तालाई धेरै असर पर्ने बताउँछन् । उनी भन्छन्, ‘विश्वका ठूला संगीत उद्योगसमेत ५ वर्ष पछि धकेलियो भनिसकेपछि यो सानो उद्योगको हालत एकदमै वर्बाद हुनेछ । केही कलाकारको लक डाउनभन्दा अघिका कामहरूबाट अहिले युट्युबवाट कमाइ भएको होला । तर, अब त्योसमेत रोकिनेछ । त्यसपछि के होला ? डर लाग्दो स्थितिको सामना गर्न तयार हुनुपर्नेछ ।’

गायक शशान कंडेल कोरोनाको डर अहिले हटे पनि यसको कारण अझै १ वर्ष संगीत उद्योगका धेरै काम गतिविधि ठप्प हुने बताउँछन् ।  उनले भने, ‘अरू उद्योग जस्तै यो उद्योग पूर्ण डाउन हुनेछ । मेला, महोत्सव र कन्सर्ट धेरै समय रोकिनेछन् । धेरैसाग पैसा अभाव हुँदा न भिडियो निर्माण हुनेछन्, न त रेकर्डिङ नै । यी कामहरू रोकिएपछि यसले अन्य स्थानमा समेत प्रभाव पार्नेछ ।’

गायक विशाल निरौलाले जिन्दगीमा कहिल्यै नभोगेको समस्यासँग जुध्नु परेको गुनासो गरेका छन् ।   ‘म यो उद्योगमा लागेको लगभग १० वर्ष भयो । तर, यस्तो स्थिति कहिल्यै भोग्नुपरेन’, उनले भने, ‘यस्तो अवस्थामा अब जीवन कसरी माथि उठाउने भन्ने विषयको चिन्ता थपिन थालेको छ ।’ उनले कलाकारहरूको जीवन निकै कष्टपूर्ण हुने सम्भावना रहेको समेत बताए ।

त्यसैले गायक बद्री पंगेनी हरेक कलाकारलाई दु:ख परेका कलाकारलाई सहयोग गर्न आग्रह गर्छन् । ‘कोरोनाले धेरैलाई तहसनहस पार्ने भयो’, उनले भने, ‘धेरैका काम रोकिए । अलिकति भएको पैसा सकियो । अब कसरी पेट पाल्ने ? सोही कारण अलिकति हुने–खाने अग्रजहरूले सक्ने सहयोग गर्नुपर्ने बेला आएको छ ।’ नेपाली कला क्षेत्र सधैं डेन्जर जोनमा परेको उद्योग मान्ने पंगेनीले राज्यबाट नहेरिएको क्षेत्र भएकाले समेत सहकर्मीबिच सम्बन्ध सुमधुर पारेर अघि बढ्न सुझाव दिए । यो बेला झनै ठूलो चुनौतीको सामना गर्नुपर्ने बेला भएको छ । ‘विशेष गरेर लोक तथा दोहोरी गीतमा स्वर भरेर, नृत्य गरेर र अभिनय गरेर जीवन चलाउनेहरूको अवस्था अझै दयनिय हुनेछ’, उनी थप्छन्, ‘देश विदेशमा दौडिएर पहिले कमाएकाको भन्दा तल्लो तहमा भर्खरै कलाकार बन्ने सपना देखेर संघर्ष गरिरहेकाहरूको करिअर बर्बाद हुने भो । दोहोरी साँझ र विभिन्न नाइट क्लबहरूमा गीत गुनगुनाएर पेट पाल्नेहरूको स्थिति पनि के होला ?’

