गायक विजय लामा सांगीतिक जीवनमा पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत भएका छन्। शिक्षाका लागि संगीत भन्ने नाराका साथ गत साता काठमाडौंमा सम्पन्न एकल गायन कार्यक्रममा लामाले आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गरेका थिए। गणतन्त्र दिवसको अवसर पारेर अघिल्लो बिहीबार प्रज्ञाभवनमा सम्पन्न सांगीतिक समारोहमा लाइभ ब्यान्डसहित गीत-संगीत प्रस्तुत गर्दै गायक लामाले उपस्थित दर्शकलाई नचाउन सफल भएका थिए। कार्यक्रममा उनले नजिस्काऊ आँखाको सानले, ए कान्छी जस्ता गीत दोहोर्याएर गाउनुपरेको थियो।