स्थापित गीतकार एकनारायण भण्डारी कोभिड–१९का कारण समग्र संगीत उद्योगको भविष्य संकटमा परेको बताउँछन् । यो बेला उनले अग्रज र सहकर्मीहरूसाग कोभिड–१९ ले निम्त्याएको तनाव र समस्यासँग जुध्न तयार हुनसमेत आग्रह गरिरहेका छन् । ‘जीवनमै पहिलोपटक संगीत उद्योग नराम्रोसँग पछारिएको अनुभव गरेको छु’, उनले भने, ‘गीत–संगीत वजारमा आउन सिर्जना र सम्पति चाहिन्छ । सिर्जना त भइराख्लान् । तर, सम्पति ? आर्थिक अभाव हुन थालेपछि यसको भविष्य स्वभाविक रूपमा पछाडि परेको छ ।’ खास गरेर नेपालको संगीत उद्योग विदेशमा बस्नेहरूको कमाइले धेरै धानिएको छ । उनीहरूले आफ्नो रुची र स्वदेशमा रहेका कलाकारलाई लगानी गरिदिने, सहयोग गर्ने गर्दै आएका थिए । एकनारायण थप्छन्, ‘अब विदेशमा रहेका नेपालीहरूसँग पनि पैसा सकियो । विदेशमा बस्ने कलाकारहरूको स्थिति पनि उस्तै हो । नेपालका कलाकारहरूको नियमित आम्दानी नभएपछि न गीत बन्नेछन्, न भिडियो । त्यसपछि यसबाट पालिएकाहरू सबैको करिअर संकटमा पर्ने निश्चित छ ।’ छिट्टै कोभिड–१९ को असर हराउने र पुन: यो उद्योग फस्टाउने कामना गर्दै उनी भन्छन्, ‘कोभिड–१९ का कारण धेरै प्रतिभावान कलाकार यो उद्योगबाट टाढिन सक्ने सम्भावना छ । सायद महामारी छिट्टै अन्त्य भएर हामी पहिलेजस्तै सक्रिय हुन पाइएला कि !’

गायक प्रमोद खरेल संगीत उद्योग आधारभूत आवश्यकताभन्दा पछि आउने कुरा भएकाले यो उद्योगका मजदुर अरु क्षेत्रमा भन्दा धेरै प्रभावमा पर्ने सुनाउँछन् ।  ‘पहिले त कोरोनाको कहरले आर्थिक सामाजिक रूपमा देशको आर्थिक अर्थतन्त्र धरासायी बनाइरहेको छ । अझ बर्बाद हुने पक्का जस्तै छ । संगीत उद्योथ अटोमेटिक रूपमा धरासायी हुन सक्छ’, उनी थप्छन्, ‘यो उद्योग अझै स्थापित भइसकेको छैन । कन्सर्ट नहुने र गीत रेकर्डिङ नहुने । विभिन्न सांगीतिक कार्यक्रम तथा दोहोरीसााझ, क्लबहरू नखुल्ने भएपछि धेरै कलाकर्मीहरूले चरम आर्थिक संकटको सामना गर्नुपर्ने हुन सक्छ ।’ 

लामो समयदेखि धेरै व्यस्त कलाकारले केही महिना वा एक वर्ष नै आफ्नो परिवार पाल्न सक्छन् होला, तर निम्न वर्गका कलाकारहरू जो दिनभर काम गरेर पेट पाल्थे, उनीहरूले कसरी खान्छन् ? कसरी कोठा भाडा तिर्छन् ? कसरी परिवार पाल्छन् ? उनी चिन्ता व्यक्त गर्दै भन्छन्, ‘आधारभूत आवश्यकता खाना र बास हो । त्यसैले संगीत उद्योग स्वभाविक रुपमा निकै पछि धकेलिनेछ । मज्जाले उद्योग चलेको अवस्थामा त खासै गतिलो थिएन, अब यस्तो स्थितिमा झन् धरासायी हुनेछ ।’

 

गायक खुमन अधिकारीले लक डाउन छिट्टै खुलेपनि यसको प्रभावले नेपाली कलाकारहरु ठुलो समस्यामा पर्ने अनुमान गरेका छन् । अधिकांश नेपाली कलाकार सधैजसो आर्थिक समस्यावाट पिडित छन्, उनी भन्छन्, ‘अझ यो महामारीले त्यो समस्या झनै बढेको छ ।’ झण्डैं २ महिनादेखि जारी लक डाउन अझै २ महिना निरन्तर जारी रह्यो भने त्यसले मासिक लाखौं कमाउने कलाकार समेत नराम्रोसाग पिडित हुने भन्दै उनले यस विषयमा सम्वन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताए । हामी राष्ट्रका गहना भन्ने मात्रै हो, उनी थप्छन्, ‘यदि यो उद्योग र संगीत उद्योगमा लागेका मजदुर जोगाउने हो भने सरकारले समेत चााडै ध्यान दिन जरुरी छ । नत्र धेरै कलाकार पलायन हुने र यो उद्योगको समेत भविष्य अन्यौलमा पर्नेछ ।’

नेपाली चलचित्रका निर्देशक तथा म्युजिक भिडियो निर्देशक सुब्रत आचार्यले कोरोनाको महामारी बढ्दै गयो भने यसले अन्य क्षेत्रमा जस्तै संगीत उद्योगमा ठुलो समस्या निम्त्याउने अनुमान गरेका छन् । ओपन कन्सर्ट र विदेशका टुर रोकिएका छन् । रेकर्डिङमा कलाकारहरू जान पाएका छैनन् । गीत रेकर्डिङ गरेरै कम्पनी चलाउने संगीत कम्पनीहरू पनि यसको प्रभावमा परेका छन् । म्युजिक भिडियो निर्माण गर्न गाह्रो हुने भयो भने धेरै व्यक्ति प्रभावित हुनेछन् । उनी भन्छन्, ‘यसले कसैले नसोचेको ठूलो समस्यामा पार्नेछ ।’

मालाश्री रेकर्डिङ स्टुडियोका संचालन विनोद बाजुराली कोभिड–१९ का कारण सबैभन्दा धेरै तनावमा रेकर्डिङ स्टुडियो सञ्चालक परिरहेको बताए । ‘हाम्रो त रेकर्डिङ गरेर नै जीवन यापन हुन्छ । स्टुडियो चलाउनेदेखि प्राविधिकसम्मले गीत रेकर्डबाट आएको पैसाले पेट पाल्ने हो’, उनी भन्छन्, ‘विगतमा यो महिना ७० वटासम्म गीत रेकर्ड हुन्थ्यो । अब शून्य भएपछि के होला जीवन ? मैले त अनुमानसमेत गर्न सकिरहेको छैन ।’ मासिक लाखौं बुझाएर रेकर्डिङ स्टुडियो खोलेका धेरै व्यक्ति यदि कोरोनाको त्रास बढ्दै जाने हो भने बन्द गर्ने मानसिकतामा पुग्ने उनको अनुमान छ । उनी भन्छन्, ‘अब कसरी अगाडि बढ्नुपर्छ भन्ने सोच्न बााकी छ ।’

कोभिड–१९ कै कारण गायक सुगम पोखरेलका दर्जन कार्यक्रम रोकिए । नयाँ बर्ष इभका लागि उनी लण्डन जानुपर्ने थियो, जान पाएनन् । लण्डन मात्रै होइन अन्य विभिन्न कार्यक्रममा जाने पक्का भएको थियो । उनी भन्छन्, ‘सबै रोकियो । अहिले घरमा बसेर भविष्य कसरी चलाउने सोच्दैछु ।’ नेपालको संगीत उद्योग अरू केही वर्ष भूकम्पले भत्काएका नेपालीहरूको घरजस्तै हुन सक्ने अनुमान उनले गरेका छन् ।

गायक कुलेन्द्र विश्वकर्माको पनि लकडाउनकै कारण देश तथा विदेशका धेरै कार्यक्रम स्थगित भयो । उनी बेल्जियम, स्पेन, जर्मन, नर्वे, अमेरिका, जापान र कोरिया जानुपर्ने थियो, तर सबै रोकियो । उनी भन्छन्, ‘कार्यक्रम रोकिएकाले मलाई सामान्य चिन्ता भएको होला । तर, यो भाइरसले हाम्रो उद्योग र यसमा रहेका हजारौंको करिअर के होला भन्ने चिन्ताले सताएको छ ।’

अभिनेता तथा मोडल पुष्प खड्का कोभिड–१९ को कारण संगीत उद्योग प्रभावित भएसागै यसको प्रभाव चलचित्र उद्योगमा समेत पर्ने सुनाउँछन् ।  ‘चलचित्र उद्योगको धेरै पाटो यससँग जोडिएको छ’, उनी भन्छन्, ‘चलचित्रका गीत निर्माण, डबिङदेखि हरेक ठाउँमा कोभिडको असर पर्ने भयो । यो उद्योगमा काम गर्ने कलाकारहरूको स्थिति नाजुक हुने भयो ।’ लक डाउन र कोरोनाको त्रास सकिएपछि पनि यसको प्रभाव अरू धेरै महिना रहने भएकाले आफुलाई झन् चिन्तित बनाएको उनी बताउँछन् । उनी थप्छन्, ‘सकेसम्म सिर्जनशील भएर लकडाउनमा रहेका बेलामा समेत कसरी कला बेच्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने हुन्छ । भिडियो छन् भने युट्युबमा राख्ने । घरबाटै केही भिडियो निर्माण गर्न सकिन्छ भने गर्ने गर्दा हुन्छ ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik